Toggle Menu

समाचार

APF News
पशुपतिनाथ मन्दिर परिसरमा रहेको यज्ञशालाको जिर्णोद्धार तथा ह्वील चियर हस्तान्तरण

       २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन
गर्न आउने अशक्त भक्तजनहरुकोे सहजताको लागि माघ ३ गते नं. ९ पशुपतिनाथ
बाहिनी तथा मातहत युनिटहरुको तर्फबाट ह्वील चियर हस्तारन्तरण गरिएको छ ।
        नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौका बाहिनीपति सशस्त्र प्रहरी
नायव महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजु
कुमार खत्रीलाई चार वटा ह्वील चियर हस्तान्तरण गर्नुभएको हो ।
        नायव महानिरीक्षक थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर
हिन्दु धर्मालम्बी तथा भक्तजनहरुको धार्मिक आस्थाको देवता भएको हुँदा
मन्दिरको सुरक्षा, संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व रहेको
बताउनुभयो ।
        जन सम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीति अनुसार Quick Impact
Project (QIP) संचालन गर्ने योजना अन्तर्गत सो बाहिनी तथा मातहत
इकाईहरुको सामूहिक प्रयासबाट ४ वटा ह्वील चियर हस्तारन्तरण गरिएको हो ।
        साथै विगत ६ वर्षदेखि जिर्ण तथा भत्किएको अवस्थामा रहेको मन्दिर भित्रको
यज्ञशालामा टुटफुट भएका ढुंगाहरु तथा पर्खाल र मन्दिरको बाहिरी भागमा
ढुंगाहरु विछ्याई जिर्णोद्धार समेत गरिएको थियो ।         कार्यक्रममा काठमाडौं
महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत, बाहिनी मातहतका गणपति,
गुल्मपति लगायत सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत
उपस्थिती रहेको थियो ।
 

2080-10-04
APF News
बाँकेमा आईतबार २० लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद

       पौष २९ गते  नं. ३० बागेश्वरी गण  बाँके र मातहतका युनिटहरुले जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा वर्तन, मोटरसाईकल पार्ट्स, लत्ताकपडा, किराना सामानहरु, फलफुल तथा विरुवाहरु र गाडीसहित अवैध कुखुराहरु गरी २० लाख ५ हजार ७ सय ८० बराबरको सामानहरु बरामद गरेको छ ।
नं. ३० गण बाँके, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह, बिओपी जयसपुर र बिओपी कालाबन्जरबाट  खटिएको टोलीले बाँके जिल्लाका विभिन्न स्थानहरुबाट भारतबाट अवैध रुपमा चोरीपैंठारी गरी नेपालतर्फ ल्याउदै गरेका रु.१ लाख ४१ हजार ८० मूल्य बरावर मोटरसाईकलका पार्ट्सहरु, करीव २ लाख ४२ हजार मूल्यको काँस तथा पित्तलका भांडाहरु, ९० हजार मुल्य बराबरका विभिन्न प्रकारका फलफूल तथा बिरुवाहरु र  ५२ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।
यसैगरी  नरैनापुर गाउंपालिका ६ स्थित नन्कउपुर ईलाकामा भे १ च ३६१५ नम्बरको म्याजिक गाडीमा भारतबाट नेपालतर्फ ल्याउंदै गरेको बिलबिजक नभएको अन्दाजी ३ लाख २० हजार मुल्य बराबरको  ८ सय के.जी. अवैध बोईलर कुखुराहरु र कुखुरा बोक्न प्रयोग गरिएको १० लाख मूल्य बराबरको गाडीसहित चालक बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका ७ बस्ने बर्ष २५ का राजेश चौधरीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

2080-10-01
APF News
पर्साको हरपुरबाट गाजाँसहित दुई जना व्यक्ति नियन्त्रणमा

        पर्सा जिल्लाको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट पुस २४ गते करीव १
सय ६८ के.जी. गाँजासहित दुई जनालाई नियन्त्रणमा लिईएको छ ।
        नियन्त्रणमा लिईएकाहरु धादिङ्ग जिल्लाको बेनिघाट गाउँपालिका ४ बस्ने
अन्दाजी २० वर्षिय  र मकवानपुर जिल्लाको राङसिराङ गाउँपालिका ४ बस्ने
अन्दाजी २२ वर्षिय दुई युबक  छन् ।
        पर्साको बिरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो
पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको
गाँजासहित उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले
नियन्त्रणमा लिएको हो ।
        उनीहरुको साथबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत
बरामद भएको छ । नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा, रुपैयाँ, मोवाईल
सेट र गाडीसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा
बुझाईएको छ ।

2080-09-24
APF News
बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ

        बाँके जिल्ला नेपालगंज उप–महानगरपालिका जमुनाहस्थित नेपाल भारत
प्रवेशद्धारमा पुस २३ गते सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको
शुभारम्भ गरिएको छ ।
        नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको तत्वावधान र नेपालगंज
उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले जमुनाहस्थित
नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका
बिरुवा र फूलको साथै प्रवेशद्वारमा राष्ट्रिय झण्डा समेत राखेको छ ।
        नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको सौजन्यमा स्थानीय
बासिन्दा र नेपाल भारत सीमा आवतजावत गर्ने सर्वसाधारणका लागि
यू.भि.फिल्टर जडित शुद्ध खानेपानी समेत राखिएको छ । झण्डोत्तोलन तथा
खानेपानी सेवाको नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका
बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, बाँकेका
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल तथा नेपालगंज
उप–महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले संयुक्त रुपमा उद्घाटन
गर्नुभएको थियो ।

2080-09-24
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल हुम्लाको सीमानामा

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल युनिट निरीक्षणको क्रममा
हुम्लास्थित नेपाल चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुग्नु भएको
छ ।
         आईतबार सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुग्नु भएका
महानिरीक्षक अर्यालले गुल्म र मातहत बिओपी हिल्साको निरीक्षण गर्नुभई सो
बिओपीको जिम्मेवारी क्षेत्रको बारेमा समेत जानकारी लिनुभएको हो ।
         सोही दिन महानिरीक्षक अर्यालले डोल्पामा तैनाथ नं. ४६ गुल्मको समेत
निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले कार्यरत फौजलाई उच्च
मनोवल लिएर हिमाल जस्तै अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न समेत
निर्देशन दिनुभयो ।

2080-09-24
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट नं. ३३ गणको नवनिर्मित कार्यालय भवनको उद्घाटन

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नंं. ३३ त्रिपुरा गण जुम्लाको
परिषरमा नवनिर्मित कार्यालय भवनको पौष २१ गते उद्घाटन गर्नुभएको छ ।
        महानिरीक्षक अर्यालले अस्थायी संरचनामा रही देश र जनताका सेवा र
सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई स्थायी संरचना निर्माणका लागि सहयोग
पुर्‍याउनुहुने विभिन्न संघसंस्था तथा महानुभावहरुप्रति धन्यवाद प्रकट
गर्नुुभयो ।
        कार्यक्रममा जुम्ला जिल्लास्थित जिल्ला समन्वय समितिका उप–प्रमुख जनक
थकाली, जिल्लास्थित गाउँपालिकाका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी जय
कुमार घिमिरे, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका बाहिनीपति
सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदीप कुमार पाल लगायत नेपाली सेना,
नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।
        यसअघि महानिरीक्षक अर्यालले पौष १९ गते आश्रित गुल्म रोल्पाको परिषरमा
नवनिर्मित कार्यालय भवन समेत उद्घाटनकासाथै नं. २९ ज्वालामाई गण
भालुवाङ्ग दाङ्ग लगायतको निरीक्षण समेत गर्नुभएको थियो ।

2080-09-22
APF News
  पर्साबाट करिव २४ लाख बराबर विभिन्न सामान र सवारी साधन नियन्त्रणमा

पुष १६ गते पर्सा जिल्लाको विभिन्न ठाउँबाट करिब २४ लाख बराबरको सामान नियन्त्रणमा लिइएको छ ।
वीरगंज महानगरपालिका १ र २ स्थित भगुवा र छटघाटबाट ६ लाख १ हजार ६ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको  छ । भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा नं. १३ गण पर्साले बरामद गरेको हो ।
त्यस्तै सोही महागनरपालिका १९ स्थित बार्वाबाट १६ लाख ९८ हजार रुपैयाँ बराबरको प्याज र पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रदेश २–०३–००१ च ५४८९ नम्बरको गाडीमा राखेर भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको ३ हजार ३ सय केजी प्याजसहितको गाडी समेत नियन्त्रणमा लिइएको हो ।
यसैगरी सोही जिल्लाको बिन्दवासिनी गाउँपालिका ३ स्थित सीमा इलाकाबाट ६१ हजार ९ सय बराबरको काँस जस्तो देखिने धातु बरामद गरेको हो ।  
४ वटा साइकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको ४ सय ५० केजी काँस जस्तो देखिने धातु बरामद भएको हो ।
बरामद लत्ताकपडा तथा सामान, साइकल र गाडीसहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

2080-09-17
APF News
चोरीपैठारीको सामान नियन्त्रणमा

पर्सा जिल्लाको वीरगंज महानगरपालिका २४ स्थित एक घरबाट करीब ५ लाख ८३ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा  पुस ११ गते नियन्त्रणमा लिइएको छ ।
भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याई लुकाइ छिपाइ राखेको अवस्थामा नं. १३ गण पर्सा र विरगंज भन्सार कार्यलयको संयुक्त टोलीले नियन्त्रणमा लिइएको हो ।
यसैगरी सोही महानगरपालिका १६ स्थित भुटन देवि ईलाकाबाट २ लाख ४८ हजार २ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा र प्याज समेत नियन्त्रणमा लिइएको छ ।
५ वटा साइकलमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

2080-09-12
APF News
कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

        बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट
पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु
बरामद गरेको छ ।
        प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद
गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१
ग्राम रहेको छ ।
        भारतबाट नेपालतर्फ आउदै गरेका ब्याक्तिले सशस्त्र प्रहरीलाइ देख्ना
साथै आफुले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने
क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो ।
        बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारवाहीका
लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।

2080-09-06
APF News
गाँजासहित व्यक्ति नियन्त्रणमा


        सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलार ईलाकाबाट पुस
५ गते सशस्त्र प्रहरीले २ सय ४० केजी गाँजा बरामद गरेको छ ।
        विशेष सुचनाको आधारमा सो ठाउँको काँसघारीमा लुकाई छिपाई राखेको अबस्थामा
उक्त गाँजा बिओपी बर्साईनले बरामद गरेको हो ।
        यसैगरी सप्तरी जिल्लाकै कञ्जनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम
लोकमार्गबाट पुस ४ गते सशस्त्र प्रहरीले ५ केजी ३ सय ग्राम गाँजासहित एक
जनालाई नियन्त्रणमा लिएको छ ।
        मोटरसाइकलमा आउदै गरेका उदयपुर जिल्लाको बेलका नगरपालिका ६ बस्ने १८
बर्षिय भोजकुमार राईलाई सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिषेश तालिम
शिक्षालय सप्तरीले जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको
५ वटा गाँजाको प्याकेट फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
        बरामद गाँजा तथा नियन्त्रणमा लिईएका राईलाइ आवश्यक कारवाहीको लागि इलाका
प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा बुझाइएको छ ।

2080-09-05