Toggle Menu

समाचार

APF News
श्रोत खुल्न नसकेको भारतीय रुपैयाँसहित तीन जना नियन्त्रणमा

        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट असोज १४ गते
सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा
लिएको छ ।
        नियन्त्रणमा लिएकाहरु भारतको महाराजगंज जिल्ला सुनौली ग्रामपंचायत २०
सुनौली बस्ने ३८ वर्षिय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण
गोरखपुर बस्ने ४० वर्षिय अभिनव जैसवाल र ३४ वर्षिय आस्तिक त्रिपाठी रहेका
छन् ।
        विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा
गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको दुई वटा भ्यानमा सवार
उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र
आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको थियो ।
        पक्राउ परेका तीनै जनालाई उल्लेखित रुपैयाँसहित आवश्यक कारवाहीको लागि
राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको छ ।

2080-06-15
APF News
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा सम्पन्न

        सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिक साधारणसभा असोज १५ गते
विविध विषयमा छलफलका साथ सम्पन्न भएको छ ।
        सो संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा
सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आय व्यय विवरण समेत
प्रस्तुत गरिएको थियो ।
        कार्यक्रममा लामो समयदेखि संघको कार्य समितिमा रहि आफ्नो अमूल्य योगदान
दिनुभएका पदाधिकारीहरुलाई संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले
उहाँहरुको योगदानको कदर स्वरुप खादा तथा दोसल्ला ओढाई सम्मान गर्नुकासाथै
मायाको चिनो प्रदान गर्नुभएको थियो ।
        सो अवसरमा संघकी सदस्य सचिव श्रीमती तुलामाया ठाडामगरले संघको वार्षिक
कार्य प्रगति विवरण तथा संघकी कोषाध्यक्ष श्रीमती पुजा राजभण्डारीले
आर्थिक वर्ष २०७९÷०८० को आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
        संघको लक्षित उद्देश्य र समाज सेवाको क्षेत्रमा संघबाट भइरहेका उपलब्धि
लगायत विविध विषयमा सो साधारणसभामा छलफल भएको थियो ।
        संघले शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै
सेवामूलक एवं जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्नेदेखि विपद प्रकोपमा
पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क
आवाशिय सुविधासहितको अध्ययनको व्यवस्था लगायत अन्य विविध कार्यक्रमहरु
संचालन गर्दै आईरहेको छ ।
        सोही अवसरमा संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सशस्त्र
प्रहरी परिवार महिला संघले संचालन गरेको आधारभूत सिलाई कटाई तालिम समापन
गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई
प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।
        त्यस्तै संघले यही असोज १० देखि १४ गतेसम्म संघका पदाधिकारीहरुका लागि
संचालन गरेको उद्घोषण तालिमको प्रशिक्षकलाई समेत संघकी अध्यक्ष श्रीमती
अनिता लामिछाने अर्यालले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
        कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथा
राष्ट्रसेक सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

2080-06-15
APF News
यात्रुको पैसा चोरेर भागेका व्यक्ति नियन्त्रणमा

        नगद चोरी फरार रहेका भारत घर बताउने २८ वर्षिय ईरशाद अलीलाई पूर्वी
नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० पितौजीबाट असोज १५ गते सशस्त्र
प्रहरी बल नेपाल नं. ३१  गुल्म पूर्वी नवलपरासीले नियन्त्रणमा लिएको छ ।
        आईतबार साँझ बर्दियाबाट काठमाडौतर्फ आउँदै गरेको भे १ ख ३९३४ नम्बरको
यात्रुवाहक बसको एउटै सिटमा बसेर आएका बर्दियाको बडियाताल बस्ने २३
वर्षिय मधु परियारको नगद ५० हजार रुपैयाँ चोरी गरेर अली फरार भएका थिए ।
        गैडाकोटको कोटिहोम चोक स्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा
सवार यात्रुहरु ओर्लने क्रममा अली सो रकम चोरी जंगलतर्फ फरार भएका थिए ।
        उक्त रकम हराएको भनि पितौजी स्थित  सशस्त्र प्रहरी बलको हाईवे सुरक्षा
चेकपोष्टलाई  जानकारी गराए पश्चात पूर्व–पश्चिम लोकमार्गमा चल्ने
यात्रुवाहक बसमा जाँच गर्दा गैडाकोटबाट चितवनतर्फ आउँदै गरेको बसबाट
उनलाई चोरिएको नगदसहित हुलियाको आधारमा नियन्त्रणमा लिइएको हो ।
        नियन्त्रणमा लिएका अलीलाई उक्त नगदसहित आवश्यक कारवाहीको लागि प्रहरी
चौकी बेल्डियामा बुझाईएको छ ।

 

2080-06-15
APF News
आगलागी नियन्त्रण

रौतहट जिल्लाको गरुडा नगरपालिका ४ गरुडा स्थित अन्सु ट्रेडर्समा असोज ११
गते भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय
वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको छ ।
        सोही ठाउँ बस्ने राजमान साह कलवारले संचालन गरेको सो ट्रेडर्समा
विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव १ करोड रुपैयाँ बराबरको धनमाल
जलेर नष्ट भएको बताईएको छ ।
        सो आगलागी भएको जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल
सुरक्षा वेश दुधियाभारबाट खटिएको फौज आगलागी नियन्त्रणमा सकृयताकासाथ
जुटेको थियो । आगलागीबाट फर्निचर तथा ईलेक्ट्रोनिक्सका सामान जलेर नष्ट
भएको बताईएको छ ।

2080-06-14
APF News
सप्तरीको विभिन्न ठाउँबाट चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा

        सप्तरी जिल्लाको विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले करीव ११ लाख ३५ हजार
रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट असोज १४ गते करीव ८ लाख रुपैयाँ
बराबरको चोरीपैठारीको रेडियो सेट ( Walkie Talkie) बरामद भएको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको १ सय वटा Portable
Walkie Talkie Hand Set सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले
बरामद गरेको हो । उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा
फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए ।
        विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि
ल्याइएको थियो भन्ने खुल्न सकेको छैन ।
        यसैगरी सोही बिओपीले छिन्नमस्ता गाउँपालिका ३ गोबिन्दपुरबाट असोज १३ गते
भन्सार छली ल्याउँदै गरेको १० हजार १ सय २५ रुपैयाँ बराबरको ३ बोरा मैदा
बरामद गरेको हो ।
        त्यस्तै सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्ही स्थित सीमा
ईलाकाबाट असोज १२ गते करीव २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एक
थान प्रिन्टर मेसीन र एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।
        भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको
प्रिन्टर मेसीनसहितको मोटरसाईकल बिओपी बेल्हीले नियन्त्रणमा लिएको हो ।
        यसैगरी सोही जिल्लाकै डाक्नेश्वरी नगरपालिका ६ फत्तेपुरबाट असोज १३ गते
करीव १ लाख रुपैयाँ बराबरको एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।
        सोही ठाउँमा रोकी राखेको उक्त मोटरसाईकलको कागजपत्र तथा नम्बर प्लेट
समेत नभएको पाईएपछि फरवाड सुरक्षा बेश कटैयाले नियन्त्रणमा लिएको हो ।
        बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सार
कार्यालय बेल्ही तिलाठीमा बुझाईएको छ ।

2080-06-14
APF News
चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रण

         पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित रामगढवाबाट असोज १४ गते
सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा र एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        भारतबाट अवैध रुपले ना. ४४ प ४१९३ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ
ल्याउँदै गरेको उक्त लत्ताकपडासहितको मोटरसाईकल नंं. १३ गण पर्साले
नियन्त्रणमा लिएको हो ।
        यसैगरी सोही महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज १४ गते सशस्त्र
प्रहरीले करीव १ लाख ७९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र
एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        बा. २ प ४१०५ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ
ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडासहितको मोटरसाईकल प्रस्तावित
सीमा सुरक्षा गुल्म बिरगंजले नियन्त्रणमा लिएको हो ।
        बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि बिरगंज भन्सार
कार्यालय पर्सामा बुझाईएको छ ।

2080-06-14
APF News
गाँजा बोकेको सुमो गाडी तथा मोटरसाईकलसहित छ जना व्यक्ति नियन्त्रणमा

        सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित चतरापुल नजिकै
बराहक्षेत्र जाने सडकखण्डबाट असोज १२ गते सशस्त्र प्रहरीले करीव १ सय २०
के.जी. गाँजा बोकेको सुमो गाडी र मोटरसाईकलसहित ६ जनालाई नियन्त्रणमा
लिएको छ ।
        नियन्त्रणमा लिएकाहरु भारत घर बताउने ३६ वर्षिय महोमद सिराज, २० वर्षिय
अस्ताजु आलम     , १९ वर्षिय नसिम आलम, ५२ वर्षिय ओम प्रकाश रजक, सुनसरी
जिल्लाको देवनागंज गाउँपालिका ५ बस्ने ३१ वर्षिय ओम प्रकाश साह र २०
वर्षिय शिवम साह छन् ।
        बीआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा राखी भारततर्फ लैजादै गरेको
उल्लेखित परिमाणको गाँजासहित उनीहरुलाई नं. १ बराह बाहिनी मुख्यालय
सुनसरीले नियन्त्रणमा लिएको हो । भने प्रदेश नं. १–०२–०५० प ६३०४ नम्बरको
मोटरसाईकलले सो गाडीलाई स्कटिङ्ग गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा
लिएको हो ।
        नियन्त्रणमा लिइएकाहरुलाई बरामद गाँजा, सुमो गाडी र मोटरसाईकलसहित
आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।

2080-06-12
APF News
मेलम्ची खोलामा हाम फाली बेपत्ता व्यक्तिको शव फेला:

        सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ फट्टे स्थित बाटोको छेउमा
लगाएको पर्खालबाट हाम फाली बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले
असोज १२ गते फेला पारेको छ ।
        सोही जिल्लाको हेलम्बु गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका ६
महांकाल बस्दै आएका ६४ वर्षिय विष्णु प्रसाद गजुरेल असोज ११ गते उक्त
खोलामा हाम फाली बेपत्ता भएका थिए ।
        सो घटनाबारे जानकारी पाउनासाथै उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल
नेपाल सुरक्षा बेश मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश
फुयाँलको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको शव मेलम्चीको ढकालखहरे
स्थित ईन्द्रावती खोलाको बीच भागमा फेला पारेको हो ।

2080-06-12
APF News
चोरीपैठारीको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा

        धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरिहानीबाट असोज १२ गते सशस्त्र
प्रहरीले करीव २ लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडासहितको मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        बिआर ३२ यू ६९०४ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अबैध रुपले
नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्यको लत्ताकपडा नम्बर ८ गण धनुषाले
नियन्त्रणमा लिएको हो ।
        यसैगरी सोही जिल्लाको औरही गाउँपालिका ४ स्थित औरहीबाट असोज १२ गते
सशस्त्र प्रहरीले करीव १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
सामानसहितको एउटा मोटरसाईकल नियन्त्रणमा लिएको
 छ ।
        भारतबाट अवैध रुपले ज १० प ६५९० नम्बरको मोटरसाईकलमा ल्याउँदै गरेको
उल्लेखित मुल्यको किराना सामान तथा लत्ताकपडा भन्सार सुरक्षा वेश
जनकपुरले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएको सामान तथा मोटरसाईकल जनकपुर भन्सार कार्यालय धनुषामा
बुझाईएको छ ।

2080-06-12
APF News
सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयको स्थापना दिवस सम्पन्न

        सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयको २१औं
स्थापना दिवस सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको प्रमुख
आतिथ्यतामा असोज १० गते विविध कार्यक्रमसाथ सम्पन्न भएको छ ।
        महानिरीक्षक अर्यालयले स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने
सशस्त्र प्रहरी कर्मचारीहरु तथा प्रशिक्षक लगायत शिक्षालयलाई सहयोग
पु¥याउनुहुने विभिन्न संघ सस्थाका महानुभावहरुलाई कदरपत्र प्रदान
गर्नुभएको थियो ।
         उहाँले शिक्षालय भनेको सिक्ने र सिकाउने पाठशाला भएको हुँदा अन्य
इकाईहरु भन्दा पृथक र विशेष क्षमता भएको हुनुपर्ने बताउनुहुँदै तालिम
समापन पश्चात कार्यक्षेत्रमा प्रवेश गरेका हरेक सशस्त्र प्रहरी
कर्मचारीहरु आफ्नो कार्यप्रति अनुशासित, इमान्दार र लगनशिल भई अब्बल
सुरक्षा निकायको रुपमा स्थापित गर्न लागि रहनुपर्ने विश्वास व्यक्त
गर्नुभयो ।
        महानिरीक्षक अर्यालले हरेक सशस्त्र प्रहरी कर्मचारीहरु बौद्धिक रुपमा
इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र परिस्थिती अनुरुप निर्णायक क्षमता
राख्ने अधिकृत तथा जवान उत्पादन गर्न सकियो भने देश र जनताले चाहे
अनुरुपको सेवा तथा सुरक्षा प्रदान गर्न सकिने बताउनुहुँदै शिक्षालयमा
कार्यरत प्रशिक्षक वर्गहरुलाई आफ्नो योग्यता, क्षमता र अनुभवलाई
प्रशिक्षण कार्यमा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभयो ।
        कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान
मातातिर्थका कार्यकारी निर्देशन सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल
गिरीले वार्षिकोत्सवको अवसरमा संचाल गरिएका विभिन्न खेलकुद प्रतियोगिताका
विजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
        कार्यक्रममा विभिन्न नगरपालिकाका प्रमुखहरु, गाउँपालिका अध्यक्षहरु,
सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नं. १ र २ बाहिनीका बाहिनीपति,
शिक्षालयका समादेशक, गणपति, विभिन्न संघ संस्थाका महानुभावहरु लगायत
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा
विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

2080-06-11
APF News
चोरीपैठारीको सामानसहित अटो रिक्सा नियन्त्रणमा

        बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट असोज ७ गते
सशस्त्र प्रहरीले करीव ३ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
विभिन्न किसिमका सामान र एउटा अटो नियन्त्रणमा लिएको छ ।
        भारतबाट अवैध रुपले भे १ ह ५७१४ नम्बरको अटो रिक्सामा लोड गरी नेपालतर्फ
ल्याउँदै गरेको उल्लेखित मुल्यको सामान तथा अटो नं. ३० बागेश्वरी गण
बाँकेले नियन्त्रणमा लिएको हो । सो अटोमा ४ वटा अटोको व्याट्री,
सुर्तीजन्य पदार्थ, किराना सामान, लत्ताकपडा लगायतका सामान रहेका छन् ।
        यसैगरी सोही उपमहानगरपालिका १५ जयसपुरबाट करीव १ लाख ७० हजार रुपैयाँ
बराबरको चोरीपैठारीको ८५ वटा काँसको थाल समेत बरामद गरिएको छ ।
        बरामद सामान तथा अटो रिक्सा नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ ।

2080-06-08
APF News
लागुऔषधसहित एक जना नियन्त्रणमा

        सर्लाही जिल्लाको बलरा नगरपालिका ३ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट असोज
७ गते सशस्त्र प्रहरीले करीव ३ के.जी. १ सय ८२ ग्राम गाँजासहित एक जनालाई
नियन्त्रणमा लिएको छ ।
        सोही जिल्लाको गोडैता नगरपालिका ११ सिसौटिया बस्ने १७ वर्षिय राजेश
कुमार पटेललाई बिओपी छतौनाले नियन्त्रणमा लिएको हो ।
        नेपालबाट भारततर्फ जाँदै गरेका पटेललाई बीआर ३० एच ६७४५ नम्बरको
मोटरसाईकलको सिट कभरमा लुकाई छिपाई राखेको उल्लेखित परिमाणको गाँजासहित
नियन्त्रणमा लिइएको हो ।
        नियन्त्रणमा लिएका पटेललाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गडहिया डुमरियामा बुझाईएको छ ।

2080-06-07
APF News
चोरीपैठारीको सामान बरामद

        रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित लालबकैया ईलाकाबाट असोज ६ गते
करीव १ लाख ९८ हजार ६ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र
औषधीहरु सशस्त्र प्रहरीले बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको
सामानको विलविजक नभएको पाईएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले
बरामद गरेको हो ।
        यसैगरी सोही जिल्लाको बौधिमाई नगरपालिका ७ स्थित बंकुल ईलाकाबाट करीव १
लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।
        भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडाको विलविजक नभएको पाईएपछि
विओपी सरमजुवाले बरामद गरेको हो ।
        बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।

2080-06-07
APF News
चरेशसहित दुई जना नियन्त्रणमा

        कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १८ थापाघाट सीमा ईलाकाबाट असोज ६
गते सशस्त्र प्रहरीले करीव १ के.जी. २ सय ६० ग्राम चरेशसहित दुई जनालाई
नियन्त्रणमा लिएको छ ।
        सोही ठाउँ बस्ने २४ वर्षिय केदार बोहरा र २७ वर्षिय सन्तोष बिष्टलाई
बिओपी फुलवारीले नियन्त्रणमा लिएको हो ।
        नेपालबाट भारतर्फ से ५ प ८१४० नम्बरको स्कुटरमा जाँदै गरेका उनीहरुलाई
शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको चरेश जस्तो
देखिने कालो पदार्थ फेला परेको थियो ।
        नियन्त्रणमा लिएका दुवै जनालाई बरामद चरेश तथा स्कुटरसहित आवश्यक
कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाईएको छ ।

2080-06-07