Toggle Menu

समाचार

APF News
अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका– ५ कुमाल बस्तीको गोपाङ्गघाटमा पहिरो गई अवरुद्ध भएको बाटो सशस्त्र प्रहरीले असार २७ गते खुलाएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २५ चण्डिका गण पर्वतको सुरक्षा फौज खटिई अवरुद्ध भएको बाटो खुलाएको हो ।
यसैगरी सोही गणबाट खटिएको सुरक्षा फौजले कुश्मा नगरपालिका–४ गुप्तेश्वर मन्दिर जान अवरुद्ध भएको बाटो खुलाएको छ । त्यस्तै सोही नगरपालिका–११ पकुवामा पहिरो गई गोठ पुरिएको तथा वरिपरी जोखिम अवस्थामा रहेका घरपरिवालालाई नं २५ चण्डिका गण पर्वतले सुरक्षित स्थानमा सारेको छ ।

2081-03-27
APF News
वर्षाको कारण उदयपुर जिल्लाको विभिन्न ठाउँमा बाढि पहिरो, उद्धार कार्य जारी

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० घाईघाटस्थित साउनेमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध सडक सुचारु गरिएको छ । नं. ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौजले पहिरो गई ढलेका रुख तथा ढुंगामुढा हटाई बाटो सुचारु गरेको हो ।
त्यसैगरी अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा डुवानमा परेका तथा डुवानमा पर्ने सम्भावित ठाउँहरुमा उद्धार कार्य जारी रहेको छ ।
बेलका नगरपालिका–१ भालमन्ती भौडाहास्थित त्रियुगा नदि र भालमन्ती खोलामा पानीको बहाव बढि बस्ती पस्दा डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । उक्त स्थानमा नंं ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिई डुवानमा परेकाहरुको सकुशल उद्धार गरेको हो ।
त्यसैगरी बेलका नगरपालिका–२ स्थित करैया, पुरनदह र मुसहरी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढि बस्तीमा पस्दा डुवानमा परेका करीव २ सय ५० घरपरिवारलाई सो गण तथा नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको हो ।
त्यस्तै चौदण्डीगढी नगरपालिका–७ स्थित द्धार खोलामा आएको बाढिले बाँध कटान गरी सो ठाउँको खसी बजार, मदनचोक र बगरकोटमा पस्ने सम्भावना भएपछि नं. ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौज, नेपाल प्रहरी र स्थानीय वासिन्दाले जाली लगाई बाँध निर्माण गरेका छन् ।  

2081-03-26
APF News
कमला नदिमा फसेका छ जनाको सकुशल उद्धार

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको असार २५ गतेसकुशल उद्धार गरिएको छ । दाउरा लिन गएको अवस्थामा एक्कासी पानिको बहाव बढेपछि उनीहरु सो नदिको बीच भागमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको हो ।
त्यसैगरी सो वेशले कल्याणपुर नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सकुशल उद्धार गरेको छ । जेसीबीसहित नदिको बीच भागमा फसेका उनीहरुलाई रबर बोटको सहयोगमा सकुशल उद्धार गरिएको हो ।

2081-03-26
APF News
वर्षाको कारण डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारियो  

वर्षाको कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरीघाटमा डुवानमा परेका करीव ५० जनालाई फरवार्ड बेश बडुवाटोलले सुरक्षित स्थानमा सारेको हो ।
त्यसैगरी सोही जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुडा खोलामा पानीको बहाव बढी डुवानमा परेका ३ घरपरिवारलाई नं. ३५ गण कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ । त्यस्तै कञ्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका वडा नं.–११ ब्रमिनी र वडा नं.–१२ ऐरीगाउस्थित भुजेल खोलामा पानीको बहाव बढि डुवानमा परेका २० घरपरिवारलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरस्थित कटैनी नदिमा पानीको बहाव बढ्न गई बस्तीमा पस्दा डुवानमा परेका २५ घरपरिवारलाई नं. ३४  गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुर र बिओपी छोटिपलीयाले र सोही जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरी गाउँमा खुटिया नदिको बहाव बढेर बस्तीमा पस्दा डुवानमा परेका ६ घरपरिवारलाई सामानसहित बिओपी फुलबारीले सुरक्षित स्थानमा सारको हो । 

2081-03-24