Toggle Menu

समाचार

APF News
चोरीपैठारीको लत्ताकपडासहित व्यक्ति नियन्त्रणमा 

       रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका १ चैनपुर ईलाकाबाट १ लाख ४८ हजार
रुपैयाँ बराबरको लत्ताकपडासहित दुई जना महिलालाई सशस्त्र प्रहरीले असार
१४ गते नियन्त्रणमा लिएको छ ।
        नियन्त्रणमा लिईएकाहरुमा सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका ६ बस्ने
३१ बर्षिया मन्जु यादव र १२ बस्ने २३ बर्षिया अम्शु बानियाँ छन् ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडासति उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले
नियन्त्रणमा लिईएको हो ।
        नियन्यत्रणमा लिईएका उनीहरुलाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको
लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।

2080-03-15
APF News
सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह समापन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा राष्ट्रिय
सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ र हुल तथा दंगा
व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १५ (क) र (ख)
सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह असार १३
गते प्रशिक्षण प्रतिष्ठानमा संयुक्त रुपमा समापन भएको छ ।
समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको
सम्मानमा दिक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक
निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाज
समेत प्रदर्शन गरिएको थियो ।
महानिरीक्षक अर्यालले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र
प्रहरी सहायक निरीक्षक किरण सिंजाली र नवराज शाहीलाई खुकुरी प्रदान
गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट
प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्नुभयो ।
दिक्षान्त समारोहलाई सम्बोधन गर्नहुँदै महानिरीक्षक अर्यालले तालिम
सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी
सहायक निरीक्षकहरुलाई हार्दिक बधाई दिनुहुँदै तालिममा सिकाइएका ज्ञान,
कला र कौशललाई कार्यक्षेत्रमा खटिदा ईमान्दार, कर्तव्यनिष्ठ र लगनशिल भई
लाग्नुपर्ने बताउनुभयो ।
देश र नागरिकको सेवा र सुरक्षामा आफूलाई समर्पित गर्छु भनि सपथ लिएर
जनसेवामा जुट्ने अवसर सबैमा नहुने बताउनुहुँदै महानिरीक्षक अर्यालले
भन्नुभयो–‘तपाई र तपाईका आफन्तले गरेको गौरवले त्यसवेला सार्थकता पाउँछ,
जब तपाईले राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्य
सम्पादनको दृष्टान्त प्रस्तुत गर्नुहुन्छ, अनि तपाईहरुले बगाएको पसिनाले
त्यतिवेला सार्थक पाउछ, जतिबेला तपाईहरुले भिन्नाभिन्नै भूगोलमा बसेर
नेपाली नागरिकहरुमा सुरक्षाको प्रत्याभूति दिई आपद् विपद् परेको समयमा
भरोषा दिलाउन सक्नुहुन्छ ।’
उहाँले राज्यप्रदत्त जिम्मेवारीका साथ नागरिकको सेवा र सुरक्षाामा
परिचालित रहन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै
मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण परिपालना गरी
सामाजिक र पदियआचरण विपरित गतिविधिहरुमा नलागी आफूलाई एउटा अब्बल
अधिकृतको रुपमा परिचित गराउनेतर्फ लाग्नुपर्ने समेत बताउनुभयो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई स्थापना कालदेखि
यहाँसम्म आईपुग्न संगठनमा हिजो र आजका दिनहरुमा सकल दर्जाका सशस्त्र
प्रहरी कर्मचारीहरुको त्याग, तपस्या र बलिदानको अनुकरणीय भूमिका रहेको
स्मरण गर्नुहुँदै नयाँ जोश र उर्जाका साथ दिक्षीत भई कार्यक्षेत्रमा खटिई
जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको आगमनसँगै संगठनले अझ बढि
उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको बताउनुभयो ।
महानिरीक्षक अर्यालले उचित शिक्षा, दिक्षा र संस्कार दिई आफ्नो जीवनको
सहाराका रुपमा रहेका सन्ततीहरुलाई अन्य धेरै अवसर र गन्तव्यलाई थाती राखी
राष्ट्रसेवामा समर्पित रहन प्रेणित गर्नुहुने सम्पूर्ण
अभिभावकज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै तालिमको दौरानमा
अहोरात्र खटिने प्रशिक्षकवर्ग एवं प्रतिष्ठान तथा शिक्षालय परिवारलाई
बिशेष धन्यवाद दिनुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक
अभिकुमार खत्रीले धन्यवाद ज्ञापनको क्रममा साधारण नगारिकबाट फौजी जीवनमा
प्रवेश गराउन आधारभूत तालिम अपरिहार्य रहेको बताउनुहुँदै
प्रशिक्षार्थीहरुलाई तालिममा सिकाईएका सैद्धान्तिक एवं व्यवहारिक
अभ्यासबाट योग्य, सक्षम र इमान्दार अधिकृत उत्पादन गर्नमा टेवा पुग्ने
बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालमा नयाँ नियुक्त भई कार्यक्षेत्रमा
परिचालित हुनु अगाडी दर्जा अनुसारको काम, कर्तव्य र अधिकार त्रुटिरहित
ढंगबाट सम्पादन गर्न तालिम अपरिहार्य रहेको बताउनुभयो ।


४६ हप्ता अवधिको उक्त आधारभूत तालिम १५ जना महिलासहित कुल १२० जना
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
दिक्षान्त समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष
श्रीमती अनिता लामिछाने अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी
महानिरीक्षकहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुख तथा उपप्रमुख, सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षहरु लगायत सशस्त्र प्रहरी परिवार महिला संघका
पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरी तथा सशस्त्र
प्रहरी बल नेपालका सिनियर अधिकृत, देशका विभिन्न स्थानबाट आउनु भएका
अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।

2080-03-13
APF News
संयुक्त राष्ट्रसंघका उपमहासचिव र सशस्त्र प्रहरी महानिरीक्षक बीच शिष्टाचार भेटघाट

        संयुक्त राष्ट्र संघका Under Secretary General For Peace Operations, Mr.
Jean Pierre Lacroix र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बीच असार
१३ गते बुधबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा शिष्टाचार भेटघाट भएको
छ ।
        भेटघाटको क्रममा संयुक्त राष्ट्र संघ र सशस्त्र प्रहरी बल नेपाल बीचको
सहकार्य र समन्वयलाई आगामी दिनहरुमा अझ बढि प्रभावकारी बनाउने बिषयमा
छलफल भएको थियो । सो क्रममा उपमहासचिव Lacroix ले शान्ति स्थापनाको लागि
संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल नेपालले पुर्या एको
योगदानको प्रशंसा गर्नुभएको थियो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक
राजु अर्यालले संयुक्त राष्ट्रसंघको झण्डामुनी रहेर मानवअधिकार तथा
मानवीय कानुनको पूर्ण पालना गर्दै शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल
नेपाल प्रतिवद्धका साथ परिचालित रहेको समेत उल्लेख गर्नुभयो ।
        भेटघाटको क्रममा Under Secretary General For Peace Operations, Mr. Jean
Pierre Lacroix समक्ष मालिमा हालका दिनहरुमा बिकसित घटनाक्रम तथा अवस्था
र मालि देशले नै त्यहाँ तैनाथ रहेको १५ हजार भन्दा बढि फौजलाई फर्काउन
सक्ने बुझिएकोले अर्को महिना मालि मिशन उडानको लागि तयारी हालतमा रहेको
सशस्त्र प्रहरी बल नेपालको एफपीयु टोलीलाई छिटो भन्दा छिटो अन्यत्र
तैनाथीको लागि पहिलो प्राथमिकतामा राख्न समेत अनुरोध गरिएको थियो । यसका
साथै भेटघाटको क्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट एफपीयु मिशन थप
तथा Professional र IPOS कोटा बढाउने सम्बन्धमा समेत छलफल भएको थियो ।
सोही अवसरमा उपमहासचिव Lacroix ले एउटा एफपीयु मिशन जतिसक्दो छिटो तैनाथ
गर्ने कुरामा सकारात्मक जवाफ दिनुभएको थियो ।

2080-03-13
APF News
करीब दुई किलो सुनसहित कार र चालक नियन्त्रणमा 

        रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट करीब
दुई किलो सुनसहित कार र कारका चालकलाई असार ९ गते राति सशस्त्र प्रहरीले
नियन्त्रणमा लिएको छ ।
        नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार
र कारका चालक दाङ जिल्लाको घोराही नगरपालिका १० बस्ने ३१ बर्षिय हुमानन्द
गिरीलाई बिओपी बयरघाटले नियन्त्रणमा लिएको हो ।
        विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले कारलाई जाँच गर्दा कारको
गियर बक्समा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको दुई वटा ईट्टा
आकारको सुन फेला परेको हो ।
        रुपन्देहीस्थित सिद्धार्थनगर सुन चाँदी व्यवसायी संघले सुन भएको
प्रमाणित गरेको र उक्त सुनको तौल १ किलो ९ सय ६५ ग्राम ३ मिलि ग्राम र
बजार मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ४५ पैसा रहेको छ ।
        नियन्त्रणमा लिइएका गिरीलाई कार र बरामद सुनसहित आवश्यक कारवाहीको लागि
भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।

2080-03-10
APF News
माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ योग अभ्यासमा सरिक

काठमाडौैं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा असार ६
गते आयोजित योग अभ्यास कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं
गृहमन्त्री नारायणकाजी श्रेष्ठ सरिक हुनुभएको छ ।
नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान
कार्यालय परिसरमा आर्ट अफ लिभिङ्गको सहकार्यमा योग अभ्यासको आयोजना
गरिएको हो ।
माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले योग, ध्यान र व्यायामले
मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग
पु¥याउने विश्वास व्यक्त गर्नुहुँदै योग र ध्यानले मुलुकको शान्ति र
सुव्यवस्था कार्यमा परिचालित राष्ट्रसेवक कर्मचारीहरुलाई समेत उर्जा
प्रदान गर्ने बताउनुभयो ।
धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले
सुरक्षा कार्यमा परिचालित हुने जनशक्ति शारीरिक तथा मानसिक रुपमा
तन्दुरुस्त हुनुपर्ने भएकोले सशस्त्र प्रहरी बल नेपालमा हुने
व्यायामहरुमा योगलाई विशेष प्राथमिकताका साथ समावेश गर्ने प्रक्रिया
थालनी भईसकेको उल्लेख गर्नुहुँदै योगले तनाव, अशान्ति र विचलित रहेको
मतिष्कलाई सन्तुलनमा ल्याई मानसिक र शारीरिक रुपमा नैतिकवान,
कर्तव्यपरायण र निष्ठावान जनशक्ति निर्माण गर्न सहयोग पु¥याउने बताउनुभयो

योग अभ्यासमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी
महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक
सनतकुमार बस्नेत, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त
पौडेल, बंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष
श्रीमती अनिता लामिछाने अर्याल लगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी
बलका बरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुसमेतको सहभागिता रहेको
थियो ।

2080-03-06
APF News
श्रोत नखुलेको रुपैयाँसहित व्यक्ति नियन्त्रणमा

        बारा जिल्लाको कलैया उपमहानगरपालिका १० मटिअर्वास्थित सीमा ईलाकाबाट
श्रोत नखुलेको ७ लाख ६ हजार ७ सय पच्चीस रुपैयाँ र एउटा मोटरसाईकलसहित
सशस्त्र प्रहरीले असार ६ गते एक जनालाई नियन्त्रणमा लिएको छ ।
        बिशेष सूचनाको आधारमा  प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वा (बिओपी
मटिअर्वा) ले सोही उपमहानगरपालिका ८ बस्ने ४५ बर्षिय मदनकुमार मिश्रलाई
नियन्त्रणमा लिएको छ ।
        ना ३७ प ९७३५५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
मिश्रलाई शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको
श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।
        नियन्त्रणमा लिइएका मिश्रलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

2080-03-06
APF News
भन्सार पास समयावधि सकिएको कार नियन्त्रणमा

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १२ नैन्हीस्थित सीमा ईलाकाबाट
भन्सार पास समयावधि समाप्त भई अवैध रुपले नेपालमा रहिरहेको एउटा कार
सशस्त्र प्रहरीले अषाढ ३ गते नियन्त्रणमा लिएको छ ।
प्रतावित सीमा सुरक्षा गुल्म जलेश्वरी (बिओपी जलेश्वर) बाट सशस्त्र
प्रहरी नायव उपरीक्षक प्रदिप बुढाथोकीको कमाण्डमा खटिएको टोलीले डिएल ९
सिक्यूएस ४८९० नम्बरको भारतीय मारुती सुजुकी कार नियन्त्रणमा लिएको हो ।
तिब्रगतिमा नेपालबाट भारततर्फ जाँदै गरेको उक्त कार गस्तीमा रहेको
सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा भन्सार पास समयावधि सकिएको फेला
परेपछि यिनन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको कार आवश्यक अनुसन्धान कारवाहीको लागि जलेश्वर भन्सार
कार्यालयमा बुझाइएको छ । उक्त कारको भन्सार दाखिला मूल्य ११ लाख रुपैयाँ
रहेको छ ।

2080-03-05
APF News
चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा

        सर्लाही जिल्लाको बसबरिया गाउँपालिका–५ पोखरिया ईलाकाबाट जेठ ३१ गते
सशस्त्र प्रहरीले ५ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल र
बिँडीसहितको दुइ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
        भारतबाट अबैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको ३६ थान मोबाइल र ४ बोरा बिँडी सशस्त्र प्रहरी बल
नेपाल सुरक्षा बेश मनुष्माराले नियन्त्रणमा लिएको हो । सामान ल्याउने
व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामानसहित मोटरसाइकल छाडी
फरार भएका थिए ।
        नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही
भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
 

2080-03-03
APF News
चोरीपैठारीको सामान र मोटरसाईकलसहित व्यक्ति नियन्त्रणमा

रुपन्देही,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट १
लाख ७ हजार ५ सय रुपैयाँ बराबरको मख्खन र एउटा मोटरसाईकलसहित सोही
जिल्लाको सिद्धार्थनगर नगरपालिका ९ बर्मेलिटोल बस्ने ३५ बर्षिय गोपाल
आडवानीलाई असार २ गते सशस्त्र प्रहरीले नियन्त्रणमा गरेको छ ।
        लु ७ प ५७४७ नम्बरको मोटरसाईकलमा राखि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको मख्खन प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले
नियन्त्रणमा लिएको हो ।
        यसैगरी सोही ईलाकाबाट असार ३ गते सशस्त्र प्रहरीले १ लाख ५ हजार ७ सय ८५
रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ

        नियन्त्रणमा लिईएको व्यक्ति, सामान र मोटरसाईकल आवश्यक कारवाहीको लागि
भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।

2080-03-03