Toggle Menu

समाचार

APF News
पर्साको हरपुरबाट गाजाँसहित दुई जना व्यक्ति नियन्त्रणमा

        पर्सा जिल्लाको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट पुस २४ गते करीव १
सय ६८ के.जी. गाँजासहित दुई जनालाई नियन्त्रणमा लिईएको छ ।
        नियन्त्रणमा लिईएकाहरु धादिङ्ग जिल्लाको बेनिघाट गाउँपालिका ४ बस्ने
अन्दाजी २० वर्षिय  र मकवानपुर जिल्लाको राङसिराङ गाउँपालिका ४ बस्ने
अन्दाजी २२ वर्षिय दुई युबक  छन् ।
        पर्साको बिरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो
पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको
गाँजासहित उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले
नियन्त्रणमा लिएको हो ।
        उनीहरुको साथबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत
बरामद भएको छ । नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा, रुपैयाँ, मोवाईल
सेट र गाडीसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा
बुझाईएको छ ।

2080-09-24
APF News
बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ

        बाँके जिल्ला नेपालगंज उप–महानगरपालिका जमुनाहस्थित नेपाल भारत
प्रवेशद्धारमा पुस २३ गते सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको
शुभारम्भ गरिएको छ ।
        नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको तत्वावधान र नेपालगंज
उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले जमुनाहस्थित
नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका
बिरुवा र फूलको साथै प्रवेशद्वारमा राष्ट्रिय झण्डा समेत राखेको छ ।
        नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको सौजन्यमा स्थानीय
बासिन्दा र नेपाल भारत सीमा आवतजावत गर्ने सर्वसाधारणका लागि
यू.भि.फिल्टर जडित शुद्ध खानेपानी समेत राखिएको छ । झण्डोत्तोलन तथा
खानेपानी सेवाको नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका
बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, बाँकेका
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल तथा नेपालगंज
उप–महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले संयुक्त रुपमा उद्घाटन
गर्नुभएको थियो ।

2080-09-24
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल हुम्लाको सीमानामा

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल युनिट निरीक्षणको क्रममा
हुम्लास्थित नेपाल चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुग्नु भएको
छ ।
         आईतबार सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुग्नु भएका
महानिरीक्षक अर्यालले गुल्म र मातहत बिओपी हिल्साको निरीक्षण गर्नुभई सो
बिओपीको जिम्मेवारी क्षेत्रको बारेमा समेत जानकारी लिनुभएको हो ।
         सोही दिन महानिरीक्षक अर्यालले डोल्पामा तैनाथ नं. ४६ गुल्मको समेत
निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले कार्यरत फौजलाई उच्च
मनोवल लिएर हिमाल जस्तै अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न समेत
निर्देशन दिनुभयो ।

2080-09-24
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट नं. ३३ गणको नवनिर्मित कार्यालय भवनको उद्घाटन

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नंं. ३३ त्रिपुरा गण जुम्लाको
परिषरमा नवनिर्मित कार्यालय भवनको पौष २१ गते उद्घाटन गर्नुभएको छ ।
        महानिरीक्षक अर्यालले अस्थायी संरचनामा रही देश र जनताका सेवा र
सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई स्थायी संरचना निर्माणका लागि सहयोग
पुर्‍याउनुहुने विभिन्न संघसंस्था तथा महानुभावहरुप्रति धन्यवाद प्रकट
गर्नुुभयो ।
        कार्यक्रममा जुम्ला जिल्लास्थित जिल्ला समन्वय समितिका उप–प्रमुख जनक
थकाली, जिल्लास्थित गाउँपालिकाका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी जय
कुमार घिमिरे, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका बाहिनीपति
सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदीप कुमार पाल लगायत नेपाली सेना,
नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।
        यसअघि महानिरीक्षक अर्यालले पौष १९ गते आश्रित गुल्म रोल्पाको परिषरमा
नवनिर्मित कार्यालय भवन समेत उद्घाटनकासाथै नं. २९ ज्वालामाई गण
भालुवाङ्ग दाङ्ग लगायतको निरीक्षण समेत गर्नुभएको थियो ।

2080-09-22
APF News
  पर्साबाट करिव २४ लाख बराबर विभिन्न सामान र सवारी साधन नियन्त्रणमा

पुष १६ गते पर्सा जिल्लाको विभिन्न ठाउँबाट करिब २४ लाख बराबरको सामान नियन्त्रणमा लिइएको छ ।
वीरगंज महानगरपालिका १ र २ स्थित भगुवा र छटघाटबाट ६ लाख १ हजार ६ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको  छ । भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा नं. १३ गण पर्साले बरामद गरेको हो ।
त्यस्तै सोही महागनरपालिका १९ स्थित बार्वाबाट १६ लाख ९८ हजार रुपैयाँ बराबरको प्याज र पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रदेश २–०३–००१ च ५४८९ नम्बरको गाडीमा राखेर भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको ३ हजार ३ सय केजी प्याजसहितको गाडी समेत नियन्त्रणमा लिइएको हो ।
यसैगरी सोही जिल्लाको बिन्दवासिनी गाउँपालिका ३ स्थित सीमा इलाकाबाट ६१ हजार ९ सय बराबरको काँस जस्तो देखिने धातु बरामद गरेको हो ।  
४ वटा साइकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको ४ सय ५० केजी काँस जस्तो देखिने धातु बरामद भएको हो ।
बरामद लत्ताकपडा तथा सामान, साइकल र गाडीसहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

2080-09-17
APF News
चोरीपैठारीको सामान नियन्त्रणमा

पर्सा जिल्लाको वीरगंज महानगरपालिका २४ स्थित एक घरबाट करीब ५ लाख ८३ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा  पुस ११ गते नियन्त्रणमा लिइएको छ ।
भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याई लुकाइ छिपाइ राखेको अवस्थामा नं. १३ गण पर्सा र विरगंज भन्सार कार्यलयको संयुक्त टोलीले नियन्त्रणमा लिइएको हो ।
यसैगरी सोही महानगरपालिका १६ स्थित भुटन देवि ईलाकाबाट २ लाख ४८ हजार २ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा र प्याज समेत नियन्त्रणमा लिइएको छ ।
५ वटा साइकलमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

2080-09-12
APF News
कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

        बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट
पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु
बरामद गरेको छ ।
        प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद
गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१
ग्राम रहेको छ ।
        भारतबाट नेपालतर्फ आउदै गरेका ब्याक्तिले सशस्त्र प्रहरीलाइ देख्ना
साथै आफुले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने
क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो ।
        बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारवाहीका
लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।

2080-09-06
APF News
गाँजासहित व्यक्ति नियन्त्रणमा


        सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलार ईलाकाबाट पुस
५ गते सशस्त्र प्रहरीले २ सय ४० केजी गाँजा बरामद गरेको छ ।
        विशेष सुचनाको आधारमा सो ठाउँको काँसघारीमा लुकाई छिपाई राखेको अबस्थामा
उक्त गाँजा बिओपी बर्साईनले बरामद गरेको हो ।
        यसैगरी सप्तरी जिल्लाकै कञ्जनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम
लोकमार्गबाट पुस ४ गते सशस्त्र प्रहरीले ५ केजी ३ सय ग्राम गाँजासहित एक
जनालाई नियन्त्रणमा लिएको छ ।
        मोटरसाइकलमा आउदै गरेका उदयपुर जिल्लाको बेलका नगरपालिका ६ बस्ने १८
बर्षिय भोजकुमार राईलाई सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिषेश तालिम
शिक्षालय सप्तरीले जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको
५ वटा गाँजाको प्याकेट फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
        बरामद गाँजा तथा नियन्त्रणमा लिईएका राईलाइ आवश्यक कारवाहीको लागि इलाका
प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा बुझाइएको छ ।

2080-09-05
APF News
रौतहट, बारा र धनुषाबाट करिव ३२ लाखको लत्ताकपडा र मोटरसाईकल तथा पश्चिम नवलपरासीबाट करीब १२ लाख रुपैयाँ बराबरको मोवाइलको सामान बरामद

         रौतहट, बारा, धनुषाबाट करिव ३२ लाखको लत्ताकपडा र मोटरसाईकल तथा पश्चिम
नवलपरासीबाट करीब १२ लाख रुपैयाँ बराबरको मोवाइलमा प्रयोग हुने सामान
बरामद भएको छ ।
        रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ स्थित बारा– रौतहट जिल्लाको सीमा
ईलाकाबाट पौष ०४ गते करीब १५ लाख १६ हजार रुपैयाँ बराबरको लत्ताकपडा
मंगलबार बरामद भएको हो ।
        विशेष सूचनाको आधारमा नम्बर ११ गण रौतहट, सुरक्षा बेश लक्ष्मिनिया,
फतुवा र बिओपी सरमजुवाको टोलीले सोही ईलाकास्थित अरुवाखोला पुल नजिकैको
टहरामा बेवारीसे अवस्थामा रहेको उल्लेखित मूल्यको लत्ताकपडा बरामद गरेको
हो ।
        त्यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ११ औरैया स्थित सीमा
ईलाकाबाट पौष ०४ गते करीब १५ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा
बरामद भएको छ । एक कच्ची घरमा लुकाई छिपाई राखेकोे ५ पोका लत्ताकपडा
विशेष सूचनाको आधारमा बिओपी गोलागंजले बरामद गरेको हो ।
        यसैगरी नम्बर ८ गण धनुषाले पौष ०४ गते नै करीब १ लाख २ हजार रुपैयाँ
बराबरको लत्ताकपडा र ४ लाख ५० हजार रुपैयाँ बराबरको तीनवटा मोटरसाईकल
नियन्त्रणमा लिएको छ ।
        ज १० प २२८९, ज ८ प ५३८९ र बिआर ०१ एफए ६९७२ नम्बरको मोटरसाईकलमा
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा  र मोटरसाईकल
धनुषा जिल्लाको धनौजी गाउँपालिका ५ स्थित बहुअर्वा ईलाकाबाट नियन्त्रणमा
लिइएको हो ।
        यसैगरी पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ५ स्थित गेरमा
ईलाकाबाट पौष ०४ गते करीब ११ लाख ६९ हजार रुपैयाँ बराबरको मोबाईलका
ग्लासहरु बरामद भएको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याई सोही गाउँपालिका ५ स्थित एक घरमा
लुकाई छिपाई राखेको अवस्थामा मोबाईलमा प्रयोग हुने १६ हजार ७०० वटा
टेम्पर ग्लास प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुर र सुरक्षा बेश परासीको
संयुक्त टोलीले बरामद गरेको हो ।
        नियन्त्रणमा लिइएका मोटरसाईकल तथा सामान आवश्यक कारवाहीको लागी स्थानीय
भन्सार कार्यालयमा बुझार्ईएको छ ।

2080-09-04
APF News
बोईलर कुखुराको चल्लासहित १ जना व्यक्ति नियन्त्रणमा

        पर्सा जिल्लाको विरगंज महानगरपालिका ३२ स्थित टेढारामबन सडकखण्डबाट पौष
३ गते करीव ५ लाख रुपैयाँ बराबरको ७६ कार्टुन बोईलर कुखुराको चल्लासहित
एक जनालाई नियन्त्रणमा लिइएको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याई सोही महानगरपालिका ९ बस्ने ४३
बर्षिय धर्मेन्द्र गुप्ताले संचालन गरेको फर्म भित्र राख्न तयारी
गरिरहेको अवस्थामा ७ हजार ६ सय वटा बोईलर कुखुराको चल्लासहित उनलाई नं.
१३ गण पर्साले नियन्त्रणमा लिएको हो ।
        बरामद बोईलर कुखुराको चल्ला नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र
संचारकर्मीको रोहवरमा नष्ट गरिएको छ ।
        नियन्त्रणमा लिएका गुप्तालाई आवश्यक कारवाहीको लागि विरगंज भन्सार
कार्यालय पर्सामा बुझाइएको छ ।
 

2080-09-04
APF News
सशस्त्र प्रहरी बल नेपालको निशान भगवती बगलामुखी माईको पूजा सम्पन्न

        सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली
एवं मंसिर पूजा सम्पन्न भएको छ ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंसीर ३० गते बिहान ४ बजेर ३०
मिनेटको संकल्प साइतमा ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको
मन्दिरमा पूजा गर्नुभएको हो ।
        पुजामा अवकाश प्राप्त सशस्त्र  प्रहरी महानिरीक्षकहरु तथा सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षकहरु र महिला संघका पदाधिकारीहरु लगायत
सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, स्थानीय भद्र भलाद्मी तथा
विल्लादार जवानहरुको उपस्थित रहेको थियो ।

2080-08-30
APF News
३१ लाखभन्दा बढिको सामानसहित ब्यक्ति नियन्त्रणमा

       बाँके जिल्लाको खजुरा गाउँपालिका  ६ स्थित सिमलघारी बाट मंसिर २८ गते
सशस्त्र प्रहरीले करीब ३१ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न
सामानको गाडीसहित दुई जनालाइ नियन्त्रणमा लिएको छ ।
        विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण
बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको गाडीमा
भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य मध्य १४ लाख
७० हजार ३०० रुपैयाँको लत्ताकपडा, ५ लाख ८४ हजार रुपैयाँको काँस र १ लाख
४० हजार रुपैयाँको पित्तलका मुर्ति, भाँडाबर्तन तथा सजावटका सामग्री सहित
जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका ५ वस्ने ५० वर्षिय कमल हलुवाई र
चालक भारतको लखीमपुर जिल्ला कटौली ग्रामपञ्चायत बस्ने ३० वर्षिय भारतीय
नागरिक साकिर हुसेनलाई नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएका दुवै जनालार्ई बरामद सामान र गाडीसहित आवश्यक
कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ । गाडीको
भन्सार दाखिला मूल्य करीब ९ लाख ५० हजार रुपैयाँ रहेको छ ।

2080-08-29
APF News
सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रण अन्तरक्रिया कार्यक्रम

      सशस्त्र प्रहरी बल नेपालले संगठनका बहालवाला तथा अवकाश प्राप्त बरिष्ठ
अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा बर्तमान
सुरक्षा अवस्था बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
        सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा शुक्रबार
आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक
राजु अर्यालले संगठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र
फलदायी रहने उल्लेख गर्नुहँुदै अग्रजको सुझाव, सल्लाह तथा रचनात्मक सहयोग
संगठनको वृत्ति विकासका लागि मार्गदर्शक समेत हुने बताउनुभयो ।
        सो अवसरमा सीमा सुरक्षा, मानवश्रोत तथा कार्यविभाग प्रमुख सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षकहरु क्रमश नारायणदत्त पौडेल, चन्द्रप्रकाश
गौतम तथा बंशीराज दाहालले आ–आफ्नो विभागीय गतिबिधि प्रस्तुत गर्नुभएको
थियो ।
        कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार
बस्नेत, किशोर कुमार लामा, शैलेन्द्र कुमार श्रेष्ठ, कोषराज वन्त, सिहँ
बहादुर श्रेष्ठ र पुष्पराम के.सीले समयानुकुल सीमा सुरक्षाका चुनौती पनि
बदलिँदै जाने भएकोले त्यसै अनुरुप लाग्नुपर्ने बताउनुभयो । सीमा
सुरक्षामा स्थानीय जनता सँगको सहकार्य महत्वपूर्ण हुने भएकोले संगठनले
सीमावासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्वपूर्ण भएको
बताउनुभयो ।

2080-08-29