Toggle Menu

समाचार

APF News
चोरीपैठारीको सामान र मोटरसाईकलसहित व्यक्ति नियन्त्रणमा

रुपन्देही,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट १
लाख ७ हजार ५ सय रुपैयाँ बराबरको मख्खन र एउटा मोटरसाईकलसहित सोही
जिल्लाको सिद्धार्थनगर नगरपालिका ९ बर्मेलिटोल बस्ने ३५ बर्षिय गोपाल
आडवानीलाई असार २ गते सशस्त्र प्रहरीले नियन्त्रणमा गरेको छ ।
        लु ७ प ५७४७ नम्बरको मोटरसाईकलमा राखि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको मख्खन प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले
नियन्त्रणमा लिएको हो ।
        यसैगरी सोही ईलाकाबाट असार ३ गते सशस्त्र प्रहरीले १ लाख ५ हजार ७ सय ८५
रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ

        नियन्त्रणमा लिईएको व्यक्ति, सामान र मोटरसाईकल आवश्यक कारवाहीको लागि
भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।

2080-03-03
APF News
चोरीपैठारीको सामान तथा अटोरिक्सासहित ३ जना नियन्त्रणमा

        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट जेठ ३१ गते
सशस्त्र प्रहरीले ५ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान तथा
अटोरिक्सा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
        सोही नगरपालिका बस्ने ३६ बर्षिय गुड्डि मुसलवान र ४८ बर्षिया सिता
गुरुङ्ग र सप्तरी जिल्ला घर भई हाल भैरहवा बस्ने २३ बर्षिय उमेश
पासवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
         लु १ ह ५२१९ नम्बरको अटोरिक्सामा राखेर भारतबाट अबैध रुपले नेपालतर्फ
ल्याउँदै गरेको ६८ जोर जुत्ता सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा
सुरक्षा गुल्म डण्डा (वीओपी डण्डा) ले बरामद गरेको हो ।
        बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

2080-03-03
APF News
सामानसहित मो

कञ्चनपुर,
        कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका ३ जमुनाघारीस्थित सीमा
ईलाकाबाट १ लाख ४१ हजार ९ सय रुपैयाँ बराबरको सामानसहित २ वटा भारतीय
मोटरसाईकल असार ३ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
        युए ०६ ए ३६०२ र युके ०६ एआर २९७५ नम्बरको मोटरसाईकलमा राखि भारतबाट
अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ६० केजी भटमास ३
बोरा यूरीया मल र १ बोरा गुड प्रस्तावित सीमा सुरक्षा देवीस्थानले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल आवश्यक कारवाहीको लागि कञ्चनपुर
भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

2080-03-03
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सि.सं. २४ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभुत तालिमको दिक्षान्त

काठमाडौँ,
        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित
सि.सं. २४ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभुत तालिम
सम्पन्न भएको छ ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असार ३ गते सोही प्रतिष्ठानमा
आयोजित तालिमको दिक्षान्त समारोहमा उक्त तालिममा सर्वप्रथम भएका
प्रशिक्षार्थी प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. एलिसा
महर्जनलाई सर्वोत्कृष्ट पुरस्कार स्वरुप खुुकुरी प्रदान गर्नुका साथै
चाँदमारी र सहिष्णुतातर्फ उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई पुरस्कार
तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
        दिक्षान्त समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई राज्यले प्रदान गरेका राज्यप्रदत्त
कार्यादेशलाई कुशलतापूर्वक बहन गर्न संगठनले आफ्नो मौजूदा जनशक्तिलाई
विशिष्टिकृत सेवा अनुरूप परिचालन गर्दै आइरहेको तथा पैदली फौज र
प्राविधिक जनशक्ति आफैंमा एक अर्काका परिपुरक रहेको बताउनुहँदै तालिम
सफलतापूर्वक सम्पन्न गरी दिक्षित हुनुभएका प्राविधिक अधिकृतहरुलाई
हार्दिक बधाइ तथा कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
        उहाँले संगठनको स्वास्थ्य क्षेत्रलाई विस्तृत, बृहत एवं सबैको पहुँचमा
पुर्याउन एउटा अभियानका साथ लागि रहेको र विशेषज्ञलाई सिधै माथिल्लो
दर्जामा भर्ना लिने कार्यको शुरुवात भएको उल्लेख गर्नुहँुदै विशिष्ट
क्षमता, विशेषज्ञता र ज्ञानले भविष्यमा सशस्त्र प्रहरी बल नेपालको
स्वास्थ्य तथा सेवाको क्षेत्रमा थप विकास  र संगठनकै मान प्रतिष्ठा बढाउन
कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
        सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले काठमाण्डौंको बलम्बुस्थित
केन्द्रिय अस्पताललाई समयानुकूल स्तरोन्नति गर्नुका साथै कोशी, मधेश,
लुम्बिनी प्रदेशमा फिल्ड अस्पताल र चितवनको कुरिनटारमा ट्रमा सेन्टर
सञ्चालनमा रहेको र बाँकी प्रदेशमा फिल्ड अस्पतालहरु स्थापना गरिने
बताउनुभयो ।
        कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक अभि कुमार खत्रीले प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण
गराउनु भएको थियो ।
         १६ हप्ता अवधिको उक्त तालिममा ५ जना प्राविधिक सशस्त्र प्रहरी नायव
उपरीक्षक, ३ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र १ जना प्राविधिक
सशस्त्र प्रहरी नायव निरीक्षक गरी कुल ९ जना प्रशिक्षार्थी अधिकृतहरुले
सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।
        समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र
बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं
अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

2080-03-03
APF News
२५ लाख भन्दा बढिको अबैध सामान बरामद

        पर्सा जिल्लाको बिरगंज महानगरपालिका १० आदर्शनगर ईलाकाबाट २५ लाख २५
हजार ६ सय रुपैयाँ बराबरको अबैध सामान जेठ ३१ गते दिउँसो सशस्त्र
प्रहरीले बरामद गरेको छ ।
        २ वटा ठेलामा लोड गरी भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको बिल बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र
एयरबर्डस् प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो ।
सामान ल्याउने ब्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडी
फरार भएका थिए ।
        बरामद गरिएको मध्ये विल विजक विनाको सुटिङ्गको कपडा ५ लाख ७० हजारको तथा
अन्य लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् गरी १९ लाख ५५ हजार ६ सय
रुपैयाँको रहेको छ  ।
        बरामद सामान आवश्यक कारवाहीको लागि बुधबार नै बिरगंज भन्सार कार्यालयमा
बुझाईएको छ ।

2080-03-02
APF News
बिलबिजक भन्दा बढीको सामानसहित तीन वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

        मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाई स्थित
पुर्व–पश्चिम लोकमार्गबाट जेठ ३१ गते राति ११ बजे सशस्त्र प्रहरीले
बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका तीन वटा मालवाहक कन्टेनर
ट्रक नियन्त्रणमा लिएको छ ।
        वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७१०१, ना ७ ख ५९२७ र
वीरगंजबाट बुटवलतर्फ जादैँ गरेको ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक
सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
        विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका ट्रक मध्ये ना ५ ख ७१०१ र ना ७
ख ५९२७ नम्बरको ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व
अनुसन्धान विभाग हरिहर भवन ललितपुर र ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक
राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ ।
 

2080-03-01
APF News
अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद

        रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट १ लाख १९ हजार ७
सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले जेठ
२९ गते बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।
        यसैगरी नम्बर ३४ गण कैलालीले जेठ २९ गते कैलाली जिल्लाको धनगढी
उपमहानगरपालिका ३ चटकपुर ईलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै
गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

2080-03-01
APF News
आर्मोरर मेकानिक्स तालिम समापन

        सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय आर्मोरर उपशाखा बलम्बुमा
संचालित सि.सं. १० आर्मोरर मेकानिक्स (ग्रेड II) तालिमको प्राविधिक
सशस्त्र प्रहरी नायव महानिरीक्षक इन्जिनियर संदीप थापाले जेठ ३० गते
समापन गनुभयो ।
        सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले सो तालिममा सर्वप्रथम हुन सफल
सशस्त्र प्रहरी जवान  मिन बहादुर अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र
प्रदान गर्नुको साथै तालिम सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पुर्ण
प्रशिक्षार्थीहरु लाई हार्दिक बधाई दिनुभयो ।
        उहाँले संगठनमा व्यवसायिक र दक्ष जनशक्ति उत्पादन गर्न तालिम आवश्यक
रहेको र तालिममा आफुले हासिल गरेका ज्ञान र सिप आफ्नो क्षमता बुद्धिले
भ्याएसम्म दृढ संकल्प लिएर व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।
        २४ हप्ता अवधिको सो तालिममा सशस्त्र प्रहरी सहायक निरीक्षक १ जना र
विल्लादार तथा जवानहरु २६ जना गरी कुल २७ जना प्रशिक्षार्थीको रुपमा
सहभागि रहेका थिए ।

 

2080-03-01