Toggle Menu

समाचार

APF News
पौडी खेल्ने क्रममा नदिमा डुवेर वेपत्ता भएका बालकको शव फेला

कालिकोटको तिला नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले जेठ १७ गते बिहान करीव पौने १० बजे फेला पारेको छ ।
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ घर भई सोही नगरपालिका–६ गाल्जे भन्ने स्थान बस्ने अन्दाजी १६ बर्षिय हिक्मत बम नदिमा पौडी खेल्ने क्रममा यहि जेठ १५ गते डुवेर बेपत्ता भएका थिए ।
बेपत्ता बालकको शव खोजीकार्यको लागि  नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव घटनास्थल नजिकै फेला पारेको थियो । 

2081-02-17
APF News
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलको स्वागत तथा सम्मान 

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ ।
शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गर्नुभएको हो ।
सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाईएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक पौडेललाई संगठनको तर्फबाट  IG APF Commendation  द्वारा सम्मान समेत  गरिएको छ  ।
   “Elite Expede Nepal APF Everest Expedition 2024’’ नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रा.लि. मार्फत सशस्त्र प्रहरी निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ गएका थिए । उनले यस बिचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरेका छन् ।

2081-02-12