Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा अवैध रुपैयाँसहित दुई जना पक्राउ
रुपन्देही, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट फागुन ५ गते नेपाली रुपैयाँ ४१ लाख ८५ हजार तथा २ लाख ८७ हजार एक सय भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको रुपाकोट बस्ने ४५ वर्षिय चन्द्रकान्त पौडेल र भारतमा घर बताउने ३३ वर्षिय सोमै धवल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ टी ३०७१ नम्बरको भारतीय टोयोटा कारमा जाँच गर्दा उक्त कारमा सवार निज पौडेलले झोलामा राखेर ल्याउँदै गरेको अवस्थमा उल्लेखित रुपैयाँ फेला परेको थियो । उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्ये निज धावल उक्त गाडीका चालक हुन् । त्यसवेला एपीएफ टोलीले सो कार समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद रकम तथा कारसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।
2075-11-6
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रामपुरा मलहलियाबाट फागुन २९ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । उदयपुर जिल्लाको बेलका नगरपालिका ३ रामपुर बस्ने २३ वर्षिय रमन मगरलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । को २४ प ८३०४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मगरले उक्त मोटरसाइकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईलेक्स डिसी ४ बोतल, नाईट्रोजन ट्याब्लेट १० वटा र स्पास्मो ट्याब्लेट एक सय ६ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका मगरलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-11-30
APF News
नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा भएको सो साधारण सभाको फागुन ३० गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एकसमारोहका बीच पानसमा द्विप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयोे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालले सो क्लवको स्थापना गरेर राष्ट्रिय खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकोे बताउनुुभयो । उहाँले नेपाल एपीएफ क्लवका खेलाडीहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई विभिन्न पदक तथा पुरस्कारहरु हासिल गर्न सफल रहेको चर्चा गर्नहुँदै सो क्लव आजको यस अवस्थासम्म आईपुग्न संगठनका पूर्वज नेतृत्ववर्गले पु¥याएको योगदानको स्मरण गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले निरन्तरको खेलकुद अभ्यासले खेलाडीको खेल क्षमता अभिवृद्धि हुने चर्चा गर्नुहुँदै खेलकुदले अनुशासित र परिश्रमी बनाई सामुहिक भावनाको समेत विकास गराउने हुँदा फौजी संगठनमा यसको विशेष महत्व रहने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले नेपाल एपीएफ क्लवका खेलाडीहरुले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा समेत संगठन र राष्ट्रको नाम उजागर गर्न सफल रहेको चर्चा गर्नुहँुदै क्लवले प्रदान गर्ने सुविधाहरुमा समयानुकुल परिमार्जन गर्दै आईरहेको उल्लेख गर्नुभयो । उहाँले सो क्लवले व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिता संचालन गर्दै राष्ट्रको खेलकुदको विकासमा योगदान पुर्‌याउदै आईरहेको बताउनुभयो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी. र नारायणबावु थापा तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु लगायत विभिन्न खेलकुद संघ संस्थाका पदाधिकारीहरु एवं सो क्लवका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।
2075-11-30
APF News
एपीएफ टोलीद्वारा करीव ९ के.जी. चरेशसहित दुई जना पक्राउ

पर्सा,
    करीव ९ के.जी. चरेशसहित पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार गेटबाट एपीएफ टोलीले  फागुन ३ गते दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा भारतको घडियाना घर बताउने ३२ वर्षिया निशा साह र सोही ठाउँ बस्ने ३० वर्षिया सोनाली साह तेली छन् । 
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले उक्त चरेशसहित पक्राउ गरेको हो ।
    गस्तीमा खटिएको एपीएफ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुले शरिरको बिभिन्न भागमा बेरेर लुकाई छिपाई लैजादै गरेको अवस्थामा उल्लेखित परिमाणको चरेश फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2075-11-3
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बेलहियाबाट फागनु २६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका १ बस्ने असिम रोक्का मगरलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम २५ सीसी, फेनरागन २३ सीसी, नाईट्राजिपाम ट्याब्लेट ५० वटा र नोफिन २४ सीसी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-11-27
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
काठमाडौं, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १४ स्थित मल्हनियाँबाट फागुन २५ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने २६ वर्षिय मोहमद फत्तेलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज फत्तेलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजाल्याव ३० वटा, बुप्रेनोफिन इन्जेक्सन ३० वटा, फेनारगन ३० वटा र स्मापेन ल्याबोरेट २४ वटा फेला परेपछि उनलाई गरिएको हो । यसैगरी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट एपीएफ टोलीले फागुन २५ गते विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं जिल्लाको टोखा नगरपालिका २९ बस्ने २१ बर्षिय प्रिन्स तामाङ् र सोही जिल्लाको तारकेश्वर नगरपालिका ३ बस्ने २३ वर्षिय विकास महर्जन छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला उनीहरुको साथबाट नुफिन ८० वटा, डाईजिल्याप ८० वटा, नाईट्रोभेट छ सय ३० वटा र प्रोमेथाजेन ८० वटा फेला परेको थियो । गौरबाट चपुरतर्फ आउँदै गरेको अटो रिक्साबाट ओर्लिएपछि एक आपसमा वादविवाद गरी झगडा गर्न थालेका उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएइको छ ।
2075-11-26
APF News
प्रहरी हुँ भनि रकम असुल्ने एपीएफ टोलीद्वारा पक्राउ
कैलाली, प्रहरी हुँ भनि रकम असुली गर्दै आईरहेका एक जनालाई एपीएफ टोलीले फागुन २४ गते कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ स्थित थपलीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला जिल्लाको हिमा गाउँपालिका १ बड्की बस्ने २२ वर्षिय रोशन रोक्का छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश डुडेझारीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नेत्र के.सी.को कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । निज रोक्काले नेपाल प्रहरीको केन्द्रबाट खटिई आएको हुँ भन्दै स्थानीय जनता तथा स्थानीय प्रहरीलाई विभिन्न कुरा गर्दै झुक्याई रकम असुली गर्दै आएका थिए । त्यसवेला एपीएफ टोलीले उनको साथबाट दुई थान नक्कली पेस्तोल तथा मोवाईल दुई थान र नगद चार सय ८० रुपैयाँ समेत बरामद गरेको छ । एपीएफ टोलीले निजलाई बरामद नम्कली पेस्तोल तथा रकमसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-11-25
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनिमाई नगरपालिका १४ स्थित सीमा ईलाकाबाट फागुन २३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा जिल्लाको शनिअर्जुन नगरपालिका ११ बस्ने २५ वर्षिय बिकास प्रधान र उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ७ बेल्टार बस्ने २६ वर्षिय प्रताप रानामगर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुमध्ये बिकास प्रधानको साथबाट डाईजाल्याव १२ वटा, बुप्रेनोफिन इन्जेक्सन १३ वटा, फेनारगन १२ वटा र प्रताप रानामगरको साथबाट डाईजाल्याव १३ वटा, बुप्रेनोफिन इन्जेक्सन १३ वटा, फेनारगन १२ वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-11-24
APF News
एपीएफ टोलीद्वारा चोरीनिकासी पैठारीको सामान बरामद
पर्सा, पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट फागुन २२ गते एपीएफ टोलीले करीव १ लाख २४ हजार रुपैयाँ बराबरको चोरीनिकासी पैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, भाडावर्तन, १२ भोल्टको ब्याट्री र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगञ्जमा बुझाएको छ ।
2075-11-22
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
झापा, झापा जिल्लाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीबाट फागुन २१ गते एपीएफ टोलीले चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ च ३२५३ नम्बरको महेन्द्रा पिकअप गाडीमा जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बैगनधुराबाट खटिएको एपीएफ टोलीले उक्त गाडीमा राखी अवैध रुपले ल्याउँदै गरेको किराना सामानहरु बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग गरिएको सो गाडी समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त सामान तथा गाडीको भन्सार दाखिला मुल्य करीव ८ लाख ४ हजार रुपैयाँ रहेको छ ।
2075-11-21
APF News
कार दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार
दाङ्ग दाङ्ग जिल्लाको राप्ती गाउँपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गको मसुरिया भन्ने स्थानमा फागुन २० गते कार दुर्घटनामा परी घाईते भएकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बा २ ज १५८२ नम्बरको कार गति अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त कारमा सवार तीन जना घाईते भएका थिए । उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण हेक्वा ज्वालामाई दाङ्गबाट सशस्त्र प्रहरी निरीक्षक राधेकुमार बोम्जनको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । एपीएफ टोलीले घाईतेहरुलाई उपचारार्थ शारा अस्पताल लमहीतर्फ पठाएको छ ।
2075-11-21
APF News
लागूऔषधसहित पक्राउ

झापा,
    झापा जिल्लाको केचनाकवल गाउँपालिका ४ बाट फागुन १ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    सोही जिल्लाको केचनाकवल गाउँपालिका ६ बस्ने ३० वर्षिय प्रकाश झालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचनाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो ।
    मे ९ प ६१७७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपलतर्फ आउँदै गरेका निज झाले उक्त मोटरसाइकलको सिटकभर मुनि लुकाई छिपाई राखेको अवस्थामा कोडियन फोस्फेट ४ बोतल, नाईट्रोभेट १४ वटा र निट्राजेपाम ४२ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
    पक्राउ परेका निज झालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बु्झाएइको छ ।

2075-11-2