Toggle Menu

समाचार

APF News
झापामा छात्रबृत्ति प्रदान तथा शैक्षिक सामाग्री वितरण

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत झापा जिल्लाको गौरीगंज गाउँपालिका–६ स्थित खजुरगाछीकि एक छात्रालाइ चैत १९ गते छात्रबृत्ति प्रदान गर्नुभएको छ । साथै सीमा इलाकामा बसोबास गर्ने नगरिकका करीब एक सयजना सन्ततीहरुलाई शैक्षिक सामाग्रीसमेत वितरण गर्नुभएको छ । यसैगरी आजै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलको प्रमुख आतिथ्यमा झापा जिल्लाको गौरीगंज गाउँपालिका ६ स्थित खजुरगाछीमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत राजश्वत चुहावट तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।

2080-12-19
APF News
कोशी प्रदेशका सरोकारवालासँग राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

मोरङ जिल्लाको विराटनगर महानगरपालिका २ तिनपैनीमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सरोकारवालासँग ‘राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र उद्योग संगठन मोरङको आयोजनामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा चैत्र १८ गते सो ठाउँस्थित उद्योग संगठन मोरङको सभाहलमा राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण र चोरीपैठारी निकासी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको कर्तव्य, जिम्मेवारी र सीमा सुरक्षामा सीमावासीहरुको सहयोगको बारेमा अन्तरक्रिया तथा छलफल भएको हो ।

2080-12-18
APF News
नं. १ बराह बाहिनी मुख्यालयको स्थापना दिवस सम्पन्न

 नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको २३औं स्थापना दिवस सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरी चैत्र १८ गते सम्पन्न भएको छ ।

 कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयले स्थापना दिवसको अवसर पारेर बाहिनी मुख्यालयमा आन्तरिक रुपमा आयोजना गरिएको विभिन्न खेलकुद तथा हाजिरी जवाफ प्रतियोगितामा बिजयी टिम तथा खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गर्नुका साथै बाहिनीको कामकारवाहीमा बर्षभरि उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई प्रशंसापत्र तथा 'आइजी एपीएफ कमेन्डेसन' समेत प्रदान गर्नुभएको ।

2080-12-18
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा सरोकारवालासँग राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सरोकारवालासँग ‘राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया गर्नुभएको छ ।
शुक्रबार पर्सा जिल्लाको विरगंज महानगरपालिका–४ बिर्तास्थित विरगंज उद्योग वाणिज्य संघको सभाहलमा महानिरीक्षक अर्यालले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण र चोरीपैठारी निकासी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको कर्तव्य, जिम्मेवारी र सीमा सुरक्षामा सीमा वासीहरुको सहयोगको बारेमा छलफल गर्नुभएको थियो ।
त्यसैगरी सीमा सुरक्षा बिभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा सोही जिल्लाको छिपरमाई गाउँपालिका–५ छोटी भन्सार कार्यालय भिष्वामा नं. १३ गण पर्साको आयोजना तथा प्रभु अस्पताल एण्ड रिसर्च प्रा.ली. विरगंज र सामुदायिक आँखा उपचारकेन्द्र पर्साको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
 

2080-12-10
APF News
सामुहिक हितको मार्ग लामो र कठिन हुन्छ तर सकल दर्जा लागि परे त्यो त्यति कठिन पनि छैन– महानिरीक्षक राजु अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले व्यक्तिगत स्वार्थको मार्ग छोटो र सजिलो भएतापनि सामुहिक हितको मार्ग लामो र कठिन हुने तर सकल दर्जा लागि परे त्यो त्यति कठिन पनि नहुने बताउनुभएको छ ।
चैत्र १० गते नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँको २०औँ बार्षिकोत्सवको अवसरमा महानिरीक्षक अर्यालले भन्नुभयो– ‘नेतृत्व सदैव आफ्ना कर्मचारीहरुको हित र कल्याणका बारेमा चिन्तशिल हुन्छ त्यसैले संगठनको संस्थागत, संरचनागत र नीतिगत सुधारका प्रयासमा लागि रहेको र ती प्रयासहरुलाई मुर्तरुप दिन सम्पूर्ण कर्मचारीहरु पनि एकजुट भएर लाग्नुहोस् ।’  
कार्यक्षेत्रमा खटिदा सम्पूर्ण कर्मचारीहरु व्यावसायिक रुपमा इमान्दार, नैतिकवान, कर्तव्यनिष्ट र परिस्थिती अनुरुपको निर्णय क्षमता राख्न सक्नुपर्ने बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो– ‘म होईन हामी भन्ने मान्यतालाई आत्मसाथ गरी राज्य र नागरिकप्रतिको जिम्मेवारी बोधकासाथ परिचालन हुनुहोस्, भिन्न–भिन्न अवसर र बृत्तिवकिासका अवसरहरु आफै सिर्जना हुँदै जान्छन् ।’
उहाँले आफ्नो व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राख्दै आफ्नो कमाण्डर र नेतृत्वसँग हातेमालो गरी संगठन विकासको एउटै लक्ष्यकासाथ अघि बढ्न र आफ्नो कर्तव्यपथमा अविचलित भई लागि रहन निर्देशन दिनुभयो ।  
स्थापना दिवसको अवसरमा महानिरीक्षक अर्यालले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा कदर–पत्र प्रदान गर्नुभएको थियो ।
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले धन्यवादको क्रममा संगठनको हितका लागि बाहिनी तथा मातहतका सकल दर्जा कटिबद्ध रहेको बताउनुभयो ।

2080-12-10
APF News
१२‍औँ सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस प्रतियोगिताको बिहिबार सम्पन्न फाईनल तथा सेमीफाईनल खेलहरु

नेपाल एपीएफ क्लबको आयोजनामा बिहिबार ‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ को विभिन्न ईभेन्टका फाईनल तथा सेमीफाईनल खेलहरु सम्पन्न भएका छन् ।
लन टेनिस कोर्ट हल्चोकमा भएको ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले पराजित गरी उपाधि जितेका छन् । यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भिष्मजंग गुरुङ्गलाई ६–३ र ६–० ले पराजित गरी उपाधि जितेका छन् ।
यसैगरी ४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले पराजित गरी उपाधि जितेका छन् । त्यस्तै ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फको फाईनल खेलमा ईलुम दिक्षित र जितेन्द्र परियारको जोडिले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडिलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि जितेका छन् ।
यसैगरी पुरुष एकलतर्फको सेमीफाईनल खेलमा प्रदिप खड्काले निशान श्रेष्ठलाई ६–३, र ६–२ ले र रितिक रानाले सक्षम विक्रम शाहलाई ६–३ र ६–३ ले पराजित गरी फाईनल प्रवेश गरेका छन् ।
त्यसैगरी महिला एकलतर्फको सेमीफाईनल खेलमा माहिका राणाले सुभांगीलक्ष्मी शाहलाई ४–६, ६–१ र ६–२ ले पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।
त्यस्तै ईन्टर गभरमेन्ट डबलतर्फको सेमीफाईनल खेलमा उत्तम बोगटी र अमित गुरुङ्गको जोडिले प्रेम कुमार शाही र नरेन्द्र कुमार सिंहको जोडिलाई ६–१ र ६–० ले पराजित गरी फाईलनमा प्रवेश गरेका छन् ।

2080-12-08