Toggle Menu

समाचार

APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ
काठमाडौं, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ ठाटीस्थित सीमा ईलाकाबाट मंसीर २ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको लाहान नगरपालिका २० हरिनगर बस्ने राम नारायण साहलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश अभयनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेपाम इन्जेक्सन ७८ वटा, हाईड्रोक्लोराईड ७८ वटा र बुप्रेनोर्फिन ७७ वटा फेला पारेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले झापा जिल्लाको भद्रपुर नगरपालिका ५ मेचीपुलबाट मंसीर २ गते ४० वटा निट्रोजेन ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको विर्तामोड नगरपालिका २ बस्ने १८ वर्षिया गंगा राजवंशी र १८ वर्षिय धिरज राजवंशी छन् । उनीहरुलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-08-03
APF News
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ९ छाता पिपराचोकस्थित बीरगंज–पथलैया सडक खण्डबाट मंसीर ३ गते सशस्त्र प्रहरीले करीव २ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर ३ गते करीव २ लाख ५९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ठेला गाडामा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० आदर्शनगरबाट बरामद गरेको हो । बरामद लत्ताकपडा तथा गाडा भन्सार कार्यालय बीरगंजमा बुझाईएको । उक्त गाडाको भन्सार मुल्य १० हजार रुपैयाँ रहेको छ ।
2078-08-03
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट मंसीर २ गते सशस्त्र प्रहरीले करीव ४ लाख १४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय लजेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराबाट सशस्त्र प्रहरी निरीक्षक गणेश बहादुर थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले मंसीर २ गते करीव १ लाख २६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताककपडा बरामद गरेको छ । बीआर ०५ एफ ८१८९ नम्बरको भारतीय मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले बारा जिल्लाको महागढीमाई नगरपालिका २ स्थित भुतही चोकबाट बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय बीरजंजमा बुझाएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख रुपैयाँ रहेको छ ।
2078-08-02
APF News
चाँदीका गहनासहित सशस्त्र प्रहरीद्वारा दुइ जना पक्राउ
झापा, झापा जिल्लाको मेचिनगर नगरपालिका ८ स्थित जोरसिमल ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ४० हजार रुपैयाँ बराबरको २ के.जी. १ सय ग्राम चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ बर्षिय बिशाल चौधरी र निशान सहनी छन् । प्रदेश १-०१-०१३ प ६६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलार्ई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मुल्य बराबरको उक्त चाँदी बरामद गरेको हो । त्यसवेला उनीहरु सवार उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद गरगहना तथा मोटरसाईकलसहित आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाईएको छ ।
2078-07-30
APF News
सशस्त्र प्रहरीद्धारा सालको काठ बरामद
रौतहट, रौतहट जिल्लाको वृन्दावन नगरपालिका ६ हरसाह स्थित एक मिलबाट कार्तिक ३० गते सशस्त्र प्रहरीले करीव १ लाख ३८ हजार रुपैयाँ बराबरकोसालको काठ बरामद गरेको छ । अबैध रुपले ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको करीव ७० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सोही जिल्लाको वृन्दावन नगरपालिका ६ ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव ३४ हजार रुपैयाँ बराबरको १७ क्यूफिट सालको काठ बरामद गरेको छ । २ वटा अटो रिक्सामा राखेर अबैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेकोे हो । बरामद काठ तथा अटो रिक्सा आवश्यक कारवाहीको लागि सब डिभिजन कार्यालय चपुरमा बुझाईएको छ । उक्त रिक्साको भन्सार मुल्य २ लाख रुपैयाँ रहेको छ ।
2078-07-30
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
काठमाडौं, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित गोरखा जिल्लाको बुङकोट ७ बस्ने २३ बर्षिय मनोज श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट १० पत्ता, एभिल २३ वटा र लुपीजेसिक ७७ वटा फेला पारेको हो । पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी मोरङ जिल्लाको विराटनगर महानगपालिका १५ स्थित नम्बर २ ढापबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित झापा जिल्लाको दमक नगरपालिका १ बस्ने २७ बर्षिय रोशन तामाङलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा एभिल ८ वटा, लुपिजेसिक ८ वटा, डाईजेपाम ८ वटा र फेनेरागन ८ वटा फेला पारेको हो । पक्राउ परेका तामाङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-29
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सर सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा पाठेघरको क्यान्सर र त्यसबाट बच्ने उपाय सम्बन्धमा सोमबार नेपाल एपीएफ अस्पतालमा प्रशिक्षणको आयोजना गरेको छ । गत असोज १४ गते एक कार्यक्रमका बीच सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिला स्वाथ्य जाँच सम्बन्धि विविध कल्याणकारी योजनाको समुद्घाटन गर्नुभएको थियो । सो योजना अन्र्तगत कार्तिक २९ गते आयोजना गरेको तालिममा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले प्रशिक्षणमा सहभागी नेपाल एपीएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी स्वास्थ्यकर्मीहरुलाई पाठेघरको क्यान्सर, क्यान्सर हुनुपूर्व गरिने विभिन्न जाँच बारे प्रशिक्षण गर्नुभयो । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको उक्त प्रशिक्षणमा डा. कर्माचार्यले सो रोगको उपचार विधिहरु तथा महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच, पाठेघर सम्बन्धि समस्याको समयमा पहिचान नहुँदा आउनसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रकाश पार्नुभयो ।
2078-07-29
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक राईबाट सीमा सुरक्षा तथा व्यवस्थापन तालिम उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. ३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सोमबार देखि संचालन भएको भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राईले कार्तिक २९ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राईले संगठनलाई प्राप्त जिम्मेवारीमध्ये सीमा सुरक्षा एक महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्नुहुँदै राज्यद्धारा संगठनलाई प्राप्त विविध जिम्मेवारीहरु व्यवसायिक र कुशल ढंगले सम्पादनका लागि दक्ष जनशक्ति निर्माणका लागि संगठनले यस्ता विभिन्न व्यवसायिक तालिमहरु नियमित रुपमा संचालन गर्दै आईरहेको बताउनुभयो । उहाँले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षणको दौरान प्रशिक्षार्थीहरुले आर्जन गरेका ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा उपयोग गर्दै प्रशिक्षार्थी अधिकृतहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई समेत सिकाउँदै विभिन्न स्थानहरुमा खटिई राष्ट्र र नागरिकको सेवा, सुरक्षा र उद्धार लगायतका कार्यसम्पादनको क्रममा चुस्त दुरुस्त रुपमा कृयाशिल रहन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ६ हप्ता अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २५ जना सशस्त्र प्रहरी निरीक्षक गरी कूल ३० जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन ।
2078-07-29
APF News
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
मोरङ्ग, मोरङ्ग जिल्लाको सुनवर्षि नगरपालिका ८ स्थित सीमा ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले १० पत्ता ट्रामाडोल ट्याब्लेट र १ पत्ता स्पास्मो ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको कमल गाउँपालिका १ बस्ने १९ वर्षिय निशान दाहाल छन् भारतबाट नेपालतर्फ आउँदै गरेका निज दाहाललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका दाहाललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-28
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले करीव १ लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा ई-रिक्सामा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १२ वटा कम्प्युटरको मोनिटर तथा पेन्टिङ्ग रंग सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै रिक्सा समेत बरामद गरिएको हो । बरामद सामान तथा रिक्सा भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । उक्त रिक्साको भन्सार दाखिला मुल्य ३ लाख ९० हजार रुपैयाँ रहेको छ ।
2078-07-28