Toggle Menu

समाचार

APF News
पौडी खेल्ने क्रममा नदिको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्वार

        कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ खिलाङ्ग स्थित सेती नदिको
बिच भागमा अड्किएका व्यक्तिको सशस्त्र प्रहरीले साउन १४ गते सकुशल उद्वार
गरेको छ ।
        सुर्खेत जिल्ला घर भई सोही ठाउँ बस्ने २१ वर्षिय तेज बहादुर घर्तीमगर
पौडी खेल्ने क्रममा नदिको बिच भागमा अड्किएका थिए ।
        सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको
टोली खटिई उनको सकुशल उद्वार गरेको हो ।
        यसैगरी सोही जिल्लाको पोखरा महानगरपालिका १८ स्थित साराङकोटमा पहिरोमा
परी क्षती भएको दुई वटा घरको सामान सुरक्षित स्थानमा सारिएको छ ।
        सोही ठाउँ बस्ने ४७ वर्षिय सुन्दर श्याम अधिकारी र ५० वर्षिय मैत कुमारी
हमालको घरमा वर्षाको कारण पहिरो गई क्षती पुगेको थियो ।
        घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुडाँ, फर्निचरका लगायतका सामान
नम्बर २४ कालिका गण कास्कीबाट खटिएको सशस्त्र प्रहरीले स्थानीय
वासिन्दाको सहयोगमा सुरक्षित स्थानमा सारेको हो ।
 

2080-04-15
APF News
बाढिमा फसेका चार जनाको सकुशल उद्वार

        कास्की जिल्लाको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित बिजयपुर
खोलामा फसेका चार जनाको साउन १३ गते राती सशस्त्र प्रहरीले सकुशल उद्वार
गरेको छ ।
        निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा
अविरल वर्षाको कारण एक्कासी आएको बाढिमा सोही ठाउँ बस्ने २३ वर्षिय प्रेम
सुनार, ४० वर्षिय सुदिप गुरुङ्ग, २८ वर्षिय अर्जुुन वि.क. र १९ वर्षिय
क्षितिज नेपाली फसेका थिए ।
         सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन
तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरुको सकुशल उद्वार गरेको हो ।

2080-04-14
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भुमा साउन १४ गते एक कार्यक्रमका बीच हालै
पदोन्नती हुनुभएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान   गर्नुभयो ।
        नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको साउन ११ गतेको निर्णयले सशस्त्र
प्रहरी सेवा, प्राविधिक समुह, स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी
नायव उपरीक्षक ४ जना, साधारण समुह, लेखा उपसमूहतर्फ ५ जना र साधारण समुह,
कानून उपसमुहतर्फ १ जना सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती
हुनुभएका साथै अवकाश पूर्व विशेष बढुवा हुनुभएका  १ जनालाई सशस्त्र
प्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
        महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई
दिनुहुँदै आगामी दिनहरुमा कार्यसफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
        उहाँले आ–आफ्नो पदिय जिम्मेवारी र ट्रेड अनुसारको उत्कृष्ट कार्यसम्पादन
गर्न तथा आर्थिक अनुशासनमा रहि जिम्मेवारी निर्वाहमा लाग्न निर्देशन
दिनुहुँदै संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकासको  लागि संगठनले
सुधारात्मक कार्यहरु गरिरहेको बताउनुभयो ।
        यसैगरी उहाँले जीवनको लामो र स्वर्णिम समय अनवरत रुपमा राष्ट्रसेवामा
व्यथित गरी विशेष बढुवा भई अवकाश हुन लाग्नु भएका सशस्त्र प्रहरी नायव
उपरीक्षक गणेश कुमार सिंहलाई आगामी जीवन सुखमय रहोस भन्ने शुभकामना समेत
व्यक्त गर्नुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ तथा सिनियर अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
 

2080-04-14
APF News
बिलविजक बिनाको मोवाईलका डिसप्ले सहित व्यक्ति नियन्त्रणमा

        बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ स्थित कृषिबजार चोक नजिकैबाट साउन
१० गते सशस्त्र प्रहरीले करीव ४१ लाख ८१ हजार रुपैयाँ बराबरको मोवाईलको
डिसप्ले सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
        भारत घर बताउने ३६ वर्षिय नावेद अलीलाई नं. ३० बागेश्वरी गण बाँके र
राजश्व चुहावट नियन्त्रण सुरक्षा वेश कोहलपुरले नियन्त्रणमा लिएको हो ।
        से ७ प ८९९९ नम्बरको मोटरसाईकलमा सवार अलीले बोकेको उल्लेखित मुल्य
बराबरको बिभिन्न ब्रान्डका मोवाईलका डिसप्लेको बिलविजक फेला नपरेपछि
नियन्त्रणमा लिईएको हो ।
        नियन्त्रणमा लिएका अलीलाई बरामद डिसप्ले तथा मोटरसाईकल सहित आवश्यक
कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।

2080-04-11
APF News
लत्ताकपडा सहित अटो रिक्सा नियन्त्रणमा

        रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका १ सेमरपानी ईलाकाबाट साउन ११ गते
सशस्त्र प्रहरीले करीव ४ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा सहित एउटा अटो रिक्सा नियन्त्रणमा लिएको  छ ।
        भारतबाट अवैध रुपले लु १ ह ३५३९ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले
नियन्त्रणमा लिएको हो । लत्ताकपडा ल्याउँदै गरेका व्यक्ति तथा अटो चालक
भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै लत्ताकपडा र अटो रिक्सा छाडी
फरार भएका  थिए ।
        बरामद लत्ताकपडा तथा अटो रिक्सा भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।

2080-04-11
APF News
३० लाख भन्दा बढिको स्याउसहित ट्रक नियन्त्रणमा

        सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ देवनगर र झाँझपट्टीको सीमा
ईलाकाबाट साउन ११ गते सशस्त्र प्रहरीले करीव ३० लाख ३६ हजार रुपैयाँ
बराबरको स्याउसहित एउटा मिनिट्रक नियन्त्रणमा लिएको  छ ।
        स १ ख ६०० नम्बरको मिनिट्रकमा राखेर नेपालबाट भारततर्पm लैजाँदै गरेको
उल्लेखित मुल्य बराबरको १ सय ३४ कार्टुन स्याउसहितकोे ट्रक प्रस्तावित
सीमा सुरक्षा गुल्म इनर्वा, बिओपी नवराजपुर र सुरक्षा बेश सुखिपुरले
नियन्त्रणमा लिएको हो । ट्रकका चालक भने सशस्त्र प्रहरीको टोलीलाई
देख्नासाथै ट्रक छाडी फरार भएका थिए ।
        बरामद स्याउ तथा ट्रक ठाडी भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको छ ।

2080-04-11
APF News
राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सकुशल उद्वार

        बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदिको
भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले साउन ९ गते बेलुका सकुशल
उद्वार गरेको छ ।
        नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय
वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको
वहाव बढेपछि भंगालोमा फसेका थिए ।
        सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट
विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्वार
सामाग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्वार गरेको हो।

2080-04-10
APF News
चोरीनिकासीको सुर्तीजन्य सामान बरामद

        ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा ईलाकाबाट साउन ८
गते सशस्त्र प्रहरीले करीव ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य
सामान बरामद गरेको छ ।
        नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको
खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन प्रस्तावित सीमा सुरक्षा
गुल्म पशुपतिनगर ईलामले बरामद गरेको हो । सामान लैजाँदै गरेका व्यक्तिहरु
भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा सामान छाडी फरार
भएका थिए ।
        बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।

2080-04-09
APF News
नदीको बीच भागमा फसेका ५ जनाको सकुशल उद्धार

नदीमा एक्कासी बाढी आई नदीको बीच भागमा फसेका ५ जनाको सशस्त्र प्रहरीले
साउन ९ गते सकुशल उद्धार गरेको छ ।
        रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १३ र १४ को सीमानास्थित दानव
नदीमा दाउरा खोज्न गएको बेला बाढी आई नदीको बीच भागमा मान्छे फसेको भन्ने
खबर प्राप्त भएपछि सुरक्षा बेस बुटवलबाट टोली खटिएको थियो ।
        नदीको बीचमा फसेका सोही उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ बर्षिय जनक
घर्तीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
        यसैगरी सोही उपमहानगरपालिका ११ बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४
बर्षिय मिनबहादुर गाहालाई पनि सोही बेसबाट खटिएको सशस्त्र प्रहरीले सकुशल
उद्धार गरेको हो ।
        बुटवल उपमहानगरपालिका २ पाखापानीमा बस्दै आएका गाहा तिनाउ नदीमा माछा
मार्न गएको बेला एक्कासी पानीको बहाव बढ्न गई फसेका थिए ।
        सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी परिचालित भई उनको सकुशल
उद्धार गर्न सफल भएको हो ।
        यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ३ बेथरीस्थित तिनाउ
नदीमा दाउरा खोज्न गएका बेला नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले
सकुशल उद्धार गरेको छ ।
        सोही गाउँपालिका ६ का २६ बर्षिय अबदेश पाल, २० बर्षिय सुनिल पाल र
सीयारी गाउँपालिका २ बस्ने अबदेशकुमार यादव नदीमा दाउरा खोज्न गएको बेला
नदीको बहाव बढ्न गई नदीमा फसेका थिए ।
        सो बारे जानकारी पाउनासाथै नं. २७ गण रुपन्देहीबाट टोली परिचालित भई
उनीहरुको सकुशल उद्धार गरेको हो ।
        यसैगरी बुटवल उपमहानगरपालिका ११ टपमजुवास्थित तिनाउ नदी किनारमा रहेको
हरिलाल गाहाको घरको सामान सुरक्षित स्थानमा सारेको छ ।
        नदीले घर कटान गरी केही भाग बगाएको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा
बेस बुटवलबाट टोली खटिई गई घरको सरसमान सुरक्षित स्थानमा सारेको हो ।

2080-04-09