Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा काठसहित पक्राउ

सिराहा,
सिराहा जिल्लाको मिर्चैया नगरपालिका ६ बाट पौष २९ गते एपीएफ टोलीले ६६ क्यूफिट सिसौको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।
सोही जिल्लाको मिर्चैया नगरपालिका ३ बस्ने सर्जुक महरालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मिर्चैयाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
स १ त ४५७ नम्बरको ट्याक्टरमा जाँच गर्दा अवैध रुपले लैजान लागेको अवस्थामा सो काठ भेटिएपछि एपीएफ टोलीले निज महरालाई उक्त काठ तथा ट्याक्टरसहित पक्राउ गरेको हो । 
एपीएफ टोलीले पक्राउ परेका निज महरालाई बरामद काठ तथा ट्याक्टरहितै आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाएको छ ।

2075-10-1
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित गणेश मन्दिर नजिकैबाट पौष २९ गते एपीएफ टोलीले करीव ३ लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा झापा नम्बर २ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कैलाली नम्बर ३४ गणबाट सशस्त्र प्रहरी सहायक हवल्दार नन्दराज भाटको कमाण्डमा खटिएको एपीएफ टोलीले पौष २९ गते करीव १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १२ स्थित जुगेडाबाट बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2075-10-1
APF News
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघको १६औं वार्षिक साधारणसभा भाद्र १६ गते सम्पन्न भएको छ । सो संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठकोे प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो । त्यसअवसरमा संघकी अध्यक्ष श्रीमती श्रेष्ठ तथा उपाध्यक्षहरु श्रीमती आशा शाही, श्रीमती मुना ओझा, श्रीमती सरिता खनाल, श्रीमती सीता थापा र श्रीमती दीपा पौडेल लगायत संघका कार्यकारिणी पदाधिकारी एवं अन्य साधारण सदस्यहरुका बीच संघले समाजसेवाको क्षेत्रमा विगतमा गरेका कार्यहरुको समिक्षा र आगामी कार्यक्रमबारे अन्तरक्रिया भएको थियो । साधारणसभालाई सम्बोधन गर्नुहुदै संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठले समाजसेवाको क्षेत्रमा नवीन कार्यक्रमहरु संचालन गर्दै संघले निःस्वार्थ सेवाभावले कार्य गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले विसुद्ध सामाज सेवाको उद्देश्यका साथ स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघले आगामी दिनहरुमा समेत सिर्जनात्मक ढंगबाट सामाजिक सेवामा सक्रिय रहिरहने बताउनुभयो । कार्यक्रममा संघकी सदस्यसचिव श्रीमती सरस्वती पाण्डेले संघको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा संघकी कोषाध्यक्ष श्रीमती सुनिता श्रेष्ठले आर्थिक वर्ष ०७३÷७४ को वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । संघको लक्षित उद्देश्य र समाजसेवाको क्षेत्रमा संघबाट भइरहेका विविध गतिविधि तथा आगामी कार्यक्रमहरुबारे साधारणसभामा विस्तृत छलफल भएको थियो । शिक्षा, स्वास्थ्य, सरसफाईका क्षेत्रहरुमा सेवामूलक एवं सचेतनामूलक कार्यक्रहरु संचालन गर्नेदेखि विपदप्रकोप पीडितलाई सहयोग, वाहालवाला तथा वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीलाई छात्रवृत्ति, असाहय वालवालिका एवं बृद्धबृद्धालाई विभिन्न सहयोग, विपन्न समुदायका छात्राहरुलाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था लगायत संघले सामाजिक सेवाका विविध कार्यहरु गर्दै आएको कुरा समेत त्यसअवसरमा चर्चा गरिएको थियो । सो संघले आगामी दिनहरुमा समेत समाजसेवाको क्षेत्रमा संघको क्षमताले भ्याएसम्म अझै प्रभावकारी एवं रचनात्मक ढंगले अग्रसर रहने प्रण गरेको छ । त्यसअवसरमा सशस्त्र प्रहरी परिवार महिला संघका कार्यकारिणी पदाधिकारी एवं संघका साधारण सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

2074-5-16
APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ

सिरहा, सिरहा जिल्लाको कल्याणपुर नगरपालिका ५ जंडौल भन्ने स्थानबाट चैत्र २९ गते एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ । सोही नगरपालिका ४ बस्ने ३४ वर्षिय विन्दुर यादवलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी सहायक निरीक्षक साधु महतोको कमाण्डमा खटिएको एपीएफ टोलीले सो ठाउँमा हिजो बेलुका जाँच गर्ने क्रममा स. ४ प ६७२२ नम्बरको मोटरसाइकलमा सवार निज यादवको साथमा उक्त हतियार फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले निज यादवलाई बरामद हतियार र उक्त मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।

2074-12-30
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट युवक अधिकृत तालिमको प्रथम प्रवचन

काठमाडौं,
    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १७ युवक अधिकृत तालिमको सोही शिक्षालयमा एक कार्यक्रमका वीच प्रथम प्रवचन गर्नुभयो । 
    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा सफलता प्राप्त गर्नका लागि यस्ता व्यावसायीक प्रशिक्षण अपरिहार्य रहेको चर्चा गर्नुहुँदै योग्य, दक्ष एवं अनुभवी अधिकृतको विकास गर्न यस्ता तालिमले महत्वपूर्ण सघाउ पु¥याउने बताउनुभयो । 
    उहाँले प्रशिक्षार्थीहरुले तालिमलाई अवसरको रुपमा उपयोग गर्दै कडा मेहनत र परिश्रमका साथ अनुशासित भई ज्ञान आर्जन गर्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो स्वार्थलाई त्यागेर प्राप्त दायित्व निर्वाहमा पेशागत इमान्दारिताका साथ कृयाशिल रहनुपर्ने चर्चा गर्नुभयो । 
    सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित, लगनशील एवं जिम्मेवारी निर्वाहप्रति दत्तचित्त भई जस्तो सुकै दायित्व पूरा गर्न सधै समर्पित रहनु पर्ने बताउनुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले भन्नुभयो– ‘संगठनमा आवद्ध राष्ट्र सेवकहरुले सधै उच्च मनोवलका साथ प्राप्त जिम्मेवारीलाई पूरा गर्न अहोरात्र समर्पित रहनु पर्दछ ।’
    कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले धन्यवाद ज्ञापनको क्रममा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षार्थीहरुले प्रशिक्षणको दौरानमा बढिभन्दा बढि ज्ञान आर्जन गर्न आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । 
    सो तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र बस्नेतले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुहुँदै उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी तालिमलाई उत्कृष्ट ढंगले संचालन गरिने बताउनुभयो । 
    करीब ६ महिना अवधिको उक्त तालिममा कूल ५४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । 

201906/25