Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा महिला स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौं, नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा बिहिबार ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा संचालन भएको उक्त जनचेतनामूलक कार्यक्रममा गण्डकी प्रदेशका सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्की, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन मातहत महिला सशस्त्र प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका एक सय जना महिला सदस्यहरुको समेत उपस्थिती रहेको थियो । महिला स्वास्थ्य सम्बन्धी विविध जानकारी प्रधान गर्ने उद्देश्यकासाथ आयोजना गरिएको उक्त जनचेतनामूलक कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर तथा स्तनमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी अपनाउनुपर्ने सुरक्षात्मक उपाय, समाधान र उपचारका विधिहरु बारेमा प्रकाश पार्नुभयो । सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीका निमित्त बाहिनीपती, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका समादेशक लगायत सो बाहिनी मातहतका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2078-09-16
APF News
दुई साता अघि हराएकी पुछमाया घलेको शव त्रिशुली नदिमा फेला
नुवाकोट, दुई साता अघि हराएकी करीव ६० वर्षिय पुछमाया घलेको शव सशस्त्र प्रहरीले पौष १२ गते नुवाकोट जिल्लाको विदुर नगरपालिका १ त्रिशुलीस्थित त्रिशुली नदिमा डुविरहेको अवस्थामा फेला पारेको छ । गोरखा जिल्लाको गुम्दी गा.वि.स. वडा नं. ५ घर भई हाल नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ बस्ने पुछमाया घले यही मंसीर २४ गतेदेखि बेपत्ता भएकी थिईन । उनको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक सजनकुमार श्रेष्ठको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त नदिबाट बाहिर निकालेको हो । उनको शव नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-09-13
APF News
'सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष १२ गते देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका वीच उक्त प्रतियोगिता शुभारम्भ भएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले फुटबलका राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी सहायक मधुकर आचार्यलाई खेलकुद सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, विभिन्न खेलकुद विधाका खेलाडीहरु तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता यही पौष १४ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ । पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक-एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ ।
2078-09-12
APF News
लागूऔषध तथा भारतीयरुपैयाँसहित पाँच जना पक्राउ
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट पौष ७ गते सशस्त्र प्रहरीले लागूऔषध तथा भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचथर जिल्लाको फिदीम नगरपालिका बस्ने २७ बर्षिय सरोज लाउटी, २४ बर्षिय विवस खवास, २१ बर्षिय विर बहादुर राई, २६ बर्षिय अनुप राजवंशी र २५ बर्षिय राजा उरौ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश कालीमन्दिरले शंका लागि जाँच गर्दा उनीहरुको साथमा अल्प्राजोलम ६३ वटा र ९४ हजार ८ सय भारतीय रुपैयाँ फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-09-08