Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको इलोक्ट्रोनिक सामान बरामद

सुनसरी,
    सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्वपश्चिम लोकमार्गको तिनकुनेबाट फागुन २ गते एपीएफ टोलीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलोक्ट्रानिक सामान बरामद गरेको छ ।
    विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा उल्लेखित मुल्य बराबरको सीसी क्यामरा, भिडियो रेकर्डर तथा मनिटर लगायतका सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
    एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । 

2075-11-2
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका २ स्थित भानुचोकबाट फागुन १६ गते एपीएफ टोलीले ८ सय ६४ वटा स्पास्मो प्रोक्सिभन प्लससहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको धरान उपमहानगरपालिका १७ बस्ने २७ वर्षिय सन्तोष गिरीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले निज गिरीलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका गिरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीेको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2075-11-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडासहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको खडक नगरपालिका २ स्थित सिसुवाबाट फागुन १६ गते एपीएफ टोलीले करीव दुई लाख चार हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको बलान बिहुल गाउँपालिका ४ बस्ने ईन्द्रजित साहलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कडरवानाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट अवैध रुपले नम्बर प्लेट नभएको मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित निज साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लत्ताकपडा तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2075-11-17
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका औषधीसहित दुई जना पक्राउ
काठमाडौं, सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ५ स्थित सत्रुधन चोकबाट फागुन १६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २२ वर्षिय जाविर अलीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बोधेबसाईनबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले निज अलीलाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारागन ३ सय वटा र ३ सय वटा नोफिन फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका अलीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरीगंजबाट खटिएको एपीएफ टोलीले फागुन १६ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । झापा जिल्लाको गौरादाह नगरपालिका ७ जुरोपानी बस्ने २५ वर्षिय सुबोध कोईरालालाई एपीएफ टोलीले सोही जिल्लाको गौरीगंज गाउँपालिका ३ बाट पक्राउ गरेको हो । मे ९ प ८१६७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज कोईलालाई जाँच गर्दा उनको साथमा निट्रोसन ५ वटा, स्पास पोक्राप्लस ट्याब्लेट ८ वटा, निट्राभेट १० वटा र इस्कुफ सुरुप १० बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका कोईरालालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरी बुझाएको छ ।
2075-11-16
APF News
गृृहमन्त्रीबाट एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तेश्रो समुहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को फाल्गुण १५ गते समापन गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापाले सो कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक भरत खनियालाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गर्नुभयो । गृहमन्त्री थापाले उक्त विशेष समारोहमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गर्नुभयो । सोही अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश उप्रेतीलाई वेष्ट एकेडेमीक अवार्ड प्रदान गर्नुभयो । त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज अर्याललाई बेष्ट रिसर्च अवार्ड प्रदान गर्नुभयो । गृहमन्त्री थापाले सो अवसरमा उक्त कोर्ष पश्चात एपीएफ अधिकृतहरुको व्यावसायिक दक्षतामा अभिवृद्धि भई आत्मविश्वास बढ्नुकासाथै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामकना गर्न उक्त कोर्ष कोशेढुंगा सावित हुने चर्चा गर्नुहँुदै भविष्यमा संगठनको नेतृत्व तहमा पुग्न समेत सो कोर्ष उपयोगी रहने बताउनुभयो । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई मानवअधिकारको रक्षा गर्दै अनुशासित, बफादार र कर्तव्यनिष्ठ भई राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा कृयाशिल रहन निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले कार्यक्षेत्रमा खटिदा यस्ता कोर्षबाट प्राप्त ज्ञान तथा अनुभवको उच्चतम उपयोग गर्नुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले शैक्षिक ज्ञान र व्यावसायिक दक्षताले सफलता प्राप्तितर्फ लैजाने चर्चा गर्नुहँुदै अप्ठेरो अवस्थामा सहि निर्णय गर्न सक्षम अधिकृत निर्माणमा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष सहयोगीसिद्ध हुने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालयबाट प्राप्त भएको निर्देशन तथा त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमाथि प्रकाश पार्नुहुँदै उक्त कोर्ष त्रिभुवन विश्वविद्यालयको सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको बताउनुभयो । सोही समारोहमा गृहमन्त्री थापाले एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने त्रिभुवन विश्वविद्यालयका प्रा.डा. शिवलाल भुसाल, प्रा.डा. रमेशराज कुँवर र सहप्राध्यापक डा. सरदचन्द्र ठाकुरलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । गत साल असोज चार गतेबाट संचालित १८ महिना अवधिको सो कोर्षमा १९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागी रहेका थिए । सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना लगायतका विविध विषयहरुमा विज्ञहरुद्वारा प्रशिक्षण दिइएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।
2075-11-15
APF News
बस दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार
अर्घाखाँची, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ स्थित अर्खाटारीमा फागुन १४ गते विहान भएको बस दुर्घटनामा परी घाईते भएका ९ जनाको एपीएफ टोलीले उद्वार गरेको छ । गुल्मी जिल्लाको आर्खाबाङ्गबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ख ७३६६ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई सडकमा पल्टदा बसमा सवार ९ जना यात्रुहरु सामान्य घाईते भएका थिए । उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३६ गुल्म हेक्वा अर्घाखाँची बाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश कोईरालाको कमाण्डमा एपीएफ टोली खटिइगई उद्वार कार्यमा जुटेको थियो । एपीएफ टोलीले दुर्घटनाका घाईतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाएको छ ।
2075-11-14
APF News
शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ती एपीएफ टोलीद्वारा फेला
काठमाडौं, काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ती एपीएफ टोलीले आजा फेला पारेको छ । सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौं महानगरपालिका ८ स्थित पशुपतिनाथको मन्दिरबाट करीव तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा अपरान्ह करीव पौने पाँच बजे उक्त मूर्ती फेला पारेको हो । सो मूर्ती करीव ३५ के.जी. तौलको रहेको छ । गस्तीमा रहेको एपीएफ टोलीले त्यस ठाउँमा रहेको खरानीको रुखको जराभित्र वडार जस्तो ठाउँबाट सो मूर्ती बरामद गरेको हो । पारिपट्टि डाडाँबाट त्यसतर्फ आउँदै गरेको एपीएफ टोलीलाई देखेर दुई जना व्यक्तिहरु उक्त मूर्ती छाडी भागेका थिए । सो मूर्ती उक्त वडार जस्तो ठाउँमा बालुवाले पुरेर राखेको अवस्थामा भेटिएको हो । उक्त मूर्ती एपीएफ टोलीले स्थानीय प्रहरीलाई बुझाएको छ । सो ठाउँ गोपाल बाबाको आश्रम भन्दा माथि रहेको चिहान डाडाँमा रहेको छ । उक्त मूर्ती फेला परेपछि एपीएफ टोलीले पशुपति क्षेत्र विकास कोषलाई समेत तत्कालै जानकारी गराएको छ ।
2075-11-14
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको इलेक्ट्रोनिक सामान बरामद
कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित कुकुर भुकुवाबाट फागुन १३ गते एपीएफ टोलीले चोरीपैठारीको आठ वटा कम्प्यूटरको सीपीयू बरामद गरेको छ । लु ६ प २४३ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सीपीयू सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा कपिलवस्तु नम्बर ३९ गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेश न्यौपानेको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सीपीयू ल्याउन प्रयोग भएको मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सीपीयू तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य २ लाख १० हजार रुपैयाँ रहेको छ ।
2075-11-14
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित लगुवा चोकबाट फागुन १० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको डोरी गाउँपालिका ५ सुवर्णपुर बस्ने ३५ वर्षिय अलोक लामालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज लामालाई शंका लागि जाँच गर्दा उनको साथबाट फेनारागन ३७ वटा, डाईजोल्याव ३७ वटा, नोफिन ३७ वटा, नाईट्रोभेट १५ वटा, स्पास्मो प्रोक्सिभन ८ वटा र एउटा सिरिन्ज फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका लामालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-11-10
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
पर्सा, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले फागुन १० गते करीव २ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको मरिच तथा केराउ एपीएफ टोलीले पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भगुवा ईलाकाबाट बरामद गरेको हो । त्यसेवला सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान सोही ठाउँमा छाडी भागेका थिए । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2075-11-10
APF News
एपीएफ टोलीद्वारा चारीपैठारीको सामान बरामद

काठमाडौं,
झापा जिल्लाको मेची नगरपालिका १२ स्थित ज्यामिरेगढीबाट माघ ७ गते एपीएफ टोलीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याएको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा घरमा लगाउने रङ सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा झापा नम्बर २ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले माघ ७ गते करीव १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । 
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, एसीको स्ट्याण्ड र टेप एपीएफ टोलीले पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित ईनरुवा इलाकाबाट बरामद गरेको हो ।

2075-10-8
APF News
लागूऔषधसहित पक्राउ

काठामाडों,
पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित ब्यारेज पुलबाट माघ ७ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ बस्ने २८ वर्षिय संदीप कार्की र पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३७ वर्षिय नविन सुनार छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ४८ वटा र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-10-8
APF News
लागूऔषधसहित पक्राउ :–

काठामाडों, पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित ब्यारेज पुलबाट माघ ७ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ बस्ने २८ वर्षिय संदीप कार्की र पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३७ वर्षिय नविन सुनार छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ४८ वटा र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-10-7
APF News
एपीएफ टोलीद्वारा गाँजासहित दुई जना पक्राउ 

पर्सा,
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ४ स्थित झोलुनिया पुलबाट माघ ३ गते एपीएफ टोलीले एक केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
सोही जिल्लाको सखुवाप्रर्सौनी गाउँपालिका २ बस्ने १९ वर्षिय कृष्णकुमार साह र सोही ठाउँ बस्ने १८ वर्षिय राकेश सहनीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
पर्सा जिल्लाको सखुवाप्रर्सौनीबाट भिस्वातर्फ जाँदै गरेको ना १७ प ४४६७ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित गाँजा फेला परेपछि उनीहरुलाई उक्त गाँजा तथा मोटरसाइकलसहितै पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद गाँजा तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2075-10-3