Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ :–

काठमाडौं,
        काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका ८ पशुपति वनकालीस्थित पार्किङ
ईलाकाबाट जेठ ५ गते एपीएफ टोलीले करीब १ के.जी. २ सय ग्राम गाँजासहित एक
जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा भारतको विहार सितामढी घर बताउने हाल काडमाडौं
महानगरपालिका ८ गौशाला बस्ने निखिल कुमार सिंह छन् ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल पशुपतिनाथ मन्दिर सुरक्षा बेसबाट खटिएको
एपीएफ टोलीले उक्त गाँजा बेचविखन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
        पक्राउ परेका सिंहलाई बरामद गाँजासहितै आवश्यक कारवाहीको लागि महानगरीय
प्रहरी बृत गौशालामा बुझाइएको छ ।

 

2076-2-5
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद :–

काठमाडौं,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट जेठ ३ गते
एपीएफ टोलीले करीब चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका
‘सेकण्ड हेण्ड’ मोवाईल फोन बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी
बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले
उक्त मोवाईल फोन बरामद गरेको हो ।
        बरामद मोवाईल फोन आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कञ्चनपुर नम्बर ३५ गणबाट
खटिएको एपीएफ टोलीले कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ३ दैजी भन्ने
स्थानबाट जेठ २ गते करीब एक लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        महेन्द्रनगरबाट बझाङतर्फ जाँदै गरको यात्रुबाहक बसमा राखेर अवैध रुपले
भन्सार छली लैजाँदै गरेको अवस्थामा उक्त लत्ताकपडा बरामद गरिएको हो ।
        एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार
कार्यालयमा बुझाएको छ ।

2076-2-3
APF News
चोरी पैठारीको लत्ताकपडा सहित पक्राउ

धनुषा, 
    धनुषा जिल्लाको विदेह नगरपालिका ९ बाट बैशाख ३० गते सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेश जनकपुरबाट खटिएको एपीएफ टोली र जनकपुर भन्सार कार्यालयको टोलीले चोरीपैठारीको लत्ताकपडा सहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको धनौजी गाँउपालिका १ बस्ने ३५ बर्षिय शिवनारायण साह सुडी र ३२ बर्षिय मोहम्मद सकिल हुसेन छन् । 
    ज. ८ प ३२७८ र एउटा नम्बर प्लेट नभएको हिरोहोण्डा मोटरसाइकलमा राखेर भारतबाट अवैध रुपले उक्त लत्ताकपडा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सो लत्ताकपडा तथा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरीएको हो । 
    पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । उक्त लत्ताकपडा तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य ३ लाख ५४ हजार २ सय रुपैयाँ रहेको छ । 
 

2076-1-31
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद :–

काठमाडौं,
        झापा जिल्लाको मेचीनगर नगरपालिका ६ बसपार्क ईलाकाबाट बैशाख २२ गते एपीएफ
टोलीले करीब २ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान
बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा
सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको
एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स औषधी बरामद
गरेको हो ।
        बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार
कार्यालयमा बुझाएको छ ।
        यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बाईपास ईलाकाबाट
बैशाख २२ गते एपीएफ टोलीले करीब २ लाख ८ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा, नटबोल्ट र काठ काट्ने मेसिन बरामद गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट
खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।
        बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।         
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको
एपीएफ टोलीले बर्दिया जिल्लाको राजापुर नगरपालिका ४ दलै गाँउबाट बैशाख २२
गते करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लेडिज सुट र साडी बरामद
गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा एपीएफ
टोलीले बरामद गरेको हो ।
        बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2076-1-23
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित दुई जना पक्राउ :–

सप्तरी,
        सप्तरी जिल्लाको तिलाठी कोईली गाँउपालिका १ खाडो खोला ईलाकाबाट बैशाख २१
गते एपीएफ टोलीले करीब १ लाख ९३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्तकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको राजविराज नगरपालिका १५ बस्ने ३४ बर्षिय
मोहमद समद र २२ बर्षिय मोहमद पिन्टु छन् ।
        भारतबाट अवैध रुपले भन्सार छली स. ३ प ४३०२ नम्बरको मोटरसाइकल र को. ३३
प ३९३३ नम्बरको स्कुटीमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी
बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले उक्त
लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरेको हो ।
        एपीएफ टोलीले त्यसवेला उक्त कपडा ल्याउन प्रयोग गरिएको उल्लेखित
मोटरसाइकल र स्कुटी समेत बरामद गरेको छ ।
        पक्राउ परेका निजहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय
भन्सार कार्यालयमा बुझाईएको छ ।

2076-1-21
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

मोरङ,
    मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालय रानीको ढाटबाट बैशाख १८ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ४ वस्ने ३६ वर्षिया सपना सिंह छिन् । 
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा मोरङ नम्बर ५ गुल्मबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा एभिल ३०० एम्पुल, लुपिजेसिक ३०० एम्पुल, डाईजिपाम ३०० एम्पुल र निट्रेजेपान ट्याब्लेट १०० वटा फेला पारेको थियो । 
    एपीएफ टोलीले पक्राउ परेकी निज सिंहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 

2076-1-20
APF News
हावाहुरी र पानीको कारण फेलातालमा अलपत्र परेका बिदेशी नागरिकसहित ६ जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

कास्की,
    कास्की जिल्लाको पोखरा महानगरपालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरी र पानीको कारण सो तालमा बोटिङ्ग गरिरहेको दुई वटा डुंगामा पानी पस्न गई अलपत्र परेका ६ जनाको एपीएफ टोलीले बैशाख १८ गते सकुशल उद्वार गरेको छ ।
    सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । 
    एक्कासी आएको हावाहुरी र पानीको कारण तालको विचमा अलपत्र परेका बेल्जियम नागरिक चार्लेट कोलट, काठमाडौं जिल्लाको बौद्ध बस्ने ४५ बर्षिय चेतन लामा, कास्की जिल्लाको पोखरा महानगरपालिका १ बस्ने १५ वर्षिय सिजन तामाङ, २५ वर्षिय असिम श्रेष्ठ, सोही महानगरपालिका ६ वस्ने १६ वर्षिय नितेस केसी र २६ वर्षिय सचिन गुरुङलाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरेको हो । 

2076-1-20
APF News
लागूऔषधसहित पक्राउ

सिरहा, 
    सिरहा जिल्लाको लाहान नगरपालिका १९ गाडाचोकबाट बैशाख १६ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लाहानबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सोही जिल्लाको लाहान नगरपालिका ३ बस्ने २६ वर्षिय प्रविणकुमार यादव र सोही नगरपालिका ८ बस्ने २९ वर्षिय अर्जुनकुमार महतो छन् । 
स. ७ प ९३९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट नोफिन २२२ वटा, डाईजिल्याप २०२ वटा र हाईड्रोक्लोराईड २३८ वटा फेला परेपछि पक्राउ गरिएको हो । 
    पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ । 
 

2076-1-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
    सुनसरी जिल्लाको भोक्राहा नर्सिङ्ग गाँउपालिका ६ स्थित पूर्व–पश्चिम लोकमार्गमा पर्ने तिरौलिचोकबाट बैशाख १६ गते एपीएफ टोलीले करीब ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको मकै पिस्ने थ्रेसर मेसिन बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा सुनसरी नम्बर ४ गणबाट खटिएको एपीएफ टोलीले उक्त मेसिन बरामद गरेको हो । 
    भारतबाट अवैध रुपले भन्सार छली ट्रयाक्टरले तानेर नेपालतर्फ लाउँदै गरेको अवस्थामा उक्त मेसिन बरामद गरिएको हो । 
    बरामद मेसिन आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 
    यसैगरी कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका ११ कलुवापुरबाट बैशाख १६ गते एपीएफ टोलीले करीब २ लाख ५० हजार रुपैयाँ बराबरको मोबाईल सेट बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कञ्चनपुर नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको ५८ वटा मोबाईल सेट वेवारिसे अवस्थामा बरामद गरेको हो । 
 

2076-1-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

`काठमाडौं,
    मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १७ स्थित रानी ईलाकाबाट बैशाख १५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा मोरङ नम्बर ९ गुल्मबाट खटिएको एपीएफ टोलीले त्यसवेला उक्त लत्ताकपडा ल्याउन प्रयोग गरिएको एउटा सिटी रिक्सा समेत बरामद गरेको छ । 
    को.१ ह २००४ नम्बरको सिटी रिक्सामा राखी अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त कपडा फेला परेको थियो । 
    बरामद लत्ताकपडा तथा सिटी रिक्साको भन्सार दाखिला मूल्य २ लाख ८२ हजार ३ सय रुपैयाँ रहेको छ ।   
    यसैगरी सर्लाही जिल्लाको कविलासी नगरपालिका ९ अग्रवास्थित मंलगवा–नवलपुर सडक खण्डबाट एपीएफ टोलीले बैशाख १५ गते करीब १ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा चकलेट बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सुन्दरपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिरुद्र हजाराको कमाण्डमा खटिएको एपीएफ टोलीले ना. ३ ख १५२३ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा उक्त बसमा अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला परेको थियो । 
    बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 

2076-1-16