Toggle Menu

समाचार

APF News
एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम समापन
काठमाण्डौ, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा संचालित सि.सं. ३ एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी उपरीक्षक कमल तिउसिनाले भाद्र ८ गते एक कार्यक्रमका बीच समापन गर्नुभएको हो । सशस्त्र प्रहरी उपरीक्षक तिउसिनाले सो तालिममा सर्वप्रथम महिला सशस्त्र प्रहरी जवान अस्मिता न्यौपानेलाई पुरस्कार प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान जिम्मेवारी निर्वाहको क्रममा पूर्ण रुपमा कार्यान्वयन गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । ४ हप्ता अबधिको उक्त तालिम ९ जना महिलासहित कुल ५० जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापुर्वक तालिम सम्पन्न गरेका छन् ।
2078-05-08
APF News
विभिन्न किसिमका लागूऔैषधसहित सशस्त्र प्रहरीद्धारा पक्राउ
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ६ तुरियाखोलास्थित सीमा ईलाकाबाट भाद्र ७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका ३ बस्ने ४० बर्षिय अर्पणराज पन्थ रहेका छन् । लु ३० प १५९ नम्बरको मोटरसाईकलमा सवार निज पन्थलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट १ सय ५० वटा, स्पास्मो प्रोक्सीभन प्लस ट्याब्लेट १ सय २८ वटा र कोरेक्स ९ बोतल फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका पन्थलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-05-08
APF News
चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट भाद्र ८ गते सशस्त्र प्रहरीले करिव ५ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको सशस्त्र प्रहरीले भाद्र ८ गते करीव २ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरस्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
2078-05-08
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीबाट सशस्त्र प्रहरी जवान आधारभुत तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विषेश कार्यदल) बगलामुखि काठमाडौंमा संचालित सि.सं. २३३ सशस्त्र प्रहरी जवान आधारभूत तालिम सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ । सोही गणमा आयोजित उक्त तालिमको दिक्षान्त समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले सो तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान अबिनाश कुमार साहलाई खुकुरी प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले दिक्षित सशस्त्र प्रहरी जवानहरुलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिनुुहुँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा पूर्ण कार्यसफलताको शुभकामना समेत दिनुभयो । उहाँले फौजी संगठनमा तालिमको महत्वमाथी प्रकाश पार्नुहुँदै तालिमबाट प्राप्त फौजी ज्ञान, कला कौशलको उच्चतम प्रयोग गर्दै ईमान्दार, कर्तव्यनिष्ठ र पूर्ण व्यवसायिक भई संगठनले लिएको उद्देश्य प्राप्तीतर्फ कटिबद्ध रहेर व्यवसायिक कार्यसम्पादनमा जुट्न त्यसैअवसरमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापनको क्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिउसीनाले सशस्त्र प्रहरी बल नेपालमा आवद्ध भई राष्ट्रसेवामा लाग्न आफ्ना सन्ततीहरुलाई अभिप्रेरित गर्नुहुने दिक्षित जवानहरुका अभिभावकप्रती हार्दिक आभार प्रकट गर्नुहुँदै संगठनका नवप्रवेशी जवानहरुलाई फौजी कला, कौशल तथा रणनीति सिकाई व्यवसायिक ज्ञान प्रदान गर्ने कार्यमा अहोरात्र खटिईने तालिमका प्रशिक्षकबर्ग प्रति समेत धन्यवाद प्रकट गर्नुभयो । ३४ हप्ता अवधिको उक्त तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी जवान राजेन्द्र तामाङ्ग, कवाजतर्फ सशस्त्र प्रहरी जवान सबिन भोञ्जन र चाँदमारीतर्फ सशस्त्र प्रहरी जवान रञ्जिता राई उत्कृष्ट भएका छन् भने ३८ जना महिलासहित कुल १ सय १५ जना सशस्त्र प्रहरी जवानहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।
2078-05-04
APF News
गृृहमन्त्री खाणबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण
काठमाडौं, माननीय गृहमन्त्री बालकृष्ण खाणले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिनुभयो । त्यसअवसरमा गृहमन्त्री खाणले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुकासाथै राष्ट्रको सुरक्षा र नागरिकको सेवामा उहाँहरुको योगदानको स्मरण गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिबद्ध रहि राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र कृयाशिल रहँदै उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै कोभिड-१९ महामारीले देशमा गम्भिर क्षती पु¥याईरहेको यस अवस्थामा नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीहरुले आम नागरिकको स्वास्थ्य उपचारमा पुर्‍याएको योगदान तथा सीमा नाकामा आवत जावत नियन्त्रण र क्वारेन्टाइनमा खटिएर सशस्त्र प्रहरी कर्मचारीहरुले महामारी व्यवस्थापनमा प्रदर्शन गरेको जिम्मेवारी निर्वाहको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । गृमहन्त्री खाणले सशस्त्र प्रहरी बल नेपालले सिमित साधन श्रोतको अधिकतम उपयोग गर्दै देशका विकट स्थानहरुमा अहोरात्र खटिई सीमा सुरक्षा, नागरिकको सेवा, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, विपद् प्रकोप पीडितको उद्वारमा प्रशंसनिय कार्य गर्दै आईरहेको बताउनुहुँदै आम नागरिकको सुरक्षा र जीवन रक्षा नेपाल सरकारको मुख्य जिम्मेवारी रहेको समेत बताउनुभयो । गृहमन्त्री खाणले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलकासाथ कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुहुँदै गृहमन्त्रालय सशस्त्र प्रहरी बलका लागि आवश्यक आधुनिक साधनश्रोत, थप जनशक्ति र सांगठानिक विकासमा सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । सो समारोहमा गृहसचिव टेकनारायण पाण्डेले शान्ति सुरक्षा तथा आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोपमा उद्वार, कोभिड-१९ महामारी व्यवस्थापन लगायतका विविध जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल नेपाल उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहेको उल्लेख गर्नुहुँदै देशभरका विभिन्न ठाउँहरुमा खटिएर तथा द्वन्दग्रस्त मुलुकहरुमा समेत विभिन्न संयुक्त राष्ट्रसंघिय मिशनमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्‍याएको योगदानको समेत प्रशंसा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले सिमित साधनश्रोत जनशक्तिका बावजुद पनि विविध आधुनिक प्रविधिलाई समेत आत्मसाथ गर्दै हालका दिनहरुमा प्राप्त गरेको उपलब्धिको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै संगठनलाई आवश्यक साधन श्रोत तथा जनशक्ति थपका लागि आफुले पहल कदमी लिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा माननीय गृहमन्त्रीज्यूबाट भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल तथा हौसलामा बृद्धि भएको उल्लेख गर्नुहुँदै माननीय गृहमन्त्री तथा गृहसचिवबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचार, मानवअधिकार उलंघन तथा लैंगिक हिंसामा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठन अगाडी बढिरहेको बताउनुभयो । महानिरीक्षक खनालले शान्ति सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोप पीडितको उद्वार, लगायतका नेपाल सरकारबाट प्राप्त विविध जिम्मेवारीहरुमा देशको उत्तरी सीमानाको विकट भूगोलदेखि दक्षिणी सीमानाको प्रचण्ड गर्मी रहेका स्थानहरुमा गण, गुल्म र विओपीका माध्यमबाट तैनाथरहि सशस्त्र प्रहरी कर्मचारीहरुले ईमान्दार, अनुशासित, कर्तव्य परायणता एवं पूर्णव्यवसायिक भई अहोरात्र कार्यक्षेत्रमा परिचालित रहँदै जिम्मेवारी निर्वाहमा कटिवद्ध रहँदै निरन्तर कार्यक्षेत्रमा कृयाशिल रहिरहेको बताउनुभयो । उहाँले कोभिड-१९ संक्रमण रोकथाम नियन्त्रण र उपचार लगायतका विविध जिम्मेवारीहरुमा कर्तव्यनिष्ठ भई घामपानी, भोकतीर्खा र हुरीबतासको पर्वाह नगरी सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा प्रदर्शन गरेको पूर्ण व्यवसायिकताको प्रशंसा गर्नुभयो । महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ५ सय विओपी स्थापना गर्ने लक्ष्य बमोजिम यस आर्थिक वर्षमा १ सय २० वटा बिओपी स्थापना गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि संगठनलाई आवश्यक जनशक्ति, श्रोतसाधन, हातहतियार, जग्गा प्राप्ती एवं भौतिक पूर्वाधर लगायतका विषयमा माननीय गृहमन्त्री तथा गृहसचिवबाट सदा अभिभावकत्व र मार्गनिर्देशन प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो । सो अवसरमा गृहमन्त्री खाण समक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमी, संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, सुरक्षा चुनौती, कोभिड-१९ महामारीमा नेपाल एपीएफ अस्पताल तथा सशस्त्र प्रहरीले पुर्‍याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिशनहरुमा सशस्त्र प्रहरी बलको परिचालन, मानवअधिकारको संरक्षण र संबर्धन लगायत संगठनबाट भएगरेका विविध विषयहरुमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले प्रस्तुतीकरण मार्फत जानकारी गराउनु भएको हो । उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग मार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण एकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिव लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालका एकाई प्रमुखहरु तथा सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
2078-05-02
APF News
चोरीपैठारीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ शंकरचोकबाट भाद्र १ गते सशस्त्र प्रहरीले करीव २ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना तथा कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय सम्सीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले साउन ३२ गते करीव १ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फेन्सी कपडा र कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेकोे उक्त सामान सशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ लक्ष्मीनगरस्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।
2078-05-01
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सर्लाही, सर्लाही जिल्लाको धनकौल गाउँपालिका १ स्थित सेखौना ईलाकाबाट साउन ३२ गते सशस्त्र प्रहरीले करीव ३ सय ७१ बोतल कोडील नामक लागूऔषधसहित सोही ठाउँ बस्ने ३० वर्षिय जयकिशोर सिंहलाई पक्राउ गरेको छ । ना १ ब २२१२ नम्बरको मोटरसाईकलमा सवार निज सिंहलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका सिंहलाई बरामद लागूऔषध तथा मोटरसाईकसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-05-01
APF News
विभिन्न किसिमका लागुऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित कनहवा ईलाकाबाट साउन २८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको रामगोपालपुर नगरपालिका ५ बस्ने १६ बर्षिय बिनित मुखिया र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ६ बस्ने २० बर्षिय रुपक बस्नेत छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रेक्सकफ १ बोतल, नाईट्राभेट ट्याब्लेट ६८ वटा र प्याभोन स्पार्ट ट्याब्लेट १६ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-04-29