Toggle Menu

समाचार

APF News
‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं.५ बिन्ध्याबासिनी बाहिनीलाई

प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले जितेको छ । ११ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २१ पदकसहित बिन्ध्यावासिनी बाहिनी प्रथम भएको हो ।
नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ७ स्वर्ण, ७ रजत र ३ कास्य गरी कुुल १७ पदक र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडांै ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १३ पदकसहित क्रमशः द्धितिय र तृतिय भएका छन् । समापन समारोहमा भएको फुटबल खेलमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई २–१ गोलको अन्तरले पराजित गरी प्रथम भएको   छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुका साथै उत्कृष्ट खेलाडी तथा बिजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गर्नुभयो । प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरु समावेश थिए ।

2080-12-30
APF News
९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रण

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ पर्साले भारतर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रणमा लिएको छ ।
चैत्र २४ गते वीरगंज महानगरपालिका–१७ कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बी.आर. १० जे ८२०१ नम्बको टाटा सुमो गाडीमा अबैध रुपमा लैजाँदै गरेको मदिरा र सुमो गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ । यसैगरी सोही गुल्मले ९ लाख १३ हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । चैत्र २० गते वीरगंज महानगरपालिका – १७ चण्डाल चोकबाट ना ३ ख ७८८८ नम्बरको ट्रकमा विलविजक भन्दा फरक सामान भएको पाईएपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिईएको सामान र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

2080-12-25
APF News
फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।
चैत २५ गते आइतबार साँझ स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० बर्षिय सोभित परियार बोटिङ गर्नेक्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसेका थिए ।
उक्त दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित रेशक्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै सकुशल उद्धार गरेको हो ।
हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करीब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको छ ।  

2080-12-25