Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव सम्पन्न

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ ।
कार्यक्रममा निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वार्षिकोत्सवको अवसरमा आयोजित दोश्रो खुल्ला महिला हाफ म्याराथनका विजयी खेलाडी लगायत उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई तथा सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

2081-03-17
APF News
हाफ म्याराथन प्रतियोगिता संचालन हुने  

सशस्त्र प्रहरी परिवार महिला संघले २३औँ वार्षिकोत्सवको अवसरमा यही असार ८ गते शनिबारको दिन  ‘दोश्रो महिला हाफ म्याराथन प्रतियोगिता–२०८१’ संचालन गर्ने भएको छ   ।
शनिबार बिहान ६ः०० बजेबाट शुरु हुने महिला हाफ म्याराथनको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको रंगशालाबाट शुरु भई बालाजु चोक, नयाँ बसपार्क, बसुन्धारा, महाराजगंज चोकलाई दायाँ पार्दै त्रि.वि. शिक्षण अस्पताल, लैनचौर, जमल, घण्टाघर, शहिद गेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, रविभवन, कलंकी हुँदै पुनः प्रधान कार्यालयस्थित एपीएफ रंगशाला एक राउण्ड लगाउनु पर्नेछ ।
महिलातर्फको खुल्ला प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार, तृतियले ५० हजार र चौथो देखि दशौं सम्म  हुनेले ५÷५ हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि ०१–५२४९०२५ वा सशस्त्र प्रहरी निरीक्षक देव बहादुर कार्कीलाई ९८५१२५९१४१ नम्बरमा सम्पर्क गर्न सकिने छ । प्रतियोगितामा सहभागी हुनको लागि असार ६ गतेभित्र नाम दर्ता गराईसक्नु पर्नेछ । दर्ता शुल्क भने लाग्ने छैन ।

2081-03-04