Toggle Menu

समाचार

APF News
प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभुत तालिम संचालन

        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा
सि.सं. २५ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभुत तालिम
संचालन भएको छ ।
        सो तालिमको प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक अभि कुमार खत्रीले बैशाख २४ गते एक कार्यक्रमका बीच उद्घाटन
गर्नुभयो ।
        नायव महानिरीक्षक खत्रीले फौजी तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै
मनोनित भई तालिममा सहभागी हुने प्रशिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको
शुभकामना दिनुभयो ।
        उहाँले संगठन आबद्ध भएर कार्यक्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न यस
किसिमका आधारभुत तालिम सहायक सिद्ध हुने र प्रशिक्षार्थी अधिकृतहरुले
उत्साह, उमगं, जोशजागर र उच्च हौसलाका साथ तालिम सफलतापुर्वक सम्पन्न
गर्नुहुने समेत बिश्वास ब्यक्त गर्नुभयो ।
        १६ हप्ता अवधिको तालिममा १९ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र ३९
जना प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा
सहभागी रहेका छन् ।

2080-01-24
APF News
गाजाँसहित २ जना व्यक्ति र ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

        सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी राजमर्गबाट
बैशाख २१ गते सशस्त्र प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाजँसहित २ जना
व्यक्ति र ट्रक नियन्त्रणमा लिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले धनकुटाबाट ईटहरीतर्फ जाँदै
गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको
उल्लेखित परिमाणको गाजाँसहित गाडी चालक धनकुटा जिल्लाको छथर जोरपाटी
गाउँपालिका ६ बस्ने ३४ बर्षिय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम
जिल्लाको छथर गाउँपालिका २ बस्ने २८ बर्षिय चुडामणी कटुवाललाई
नियन्त्रणमा लिएको हो ।
        उनीहरुको साथबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोवाईल सेट, बाटोको
ईजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ ।
        नियन्त्रणमा लिइएका उनीहरुलाई ट्रक, गाजाँ र बरामद सामाग्रीसहित आवश्यक
कारवाहीको लागी  ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।

2080-01-21
APF News
नेपाली सेनाको हाईयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्षका उच्च अधिकृतहरुद्धारा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय भ्रमण

नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ११ हाईयर कमाण्ड एण्ड
म्यानेजमेन्ट कोर्ष’का उच्च अधिकृतहरुले बैशाख २१ गते सशस्त्र प्रहरी बल
नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गरी विविध
विषयमा जानकारी लिनुभयो ।
        सो अवसरमा कोर्षका शिक्षार्थी अधिकृतहरुसँगको अन्तरक्रिया कार्यक्रममा
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा संगठनहरु वीच भएको
आपसी सहकार्य तथा सहयोग आदान प्रदान र आत्मियताले गर्दा एकआपस वीचको
सम्बन्ध थप मजबुद एवं प्रगाढ हुँदै गईरहेको उल्लेख गर्नुहुँदै
राज्यप्रदत्त विविध जिम्मेवारी निर्वाहको क्रममा सुरुवात देखि नै विविध
तालिम तथा साधनश्रोत व्यवस्थापनमा नेपाली सेनासँग समन्वय भईरहेको उल्लेख
गर्नुभयो ।
        उहाँले यस खालका अन्तरक्रिया तथा भ्रमणले एक आपसमा सुमधुर सम्बन्ध कायम
राख्दै आगामी दिनहरुमा कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा सहजता
आउने विश्वास व्यक्त गर्नुुहुँदै राष्ट्र र आम नागरिकको सुरक्षा, सीमा
सुरक्षा, विपद् उद्वार तथा व्यवस्थापन लगायतका कार्यहरु सबैको सामूहिक
प्रयासले विशिष्ट तवरले सम्पादन गर्न सकिने बताउनुभयो ।
        महानिरीक्षक अर्यालले त्यसअवसरमा सो कोर्षका प्रशिक्षक सहायक रथी हिम्मत
बहादुर बिष्टलाई संगठनको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभयो ।
        सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडामगरले सशस्त्र प्रहरी
बल नेपालको बारेमा कोर्षका शिक्षार्थी अधिकृतहरुले राखेको विविध
जिज्ञासाहरुबारे प्रष्ट पार्नुभयो ।
सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठनिक संरचना, काम कर्तव्य र
अधिकार, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा परिचालन, सुरक्षा
संगठनहरुबीच समन्वय र सहकार्यका क्षेत्रहरु, विद्यमान चुनौती लगायतका
विविध विषयहरुबारे शिक्षार्थी अधिकृतहरु समक्ष प्रस्तुतीकरण मार्फत
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराउनुु भएको
थियो ।
        त्यसअवसरमा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा
ल्याएको विविध सामाग्रीको अवलोकन, सशस्त्र प्रहरी बल, नेपाल प्रधान
कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको कामकारवाही  र सो
कक्षले हाल प्रयोगमा ल्याईरहेको सूचना तथा संचार प्रविधिबारे समेत
शिक्षार्थी अधिकृतहरुले जानकारी हासिल गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदक्त पौडेल लगायत
नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति
रहेको थियो ।

2080-01-21
APF News
दार्चुला हिउँपहिरोमा परी वेपत्ता ५ मध्ये ३ जनाको शव फेला

  दार्चुला जिल्लाको ब्याँस गाँउपालिका १ बोलिनमा मंगलबार हिउँपहिरोमा परि वेपत्ता भएका ५ जना मध्ये एक पुरुष र दुई महिलाको शव बुधबार सशस्त्र प्रहरीले फेला पारेको छ ।
    सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म छाङरुबाट सशस्त्र प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टको कमाण्डमा गएको टोलीले तीन जनाको शव फेला पारेको हो । 
    पहिरोमा वेपत्ता एक पुरुष र ४ महिला मध्ये दुहु गाँउपालिका ४ पोक्से का १८ बर्षिय प्रविण कुँवरको सनाखत भएको छ भने अन्य दुई महिलाको सनाखत हुन सकेको छैन । हराईरहेका अन्य दुई जना महिलाको खोजी कार्य जारी रहेको छ । 
    यार्सागुम्बा संकलन गर्न गएका १२ जना मध्ये ५ जना हिउँपहिरोमा पुरिएर वेपत्ता भएका थिए भने अन्य ७ जनाको सशस्त्र प्रहरीले मंगलबार साँझ नै उद्धार गरेको थियो । यार्सागुम्बा संकलन गर्न गएका अन्य १३ जना समेत मंगलबार राति सशस्त्र प्रहरीको टोलीसागै फर्किएका थिए । 
    हिउँपहिरोमा वेपत्ता भएका महिलाहरुमा डोटी जिल्लाको जोरायल गाँउपालिका २ वुडरकी ४५ बर्षिया नक्नी डोल्मा थापा, सोही ठाँउकी २८ बर्षिय ईश्वरी थापा, १५ बर्षिया क्षिमी सोमो थापा र दार्चुला जिल्लाको दुहु गाँउपालिका ४ पोक्सेकी ३६ बर्षिया कमला कुँवर रहेका छन् । 

2080-01-20
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट शान्ति स्थापनार्थ साउथ सुडानतर्फ खटिई जान लागेका एपीएफ टोलीको बिदाई
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत दशौँ डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई बैशाख १४ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक बिदाई गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफ.पी.यू मिशनमा जाने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्धन्दग्रस्त मुलुकमा सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सो टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा समग्र संगठन र राज्यले आर्जन गरेको छविलाई आच आउन नदिने गरी जनताले अपेक्षा गरे बमोजिम बिभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । महानिरीक्षक अर्यालले एफ.पी.यू मिशन छनौट निर्देशिका बनिसकेकोले अब १५ बर्ष सेवा अवधि पुगिसकेकाहरुले मात्र सहभागि हुन पाउने र सशस्त्र प्रहरी कर्मचरीहरुको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मुल्याङ्कन हुने बताउनुभयो । मिसनमा खटिई जान लागेको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुले शुभकामना सहित हार्दिक बिदाई गर्नुभयो । सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हाल्नु भएको थियो । सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् । पछिल्लो पटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ । सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक उद्धव बहादुर न्यौपानेको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३४ जना जुनियर अधिकृत र १ सय ३० विल्लादार जवानहरु गरी जम्मा १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १६ गते साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।
2080-01-14
APF News
नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरुको लागि संचालन भएको आधारभूत प्रशासनिक प्रशिक्षणका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले बैशाख १४ गते प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । स्थलगत अवलोकन भ्रमणमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको परिचय, विकासक्रम, संचालन, काम कर्तव्य र अधिकार लगायतका विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, आन्तरिक सुरक्षा चुनौतीहरु, सुरक्षा निकाय तथा समकक्षीहरुसँगको समन्वय र सहकार्य लगायतका विषयमा राखेका जिज्ञासाहरुको बारेमा समेत उहाँहरुले प्रष्ट पार्नुभएको थियो । सोही क्रममा प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुलाई संग्रहालय र केन्द्रिय आदेश कक्षको अवलोकन भ्रमण समेत गराईएको थियो । सो टोलीमा १ जना प्रशिक्षक तथा २९ जना प्रशिक्षार्थी अधिकृतहरु गरी कुल ३० जनाको सहभागिता रहेको थियो ।
2080-01-14
APF News
सामानसहित गाडी नियन्त्रणमा
ईलाम, ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित आलेभञ्याङ्गबाट बैशाख १३ गते सशस्त्र प्रहरीले करीव ५ लाख ५१ हजार रुपैयाँ बराबरको विभिन्न सामानसहित गाडी नियन्त्रणमा लिएको छ । मे १ ज १५०२ नम्बरको पिकअप गाडीमा राखी भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २२ बोरा युरिया मल, ५ कार्टुन भाडाँ धुने साबुन, ६० केजी जिरा, १७ कार्टुन मदिरा र २० कार्टुन बियर सशस्त्र प्रहरी बल नेपाल विओपी जौबारीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र गाडी आवश्यक कारवाहीको लागि पशुपति भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।
2080-01-14
APF News
लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा
सुनसरी, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ मारिया खोला ईलाकाबाट बैशाख १३ गते सशस्त्र प्रहरीले करीव ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित ४ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । को १२ प ९०४, को ६ प ७७२१, प्रदेश १-०२-०४५ प ५२ र को १५ प ९१५५ नम्बरको मोटरसाईकलमा अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज (विओपी कप्तानगंज) ले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको लत्ताकपडा तथा मोटरसाईकल सुनसरी भन्सार कार्यालयमा बुझाईएको छ ।
2080-01-14
APF News
श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित दुई जना नियन्त्रणमा
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट बैशाख १२ गते सशस्त्र प्रहरीले ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षिय सुरेश लिम्बु र १७ वर्षिय बिकाश मण्डललाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
2080-01-12