Toggle Menu

समाचार

APF News
पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक जिल्लाको तिमाल गाउँपालिका २ लामाबगर स्थित सुनकोशी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव चैत्र ७ गते एपीएफ टोलीले नदिबाट निकालेको छ । चैत्र ६ गते सुनकोशी नदिमा पौडी खेल्ने क्रममा अन्दाजी १६ वर्षिय सुमन तामाङ्ग नदिमा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा काठमाडौ र नम्बर १५ गण हेक्वा काभ्रेपलाञ्चोकबाट गोताखोरसहितको एपीएफ टोली त्यसतर्फ खटिई गएको थियो । घटनास्थलमा खोजी गर्ने क्रममा एपीएफ टोलीले करीव २५ फिट तलबाट निज तामाङ्गको शव बिहान पौने १० बजे नदिबाट बाहिर निकालेको हो । एपीएफ टोलीले निज तामाङ्गको शव निजको आफन्तलाई बुझाएको छ ।

2075-12-7
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पूर्वी नवलपरासी, पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित व्यारेजपुलबाट चैत्र ६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका २ चिसापानी बस्ने ३० वर्षिय भिमबहादुर गुरुङलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिनय त्रिवेणीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपातर्फ आउँदै गरेका निज गुरुङलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोजन ३० वटा र स्पास्मो १६ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-12-6
APF News
फेलातालमा डुवेका तीन जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार
कास्की, कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुङ्गा पल्टिएर डुवेका तीन जना पर्यटकलाई एपीएफ टोलीले चैत्र ५ गते सकुशल उद्वार गरेको छ । उनीहरु सो तालमा डुब्नासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वा कालिका कास्कीबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । तालमा बोटिङ्ग गर्ने क्रममा एक्कासी आएको हावाहुरीको कारण चीनियाँ नागरीक २४ वर्षिया Menguyaor yu, २५ वर्षिया Lewei Deng र ६० वर्षिया Kangbning Mai लाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त तालबाट बाहिर निकालेको हो ।
2075-12-6
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती ईलाकाबाट चैत्र ४ गते एपीएफ टोलीले करीव २ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै गरेको मरिच तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, भाडावर्तन र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको एपीएफ टोलीले चैत्र ४ गते करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान झापा जिल्लाको मेची नगरपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
2075-12-4
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवर्डा गाउँबाट चैत्र ३ गते एपीएफ टोलीले करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले चैत्र ३ गते करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान एपीएफ टोलीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित झिमखोलाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2075-12-3
APF News
हेरोइन जस्तो देखिने ६ पुरिया धुलोसहित दुई जना पक्राउ

पूर्वी नवलपरासी,
        पूर्व नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाँउपालिका ७ स्थित ब्यारेज पुल
ईलाकाबाट चैत्र २९ गते एपीएफ टोली र स्थानीय प्रहरीले हेरोईन जस्तो
देखिने ६ पुरिया धुलोसहित दुई जनालाई पक्राउ गरेको छ ।
        उक्त ६ पुरिया धुलोको तौल करीब आधा ग्राम रेहेको छ ।
        पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षिय विक्रम लामा र २२ वर्षिय
प्रभात बुढाथोकी छन् ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिनय त्रिवेणीबाट खटिएको
एपीएफ टोली र स्थानीय प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।
        लु. १८ प ४४५७ नम्बरको स्कुटीमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला
उनीहरुलाई पक्राउ गरिएको हो ।
        पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

2075-12-29
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गणपति तालिमको समापन तथा गुल्मपति तथा स्टाफ तालिम उद्घाटन

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ३ गणपति तालिम समापन गर्नुका साथै मंगलबारदेखि सोही प्रतिष्ठानमा संचालन हुने सि.सं. २१ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको उद्घाटन गुर्नभयो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा चैत्र २६ गते आयोजित उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले गणपति तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै यस्ता तालिमबाट प्राप्त ज्ञान तथा कौशलले सुरक्षाकर्मीहरुको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा खटिँदा आपूm मातहतका कर्मचारीहरुलाई कुशल रुपमा परिचालनगरी उत्कृष्ट कार्यसम्पादनमा सघाउ पुग्ने बताउनुभयो । 
उहाँले यस्ता पेशागत तालिमले वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुहुँदै  शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य जनशक्ति तयार भई कार्यक्षेत्रमा आउन सक्ने चुनौतीहरुको सहज रुपमा सामना गर्न सक्ने कुशल कमाण्डर उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट बढीभन्दा बढी ज्ञान आर्जन गर्नेतर्फ ध्यान पु¥याउँदै व्यक्तित्व बिकासमा क्रियाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । 
    सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तब्यको क्रममा संगठनलाई प्राप्त जिम्मेवारी कुशल रुपमा निर्वाह गर्न सक्ने क्षमतावान र व्यावसायीक अधिकृत उत्पादनका लागि यस्ता तालिम अपरिहार्य रहेको चर्चा गर्नुभयो । 
    उहाँले राष्ट्र र संगठनले लिएको उद्देश्य परिपूर्तिका लागि प्रतिष्ठानले विभिन्न आधारभूत, पेशागत र अनिवार्य तालिमहरु प्रभावकारी ढंगबाट निरन्तर रुपमा संचालन गर्दै आइरहेको बताउनुभयोे । 
    करीब दुई महिना अवधिको गणपति तालिममा कूल ३५ जना प्रशिक्षार्थीहरु सहभागि रहेका थिए ।
    यसैगरी करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३७ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् ।       
गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक होमबहादुर ज्ञवाली सर्वप्रथम भएका छन भने सोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर बानिया उत्कृष्ट ठहरिएका छन् ।

2075-12-26
APF News
लागूऔषधसहित चार जना पक्राउ

दार्चुला,
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दार्चुला नम्बर ५० गुल्मबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ पुलघाट ईलाकाबाट चैत्र २५ गते विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सोही जिल्लाको दुहु गाँउपालिका ५ वस्ने अर्जुन बडाल, लोकेन्द्र बम, सुशिल कुँवर र महाकाली नगरपालिका ५ बस्ने तरुरी ऐरी छन् । 
    उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा १ सय १० ग्राम चरेस, कोरेक्स एक बोतल तथा नाइट्रोभेट ट्याब्लेट तीन वटा फेला परेपछि पक्राउ गरिएको हो । 
    पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-12-25
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ

रुपन्देही, 
    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ वेलहिया ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले करीब १ लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा भारतको महाराजगंज २७ जगनाथपुर घर बताउने २३ बर्षिय ममताज कुरैसी छन् ।  
    अवैध रुपले भन्साल छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लेडिज जुत्तासहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    पक्राउ परेका निज कुरैसीलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2075-12-25
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठबाट सशस्त्र प्रहरी जवान आधारभूत तालिम समापन

काठमाडौं,
    सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हे.क्वा. (बिशेष कार्यदल) बगलामुखी काठमाडौंमा संचालित सि.सं. २२६ (ड) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले आईतबार सोही गणमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभयो । 
त्यस अवसरमा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी जवान भक्तबहादुर पेग्नी, शारीरिक सहिष्णुतातर्फ प्रथम हुन सफल सशस्त्र प्रहरी जवान जगत बहादुर बगाले, चाँदमारीतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान किरण तामाङ र कवाजतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान दिवस तामाङलाई पुरस्कार समेत प्रदान गर्नुभयो । 
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सो अवसरमा सशस्त्र प्रहरी बल, नेपालमा नव प्रवेशी प्रशिक्षार्थी जवानहरुले लामो समयको कठिन तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिनुहुँदै उहाँहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । 
उहाँले आधारभूत तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशलले प्रशिक्षार्थीहरुको व्यावसायीक दक्षतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा गएपछि आईपर्ने विभिन्न जिम्मेवारी तथा चुनौतीहरुको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रको एउटा महत्वपूर्ण सुरक्षा निकायको रुपमा रहेको चर्चा गर्नुहुँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा अपराध नियन्त्रण, विपद् प्रकोपमा उद्धार, राजश्व चुहावट नियन्त्रण लगाएतका विभिन्न जिम्मेवारीहरुमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको चर्चा गर्नुभयो । 
उहाँले राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा ईमान्दारिकासाथ कटिबद्ध रहन दिक्षित सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रत्न पोख्रेलले धन्यवाद ज्ञापनको क्रममा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी तालिमलाई समयानुकुल व्यवहारिक एवं बैज्ञानीक ढंगले संचालन गरिएको बताउनुभयो । 
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक रामहरी अधिकारीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै करीब नौ महिना अवधिको उक्त तालिममा प्रशिक्षार्थीहरुलाइ ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, हुल तथा दंगा व्यवस्थापन, हतियार ह्याण्डलिङ, युद्धकला लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइएको बताउनुभयो । 
उक्त तालिममा १ सय २९ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । 
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुका साथै स्थानीय भद्रभलादमी तथा प्रशिक्षार्थीहरुका अभिभावकवर्गको उपस्थिति रहेको थियो । 
 

2075-12-24
APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ

सप्तरी, 
    सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई चैत्र २२ गते पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर बताउने २३ बर्षिय रमेश कुमार मण्डल छन् । 
    उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    भारततर्फ पैदल जाँदै गरेका निज मण्डललाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल फेला परेपछि पक्राउ गरिएको हो ।

2075-12-22
APF News
एपीएफ टोलीद्वारा २ सय ९९ टेण्ट लगाउनुका साथै १ सय ६८ वटा त्रिपाल बितरण

बारा, 
    भिषण हावाहुरीबाट पीडित बारा जिल्लाको फेटा गाँउपालिकास्थित विभिन्न ठाउँका पीडित परिवारलाई तत्काल बस्ने व्यवस्थाका लागि एपीएफ टोलीले त्यसठाउँमा २ सय ९९ वटा टेण्ट लगाउनुका साथै १ सय ६८ वटा त्रिपाल बितरण गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा बारा नम्बर १२ गणबाट खटिएको एपीएफ टोलीले सो गाँउपालिकाको विभिन्न ठाउँमा टेण्ट लगाउनुका साथै त्रिपाल बितरण गरेर पीडित परिवारलाई अस्थाई बसोबासको व्यवस्था मिलाएको हो । 
    त्यसठाउँमा भिषण हावाहुरीबाट क्षति पुगे लगत्तै एपीएफ टोली उद्धार तथा राहत कार्यमा सकृयताका साथ जुटेको छ ।

2075-12-21
APF News
एपीएफ टोलीद्वारा उद्धार तथा राहत कार्य

बारा,
        बारा जिल्लाको फेटा गाँउपालिका ६ स्थित पुरैनिया गाउँमा भिषण
हावाहुरीबाट भएको क्षतिग्रस्त स्थानमा एपीएफ टोली उद्धार तथा राहत
कार्यमा सकृयताका साथ जुटेको छ ।
एपीएफ टोलीले मंगलबार त्यसठाउँमा करीब ५० वटा पाल टाँगेर पीडितहरुका लागि
अस्थायी बसोबासको व्यवस्था समेत मिलाएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा चितवन नम्बर १७ गणबाट १ सय ५० थान
टेण्ट र त्रिपाल एक सय थानसहित उक्त स्थानमा खटिएको एपीएफ टोलीले पिडीत
स्थानीय बासिन्दाहरुको लागि अस्थाई बसोबासको व्यवस्था मिलाएको हो ।
        सो ईलाकामा राहत बितरण तथा उद्धार कार्यमा खटिएको एपीएफ टोली उद्धार
लगाएत टेण्ट तथा त्रिपाल बितरण कार्यमा सकृयताका साथ जुटिरहेको छ ।
        उद्धार तथा राहत कार्यमा सो गणको एपीएफ टोलीसँगै सशस्त्र प्रहरी बल,
नेपाल गण हेक्वा बारा नम्बर १२ गण तथा विभिन्न एपीएफ एकाईबाट खटिएको टोली
सकृयताका साथ जुटेको छ ।

2075-12-20