Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ४ डाँगीबारी सीमा ईलाकाबाट साउन २४ गते सशस्त्र प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय झापामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले साउन २४ गते करीव ४ लाख ३८ हजार रुपैयाँ बराबको चोरपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ज ९ प ७६५९ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट बरामद गरेको हो । बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ७० हजार रुपैयाँ रहेको छ ।
2078-04-24
APF News
गृहमन्त्री खाणको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह सम्पन्न
काठमाडौं, माननीय गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा संचालित सि.सं. १४(क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह आईतबार सम्पन्न भएको छ । सो अवसरमा समारोहका प्रमुख अतिथि माननीय गृहमन्त्री खाणले उक्त तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले कर्तव्यपालनाको सिलसिलामा राष्ट्र र नागरिकको सेवा र सुरक्षाको खातिर आफ्नो प्राणको समेत आहुती दिनुभएका सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै उहाँहरुको योगदानको स्मरण गर्नुभयो । उहाँले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा खटिएर सीमा सुरक्षा तथा व्यवस्थापन, नागरिकको सेवा, विपद् प्रकोपमा परेकाहरुको उद्वार, कोभिड-१९ महामारी व्यवस्थापनका साथै राजस्व चुहावट नियन्त्रण लगायतका जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले २२६ वटा बिओपीहरु स्थापना गरी डेडिकेटेड फोर्सको रुपमा खटिरहेको र भविष्यमा बिओपीको संख्या ५०० पु¥याउने नेपाल सरकारको लक्ष्य रहेको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपाललाई जनशक्ति एवं श्रोत साधन सम्पन्न बनाउन नेपाल सरकारको तर्फबाट प्रतिवद्धता जनाउँदै थप व्यवसायीक¸अनुशासीत¸ इमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो । माननीय गृहमन्त्री खाणले दिक्षित अधिकृतहरुलाई तालिमबाट प्राप्त फौजी ज्ञान, कला कौशलको उच्चतम प्रयोग गर्दै ईमान्दार र पूर्ण व्यवसायिक भई मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा राज्य र नागरिकले सोचे र खोजे जस्तो सेवा प्रवाहमा निर्भिकताकासाथ उच्च जिम्मेवारी बोध गर्दै कार्यसम्पादनमा जुट्न समेत निर्देशन दिनुभयो । उहाँले शान्ति सुरक्षा वहाली राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्नुहुँदै कार्यसम्पादनको क्रममा सम्वद्ध अन्य निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै नेपाल सरकारले लिएको लक्ष्य प्राप्तीमा सबैले आ-आफ्नो ठाउँबाट ईमान्दारिताकासाथ काम गर्नुपर्ने बताउनुभयो । धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सिमित श्रोत साधनका बावजुद पनि सीमा नाका, नेपाल ए.पि.एफ. अस्पताल लगायत देशका विभिन्नि स्थानमा रातोदिन तैनाथ रही घाम पानी र भोक तिर्खा नभनी सशस्त्र प्रहरी बल, नेपालका चिकित्सक, स्वास्थ्यकर्मी एवं राष्ट्रसेवक कर्मचारीहरुले सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण, विपद्जन्य घट्नामा पिडितको उद्दार तथा राहत वितरण लगायत हाल विद्यमान कोभिड-१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा निरन्तर कृयाशील रहेको बताउनुहुदै आगामी दिनमा थप व्यवसायीक भएर तन, मन, वचन र कर्मका साथ देश र नागरिकको सेवामा समर्पीत रहनुपर्ने बताउनुभयो। महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल जस्तो सुरक्षा निकायमा आवद्ध भई राष्ट्र सेवामा लाग्न आफ्ना सन्ततीलाई अभिप्रेरित गर्नुहुने सम्पूर्ण अभिभावकहरुप्रति समेत हार्दिक आभार प्रकट गर्नुभयो । गत साल भदौ २२ गतेबाट संचालन भएको उक्त तालिम २० जना महिला सहित कुल ६१ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक विरेन्द्र प्रसाद जोशी र कवाज तथा चाँदमारीतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषी महत उत्कृष्ट भएका छन् । दिक्षान्त समारोहमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको सहभागीता रहेको थियो ।
2078-04-24
APF News
सशस्त्र प्रहरीद्धारा सालको गोलिया काठ बरामद
काठमाडौं, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ भदुई जंगलबाट साउन २१ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको ३१ क्यूफिट सिसौको काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव-डिभिजन वन कार्यालय ठाकुपुरामा बुझाईएको छ । यसैगरी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ जमुनि ईलाकाबाट साउन २१ गते सशस्त्र प्रहरीले करिब ५९ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उल्लेखित मुल्य बरारबको करीव २३ क्युफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ डिभिजन कार्यालय बाँसगढी बर्दियामा बुझाईएको छ ।
2078-04-21
APF News
श्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ भन्सार मेनगेट ईलाकाबाट साउन २० गते सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारण मोतिहारी घर बताउने ३२ वर्षिय आजाद मिया छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका मियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि उक्त रुपैयाँसहित फक्राउ गरिएको हो । पक्राउ परेका मियालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-04-21
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन :–

काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय
लामापाटन पोखरामा संचालित सि।सं। १४ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक
आधारभूत तालिम समापन भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही शिक्षालयमा साउन १९
गते एक कार्यक्रमका बीच उक्त तालिमकोे समापन गर्नुभएको हो ।
महानिरीक्षक खनालले तालिमका उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक
निरीक्षक प्रेमबहादुर थापालाई पुरस्कार तथा तालिम सफलतापूर्वक सम्पन्न
गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
        उहाँले दिक्षान्त समारोहलाई सम्बोधनका क्रममा संगठनलाई राष्ट्रको एक
अब्बल सुरक्षा निकायको रुपमा स्थापना गर्न योगदान पुर्‍याउने अवकाश प्राप्त
एवं वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु प्रति आभार प्रकट गर्नुहुँदै
विपद् व्यवस्थापन, सीमा सुरक्षा तथा शान्ति सुरक्षा अमनचयन कार्यमा
तल्लीन रहि अपराध मुक्त समाज र विकास निर्माणको आधार बनाउन पुर्‍याएको
योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
        महानिरीक्षक खनालले गौरवशाली संगठन बनाउनको लागि अग्रज बीर सपुतले
बगाएको रगत र पसिनाको उच्च कदर र स्मरण गर्नुहुँदै उहाँहरुले चालेका
राम्रा कदमहरुलाई निरन्तरता दिदै संगठनलाई थप व्यवसायिक, आधुनिकीकरण र
सेवा विशिष्टिकरण गर्दै लगिने बताउनुभयो ।
        उहाँले कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई
अभिभावकत्व प्रदान गर्दै आफु नैतिकवान, ईमान्दार, अनुशासित र
कर्तव्यनिष्ठ भई आम जनाताप्रती सुरक्षाको प्रत्याभूती तथा विश्वासको
वातावरण बनाउनु पर्ने बताउनुहुँदै उच्च मनोवलकासाथ कार्यक्षेत्रमा खटिन
निर्देशन दिनुभयो ।
        महानिरीक्षक खनालले राष्ट्र र संगठनको जिम्मेवारीको सिलसिलामा आफ्नो
प्राणको आहुती दिने सशस्त्र प्रहरी महानिरीक्षक स्व। कृष्णमोहन श्रेष्ठ
लगायत अमर सशस्त्र प्रहरी कर्मचारीहरुको स्मरण गर्नुहुँदै कर्तव्य
पालनाको सिलसिलमा घाईते भई अंगभंग भएका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र
प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।
        देश र जनतालाई सधैं शिरमा राखेर नेपाल सरकारको नीति निर्देशन बमोजिम
प्राप्त जिम्मेवारीका क्षेत्रमा निरन्तर लाग्न समेत निर्देशन दिनुहुँदै
आफ्ना सन्ततीलाई राष्ट्रसेवामा प्रेरित गर्ने अभिभावकहरुप्रति समेत उच्च
सम्मान प्रकट गर्नुभयो ।
        गत साल भदौ २२ गतेबाट संचालन भएको उक्त तालिम ७६ जना सशस्त्र प्रहरी
सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
        कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय सशस्त्र प्रहरी बल
प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक खड्ग बहादुर राई, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुख्यालय
मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक
नारायणदत्त पौडेल, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान
विभागका उच्च अधिकृत लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको
थियो ।

2078-04-19
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, कैलाली जिल्लाको कैलारी गाउँपालिका ५ पबेरा तथा धनगढी उपमहानगरपालिका १ पुलवारीस्थित सीमा ईलाकाबाट साउन १४ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्दराज जोशीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय त्रिनगरबा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौली ईलाकाबाट साउन १३ गते सशस्त्र प्रहरीले करीव १ लाख २७ हजार रुपैयाँ बराबरको मोटर पार्टस तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक मिनराज भट्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।
2078-04-14
APF News
लागुऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कङकालिनी नगरपालिका १४ मलहनियास्थित सीमा ईलाकाबाट साउन १४ गते सशस्त्र प्रहरीले नाईट्रोजन टयाब्लेट २० वटा र १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका ८ बस्ने २९ बर्षिय लक्ष्मणकुमार साह र २१ बर्षिय मुक्तिनाथ महेरा छन् । ना १० प ३७४४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मलहनियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
2078-04-14
APF News
चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
कैलाली, कैलाली जिल्लाको कैलारी गाउँपालिका २ बसौतीबाट साउन १२ गते सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कैलारी गाउँपालिका २ बस्ने ३६ वर्षिया मायालु चौधरी र सोही गाउँपालिका ३ बस्ने ३६ वर्षिय खुशिराम चौधरी छन् । भारतबाट अवैध रुपले दुई वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लत्ताकपडा तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।
2078-04-12
APF News
लागूऔषधसहित पक्राउ
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका २ देउनिया पुलबाट साउन ११ गते सशस्त्र प्रहरीले तीन बोतल स्कुफ सिरप र नौ वटा निट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बिर्तामोड नगरपालिका ९ बस्ने ३२ वर्षिय ज्वाला थापा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोके बजारस्थित सीमा ईलाकाबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ४ लाख ४५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
2078-04-12