Toggle Menu

समाचार

APF News
जुत्ता र गार्मेन्टको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा

        सशस्त्र प्रहरी र राजश्व अनुुसन्धान कार्यालयको संयुक्त टोलीले करीब १
करोड ८४ लाख ५१ हजार १ सय ९२ रुपैयाँ बराबरको जुत्ता र गार्मेन्टको
सामानसहितको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
        सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन
४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र राजश्व अनुुसन्धान
कार्यालय ईटहरीले ना ५ ख ४३१ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो

        यसैगरी सुुनसरी जिल्लाको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम
लोकमार्गबाट साउन ४ गते बिओपी श्रीपुुर र राजश्व अनुुसन्धान कार्यालयले
जुत्ता र गार्मेन्टको सामानसहितको ना ३ ख ४५७९ नम्वरको कन्टेनर ट्रक
नियन्त्रणमा लिएको छ ।
        विशेष सूचनाको आधारमा मोरङबाट काठमाण्डौंतर्फ आउदै गरेको उल्लेखित
ट्रकहरुमा जाँच गर्दा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी सामान फेला
परेपछि नियन्त्रणमा लिइएको हो ।
        नियन्त्रणमा लिइएको जुत्ता र गार्मेन्टको सामानसहित दुई वटै ट्रक आवश्यक
अनुुसन्धानको लागि राजश्व अनुुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

2080-04-05
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट गुल्मपतिको जिम्मेवारी पाएका अधिकृतहरुलाई निर्देशन:

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका
विभिन्न गुल्म तथा स्कुलहरुमा  कार्यालय प्रमुखको रुपमा कामकाज गर्नेगरी
खटिई जान लागेका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई कार्यक्षेत्रमा
त्रुटिरहित ढंगबाट आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ

        सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा गुल्म तथा
स्कुलहरुमा कार्यालय प्रमुखको जिम्मेवारी पाएका अधिकृतहरुका लागि संचालन
गरिएको २ दिने कमाण्ड अनुशिक्षण तालिमको साउन ३ गते सामापन कार्यक्रममा
उहाँले सो निर्देशन दिनुभएको हो ।
        उहाँले खटिई जान लागेका कमाण्डर तहका अधिकृतहरुलाई कार्यक्षेत्रमा खटिदा
भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गरी आफू मातहतका
सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत चुस्त र दुरुस्त हालतमा राखी
उपलब्धीमूलक कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको बृहत्तर हितको लागि
सकारात्मक सोच राखेर काम गर्न र फिल्डमा सम्बन्धित सरोकारवाला
निकायहरुसंग समेत आवश्यक समन्वय गरी कार्य गर्न निर्देशन दिनुभयो ।

2080-04-03
APF News
लागुऔषधसहित दुई जना नियन्त्रणमा

        पुर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी नगरपालिका ७ स्थित ब्यारेज पुल
इलाकाबाट सशस्त्र प्रहरीले साउन २ गते लागुऔषध सहित दुई जनालाई
नियन्त्रणमा लिएको छ ।
        पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३८ बर्षिय प्रकाश
दमाइ र २० बर्षिय तिर्थ हरिचनलाई बिओपी त्रिवेणीले नियन्त्रणमा लिएको हो

        बा ३४ प ६५३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
उनिहरुलाई शंका लागि चेकजाँच गर्दा प्रोक्सीस्पास ५६ वटा र नाइट्रोभेट
ट्याब्लेट ३ वटा फेला पारेको हो ।
        नियन्त्रणमा लिइएका उनिहरुलाई बरामद लागुऔषध सहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाइएको छ ।

2080-04-03
APF News
बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको गाडी नियन्त्रणमा

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित शिबधारा इलाकाबाट साउन २
गते सशस्त्र प्रहरीले करीव १२ लाख २२ हजार ३ सय तेह्र रुपैयाँ बराबरको
मोटर पार्टस् सहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ ।
        धरानबाट धनकुटातर्फ जाँदै गरेको ना १ ज ६२९२ नम्बरको सुमो गाडीमा
सुरक्षा बेश धरानबाट खटिएको टोलीले जाँच गर्दा भिसीटिएस बिल नभएको  र
बिलबिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान भएको हँुदा नियन्त्रणमा लिएको
हो ।
        नियन्त्रणमा लिइएको गाडी र सामान आवश्यक कारवाहीको लागि राजश्व
अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ ।

2080-04-03
APF News
विशेष सूचनाको आधारमा  भन्सार छलिको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा

    धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाट बजारबाट साउन ३ गते
सशस्त्र प्रहरीले कस्मेटिक समान बोकेको तीन वटा ट्रक नियन्त्रणमा लिएको छ

        विशेष सूचनाको आधारमा विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाट र राजश्व
अनुसन्धान कार्यालय सुरक्षा बेश हरिहर भवनबाट खटिएको संयुक्त टोलीले
बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८०४, ना ५ ख ५८०५, ना ६ ख
८५८८ नम्बरको ट्रकमा जाँच गर्दा भन्सार छलि ल्याउँदै गरेको कस्मेटिक
सामानसहित नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएका ट्रक तथा सामान आवश्यक अनुसन्धानको लागि राजश्व
अनुसन्धान विभाग हरीहर भवन ललितपुरमा बुझाईएको छ ।

2080-04-03
APF News
अग्नि नियन्त्रण, भूकम्पीय सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण

         सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० बागेश्वरी गण बाँके र एकेडेमी अफ बीर
गोर्खाज सेक्युरिटी सर्भिस प्रा.लि.को सहकार्यमा अग्नि नियन्त्रण,
भूकम्पीय सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धी दुई दिने अनुशिक्षण
सम्पन्न भएको छ ।
        यही असार २६ गते कोहलपुर मेडिकल कलेज बाँके र २८ गते नेपालगंजको मेडिकल
कलेज बाँकेमा संचालन गरिएको अनुशिक्षणमा चिकित्सक, स्टाफ नर्स एकेडेमी अफ
बीर गोर्खाज सेक्यूरिटी सर्भिस प्रा.लि.का गार्ड र अन्य कर्मचारी गरी १
सय १० जनाको सहभागिता रहेको थियो ।
        सशस्त्र प्रहरी बल नेपालद्धारा सचेतनामूलक कार्यक्रमहरु नियमित संचालन
गर्ने क्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी
कर्मचारीद्धारा उक्त आगलागी र भूकम्पीय विपद् व्यवस्थापन सम्बन्धि
सैद्धान्तिक र प्रयोगात्मक विधिबाट अनुशिक्षण संचालन गरिएको थियो ।
 

2080-03-30