Toggle Menu

समाचार

APF News
राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टनको उपाधी एपीएफका प्रिन्स दाहाललाई

काठमाडौं,
        ‘१६ ‍औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन
प्रतियोगिता–२०८०” को पुरुष एकलतर्फको उपाधी नेपाल एपीएफ क्लबका प्रिन्स
दाहालले जितेका छन् ।
        आज भएको फाइनल खेलमा प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश
महर्जनलाई   २१–११ र  २१–११ ले पराजित गरी उपाधी जितेका हुन् ।
        सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित
प्रतियोगिताको समापन समारोहमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री
नारायण काजी श्रेष्ठले बिजयी खेलाडीहरुलाई शिल्ड, पदक, प्रमाणपत्र तथा
नगद पुरस्कार प्रदान गर्नुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिता
संचालनमा सहयोग पु¥याउनुहुने विभिन्न संघ संस्था, रेफ्री तथा
अफिसियलहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।
        यसैगरी बिहीबार भएको महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवकी
रसिला महर्जनले नेपाल एपीएफ क्लवकी जेसिका गुरुङ्गलाई २१–१९, १५–२१ र
२१–१७ ले पराजित गरी उपाधि हात पारेकी छिन् ।
         यसैगरी १९ बर्षमुनिका केटाअन्तर्गत नेपाल एपीएफ क्लबका क्षितिज खनालले
एपीएफ क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरी उपाधी
जितेका छन् । अन्डर टुभेल ब्वाईज अन्तर्गतको फाईनल खेलमा त्रिभुवन आर्मी
क्लबका रीजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८
ले पराजित गरी उपाधी जितेका छन् ।
        यसैगरी मेन्स डवलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र विजीत थापा
मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवाललाई २१–१८, २१–१३
ले पराजित गरी उपाधी जित्न सफल भएका छन् । वुमेन्स डवलतर्फको खेलमा
त्रिभुवन आर्मी क्लबका रशीला महर्जन र अनुमाया राईले नेपाल एपीएफ क्लबका
जेशीका गुरुङ्ग र सुनैना मुखियालाई २१–१६, २१–१२ ले पराजित गरी उपाधी
जित्न सफल भएका छन् भने मिक्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल
र जेसिका गुरुङले नेपाल एपीएफ क्लबकै विजीत थापा मगर र शोभा गौचनलाई
२३–२१, २२–२० ले पराजित गरी फाईनल खेल जित्न सफल भएका छन्  ।
        यसैगरी ५५ बर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धी चौधरी र धादिङ्गका
बिष्णुलाल श्रेष्ठले बैतडीका पूर्ण चन्द्र जोशी र किर्तिपुरका राजु
महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधी जितेका छन् भने ४५
बर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपीएफ क्लबका सञ्जय कपाली र अनिल
थाम्सुङ्ले कास्की पोखराका विशाल हिराचन र शम्भु कुमार श्रेष्ठलाई २१–१३,
२२–२० ले पराजित गरी उपाधी जितेका छन् ।
        ईन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) तर्फको खेलमा नेपाल टेलिकमका
सोभाखर भण्डारी र हरिकृष्ण शर्माले नेपाल एपीएफ क्लबका धिरेन्द्र चन्द र
सुधिर सुवेदीलाई २२–२०, २१–१२ ले पराजित गरी उपाधी जितेका हुन् ।
        नेपाल एपीएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २१
गतेदेखि संचालन भएको हो ।
        कुल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको प्रतियोगिताका सम्पुर्ण
खेलहरु द्यबमmष्लतयल ध्यचमि ँभमभचबतष्यल(द्यध्ँ) र द्यबमmष्लतयल ब्कष्बल
ऋयलाभमभचबतष्यल(द्यब्ऋ) को नियम अनुसार खेलाईएको थियो । प्रतियोगितामा
पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९
वर्षमुनिका केटा, भेट्रान्स युगल ४५÷५५ वर्ष, मिक्स डबल्स र ईन्टर
गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) लगायत गरी १० वटा इभेन्ट्सहरु समावेश
गरिएको थियो ।
        कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले यस
ब्याडमिन्टन प्रतियोगिताले संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय
कृष्णमोहन श्रेष्ठको स्मरण गर्नुका साथै खेलाडीहरुलाई राष्ट्रिय तथा
अन्तर्राष्ट्रियस्तरमा खेल्ने महत्वपूर्ण अवसर समेत प्रदान गर्ने विश्वास
व्यक्त गर्नुभयो ।
        उहाँले खेलकुदले आफ्नो शारिरीक तन्दुरुस्ती, स्वस्थता, अनुशासन कायम
गर्न मात्र नभई यस क्षेत्रमार्फत राष्ट्रिय गौरव र पहिचान स्थापित गर्न
समेत सहयोग पुग्ने बताउनुभयो ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा
प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने संघ संस्था,
प्रशिक्षक, अफिसियल तथा महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै
यस्ता प्रतियोगिताबाट क्षमतावान खेलाडीहरुको पहिचान हुनुकासाथै आगामी
दिनमा खेल क्षेत्रमा नवप्रतिभाहरुको आगमन हुने विश्वास व्यक्त गर्नुभयो ।
        समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, अवकाश प्राप्त सशस्त्र प्रहरी
महानिरीक्षकहरु, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष, पूर्व सशस्त्र प्रहरी
संघका अध्यक्ष, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी
अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरु लगायत
विभिन्न संघसंस्थाका प्रतिनिधि तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।

2080-02-25
APF News
प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास

        रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमति नदीमा जेठ २४
गते प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धारको अभ्यास गरिएको छ ।
        सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको
पहलमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त रुपमा उद्धार
अभ्यास सम्पन्न भएको हो ।
        मधेश प्रदेशका मुख्यमन्त्री माननीय सरोजकुमार यादवको प्रमुख आतित्थ्यमा
सम्पन्न अभ्यास कार्यक्रममा नम्बर २ छिन्न्मस्ता बाहिनी मुख्यालयका
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, प्रदेशस्थित
अन्य सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु,
रेडक्रसलगायत विपद् व्यवस्थापनमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी
संघसंस्थाको प्रतिनिधी र भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
        कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल र अन्य सुरक्षा निकायले संयुक्त
रुपमा जल उत्पन्न प्रकोप उद्धार सम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।

2080-02-24
APF News
राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगितामा सम्पन्न सेमिफाईनल खेलहरु

काठमाडौं,
        नेपाल एपीएफ क्लवको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय
हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा संचालित ‘१६ औँ
राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०’
अन्तर्गत बुधबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् ।
        आज सम्पन्न व्याडमिन्टन प्रतियोगिता अन्तर्गत ब्वाईज अन्डरटुभेल तर्फको
सेमीफाईनल खेलमा त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटीले सुहम कार्कीलाई
२१–१७, १२–२१, २१–१९ र त्रिभुवन आर्मी क्लबका रिजन मगरले नेपाल एपीएफ
क्लबका आरुष सिंखडालाई २१–१३, २१–१३ ले पराजित गरी फाईनलमा प्रवेश गरेका
छन् ।
        यसैगरी पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनले नेपाल एपीएफ
क्लबका देवराज रानालाई १४–२१, २१–१३, २४–२२ र नेपाल एपीएफ क्लबका प्रिन्स
दाहालले नेपाल एपीएफ क्लबकै क्षितिज खनाललाई २१–१५, २१–११ ले पराजित गरी
ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।
        यसैगरी महिला युगलतर्फ नेपाल एपीएफ क्लबकी जेसीका गुरुङ र सुनैना
मुखियाले नेपाल एपीएफ क्लबकी पुजा श्रेष्ठ र भोजपुरकी नक्सला तामाङको
टिमलाई २१–११, २१–१८ र त्रिभुवन आर्मी क्लबकी रशीला महर्जन र अनुमाया
राईको टीमले भोजपुरकी सीता राई र कस्तुरी कलेजकी सीमा राजबंशीको टिमलाई
२१–९, २१–१५ ले पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।
        यसैगरी महिला एलकतर्फ त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले त्रिभुवन
आर्मी क्लबकी अमिता गिरीलाई २१–१९, २१–१५ ले पराजित गरी ब्याडमिन्टन
प्रतियोगिताको फाईनलमा प्रवेश गरेकी छिन् ।
        यसैगरी भेट्रान्स युगल ४५ बर्ष माथिका ईभेन्ट्स अन्तर्गत नेपाल एपीएफ
क्लबका संजय कपाली र अनिल थाम्सुहाङ्को टिमले स्र्पाेट हबका सान बहादुर
साम्बा र लाक्पा शेर्पाको टिमलाई २१–१४, २१–१८ ले पराजित गरी फाईनलमा
प्रवेश गरेका छन् ।
        यसैगरी भेट्रान्स युगल ५५ बर्ष माथिका ईभेन्ट्स अन्तर्गत नेपाल एपीएफ
क्लबका प्रेमकुमार श्रेष्ठ र चेतसिंह थापाको टिमले चितवनका बुद्धी चौधरी
र धादिङ्गका बिष्णुलाल श्रेष्ठको टिमलाई २१–१२, २१–१२ ले  पराजित गरी
ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

2080-02-24
APF News
राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिताको मंगलबार सम्पन्न खेलहरु

काठमाडौं,
        नेपाल एपीएफ क्लवको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय
हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा संचालित ‘१६ आँै
राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०’
अन्तर्गत मंगलबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् ।
        आज सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको ईभेन्ट्समा नेपाल
एफिएफ क्लवका देवराज रानाले नेपाल पुलिस क्लवका हरि राईलाई २१–१३, २१–१०,
त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनले नेपाल एपीएफ क्लबका अमन महर्जनलाई
२१–१७, २१–१७, नेपाल पुलिस क्वबका सुनिल जोसीले भोजपुरका विशाल तामाङलाई
२१–११, २१–१३, नेपाल एपीएफ क्लब क्षितिज खनालले कैलालीका चन्दी्रका
कथरीलाई २१–१३, २१–१३, नेपाल पुलिस क्लबका जीवन आचार्यले त्रिभुवन आर्मी
क्वबका नरेन्द्र बमलाई २१–१६, २१–१९, नेपाल पुलिस क्लबका पूर्ण बहादुर
थापाले नेपाल एपीएफ क्लबका प्रनिश सिंह ठकुरीलाई १८–२१, २१–१८, २१–१७,
नेपाल पुलिस क्लबका बिष्णु कटुवालले नेपाल एपीएफ क्लबका भोजबहादुर
गुरुङलाई १०–२१, २१–१८, २१–१७ र नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले
त्रिभूवन आर्मी क्लबका कबिर केसीलाई २१–७, २१–१२ ले पराजित गरी
क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
        यसैगरी गल्र्स सिंगलतर्फको खेलमा भोजपुरका नङ्सला तामाङले कस्तुरी
कलेजका सीमा     राजबंशीलाई २१–१२, २१–१६, नेपाल एपीएफ क्लबका जेसीका
गुरुङ्गले त्रिभुवन आर्मी क्बलका रिहाना शेरचनलाई २१–८, २१–६, त्रिभुवन
आर्मी क्लबका अनुमाया राईले नेपाल एपीएफ क्लबका रिना तामाङलाई २१–१७,
२९–२७, नेपाल एपीएफ क्लबका सुनैना मुखियाले त्रिभुवन आर्मी क्लबका बिस्ना
बिष्टलाई १६–२१, २१–१३, २१–१८   , नेपाल एपीएफ क्लबका सोभा गौचनले
त्रिभुवन आर्मी क्लबका सिस्ना सीर्पालीलाई २१–१३ ,२१–१३ त्रिभुवन आर्मी
क्लबका अमिता गिरीले काभ्रेका सायरा प्रधानलाई २१–५, २१–३ , नेपाल पुलिस
क्लबका नीता लम्सालले सर्लाहीका निकिता लामालाई २१–१२, २१–१७, त्रिभुवन
आर्मी क्लबका रशीला मर्हजनले नेपाल एपीएफ क्लवका अन्जना राईलाइ २१–११,
२१–१२  ले पराजित गरी अर्को चरणमा प्रवेश गरेका छन् ।
        यसैगरी ब्वाईज अन्डर टुभेलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका सुदेश
राजकोटीले काठमाडांै व्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठलाई २६–२४,
२१–१९, कैलालीका आदित्य चौधरीले ईन्टरनेश्नल व्याडमिन्टन डेभलवमेन्ट
क्लबका अछ्यात ढुंगेललाई २१–१८, २७–२५, नेपाल एपीएफ क्लबका सफल भुजेलले
भोजपुरका ट्याबुङ् राईलाई २१–७, २१–१३, सुहम कार्कीले त्रिभुवन आर्मी
क्लबका दीप थिङ्गलाई २१–१७, २१–१२, दिपक व्याडमिन्टन एकेडेमीका देयोन
भण्डारीले सक्षम गुरुङलाई २१–१, २१–१०, त्रिभुवन आर्मी क्लबका रिजन मगरले
नेपाल पुलिस स्कुल साँगाका ईशान गिरीलाई २१–१२, २१–१४, दाङका ज्योती
आदित्य चौधरीले सन्दीप राईलाई २१–८, २१–१७, नेपाल एपीएफ क्लबका आरुष
सिंखडाले आईबीएससी ईमाडोलका प्रिन्स थापा मगरलाई २१–४, २१–८ ले पराजित
गरी अर्को चरणमा प्रवेश गरेका छन् ।

2080-02-23
APF News
सुनकोशी नदीमा खसेर वेपत्ता गाडी र दुईको शव गोताखोरले भेटाए

       सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर
वेपत्ता सीटीईभीटीका कर्मचारी चढेकोे गाडी र दुई जनाको शव सशस्त्र प्रहरी
बल नेपालको गोताखोरले मंगलबार फेला पारेको छ । एक जना भने अझै वेपत्ता
रहेका छन् र उनको खोजी कार्य जारी रहेको छ ।
        सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट
सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोरले गाडी
भेटाएर नदीबाट बाहिर निकालेका हुन ।
        आज भेटिएकाहरुमा शव तनहुँ जिल्लाको भानु नगरपालिका ९ बस्ने सीटीईभीटीका
प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण के.सी. र इलाम जिल्लाको
सूर्योदय नगरपालिका ५ बस्ने ३२ वर्षीय विद्युत प्रशिक्षक भानु पौडेलको हो
। पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका ७ बस्ने योजना महाशाखाका
निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै वेपत्ता छन् ।
        सो दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २०
विपद् उद्धार गण सिनामंगल काठमाडौं र उक्त तालिम शिक्षालयबाट गोताखोर
टोली खोजीकार्यको लागि खटिएको थियो ।
        प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ (इम्बोस्ड नम्बर बीएबी ७४६७) को
स्कार्पियो गाडी जेठ १९ गते शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा
घुर्मी–खुर्कोट सडकखण्ड अन्तर्गत सो ठाउँमा सुनकोशी नदीमा खसेको थियो ।
दुर्घटना पश्चात गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैं पौडिएर
नदीबाट बाहिर निस्कन सफल भएका थिए ।

2080-02-23
APF News
विश्व वातावरण दिवशको अवसरमा मुख्यालयमा २ सय ४२ सहित देशभरका यूनिटमा रोपियो ११ हजारभन्दा बढि बोटविरुवा

काठमाडाै
        विश्व वातावरण दिवशको अवसरमा सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय
हल्चोक स्वयम्भू परिषरमा २ सय ४२ सहित देशभरका युनिटहरुमा ११ हजारभन्दा
बढि बोटविरुवा रोपिएको छ ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सहभागितामा जेठ २२ गते
मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न जातका
बोटविरुवाहरु रोपिएको हो ।
        मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल
लगायत सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुको सहभागिता रहेको   थियो ।
        यसैगरी विश्व वातावरण दिवशकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल,
नेपालका ईकाईहरुमा समेत  फलफूल लगायत विभिन्न जातका बोटविरुवाहरु रोपिएको
छ ।
        सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी र मातहतका
युनिटहरुले १ हजार ८ सय ७७ वटा, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरी र मातहतका युनिटहरुले १ हजार ५ सय ६० वटा, नम्बर ३ गढिमाई
बाहिनी मुख्यालय मकवानपुर र मातहतका युनिटहरुले ६ सय ५९ वटा, नम्बर ४
मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र मातहतका युनिटहरुले ५ सय  वटा, नम्बर
५ विन्ध्यवासीनी बाहिनी मुख्यालय रुपन्देही र मातहतका युनिटहरुले २ हजार
९८ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र मातहतका युनिटहरुले
२ सय ५३ वटा, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली र माताहतका
युनिटहरुले १ हजार ७ सय ९२ वटा तथा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय
काठमाडौं र मातहतका युनिटहरुले ७ सय १८ वटा बोटविरुवा रोपिएको छ ।
        त्यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र मातहतका
युनिटहरुले १ हजार ३ सय २६ वटा, नेपाल एपीएफ अस्पतालले १६ वटा, न. १९
बगलामुखी विशेष कार्यदल गण हलचोक काठमाडांैले १ सय ६८ बोटविरुवा रोपेको
हो ।

2080-02-22
APF News
चोरीपैठारीको सामान नियन्त्रणमा

        सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट जेठ १८
गते १० लाख ७८ हजार ४ सय रुपैयाँ बराबरको चोरीपैठारीको खाध्यान्नसहित
एउटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मकैसहित
२–०३–००१ च ४००७ नम्बरको गाडी सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा
सुरक्षा गुल्म मलंगवाले नियन्त्रणमा लिइएको हो ।
        यसैगरी सर्लाही जिल्लाको बलरा नगरपालिका ६ मिर्जापुरबाट जेठ १९ गते
सशस्त्र प्रहरीले २ लाख ४ हजार २ सय रुपैयाँ बराबरको यूरिया मलसहित दुई
वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको मलसहित दुईवटा मोटरसाइकल बीओपी
मधुवनीले नियन्त्रणमा लिएको हो ।
        यसैगरी बीओपी संग्रामपुरले सर्लाही जिल्लाको पर्सा गाउँपालिका १ स्थित
सीमा ईलाकाबाट जेठ १९ गते १ लाख ७४ हजार रुपैयाँ बराबरको भन्सार छलीको
लत्ताकपडा बरामद गरेको छ ।
        बरामद सामानहरु स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2080-02-21
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता उद्घाटन :

        ‘१६ ‌‍औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन
प्रतियोगिता–२०८०” को सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन
गर्नुभएको छ ।
        सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २१ गते
आयोजित उद्घाटन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलका
मुख्य रेफ्रीलाई सटल कर्क हस्तान्तरण गरी प्रतियोगिताको सुभारम्भ
गर्नुभएको हो ।
        नेपाल एपीएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २४
गतेसम्म संचालन हुनेछ ।
        कूल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको प्रतियोगिताका सम्पुर्ण
खेलहरु Badminton World Federation(BWF) र Badminton Asian
Confederation(BAC) को नियम अनुसार खेलाईने छ भने प्रतियोगितामा १० वटा
इभेन्ट्सहरु समावेश गरिएको छ । जसमा पुरुष एकल, महिला एकल, पुरुष युगल,
महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल
४५÷५५ वर्ष, मिक्स डबल्स र मास्टर युगल ३५ बर्ष माथिलगायत रहेको छ ।
        कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संस्थापक सशस्त्र
प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठको स्मरणमा आयोजना भईरहेको
यस प्रतियोगिताले देशभर छरिएर रहेका प्रतिभावान खेलाडीहरुलाई एकिकृत
गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त
गर्नुभयो ।
        उहाँले मानव जिवनमा स्वस्थ शरीर एवं मस्तिष्क कायम राख्न खेलले
महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुहुँदै कुनैपनि खेलाडीले राष्ट्रिय
तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल भावना र अनुशासित भएर जित
हासिल गरेमा उसलाई हेर्ने दृष्टिकोण सदैव सकारात्मक हुने बताउनुभयो ।
        प्रतियोगितामा आज पुरुष एकल, पुरुष युगल, १२ वर्षमुनिका केटा, १९
वर्षमुनिका केटा र मिक्स डबल्स इभेन्ट्सका पहिलो चरणको खेलहरु संचालन
भईरहेको छ ।
        कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र
श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल, पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष
अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, सशस्त्र
प्रहरी बल नेपालका बरिष्ठ अधिकृतलगायत नेपाल ब्याडमिन्टन संघका अध्यक्ष
रामजीबहादुर श्रेष्ठ, खेलकुद संघसंस्थाका पदाधिकारी तथा खेलाडीहरुको
उपस्थिति रहेको थियो ।

2080-02-21
APF News
कक्षा ४ का बिद्यार्थीहरुद्वारा प्रतिभा प्रस्तुतीकरण

        सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने
अर्यालको प्रमुख आतिथ्यतामा नेपाल एपीएफ स्कुल किर्तिपुरमा कक्षा ४ मा
अध्ययनरत बिद्यार्थीहरुको प्रतिभा प्रस्तुतिकरण कार्यक्रम जेठ १९ गते
सम्पन्न भएको छ ।
        संघकी अध्यक्ष श्रीमती लामिछाने अर्यालले उत्कृष्ट कला प्रदर्शन गर्ने
बिद्यार्थीलाई पुरस्कार प्रदान गर्नुका साथै नेपाल एपीएफ स्कुलको
लाईब्रेरीलाई ४० थान स्टोरी बुक समेत हस्तान्तरण गर्नुभयो ।
        कार्यक्रममा संघका पदाधिकारीहरु, स्कुल प्रधानाचार्य, विद्यालय समादेशक,
विद्यालयका शिक्षक शिक्षिकाहरु, अभिभावकवर्ग तथा सशस्त्र प्रहरी
कर्मचारीहरुलगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
        सो कक्षाका विद्यार्थीहरुले आफुमा भएको निहित प्रतिभा देखाउनुका साथै
विभिन्न भाषा र समुदायको गीतसंगितमा नृत्यकला समेत प्रस्तुत गरेका थिए ।

2080-02-19
APF News
आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

        सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सेल्फ डिफेन्स नेपाल एसोसिएशनको
सहकार्यमा संचालित सेल्फ डिफेन्स (आत्मरक्षा) प्रशिक्षण कार्यक्रम जेठ १९
गते सम्पन्न भएको छ ।
        संघको २२ औं वार्षिक उत्सवको अवसर पारेर महिला सशस्त्र प्रहरी
कर्मचारीहरुलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपाल नंम्बर १९ बगलामुखी
(विशेष कार्यदल) गण काठमाण्डौमा संचालित प्रशिक्षण कार्यक्रम सशस्त्र
प्रहरी परिवार महिला संघकी उपाध्यक्ष सम्झना राणा दाहाललगायत सशस्त्र
प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
        ८६ जना महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई सेल्फ डिफेन्सकी प्रमुख
प्रशिक्षक सन्जु महर्जन, प्रशिक्षकहरु प्रभा महर्जन, विमला क्षेत्री,
सल्लाहकार सुवर्ण श्रेष्ठद्वारा प्रशिक्षण प्रदान गरिएको थियो  ।
        प्रशिक्षणको दौरान एरोविक, जुम्मा, सेल्फ डिफेन्स, ब्लक स्टेप जस्ता
टेक्निकहरु सिकाइएको थियो । यस प्रशिक्षणबाट आत्मबल बढाउनुको साथै
शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त बनाउने विश्वास लिइएको छ ।

2080-02-19
APF News
१५ लाख भन्दा बढीको जुत्ता र गाडी नियन्त्रणमा

         धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका २० स्थित देवपुरा रपैठा
ईलाकाबाट जेठ १८ गते सशस्त्र प्रहरीले १५ लाख ५४ हजार रुपैयाँ बराबरको
चोरपैठारीको जुत्तासहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
        ज १ च १०७७ नम्बरको गाडीमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै
गरेको जुत्तासहितको गाडी नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक
हेमन्त लिम्बुको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
        गाडी लिएर आउँदै गरेका व्यक्तिले गस्तीमा रहेको सशस्त्र प्रहरीलाई
देख्नासाथै गाडी सोही ठाउँमा छाडी भागेका थिए ।
        नियन्त्रणमा लिइएको जुत्ता तथा गाडी भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

2080-02-18
APF News
माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठद्वारा गोताखोर तालिम समापन:-

  माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सशस्त्र
प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित
सि.सं. ३ गोताखोर तालिमको जेठ १८ गते एक समारोहका बीच समापन गर्नुभएको छ

        सो अवसरमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले तालिममा
सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी जवान गणेशबहादुर थापालाई पुरस्कार
तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
        माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले तालिम सफलतापूर्वक
सम्पन्न गरेका गोताखोरहरुलाई हार्दिक बधाई दिनुहुँदै सशस्त्र प्रहरी बल
नेपालले विपद् व्यवस्थापन र जोखिमका सन्दर्भमा कसरी उद्धार गर्ने
भन्नेबारेमा तालिम शिक्षालय नै खोलेर जुन जिम्मेवारीबोधका साथ आफुलाई
अगाडी बढाएको छ त्यो अत्यन्तै सराहनीय र प्रशंसनीय रहेको बताउनुभयो ।
        उहाँले घटना दुर्घटनाहरुमा बलका राष्ट्रसेवकहरुले आफ्नो जिवनलाई नै खतरा
मोलेर गरेको सेवाले आपतविपद्मा परेकाहरुको जीवन बाचेको छ, मृत्यु भएकाको
शव निकालिएको छ, त्यो उदाहरणीय रहेको उल्लेख गर्नुहुँदै संगठनमा अन्य
जिम्मेवारी भन्दा गोताखोरको जिम्मेवारी एक योगदानको रुपमा अंकित हुने
बताउनुभयो ।
        माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले मनसुनको
सुरुवातसँगसँगै बाढी, पहिरो डुवानका समस्याहरुमा आमजनतालाई सेवा प्रदान
गर्नको निम्ति पूर्व तयारी र योजनाका साथ जुनसुकै बेला परिचालन हुनसक्ने
हालतमा रहन संगठनका हरेक तहका कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै गोताखोर
तालिममा सिकेका सिपको अधिकतम प्रयोग गर्दै जिम्मेवारीलाई आत्मसाथ गरी
सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।
        उहाँले राष्ट्रसेवक कर्मचारीहरुको मनोबल उच्च बनाईराख्न वृत्तिविकास र
सेवा सुविधा कसरी बढाउन सकिन्छ भन्ने बारेमा गृहमन्त्रालयमा छफलफलको
क्रममा रहेको बताउनुहुँदै चेन अफ कमाण्डमा रहेर सवै तहका कर्मचारीहरु
एकताबद्ध भई पद अनुकुलको आचारण र जिम्मेवारी स्वच्छ, अनुशासित र
कर्तव्यपरायणताका साथ प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन दिनुभयो ।
        माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले गोताखोर जनशक्ति
विकासमा सहयोग पुर्याोउनुहुने गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेशका
पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री दोबाटे विश्वकर्मा लगायत
सरोकारवाला निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
        समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको
क्रममा गोताखोर तालिम गर्नु र गोताखोरी कार्यमा आफुलाई समर्पित गर्नु
आफ्नो ज्यान राज्य र नागरिकलाई सुम्पे बराबर रहेको बताउनुहुँदै सफलता र
असफलता गौण कुरा हुन् तर पानीको गहिराईमा पुगि कसैको जीवित वा मृत उद्धार
गरी पीडितको जहान परिवारलाई सुम्पिन सकियो भने दुवै अवस्थामा उसको परिवार
गोताखोर र संगठनप्रति अनुग्रहित हुने उल्लेख गर्नुभयो ।
        उहाँले विपद्को क्षेत्रमा भैपरी आउने नविनतम चुनौतीहरुको पूर्वानुमान र
परिस्थिति विष्लेषण गरी परेको वखत परिचालन हुनसक्ने गरी सशस्त्र प्रहरी
बल नेपाल तयारी हालतमा रहेको बताउनुहुँदै बलका राष्ट्रसेवकहरुलाई
व्यक्तिगत समस्याहरुलाई थाँती राखेर आफु सुरक्षित हुँदै नागरिकको उद्धार
गर्ने कार्यमा दत्तचित्त भई परिचालित हुन निर्देशन दिनुभयो ।
        महानिरीक्षक अर्यालले गोताखोर तालिम व्यक्तिगत वृत्तिविकासका लागि मात्र
नभई संगठन र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु पनि हो
भन्नुहुँदै उहाँले भन्नुभयो–‘पानीमा बिलिन भएका तपाईका पसिनाले त्यतिबेला
सार्थकता पाउनेछ जतिबेला तपाईले अरु कसैले गर्न नसकेको काम गरी जनताको
मुहारमा मुस्कान ल्याउन सक्नुहुन्छ ।’
        उहाँले नागरिकको सेवा र सुरक्षालाई  प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी
बल नेपालले पछिल्लो समयमा BIRD Concept लाई परिचालनको नविन अवधारणाको
रुपमा विकास गरेको र यस अन्तर्गत विपद् व्यवस्थापन र सीमा सुरक्षालाई थप
प्रभावकारी बनाउँदै लैजान आगामी बर्षबाट बलका अधिकृतहरुको लागि PGD in
Border Security and Disaster Management  कोर्ष संचालन गर्ने योजना
रहेको बताउनुभयो ।
        पाँच हप्ता अवधिको उक्त तालिममा १९ सशस्त्र प्रहरी कर्मचारी र १ जना
नेपाल प्रहरीका गरी कूल २० जना सहभागी रहेका थिए । तालिमको दौरानमा
प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशुली नदी, कास्की
जिल्लाको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास
गराईएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा
उद्धार सम्बन्धि डेमो समेत प्रदर्शन गरेका थिए ।
        सो समारोहमा विशिष्ट अतिथिको रुपमा गण्डकी प्रदेशका पूर्व आन्तरिक
मामिला तथा कानून मन्त्री दोबाटे विश्वकर्मा, राष्ट्रिय विपद् जोखिम
न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल,
प्रहरी महानिरीक्षक बसन्त कुँवर, राष्ट्रिय अनुसन्धान विभागका मुख्य
अनुसन्धान निर्देशक हुतराथ थापा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
चन्द्रप्रकाश गौतम, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ
लगायत सरोकारवाला निकायका प्रतिनिधि तथा सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
        सशस्त्र प्रहरी बल नेपालमा सर्वप्रथम २५ जना सशस्त्र प्रहरी
कर्मचारीहरुले UNDP को सहयोगमा Armed Forces Division Training
Directorate, Dhaka बंगलादेशमा २०६९ वैशाख ३१ गतेबाट ३ महिना अबधिको Deep
Water Diving Training (गोताखोर तालिम) प्राप्त गरेको थिए ।
        गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्य
अनुरुप मजकुर गृह मन्त्रालयबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह
बाहिनी मुख्यालय सुनसरीमा २०७६ साल असोज ९ गतेदेखि कार्तिक २५ गतेसम्म १९
जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई नेपालमा नै पहिलो पटक गोताखोर तालिम
प्रदान गरिएको र पुनः मजकुर गृह मन्त्रालयबाट नै विपद् व्यवस्थापन तालिम
शिक्षालय कुरिनटारमा २०७९ साल वैशाख २५ गतेदेखि जेठ २९ गतेसम्म २० जना
सशस्त्र प्रहरी कर्मचारीहरुलाई गोताखोर तालिम प्रदान गरिएको तथा थप
गोताखोर तालिम प्राप्त जनशक्ति विस्तार गर्नको निमित्त गण्डकी प्रदेश
सरकारको सहयोगमा २०८० साल वैशाख १० गतेदेखि जेठ १८ गतेसम्म विपद्
व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालन भएको गोताखोर तालिममा
सशस्त्र प्रहरी बल नेपालको १९ जना र नेपाल प्रहरीको १ जना गरी २० जनाको
सहभागिता रहेको थियो । उक्त तालिम सम्पन्न पश्चात सशस्त्र प्रहरी बल
नेपालमा हाल ७४ जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेका छन् ।
        सशस्त्र प्रहरी बल नेपालबाट हालसम्म २ सय ७३ वटा घटनामा परिचालित भई ८
सय २ जनाको जीवितै उद्धार गरिएको छ भने ३ सय १७ वटा शव निकालिएको छ

2080-02-18
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सिलाई कटाई तालिम संचालन

        सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सशस्त्र प्रहरी बल, नेपाल
प्रधान कार्यालय हल्चोक काठमाण्डौंमा आधारभूत सिलाई कटाई तालिम संचालन
भएको छ ।
        सो संघकी उपाध्यक्ष श्रीमती संझना राणा दाहालले उक्त तालिमको जेठ १७ गते
एक कार्यक्रमका वीच उद्घाटन गर्नुभयो ।
        सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुका परिवारजनलाई लक्षित
गरी संचालन गरिएको ३ महिना अवधिको सो तालिममा २४ जना परिवारजनहरु सहभागी
रहेका छन् ।
        कार्यक्रममा संघका पदाधिकारीलगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको
उपस्थिति रहेको थियो ।
 

2080-02-17