Toggle Menu

समाचार

APF News
मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २३औँ स्थापना दिवस सम्पन्न

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा असार १ गते नं.४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २३औँ स्थापना दिवस सम्पन्न भएको छ ।
सोही अवसरमा महानिरीक्षक अर्यालले बाहिनी परिसरमा नवनिर्मित बिशिष्ट अतिथि कक्ष, अतिथि कक्ष, सशस्त्र प्रहरी वीर स्मृति कक्ष, कार्य अभिलेख तथा इकाई समन्वय सेल तथा धौलागिरी बहुउद्देश्यीय हलको समेत उद्घाटन गर्नुभयो ।
उहाँले स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरु, उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पु¥याउनु हुने महानुभावहरुलाई पुरस्कार, कदर तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

2081-03-02
APF News
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालक तथा झरनामा खसेका व्यक्तिको शव फेला

कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि.क. असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।
सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।
त्यस्तै कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं. ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । असार १ गते साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको हो ।

2081-03-02
APF News
निःशुल्क आँखा शिविर संचालन

सशस्त्र प्रहरी परिवार महिला संघले २३औं वार्षिकोत्सवको अवसरमा जेठ २६ गते काठमाडौंको नागार्जुन नगरपालिका–३ पिपुल्स फ्रेन्डसिप एकेडेमीमा निःशुल्क आँखा शिविर संचालन गरेको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघ र पाँच धारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा संचालन गरिएको शिविरमा नेपाल एपीएफ अस्पताल बलम्वुका चिकित्सकले विरामीहरुको परिक्षण गरेका थिए ।  
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा संचालन गरिएकोे शिविरमा महिला संघका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि लगायत सर्वसाधारणहरुको समेत उपस्थिती रहेको थियो ।
नागार्जुन नगरपालिका–१, २ र ३ का स्थानीय वासिन्दाहरु कुल ४ सय १८ जनाको परिक्षण गरिएको थियो ।  

2081-02-27
APF News
स्वागत तथा बिदाई कार्यक्रम

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी विशेष अदालतमा अध्यक्ष एवं सदस्यका रुपमा नवनियुक्त हुनुभएका र अध्यक्षका रुपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नुभई अवकाश प्राप्त गर्नुभएका विशिष्ट व्यक्तिहरुलाई जेठ २१ गते प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका विच हार्दिक स्वागत तथा विदाई गर्नुभएको छ ।
महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी विशेष अदालतको अध्यक्षका रुपमा यहि बैशाख १८ गते नियुक्त हुनुभएका नायव महान्यायाधिवत्ता डा.टेक बहादुर घिमिरे र सदस्यका रुपमा नियुक्त हुनुभएका गृहमन्त्रालयका सहसचिव झक्कु प्रसाद आचार्यलाई आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

2081-02-21
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा जेठ २० गते सशस्त्र प्रहरी नायव उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती हुनुभएका ७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को मिति २०८० भाद्र १३ गतेको निर्णयले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को मिति २०८० भाद्र १ गतेको निर्णयले सशस्त्र प्रहरी नायव निरीक्षकबाट सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती हुनुभएको थियो । उहाँहरु एफपीयु मिशनमा कार्यरत रहनु भएकोले आज दर्ज्यानी चिन्ह प्रदान गरीएको हो ।

2081-02-20