Toggle Menu

समाचार

APF News
नेपाल एपीएफ स्कूलको १८औँ वार्षिकोत्सव सम्पन्न
नेपाल एपीएफ स्कूल कीर्तिपुरको १८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा संचालन गरिएका विभिन्न प्रतियोगितामा सहभागि छात्रछात्राहरुलाई प्रमाणपत्र प्रदान गर्नुको साथै हरेक वर्ष प्रकाशन हुँदै आईरहेको विद्यालयको वार्षिक ‘स्मारिका सन्निवेश’को समेत विमोचन गर्नुभएको थियो । महानिरीक्षक अर्यालले शिक्षा आफैमा गहन र बृहत विषय भएकोले समग्र विद्यालयको छवि र स्तर उक्त विद्यालयले आफ्ना विद्यार्थीहरुलाई प्रदान गरेको व्यवहारिक एवं सैद्धान्तिक शिक्षाले विद्यार्थी जीवन निर्वाह पश्चात सम्बन्धित विद्यार्थीहरु के-कस्ता पेशा तथा व्यवसायमा अवलम्बन गर्न सक्षम भएका छन् भन्ने कुरामा निर्भर रहने बताउनुभयो । उहाँले कोभिड-१९को कारण थलिएको नेपाली शैक्षिक अवस्थालाई छोटो समयमै परिवर्तन गरी अगाडी बढाउन सफल भएकोमा विद्यालयका प्रधानाचार्य, शिक्षक, कमाण्डेन्ट, विद्यार्थी, अभिभावक र सहयोगी संघसंस्थाहरुले पु¥याएको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै स्थापना दिवसले अभिभावक, शिक्षक र विद्यार्थीहरुमा थप उर्जा र हौसला मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाल एपीएफ स्कूललाई संगठनले गर्नुपर्ने सहयोग र समन्वयमा कुनै कसुर बाँकी नराख्ने बताउनुहुँदै वर्तमान अवस्थामा नेपाल एपीएफ स्कूलले दिने शिक्षा र अतिरिक्त क्रियाकलापहरुमा छुट्टै पहिचान गराउँदै अगाडी बढाउनुको साथै यस विद्यालयलाई समयानुकुल परिमार्जन र वैज्ञानिक बनाई उत्कृष्ट विद्यालयको रोजाई भित्र पार्ने वातावरण सिर्जना गर्न विद्यालय परिवारलाई निर्देशन दिनुभयो । वार्षिकोत्सवको अवसर पारी आफ्ना सन्ततीहरुको भविष्य नेपाल एपीएफ स्कूलको जिम्मामा सुम्पनहुने सबै अभिभावकप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो-‘यहाँहरुको छनौट र हामीप्रतिको विश्वासमा कुनै सन्देह नगर्नुहोला, हामीले हाम्रा नानीबाबुहरुलाई उचित र समयानुकुल शिक्षा दिने कार्यमा कुनै सम्झौता गर्ने छैनौँ ढुक्क भएर आफ्ना सन्ततीहरुको बारेमा चासो राखी विद्यालयलाई आवश्यक सल्लाह र सुझाव दिनुहुने अपेक्षा राख्दछु ।’ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले विद्यार्थीहरुको अदम्य आट र मिहिनेतको कारण एक सक्षम, विवेकशिल र विशिष्ट व्यक्ति बन्न सफल हुने बिश्वास व्यक्त गर्नुहुँदै विद्याार्थीहरुको संवेगात्मक विषयहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षक, अतिरिक्त क्रियाकलापमा संलग्न प्रशिक्षक वर्ग तथा विद्यालय परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका सशस्त्र प्रहरी कर्मचारी तथा सर्वसाधारण नागरिकका सन्ततीलाई ज्ञानको ज्योति फैलाउन विद्यालय अग्रसर रहेको बताउनुहुँदै कठिन समय र परिस्थितीमा पनि शैक्षिक क्षेत्रलाई हातेमालो गर्दै अगाडी बढाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । विद्यालयका प्रधानचार्य युवराज पराजुलीले संगठनले विश्वास गरेर जिम्मेवारी प्रदान गरे अनुरुप नै आफ्नो ज्ञान, सिप, बुद्धि, विवेक र दक्षताले भ्यायसम्म मन वचन र कर्मका साथै विद्यालय तथा विद्यार्थीहरुको समुज्वल भविष्य निर्माण कार्यमा अगाडी बढिरहेको बताउनुहुँदै नेपाल एपीएफ स्कूल किताबी ज्ञानमा मात्र सिमित नभई अतिरिक्त क्रियाकलाप तथा शिक्षात्मक क्रियाकलापमा समेत अग्रसर रहेको बताउनुभयो । उहाँले विद्यार्थीको प्रगति नै शिक्षकको पुरस्कार रहेको कुरा बताउनुहुँदै विद्यालय, बिद्यार्थी र अभिभावकको त्रिकोणात्मक समन्वय र सहकार्य रह्यो भने हरेक सन्तती महान व्यक्ति बन्न कुनै ठूलो कुरा नरहेको बताउनुभयो । वार्षिकोत्सव कार्यक्रममा नेपाल एपीएफ स्कूलका छात्रछात्राहरुले फुटबल, काता, कराते, तेक्वान्दो लगायत कविता वाचन, नाचगान समेत प्रस्तुत गरेको थिए । साथै फुटबल प्रतियोगितामा कक्षा ४ को टिमले कक्षा ५ का विद्यार्थी टिमलाई १-३ गोलका अन्तरले पराजित गरी विजयी भएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष, पूर्व विद्यालयका समादेशक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, संचारकर्मी, शिक्षक÷शिक्षिकाहरु, अभिभावक तथा विद्यालयका छात्रछात्राहरुको समेत उपस्थिती रहेको थियो ।
2079-12-17
APF News
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई दिईएको छ । यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात बरिष्ठ उपरीक्षक खड्कालाई उक्त जिम्मेवारी दिईएको हो । संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि उहाँलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने छ ।
2079-12-16
APF News
नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरुको लागि संचालन भएको आधारभूत प्रशासनिक प्रशिक्षणका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले चैत्र १६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । स्थलगत अवलोकन भ्रमणमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको परिचय, विकासक्रम, संचालन, काम कर्तव्य र अधिकार लगायतका विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, आन्तरि क सुरक्षा चुनौतीहरु, सुरक्षा निकाय तथा समकक्षीहरुसँगको समन्वय र सहकार्य लगायतका विषयमा राखेका जिज्ञासाहरुको बारेमा समेत उहाँहरुले प्रष्ट पार्नुभएको थियो । सोही क्रममा प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको संग्रहालय र केन्द्रिय आदेश कक्षको अवलोकन भ्रमण समेत गराईएको थियो । सो टोलीमा १ जना प्रशिक्षक तथा २६ जना प्रशिक्षार्थी अधिकृतहरु गरी कुल २७ जनाको सहभागिता रहेको थियो ।
2079-12-16
APF News
सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न
चैत्राष्टमीको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा चैत्र १५ गते सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ । बिहान ७ बजेर ३५ मिनेट तथा १० बजेर ४५ मिनेटको पुजाको संकल्प साइतमा गरिएको पुजामा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाउनुभएको थियो । महानिरीक्षक अर्यालबाट सम्पन्न भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थित रहेको थियो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । महानिरीक्षक अर्यालले पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो । सशस्त्र प्रहरी बल नेपालले चैत्राष्टमीको अवसरमा परम्परागत रुपमा हरेक वर्ष निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ ।
2079-12-15
APF News
चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरीले करीव १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित सोही जिल्लाको ओमसतिया गाउँपालिका २ पडसरी बस्ने ४० वर्षिया पुजा थापालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डाले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका थापालाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।
2079-12-14
APF News
नम्बर २१ दक्षिणकाली गणको १९औँ वार्षिकोत्सव सम्पन्न
सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकाली ललितपुरको १९ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले राज्यद्वारा प्रदत्त विभिन्न कार्यादेशहरु अक्षरस पालना गर्दै समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिको सुरक्षा, विपद् उद्धार लगायतका अति महत्वपूर्ण तथा संवेदनशील जिम्मेवारी वहन गर्ने कार्यमा गणको अर्थपूर्ण उपस्थितिले संगठनको औचित्य र महत्वलाई स्थापित गर्न टेवा पुगेको बताउनुभयो । सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुहुँदै गणले प्राप्त जिम्मेवारीलाई उपलब्ध सिमित श्रोत साधनको अधिकतम उपयोग गरी सरोकारवाला अन्य निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै शान्ति सुरक्षा र अमन चयन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, सिनियर अधिकृतहरु, स्थानीय भद्रभलादमी, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2079-12-10
APF News
नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयको १९औँ वार्षिकोत्सव सम्पन्न
सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंको १९औँ वार्षिकोत्सव कार्यक्रम चैत्र १० गते सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा महानिरीक्षक अर्यालले बाहिनी तथा बाहिनी मातहत अन्य युनिटहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्थापना दिवसले कार्यक्षेत्रमा खटिदा थप उर्जा र हौसलाका साथ परिचालित हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा र शुभकामना दिनुहुँदै यस्ता प्रकारका कार्यक्रमहरुलाई सभ्य, सरल र सहभागितात्मक तवरले संचालन गरी संस्कृतिको रुपमा अगाडी बढाउन सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको योगदान उल्लेखनिय रहने बताउनुभयो । उहाँले युनिटको स्थापना दिवस मनाउने परम्पराको थालनीले राष्ट्रसेवकहरुमा आफ्नो युनिट प्रतिको सामिप्यता मात्र बढाउने नभई युनिटप्रति इमान्दार, कर्तव्यनिष्ठ र लगनशिल भई आफ्नो युनिटको कार्यसम्पादनमा जवाफदेहिताको भावनाको समेत विकास हुने बतानुभयो । सशस्त्र प्रहरी बल नेपाललाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न संगठनका हरेक सदस्य शारिरीक रुपमा सबल र मानसिक रुपमा सक्षम हुनु अपरिहार्य रहेको बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो- ‘कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होइन, संगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनै पर्दछ ।’ उहाँले संगठन हाल कुनै पनि व्यक्ति विशेषको दया र मायाले होइन पद्धतीे हावी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताउनुहुँदै आफ्नो व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राखी कमाण्डर र नेतृत्व तहसँग हातेमालो गर्दै अगाडी बढेमा संगठन बिकास र विस्तारमा सदैव सफलता मिल्ने बताउनुभयो । महानिरीक्षक अर्यालले विगतमा सशस्त्र प्रहरी बल नेपालमा संगठनले मात्र स्थापना दिवस मनाउने परम्परा रही आएतापनि हालका दिनहरुमा बाहिनीदेखि गुल्म सम्मका स्थायी युनिटहरुले पनि स्थापना दिवस मनाउन देखाएको तदारुपकता र सकृयताको प्रशंसा गर्नुहुँदै स्थापना दिवसलाई हर्ष, उल्लास र मनोञ्जन सँगसँगै पेशागत दक्षता बढाउने किसिमका प्रतियोगिता संचालन तथा हरेक कर्मचारीले आफूलाई अब्बल सावित गर्ने महत्वपूर्ण अवसर र प्रतिस्पर्धाको मन्चको रुपमा लिने अवस्था सिर्जना गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सशस्त्र प्रहरी महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल र सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले वार्षिकोत्सवको अवसरमा संचालन गरिएको विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उप-प्रमुख बसन्ती श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत, जुनियर अधिकृत र विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2079-12-10
APF News
भन्साली छली ल्याउँदै गरेको मोटर पार्ट्स सहित चालक नियन्त्रणमा
रुपन्देही जिल्लाको देबदह नगरपालिका १० चरंगे ईलाकाबाट चैत्र ५ गते सशस्त्र प्रहरीले करीव ७ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स तथा कारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका ८ बस्ने ३४ वर्षिय सन्तोष प्रसाद शाहलाई नम्बर २७ गण रुपन्देहीले भारतबाट अवैध रुपले लु १ च १४२६ नम्बरको गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त मोटर पार्ट्ससहित नियन्त्रणमा लिएको हो । उनी उक्त गाडीको चालक रहेका छन् । शाहलाई बरामद मोटर पार्टस् तथा कारसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
2079-12-07