Toggle Menu

समाचार

APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमा
धनुषा जिल्लाको विदेह नगरपालिका १ महिनाथपुर स्थित सीमा ईलाकाबाट पौष २४ गते सशस्त्र प्रहरीले विभिन्न किमिसका लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । धनुषा जिल्लाको सबेला नगरपालिका ४ मखना बस्ने ३४ वर्षिय खालिल राईन र सोही जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्रबजार बस्ने २७ वर्षिय गुड्डु आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी महिनाथपुरले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्र २–०२–००४ प ६३१५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेकामध्ये खालिल राईनको साथमा डाईजेपाम ईन्जेक्सन ७५ वटा, फेनारगन ईन्जेक्सन ७० वटा र आईपिपिएल ईन्जेक्सन ७५ वटा फेला पारेको थियो । पक्राउ परेका दुवैजनालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको छ ।
2079-09-25
APF News
नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुतहरुप्रति सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु –उपप्रधान तथा गृृहमन्त्री लामिछाने
माननीय उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । निरीक्षण भ्रमणको क्रममा उप–प्रधान तथा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाई म्याण्डेट अनुसार काम गर्नुपर्ने बताउनुहुँदै विगतमा भएका कमजोरीहरुलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउनुहुँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो– नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुत तपाईहरुलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु । जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने बताउनुहुँदै उप–प्रधान तथा गृहमन्त्री लामिछानेले भन्नुभयो–‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’ उहाँले मनमा जहिले पनि हामी थोरै छाँै तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो, भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखि सोही अनुसार कार्यसम्पादन गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसंग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्ने छा,ै राम्रो गर्ने छौ, कानुन सम्मत गर्ने छौ, आफ्ना लागि मात्र होईन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने भावना लिएर अगाडी बढ्नु जरुरी रहेको बताउनुभयो । उप–प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोषा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताउनुभयो । उहाँले सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरुको मन अमिलो भएको हुन सक्छ भने केहि घमण्डको गुलियो र हिनतावोधको कारण एकै ठाँउमा कार्यगर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्ने भएको हुँदा सरुवा, बढुवा लगायतका कार्यहरु क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित रही सम्पादन गरिने समेत बताउनुभयो । धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आईरहेको बताउनुहुँदै नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपद्मा परेकाहरुको उद्वार तथा सीमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको बताउनुभयो । उहाँले आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतीमा संगठनलाई चल्ने अवस्था श्रृजना गर्नको लागि पारदर्शीता र जवाफदेहिता सहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यूएन मिशन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरुलाई न्यायसंगत वितरणको प्रक्रिया थालनी गरिएको बताउनुभयो । संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको आचरण, आर्थिक अनुशासन प्रतिको संवेदनशिलता, फौजी अनुशासन, चेनअफ कमाण्डको पालना, सेवाग्राही जनताप्रतिको संवेदनशिलता एवं उत्तरदायी र जवाफदेहीपूर्ण कार्यसम्पादनको आधारमा संगठनको व्यावसायिकताको स्तर मापन हुनुकासाथै आम जनमानसको विश्वास कायम रहने चर्चा गर्नुहुँदै संगठनलाई शुद्धिकरण गर्दै व्यावसायिकता तथा विश्वासको धरातलमा पु¥याउन निष्ठापूर्वक गरिने प्रयासहरुमा मन्त्रालयबाट पूर्ण रुपमा सहयोग मिल्ने तथा आवश्यक निर्देशन हुने समेत विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले संगठनमा शुरुवात गरिएका नीतिगत, संस्थागत एवं संरचनागत सुधारका योजनाहरु माननीय उप–प्रधान तथा गृहमन्त्री समक्ष प्रस्तुत गर्नुभएको थियो । उहाँले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भई १६ वर्षसम्म बढुवा हुन नसकेको र १९ वर्ष सेवा अवधि पुग्दा समेत सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा नै रहनुपर्ने तथा जवान पदमा भर्ना भई १३ वर्षसम्म एक तह पनि बढुवा हुन नसकेको अवस्था रहेको बताउनुहुँदै बृत्तिबिकासको साथसाथै पेन्सन अवधि जुनियर अधिकृतको १८ वर्ष, विल्लादार जवानको १६ वर्ष निर्धारण गर्ने योजना कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिनुभयो । यसैगरी जुनियर अधिकृतमा भर्ना नलिने र सशस्त्र प्रहरी निरीक्षकमा खुल्ला प्रतिस्पर्धाबाट भर्नाको अनुपात बढाउने नीतिगत सुधारका योजना प्रस्तुत गर्नुहुँदै महानिरीक्षक अर्यालले संगठनको स्वायत्तताको लागि विद्यमान संघिय ऐन तथा नियममा समेत समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । निरीक्षणका क्रममा उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले केन्द्रिय आदेशकक्ष, अनुगम सेल, केन्द्रिय संग्राहलय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरि सो सम्बन्धि जानकारी लिनुको साथै गोताखोर टोलीसँग उद्वारका विषयमा जानकारी लिनुभएको थियो । सोही क्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले संगठनको विषयवस्तु सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2079-09-23
APF News
सैनिक वार कलेजका शिक्षार्थी अधिकृतहरुद्वारा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको भ्रमण
नेपाली सेना सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ४ अल आम्र्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले पौष २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल नेपालमा भए गरेका विविध कार्यहरुको जानकारी लिएका छन् । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले शिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, परिचालनका क्षेत्रहरु, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, नेपाली सेनासँग सशस्त्र प्रहरी बल नेपालको समन्वय तथा सहकार्य, सुरक्षा चुनौतीहरु लगायतका विविध विषयमा प्रस्तुतीकरण मार्फत जानकारी गराउनुु भएको थियो । अवलोकन तथा भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालबारे राखेको विविध जिज्ञासाहरुको समेत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक भट्टले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्ट र उक्त तालिमका डाईरेक्टिङ्ग स्टाफ प्रमुख सेनानी बिदुर अधिकारीले एक आपसमा माया चिनो आदान-प्रदान गर्नुभएको थियो । भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरि सो सम्बन्धि जानकारी समेत लिएका थिए ।
2079-09-21
APF News
सीमामा हुने अवैध गतिविधि रोक्न सरोकारवाला निकायसँग सशस्त्र प्रहरी बल मुख्यालयमा छलफलः
सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । पौष २१ गते बिहिबार मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरेको हो । सीमा ईलाकाबाट त्यस प्रकारका सामान तथा वस्तुको चोरीतस्करी नियन्त्रण कसरी गर्न सकिन्छ, भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै सरोकारवाला निकायसँग मिलेर काम गर्न आफुहरु तयार रहेको बताउनुहुँदै चोरीपैठारी नियन्त्रणमा संगठन प्रतिवद्ध भएकोे उल्लेख गर्नुभयो । छलफलका लागि मात्र छलफल नगरी समस्या पहिचानकासाथ समाधानको निश्कर्षमा पुग्ने संगठनको प्रयास रहेको उल्लेख गर्नुहुँदै महानिरीक्षक अर्यालले एक निकायको एकल प्रयासले मात्र नियन्त्रण प्रभावकारी नहुने भएकोले सबैको सहकार्य र सहयोगमा मात्र परिणाम प्राप्त हुने बताउनुभयो । उहाँले यस प्रकारका अवैध कार्य रोक्न सीमा ईलाकामा सबै पक्ष समेटेर कमिटी नै बनाई अघि बढ्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी बलले आफ्नो कार्यक्षेत्रमा कुनैपनि किसिमका अवैध गतिविधि गर्न नदिने नीति लिएको र त्यसलाई कडाईकासाथ पालना गराउन सीमा क्षेत्रका युनिटहरुलाई निर्देशन समेत दिईएको बताउनुभयो । कार्यक्रममा उल्लेखित संघ संस्थाका प्रतिनिधिहरुले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले उल्लेख्य कार्य गरिरहेको भएपनि देशका केही मुख्य नाकाबाट अवैध वस्तु भित्रन सक्ने भएकोले त्यस प्रकारका कार्यले राजश्वमा प्रत्यक्ष असर पर्ने र उद्योगधन्दा धरासायी हुने वा बन्द गर्ने अवस्था आउन सक्ने बताउनुभएको थियो । चोरीतस्करी रोक्नको लागि सरोकारवाला अन्य निकायसँगको समन्वय र नाकाबाट नै नियन्त्रण गर्ने कार्य प्रभावकारी हुनेमा छलफलमा उपस्थित उद्योग व्यवसायीसँग सम्बन्धित प्रतिनिधिहरुले जोड दिनु भएको थियो । कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर रहेपनि अवैध रुपले ती वस्तु मुलुक भित्रेको खण्डमा उद्योग धरासयी हुनेमा पनि उहाँहरुको चिन्ता थियो । व्यवसायीहरुले अत्याधुनिक स्रोतसाधनसहित सीमा ईलाकामा सशस्त्र प्रहरी बलको जनशक्तिलाई बढाउँदै लैजानु पर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो । छलफल कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा हटलाईन नम्बर ९८५१२६०७३० को व्यवस्था गरिएको बताउनुहुँदै यस प्रकारका रिर्पोटिङ सिधै मुख्यालयलाई गर्नसक्ने व्यवस्था गरिएको हुँदा अवैध कार्य भएको थाहा भएमा तत्काल खबर गर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सीमा नजिक पोल्ट्री फर्म र माछा पोखरी भएकोले अवैध रुपमा आएका त्यस प्रकारका वस्तुको नियन्त्रण प्रभावकारी हुन नसकेको व्यवहारिक कठिनाई औंल्याउनुहुँदै त्यसको उचित व्यवस्थापनको लागि सीमाबाट निश्चित दुरी तोक्नु पर्नेमा जोड दिनुभयो । यसैगरी प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी र लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले अवैध आयात हुनसक्ने नाकामा विशेष निगरानी राख्ने र त्यसका लागि व्यवसायीसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विगत केही दिनदेखि सीमा क्षेत्रका बाहिनीपतिहरुसँग त्यस क्षेत्रका समस्या र समाधानको उपायका बारे मुख्यालयमा छलफल चलिरहेका बेला सरोकारवाला अन्य निकायहरुसँग समेत समाधानको उपाय निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सीमा ईलाकामा सशस्त्र प्रहरी बलको सकृयताको कारण अघिल्लो आर्थिक वर्षको यहि अवधि पौष १८ गते सम्मको तुलनामा यो आर्थिक वर्षमा ४० प्रतिशत बढि बरामदी दाखिला भएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु र सुदूरपश्चिम प्रदेशस्थित नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपतिको समेत उपस्थिती रहेको थियो ।
2079-09-21
APF News
भारततर्फ जाँदै गरेका व्यक्ति चरेशसहित सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा
बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ संतगंज सीमा ईलाकाबाट सशस्त्र प्रहरीले पौष १९ गते करीव दुई केजी चरेश बोकी भारततर्फ जाँदै गरेका एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । भारतको मोतिहारी जिल्ला बेलागाउँ ग्रामपञ्चायत घर बताउने ३० वर्षिय राज कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बारा मातहत बिओपी कबहिगोठले उक्त चरेशसहित नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त सूचनाको आधारमा उक्त गणले बी.आर. ०५ ए.भी. ३०४२ नम्बरको मोटरसाईकलमा सवार उनको साथबाट चारवटा प्याकेटमा राखिएको चरेश लगायत केही भारतीय तथा नेपाली रुपैयाँ, भारतीय आधार कार्ड, बिलबुक र लाईसेन्स समेत फेला पारेको हो । बरामद चरेश तथा अन्य सामाग्रीसहित उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको छ ।
2079-09-20
APF News
लोड अवस्थामा राखिएको पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा
कम्मरमा बाधेको होल्स्टरभित्र लोड अवस्थामा राखिएको एक थान पेस्तोलसहित सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नगरपालिका ४ गुलरिया सीमा ईलाकाबाट पौष १७ गते एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको पूर्वीचम्पारण मोतिहानी १६ घर बताउने ४० वर्षिय चन्दन कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले उक्त पेस्तोल र ७ राउन्ड गोलि सहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आर.एफ.आई.को एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होल्स्टरभित्र राखेको ४ राउण्ड गोली समेत फेला पारेको हो । साथै उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाईल सेट समेत बरामद भएको छ । पक्राउ परेका कुमारलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा बुझाईएको छ । यसअघि सोही जिल्लाको महागढीमाई नगरपालिका २ भुटहीमा पौष ८ गते दुई वटा मोटरसाईकलमा सवार अज्ञात समूले भारत घर भएका ५० वर्षिय शिवपुजन प्रसाद यादवलाई गोली हानी फरार भएको थियो । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बरियारपट्टिले उनलाई उपचारको लागि न्यूरो अस्पताल बीरगंजतर्फ पठाएकोमा बाटोमा नै मृत्यु भएको थियो । सो घटना पछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्दै आएको छ ।
2079-09-18
APF News
सशस्त्र प्रहरी बलमा आचरण सम्बन्धि स्थायी आदेश जारी
सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीहरुलाई कुटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारण सम्बन्धि स्थायी आदेश २०७९ जारी गरेको छ । यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनैतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले सो स्थायी आदेश जारी गरेको हो । यसबाट आफुखुशी भेटघाट गर्ने परम्पराको अन्त्य हुनेछ भने भेटघाट गर्नुपरेमा आचारण सम्बन्धि स्थायी आदेशनुसार अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने छ । सशस्त्र प्रहरी कर्मचारीहरुले सरकारी प्रयोजनको लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र साथमा लिई जानुपर्ने छ । यसैगरी कुटनैतिक भेटघाटका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कुटनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएनुसारको प्रक्रिया पुरा गर्नुपर्नेछ । साथै सशस्त्र प्रहरी बल नेपालले सांगठानिक तथा व्यक्तिगत भेटघाट तथा सम्पर्कको लागि र विभिन्न संचारमाध्यहरुसँग सम्पर्क एवं अन्तरवार्ताको लागि दुई वटा स्वीकृतीको निवेदन फारम समेत जारी गरेको छ । । भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्राङ्कित अधिकृतहरुले फारम अनुसारको निवेदन आफु कार्यरत कार्यालबाट सिलसिलेवार रुपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मार्फत सशस्त्र प्रहरी महानिरीक्षकबाट स्वीकृती लिनुपर्नेछ, भने राजपत्र अनाङ्कित कर्मचारीहरुले आफु कार्यरत कार्यालय मार्फत सिलसिलेवार मानवश्रोत विभाग प्रमुखको स्वीकृती लिनुपर्नेछ र सो स्वीकृतीको जानकारी मानवश्रोत प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई गराउनु पर्नेछ । यसरी स्वीकृती लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरणको जानकारी सिलसिलेवार रुपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा दिनुपर्ने छ । यसकासाथै सो स्थायी आदेशमा विभिन्न संचारमाध्यहरुमा सम्पर्क तथा सूचना आदनप्रदान गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट मात्र गर्नुपर्नेछ भने मातहत इकाईका सूचना अधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालको परिचालन सम्बन्धमा सूचना प्रवाह गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्तासँग समन्वय गर्नुपर्ने छ । सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीहरु बाहेक अन्य सशस्त्र प्रहरी कर्मचारीले संचारमाध्यममा कुनैपनि सूचना संप्रेषण गर्नुपरेमा वा अन्तरवार्ता दिनुपरेमा स्थायी आदेशमा जारी गरिए अनुसारको निवेदन दिई सशस्त्र प्रहरी प्रवक्ता मार्फत सशस्त्र प्रहरी महानिरीक्षकको स्वीकृति लिनुपर्ने छ । यसकासाथै सशस्त्र प्रहरी कर्मचारीहरुले सांगठानिक तथा व्यक्तिगत विषयमा कुनैपनि पिरमर्का, गुनासो तथा सुझावहरु भएमा बाह्य व्यक्ति तथा निकायहरुमा सम्पर्क नगरी सशस्त्र प्रहरी प्रवक्ताको मोवाईल नम्बर ९८५१२७२००७, सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको मोवाईल नम्बर ९८५१२६०७३६, ईमेल spokesperson@.apf.gov.np वा सशस्त्र प्रहरी बल नेपालको वेभसाईट www.apf.gov.np मा रहेको गुनासो/सुझाव फारम भरी दिन सकिने आचरण सम्बन्धि स्थायी आदेशमा व्यवस्था रहेको छ । सो आचरण सम्बन्धि स्थायी आदेश कडाईकासाथ पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण मातहत इकाईहरुलाई निर्देशन दिनुकोसाथै कुनैपनि कर्मचारीले आचरण सम्बन्धि स्थायी आदेश विपरीत कार्य गरेको पाईएमा सशस्त्र प्रहरी नियमावली बमोजिम कडाभन्दा कडा विभागीय सजाय गरिने संगठनको नीति रहेको छ ।
2079-09-18
APF News
सशस्त्र प्रहरीद्वारा २९ लाख भन्दा बढि मुल्यको सामान बरामद :-
सिरहाको विभिन्न स्थानबाट पौष १३ गते सशस्त्र प्रहरीले करीव २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो । सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने संजय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ । सोही गाउँपालिका ५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको ५ लाख रुपैयाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ । सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा ५ लाख ५० हजार रुपैयाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई राखेको अवस्थामा २ लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो समेत बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुङ्गा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षती पुगेको छ ।
2079-09-14
APF News
मदिरा बोकेको गाडीसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रण
महोत्तरी, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट मंसीर २६ गते सशस्त्र प्रहरीले करीव ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षिय राजा साह र २२ वर्षिय अजित कुमारलाई नियन्त्रणमा लिएको हो । बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
2079-08-27
APF News
गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीद्वारा नियन्त्रण
पर्सा, पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ स्थित ठुटेखोला ईलाकाबाट मंसीर २६ गते सशस्त्र प्रहरीले करीब ३ सय ६३ के.जी. गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाडि फरार भएका थिए । बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको छ ।
2079-08-27
APF News
दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला
कालिकोट, कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदिमा मंसीर २४ गते फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव मंसीर २६ गते र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय जेसीबी चालक मंगल चुडारीको शव मंसीर २७ गते फेला परेकोे हो । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीसँगै दुर्घटनामा परी हराईरहेका सोही गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीकोे खोजीकार्य जारी छ । यही मंसीर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदिमा खस्न गई दुर्घटना हुँदा जेसीबीमा रहेका ८ जना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु, ३ जना घाईते र ३ जना बेपत्ता भएका थिए ।
2079-08-27
APF News
मोटरसाईकलको ट्याङ्किभित्र लुकाई छिपाई ल्याउँदै गरेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना  नियन्त्रण

धनुषा,
    मोटरसाईकलको ट्याङ्किभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले मंसीर २७ गते भारत घर बताउने २३ वर्षिय उमेश कुमारलाई नियन्त्रणमा लिएको छ ।
    धनुषा जिल्लाको बिदेह नगरपालिका ९ ईटहर्वा स्थित सीमा ईलाकाबाट    सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो । 
    विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाईकलमा उल्लेखित रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
    पक्राउ परेका कुमारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रुपैयाँ तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । 
 

2079-08-26
APF News
निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौं, नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साइन्स भरतपुरका चिकित्सकहरुद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारी, उनीहरुका आश्रित परिवारजन लगायत स्थानीय सर्वसाधारणकोे लागि यही मंसीर २४ गते बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा परिषरमा र २५ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो । सो स्वास्थ्य शिविरमा नेपाल प्रहरीका ७२ जना तथा सशस्त्र प्रहरी बल नेपालका १३२ जना र स्थानीय सर्वसाधारण ११६ जना गरी कुल ३२० जनाको स्वास्थ्य परिक्षण गर्नुकासाथै निःशुल्क रुपमा औषधी वितरण समेत गरिएको थियो । सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले मायाको चिनो प्रदान गर्नुभएको थियो । त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले निःशुल्क स्वास्थ्य शिविर संचालनबाट प्रदेश स्थित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको मात्र नभई स्थानीय सर्वसाधारणहरुको समेत स्वास्थ्य परिक्षण गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रमा प्रदेश स्थित नेपाल प्रहरी श्रीमती संघ तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलाद्मी र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
2079-08-26
APF News
गुल्मपति तथा स्टाफ तालिम र सीमा सुरक्षा तथा ब्यवस्थापन तालिम संचालन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा मंसिर २५ गतेदेखि सि.सं. ३० गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ । सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले मनोनित भई तालिममा सहभागी हुने प्रशिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना दिनुहुँदै तालिमलाई तालिमको रुपमा नलिई आफुले हासिल गरेका ज्ञान, सीप र कलालाई एक आपसमा शेयर गर्ने ठाउँको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले वार्षिक तालिम क्यालेण्डर अनुसार दर्जागत तालिम र विभिन्न उन्नत तालिम नियमित रुपमा संचालन गरिने कुरा बताउनुुहुँदै देश तथा संगठनलाई आईपर्न सक्ने जस्तोसुकै चुनौतीहरुलाई सामना गर्न तालिम अपरिहार्य रहेको बताउनुभयो । १२ हप्ता अवधिको सिसिएससी तालिममा ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने ६ हप्ता अवधिकोे सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा ११ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र १४ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल २५ जना अधिकृतहरुको सहभागिता रहेको छ ।
2079-08-25
APF News
आर्मोरर मेकानिक्स तालिम संचालन
काठमाडौं, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले मंसीर २५ गते सशस्त्र प्रहरी बल नेपाल हातहतियार तथा यन्त्रिक कार्याशाला बलम्बुमा संचालन हुने सि.सं. १० आर्मोरर मेकानिक्स (ग्रेड ii) तालिम उद्घाटन गर्नुभएको छ । उहाँले संगठनमा व्यवसायिक र दक्ष जनशक्ति उत्पादन गर्न तालिम अपरिहार्य रहेको बताउनहुँदै प्रशिक्षक तथा प्रशिक्षार्थी वर्गहरुले तालिममा सिक्छु र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने असम्भव भन्ने कुरा केही नभएको बताउनुभयो । २४ हप्ता अवधिको सो तालिममा १ जना सशस्त्र प्रहरी सहायक निरीक्षक सहित कुल २७ जना विल्लादार तथा जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
2079-08-25