Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा गाँजासहित दुई जना पक्राउ –

पर्सा, पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ४ स्थित झोलुनिया पुलबाट माघ ३ गते एपीएफ टोलीले एक केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको सखुवाप्रर्सौनी गाउँपालिका २ बस्ने १९ वर्षिय कृष्णकुमार साह र सोही ठाउँ बस्ने १८ वर्षिय राकेश सहनीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पर्सा जिल्लाको सखुवाप्रर्सौनीबाट भिस्वातर्फ जाँदै गरेको ना १७ प ४४६७ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित गाँजा फेला परेपछि उनीहरुलाई उक्त गाँजा तथा मोटरसाइकलसहितै पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद गाँजा तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

 

 

 

2075-10-3
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट गणपति तालिम उद्घाटन

काठमाडौं,
    राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सि.सं. ३ गणपति तालिम संचालन भएको छ ।
सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले माघ २४ गते एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रत्यक्ष रुपमा फिल्डमा नेतृत्व वहन गर्ने अधिकृतहरुलाई लक्षित गरी उनीहरुको व्यावसायिक दक्षता एवं कार्यक्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको उल्लेख गर्नुभयो ।
    उहाँले यस किसिमको तालिमले कार्यक्षेत्रमा आईपर्ने चुनौतीहरुलाई परास्त गरी दायित्व निर्वाहमा सफलता प्राप्त गर्न सहज हुने बताउनुभयो । 
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले कुनै पनि फौजी संगठनमा प्राप्त जिम्मेवारीहरु उत्कृष्ट तवरबाट सम्पादन गर्नका लागि व्यावसायीक तालिम एउटा महत्वपूर्ण कडीको रुपमा रहने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
    सो कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक ई. प्रजाभक्त श्रेष्ठले तालिम सम्बन्धी कार्य योजना प्रस्तुत गर्नुहुँदै उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गर्दै तालिमलाई समयसापेक्ष, स्तरीय र प्रभावकारी रुपले संचालन गरिने बताउनुभयो । 
    कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटी, कमाण्ड एण्ड म्यानेजमेन्ट, क्राइम कन्ट्रोल, इन्टेलिजेन्स, अपरेशन अफ वार, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐन नियम तथा सशस्त्र प्रहरी बल, नेपालको कामकारवाही लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइने कुरा जानकारी गराइएको थियो ।
    करीब दुई महिना अवधिको उक्त तालिममा ३५ जना सशसत्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।

2075-10-24
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

सिरहा,
    सिरहा जिल्लाको सिरहा नगरपालिका १७ पर्टेवाबाट माघ २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषसहित एक जनलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकनन्दनी गाँउपालिका २ वस्ने २० वर्षिय बब्लु यादव छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको   हो । 
    एपीएफ टोलीले त्यसवेला उनको साथबाट नोफिन २ सय वटा, फेनारगन १ सय ९९ वटा र डाईजोल्याब १ सय ९९ वटा तथा नेपाली रुपैया ६ हजार ३ सय ७०, भारतीय रुपैयाँ ५ सय ६०, अमेरिकी डलर १, साउदी रियल ४७ र निजले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ । 
    भारतबाट नेपालतर्फ स. ९ प ५४३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका निज यादवलाई जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । 
पक्राउ परेका यादवलाई बरामद लागूऔषध तथा उक्त सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।  

2075-10-23
APF News
एपीएफ टोलीद्वारा पेस्तोलसहित पक्राउ

सर्लाही,

सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ बाट एपीएफ टोलीले माघ २२ गते मेडईन यूएसए लेखिएको एक थान पेस्तोल र सोको एक थान म्याग्जीनसहित एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सितामणी दोस्तिया १३ घर बताउने सुनिलकुमार मण्डल छन् । 

सशस्त्र प्रहरी बल, नेपाल बाहिनी मुख्यालय धनुषा नम्बर २ बाहिनी र बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई विशेष सूचनाको आधारमा उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेका निज मण्डललाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2075-10-22
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

पर्सा,

पर्सा जिल्लाको बिरजञ्ज महानगरपालिका १६ स्थित भन्सार गेटबाट माघ २२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

ललितपुर जिल्लाको ललितपुर महानगरपालिका २२ बस्ने २२ वर्षिय सुजन देउलालाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज देउलालाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नुफिन १५ वटा, फेनारगन १५ वटा, र डाईजोल्याव १५ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । 

पक्राउ परेका देउलालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 

2075-10-22
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

काठमाडौं,
    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बाईपासबाट माघ २० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ४ बस्ने ४० वर्षिय नसरुधिन मियाँ, तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका ४ बस्ने २३ वर्षिय रहिमबक्स मियाँ, ३४ वर्षिय अहमद अली, सोही जिल्लाको सतिसोरा गाउँपालिका ४ बस्ने २५ वर्षिया आईसा मियाँ र कास्की जिल्लाको पोखरा महानगरपालिका १० बस्ने २७ वर्षिय यजाज मियाँ  छन् । 
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।    
    बा. १८ च ११८९ नम्बरको मारुती भ्यानमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजापाम ४० सिसि, फेनारागन ४० सिसि, नोफिन ४० सिसि, नाईट्राजाम ट्याब्लेट एक सय ४८ वटा, स्पास्मा पेभोन प्लस ट्याब्लेट १३ तथा गाँजा जस्तो देखिने बस्तु ५ ग्राम फेला परेपछि उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । 
    त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट नगद ५८ हजार ४ सय ८० रुपैयाँ तथा ८ थान मोवाइल सेट समेत बरामद गरेको छ । 
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।    
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले माघ २१  गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    बारा जिल्लाको कलैयाँ उपमहानगरपालिका ६ बस्ने २४ वर्षिय दिपेन्द्र कुमार दुवेदीलाई एपीएफ टोलीले पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट पक्राउ गरेको हो ।
    भारतबाट नेपालतर्फ आउँदै गरेका निज दुवेदीलाई शंका लागि जाँच गर्दा एपीएफ टोलीले उनको साथबाट नोफोन ४ वटा, डाईजोल्याव ४ वटा, फेनारागन ४ वटा र गाँजा ३ पुरिया तथा नगद १६ हजार ७० रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरेको हो ।     
    पक्राउ परेका दुवेदीलाई बरामद लागूऔषध तथा नगदसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2075-10-21
APF News
एपीएफ टोलीद्वारा बोईलर कुखुराको चल्लासहित तीन जना पक्राउ

बारा,    बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ७ स्थित गढीमाई मन्दिर चोकबाट माघ १७ गते एपीएफ टोलीले करीव पाँच हजार वटा बोइलर कुखुराको चल्लासहित तीन जनालाई पक्राउ गरेकोे छ ।
    पक्राउ पर्नेहरुमा पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका २४ बस्ने ३० वर्षिय जयराम ठाकुर, सोही महानगरपालिका १५ बस्ने ३३ वर्षिय सुशिल राय र वडा नं. १४ बस्ने ३० वर्षिय गजेन्द्र यादव छन् ।
    बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जितपुरबाट खटिएको एपीएफ टोलीले उल्लेखित चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो ।
    ना ६३ प ५९०० नम्बरको मोटरसाइकले स्कर्टिङ गरि ल्याउँदै गरेको ना ५ ख ६५०९ नम्बरको मिनि ट्रकमा राखी अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त चल्लासहित निजहरुलाई पक्राउ गरिएको हो । 
    एपीएफ टोलीले बरामद चल्ला पशुक्वारेन्टाईनका प्रतिनिधि, स्थानीय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहबरमा खाल्डो खनी नष्ट गरेको छ भने पक्राउ परेकाहरुलाई बरामद मिनि ट्रक र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

2075-10-18
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ

मोरङ, मोरङ जिल्लाको रंगेली नगरपालिका ४ चोप्राहबाट माघ १७ गते एपीएफ टोलीले चोरीपैठारीको किराना सामानसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सोही जिल्लाको रंगेली नगरपालिका ५ बस्ने ३१ वर्षिय राजेश मण्डल छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा मोरङ नम्बर ३ गणबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    अवैध रुपले भारतबाट नेपालतर्फ को. २ ह ३७३४ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उक्त सामानसहित सो अटोका चालक निज मण्डललाई एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ । 
    एपीएफ टोलीले पक्राउ परेका मण्डललाई बरामद सामान र अटोसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 
    अटोसहित उक्त सामानको भन्सार दाखिला मूल्य ३ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

2075-10-18
APF News
एपीएफ टोलीद्वारा पहिरोले पुरिएका दुई जनाको शव फेला

धादिङ,     
धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका ४ स्थित हिमदुङमा पहिरोमा परी पुरिएका दुई जनाको शव एपीएफ टोलीले माघ १७ गते साँझ निकालेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको कमाण्डमा खटिएको एपीएफ टोलीले सोही ठाउँ बस्ने ४३ वर्षिय नुर्वु तामाङ्ग र १७ वर्षिय धनबहादुर तामाङ्गको शव निकालेको हो ।
    यही माघ १४ गते भेडाबाख्रा चराउन गएकोमा उनीहरु राति सेतेउ भिरमुनि बास बसेकोमा विहान अन्दाजी ५ बजेको समयमा सो स्थानमा पहिरो गई दुवै जना हराइरहेका थिए । 
पहिरोमा परी बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सो शिक्षालयबाट विपद व्यवस्थापन तालिम प्राप्त एपीएफ टोली तत्कालै उद्वार कार्यको लागि त्यसतर्फ खटिगएको थियो । 
एपीएफ टोलीले करीब १० फिट पहिरो मुनि ढुंगाले पुरिएको अवस्थामा उनीहरुको शव फेला पारेको हो । 

2075-10-18
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, 
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएका डा. रुपक महर्जनलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा माघ १८ गते दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । 
नेपाल सरकार मन्त्रिस्तरको यही माघ १३ गतेको निर्णयले उहाँ प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएको हो ।     
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा सरुवा बढुवा नियमिति प्रकृया भएको चर्चा गर्नुहुँदै व्यावसायीक जिम्मेवारी पूरा गर्ने क्रममा सकल दर्जाका राष्ट्रिसेवक कर्र्मचारीहरु अनुशासित एवं इमान्दारितापूर्वक निःस्वार्थ भावनाका साथ कटिबद्ध भई निरन्तर कार्यक्षेत्रमा लागिरहनुपर्ने बताउनुभयो । 
उहाँले संगठनमा उपलब्ध साधनश्रोतहरुको अधिकतम सदुपयोग गर्दै मेहनत र लगनशीलताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै संगठनको विकास र विस्तारमा सकारात्मक सोचका साथ जिम्मेवारी बहन गर्दैै भावि पिडीलाई गर्वको अनुभूति हुने गरी उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो ।  
सशस्त्र प्रहरी महानिरीक्षक खनालले व्यावसायिक भई टिमवर्कमा कार्यसम्पादन गर्दा कार्यक्षेत्रमा आईपर्ने कठिन चुनौतीहरुलाई समेत सहज तवरले परास्त गरी राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्त हुने उल्लेख गर्नुभयो । 
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2075-10-18