Toggle Menu

समाचार

APF News
सामुहिक हितको मार्ग लामो र कठिन हुन्छ तर सकल दर्जा लागि परे त्यो त्यति कठिन पनि छैन– महानिरीक्षक राजु अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले व्यक्तिगत स्वार्थको मार्ग छोटो र सजिलो भएतापनि सामुहिक हितको मार्ग लामो र कठिन हुने तर सकल दर्जा लागि परे त्यो त्यति कठिन पनि नहुने बताउनुभएको छ ।
चैत्र १० गते नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँको २०औँ बार्षिकोत्सवको अवसरमा महानिरीक्षक अर्यालले भन्नुभयो– ‘नेतृत्व सदैव आफ्ना कर्मचारीहरुको हित र कल्याणका बारेमा चिन्तशिल हुन्छ त्यसैले संगठनको संस्थागत, संरचनागत र नीतिगत सुधारका प्रयासमा लागि रहेको र ती प्रयासहरुलाई मुर्तरुप दिन सम्पूर्ण कर्मचारीहरु पनि एकजुट भएर लाग्नुहोस् ।’  
कार्यक्षेत्रमा खटिदा सम्पूर्ण कर्मचारीहरु व्यावसायिक रुपमा इमान्दार, नैतिकवान, कर्तव्यनिष्ट र परिस्थिती अनुरुपको निर्णय क्षमता राख्न सक्नुपर्ने बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो– ‘म होईन हामी भन्ने मान्यतालाई आत्मसाथ गरी राज्य र नागरिकप्रतिको जिम्मेवारी बोधकासाथ परिचालन हुनुहोस्, भिन्न–भिन्न अवसर र बृत्तिवकिासका अवसरहरु आफै सिर्जना हुँदै जान्छन् ।’
उहाँले आफ्नो व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राख्दै आफ्नो कमाण्डर र नेतृत्वसँग हातेमालो गरी संगठन विकासको एउटै लक्ष्यकासाथ अघि बढ्न र आफ्नो कर्तव्यपथमा अविचलित भई लागि रहन निर्देशन दिनुभयो ।  
स्थापना दिवसको अवसरमा महानिरीक्षक अर्यालले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा कदर–पत्र प्रदान गर्नुभएको थियो ।
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले धन्यवादको क्रममा संगठनको हितका लागि बाहिनी तथा मातहतका सकल दर्जा कटिबद्ध रहेको बताउनुभयो ।

2080-12-10
APF News
१२‍औँ सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस प्रतियोगिताको बिहिबार सम्पन्न फाईनल तथा सेमीफाईनल खेलहरु

नेपाल एपीएफ क्लबको आयोजनामा बिहिबार ‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ को विभिन्न ईभेन्टका फाईनल तथा सेमीफाईनल खेलहरु सम्पन्न भएका छन् ।
लन टेनिस कोर्ट हल्चोकमा भएको ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले पराजित गरी उपाधि जितेका छन् । यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भिष्मजंग गुरुङ्गलाई ६–३ र ६–० ले पराजित गरी उपाधि जितेका छन् ।
यसैगरी ४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले पराजित गरी उपाधि जितेका छन् । त्यस्तै ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फको फाईनल खेलमा ईलुम दिक्षित र जितेन्द्र परियारको जोडिले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडिलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि जितेका छन् ।
यसैगरी पुरुष एकलतर्फको सेमीफाईनल खेलमा प्रदिप खड्काले निशान श्रेष्ठलाई ६–३, र ६–२ ले र रितिक रानाले सक्षम विक्रम शाहलाई ६–३ र ६–३ ले पराजित गरी फाईनल प्रवेश गरेका छन् ।
त्यसैगरी महिला एकलतर्फको सेमीफाईनल खेलमा माहिका राणाले सुभांगीलक्ष्मी शाहलाई ४–६, ६–१ र ६–२ ले पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।
त्यस्तै ईन्टर गभरमेन्ट डबलतर्फको सेमीफाईनल खेलमा उत्तम बोगटी र अमित गुरुङ्गको जोडिले प्रेम कुमार शाही र नरेन्द्र कुमार सिंहको जोडिलाई ६–१ र ६–० ले पराजित गरी फाईलनमा प्रवेश गरेका छन् ।

2080-12-08
APF News
नारायणी पुलबाट हाम फालेकी महिलाको अचेत अवस्थामा उद्धार तथा किशोरको शव फेला

चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चैत्र ४ गते अचेत अवस्थामा उद्धार गरिएको छ ।
हामफालेको केही बेरमै उनलाई नं. १७ गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाएको छ ।
त्यस्तै सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ८ ढोकापुलस्थित सप्तकोशीको चतरा खनार नहरमा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीले चैत्र ४ गते फेला पारेको छ ।
सोही स्थानमा डेरा गरी बस्ने १८ वर्षिय अम्बिराज राई नुहाउने क्रममा उक्त नहरमा डुवेर बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस दुहवीबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव फेला पारेको हो ।

2080-12-04
APF News
१२औँ सहवीर स्मृति लन टेनिस प्रतियोगिता संचालन हुने

नेपाल एपीएफ क्लवको आयोजनामा चैत्र ४ देखि ९ गतेसम्म ‘‘१२ औँ सहवीर स्मृति लन टेनिस प्रतियोगिता, २०८०’’ संचालन हुने भएको छ । लन टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरु  ITF    र  NTA    को नियम अनुसार संचालन हुने र ११ वटा इभेन्ट्सहरु समावेश गरिएको सो प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २७ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको आवेदन फारम नेपाल एपीएफ क्लव हलचोक, नेपाल टेनिस संघ सातादोवाटो, काठमाडौ जिल्ला टेनिस संघ दशरथ रंगशाला तथा सशस्त्र प्रहरी बल नेपालको वेभसाइट  www.apf.gov.np बाट प्राप्त गर्न सकिने छ । प्रतियोगितामा सहभागी हुनको लागि कम्तीमा १४ बर्ष पुरा भएको हुनुपर्ने र कुनै पनि खेलाडीले २ वटा भन्दा बढि ईभेन्ट्‍मा भाग लिन पाईने छैन । प्रतियोगिता सम्बन्धी कुनै पनि जिज्ञासा तथा जानकारीको लागि सशस्त्र प्रहरी निरीक्षक बिजय कुमार के.सी.को मोवाइल नं. ९८५११६०९०० र टेनिस अफिसियल ईन्द्रकला श्रेष्ठको मोबाईल नं. ९८०५३४१२९४ मा सम्पर्क गर्न सकिने छ ।

2080-12-03