Toggle Menu

समाचार

APF News
लागूऔषधसहित व्यक्ति नियन्त्रणमा  

साउन ११ गते सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलानरोडबाट विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको धरान उपमहानगरपालिका–१३ बस्ने दुई युवालाई फरवार्ड पोष्ट इस्राइलकामदले नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनिहरुको साथबाट कालो प्लास्टिकले बेरिएको २२.४ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, स्पास्मो प्रोक्सीभन ट्याब्लेट १६ वटा तथा नाईट्रोभेट ट्याब्लेट ८ वटा फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाइएको छ ।

2081-04-11