Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

    नेपाल सरकार गृहमन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)
को भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा
हुनुभएका बरिष्ठ अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले
प्रधान कार्यालय हल्चोक स्वयम्भूमा भाद्र १५ गते आयोजित एक समारोहकाबीच
दज्र्यानी चिन्ह प्रदान प्रदान गर्नुभएको छ ।
        सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र
प्रहरी उपरीक्षकहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा हुनुभएका
हो ।
        महानिरीक्षक अर्यालले व्यावसायीक जीवनमा पदोन्नती महत्वपूर्ण रहने
उल्लेख गर्नुहुँदै व्यावसायीक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम
स्वरुप पदोन्नती भएको बताउनुभयो ।
        उहाँले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायीकता,
इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुहुँदै संगठन
स्थापना पश्चात संगठनको साख बृद्धिमा टेवा पु¥याउनुहुने अग्रजहरुको
सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सवै तहका
राष्ट्रसेवकहरुको दायित्व रहेको उल्लेख गर्नुभयो ।
        महानिरीक्षक अर्यालले भ्रष्टाचार बिरुद्धका कार्यमा शून्य सहनशीलताको
नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान भई थपिएको पदीय
जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिनुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता
लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त
पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार
महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा
अधिकृतहरुको उपस्थिती रहेको थियो ।

2080-05-15
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान:–

        प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षकमा
बढुवा हुनुभएका अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले
 भाद्र ८ गते मुख्यालयमा आयोजित समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान
गर्नुभएको छ ।
        नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को भाद्र १ गतेको निर्णयले
सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङतर्फका ३ जना
प्राविधिक सशस्त्र प्रहरी निरीक्षकहरु प्राविधिक सशस्त्र प्रहरी नायव
उपरीक्षकमा र सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ७३
जना सशस्त्र प्रहरी नायब निरीक्षकहरु सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा
हुनुभएको हो ।
        त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बढेको दर्जासँगै थपिएको
जिम्मेवारीलाई सकरात्मक सोचका साथ मर्यादा र गरिमा कायम राख्दै आगामी
दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसलाका साथ कार्य गर्न
निर्देशन दिनुभयो ।
        उहाँले ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा जिम्मेवारी थपिएको महसुस
गरी आफ्नो कामप्रति थप उत्तरदायी बनेर पदीय जिम्मेवारीलाई त्रुटिरहित
ढंगबाट सम्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
        उहाँले संगठनमा उपलब्ध श्रोतसाधनहरुको उच्चतम प्रयोग गर्दै आफु परिचालित
क्षेत्रमा जस्तो सुकै चुनौतीपूर्ण र कठिन परिस्थितिमा समेत कत्तिपनि
बिचलित नभई नियम र कानूनको परिधिभित्र रहेर संगठनको हित र बृहत्तर
विकासमा योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2080-05-08
APF News
डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

       अबिरल बर्षाका कारण डुबानमा परेका बाँके जिल्लाको नेपालगंज
उपमहानगरपालिका २० गायत्रीनगरस्थित सकुम्बासी बस्तीका बासिन्दाहरुलाई
सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।
        भाद्र ८ गते विहान बस्ती डुवानमा परी मानिसहरु बाहिर निस्कन नकसेको
भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट आवश्यक उद्धार
सामाग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
        उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरी
सुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानहरु समेत सुरक्षित स्थानमा
सारेको हो ।

2080-05-08
APF News
सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको स्थापना दिवस सम्पन्न

        सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय
रुपन्देहीको छैठौं स्थापना दिवस सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालयको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
        पाँच बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा भाद्र ७ गते
बाहिनी मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालयले स्थापना दिवसको अवसर पारेर बाहिनी मुख्यालयमा आयोजना गरिएको
व्यवसायिक प्रतियोगिता, खेलकुद तथा हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको
समूह तथासूहका कर्मचारीहरुलाई प्रमाणपत्र, मेडल तथा शिल्ड तथा बाहिनीको
कामकारवाहीमा उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान
गर्नुका साथै अमर सशस्त्र प्रहरी परिवारका सदस्यहरुलाई सम्मान गर्नुभयो ।
        उहाँले बाहिनीले आफ्नो जिम्मेवारी इलाकामा शान्ति सुरक्षा अमन चयन काय
राख्न तथा अपत्विपद्मा परेकाहरुको उद्धार तथा राहत कार्य प्रशंसा योग्य
रहेको चर्चा गर्नुहुँदै आगामी दिनमा समेत अझ उत्कृष्ट कार्य क्षमता
प्रदर्शन गरी जनताको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
        कार्यक्रममा शिबराज नगरपालिका प्रमुख अजय थापाले सशस्त्र प्रहरी बल,
नेपालले प्रदर्शन गरेको कार्य क्षमता तथा सीमा सुरक्षामा देखाएको तत्परता
प्रशंसायोग्य रहेको बताउनुभयो । कार्यक्रममा बाहिनीपति अभिकुमार खत्रीले
धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
         स्थापना दिवस कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी
भरतमणी पाण्डे, लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालका
कार्यालय प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरीका इकाई प्रमुखहरु तथा
प्रदेश सरकारका पदाधिकारीहरुलगायत अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाश
प्राप्त तथा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु एवं स्थानीय
भद्रभलादमीहरुको समेत उपस्थिती रहेको थियो ।
        साथै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो बाहिनी अन्तर्गतका
इकाईहरुको निरीक्षण भ्रमण समेत गर्नुभई त्यहाँबाट भएगरेका कामकारवाहीबारे
जानकारी लिनुभएको छ ।
        महानिरीक्षक अर्यालयले भाद्र ७ गते नै सशस्त्र प्रहरी बल, नेपाल नं. २८
गण कपिलवस्तु र बीओपी मर्यादपुरको निरीक्षण भ्रमण गर्नुभएको हो । उहाँले
निरीक्षण भ्रमणको क्रममा त्यहाँ कार्यरत सकल दर्जाका राष्ट्रसेवक
कर्मचारीहरुलाई अनअपेक्षा अनुसार त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न
निर्देशन दिनुभयो ।
        यसअघि भाद्र ६ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी
मुख्यालय मकवानपुरको छैठौं स्थापना दिवससशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

2080-05-08
APF News
चोरी गरी भारततर्फ लैजाँदै गरेको दुई बालबालिकासहित एक जना नियन्त्रणमा

        चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई जना
बालबालिकासहित सशस्त्र प्रहरीले भाद्र ३ गते एक जनालाई नियन्त्रणमा लिएको
छ ।
         बीओपी दक्षिणझिट्कैयाले बारा जिल्लाको देवताल गाउँपालिका ३ अमुवाबाट
भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ बर्षिय
ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो ।
        चोरी भएका बालबालिका सोही गाँउपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन
महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द महत्तोको २ बर्षिय
छोरा सत्यमकुमार महत्तोको उद्धार गरिएको हो ।
        सीमावर्ती ईलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले बालबालिका रोएको
आवाज सुनेपछि आलमले बोकेको बोराभित्र जाँच गर्दा दुई जना बालबालिका फेला
परेका थिए ।
        उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने नियन्त्रणमा
लिइएका आलमलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2080-05-04
APF News
रसुवाको गोसाईकुण्डबाट मदिरा र सुर्तीजन्य पदार्थ बोकेको ट्रक नियन्त्रणमा

        रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी ईलाकाबाट भाद्र १ गते
सशस्त्र प्रहरीले करीव ३६ लाख २५ हजार रुपैयाँ बराबरको मदिरा तथा
सुर्तीजन्य पदार्थसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
        चीनबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ७ सय २५ पेटी चुरोट र
विभिन्न ब्राण्डका ३ सय १२ बोतल मदिरासहित ना २ ख ९४०२ नम्बरको मालबाहक
ट्रक नं. २० गुल्म रसुवाले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको ट्रक मदिरा तथा सुर्तीजन्य पदार्थसहित रसुवा भन्सार
कार्यालय टिमुरेमा बुझाईएको छ ।

2080-05-04
APF News
दुई थान हतियार सहित सर्लाहीबाट दुई जना नियन्त्रणमा

       सर्लाहीबाट दुई थान हतियार सहित सशस्त्र प्रहरीले शनिबार राती दुई
जनालाई नियन्त्रणमा लिएको  छ । बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले
पर्सा गाउँपालिका–६ स्थित सीमा इलाकामा भारतबाट नेपालतर्फ आउंदै गरेका
व्यक्तिलाई हतियारसहित  नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएकाहरुमा सर्लाहीको हरिपुर्वा नगरपालिका–६ बस्ने प्रकाश
यादव र जीवन राय यादव रहेका छन् ।
        भारतबाट नेपालतर्फ आउंदै गरेको बिआर १९ जिए ४१४१ नम्बरको मोटरसाईकललाई
चेक गर्ने क्रममा उनीहरुको साथबाट ७.६५ मिमि पेस्तोल एक थान, म्यागजिन १
थान र सोको गोली १५ राउण्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउण्ड गोली समेत
बरामद भएको छ ।
        उनीहरुको साथबाट बरामद भएको नगद ११ हजार ६८०, भारतीय बैंकको एटीएम कार्ड
तथा मोटरसाईकलसहित आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय
सर्लाहीमा बुझाईएको छ ।

2080-05-03