Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,

          सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा (राजश्व तथा भन्सार सुरक्षा) रुपन्देहीको एपीएफ टोलीले करीब ६ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको एउटा यात्रुबाहक बस समेत बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

          सो गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर खातीको कमाण्डमा खटिएको एपीएफ टोलीले साउन १७ गते उक्त लत्ताकपडा तथा गाडी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट बरामद गरेको थियो ।

          दिल्ली–बुटवल चल्ने लु. १ ख ६६४९ नम्बरको यात्रुबाहक बसमा फल्सबटन बनाई लुकाई छिपाई भारतबाट नेपालतर्फ अवैध रुपले चोरीपैठारी गर्न लागेको अवस्थामा उल्लेखित मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडाहरु फेला परेपछि उक्त लत्ताकपडासहित सो गाडी समेत बरामद गरिएको हो ।

          एपीएफ टोलीले त्यसवेला उक्त यात्रुबाहक बसका चालक स्याङजा जिल्लाको गल्याङ नगरपालिका १ मालुङ्गा बस्ने ३६ बर्षिय राजु सुनार तथा सह–चालक सोही नगरपालिका बस्ने २५ बर्षिय यमबहादुर सुनारलाई पक्राउ गरेको छ । 

          एपीएफ टोलीले बरामद सामान तथा गाडीसहितै पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।

          उक्त सामान तथा गाडीको भन्सार दाखिला मूल्य करीब ३१ लाख ५० हजार रहेको छ ।

          यसैगरी सोही गुल्मबाट खटिएको एपीएफ टोलीले साउन १९ गते रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट करीब १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सेकेण्ड हेण्ड ल्यापटप तथा ल्यापटपका सामानहरु बरामद गरेको छ ।

          बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

          यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट साउन १८ गते एपीएफ टोलीले करीब १ लाख ७७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, मोटर पाटर््स तथा किराना सामान बरामद गरेको छ ।

          सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।

          बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2076-4-20
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट एफपीयु टोलीको विदाई

काठमाडौं,

          सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न खटिई जान लागेको एक टोलीलाई साउन १९ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच हार्दिक विदाई गर्नुभयो ।

          सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा संगठनका राष्ट्रसेवक कर्मचारीहरु द्वन्दग्रस्त मुलुकमा शान्तिस्थापनार्थ खटिँदा राष्ट्र र संगठनको प्रतिष्ठा उच्च हुने गरी उत्कृष्ट कार्य सम्पादन गर्नेतर्फ कृयाशिल रहनुपर्ने बताउनुभयो ।

          उहाँले त्यहाँको जनताको मर्म, धर्म र संस्कृतिमा कुनै खालको असर नपर्ने गरी व्यावसायीक एवं जिम्मेवारी पूर्वक संयुक्त राष्ट्रसंघको मर्म अनुसार कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यहाँका जनताको सेवा, सहयोग र सुरक्षाको लागि अनुशासित एवं ईमान्दार भई लाग्नुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले सो टोलीले शान्ति सुरक्षा गर्ने कार्यमा प्राप्त अनुभवलाई मिसन इलाकामा समेत सदुपयोग गर्दै सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीलाई कूशलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो

सशस्त्र प्रहरी उपरीक्षक मनिष थापाको कमाण्डमा एकवर्षे कार्यकालका लागि एफपीयुको रुपमा साउथ सुडानको बोरमा खटिई जाने सो टोलीमा अधिकृत, विल्लादार तथा जवान गरी कूल १ सय ४० जना रहेका छन् ।

          कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणबाबु थापा र रामशरण पौडेल लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।

2076-4-20
APF News
एपीएफ टोलीद्वारा काठसहित पक्राउ

ईलाम,

       ईलाम जिल्लाको चुलाचुली गाउँपालिका १ स्थित झापा र ईलामको सीमानाबाट साउन १३ गते एपीएफ टोलीले करीव ४८ क्यूफिट सखुवाको काठसहित एक जनालाई पक्राउ गरेको छ ।

       पक्राउ पर्नेमा झापा जिल्लाको कमला गाउँपालिका १ बस्ने २८ वर्षिय मिलन लिम्बु छन् ।

       निज लिम्बुले मे १ च ५९०२ नम्बरको पिकअप गाडीमा उक्त काठ राखी ल्याउँदै अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चुलाचुलीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । निज लिम्बु उक्त गाडीका चालक हुन् ।

       एपीएफ टोलीले पक्राउ परेका लिम्बुलाई बरामद काठ तथा उक्त गाडीसहितै आवश्यक कारवाहीको लागि डिभीजन वन कार्यालय ईलाममा बुझाएको छ । उक्त काठ तथा गाडीको मुल्य करीव १० लाख रुपैयाँ रहेको छ ।

2076-4-14
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

रुपन्देही,

       रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट साउन १४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

       पक्राउ पर्नेमा तनहुँ जिल्लाको म्याग्दी गाउँपालिका २ जामुने बस्ने २५ वर्षिय खुमबहादुर थापा छन् ।

       सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले निज थापालाई शंका लागि जाँच गर्दा उनको साथमा नोफिन २४ बोतल, फेनारगन २४ बोतल डाईजिपाम २४ बोतल र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि पक्राउ गरेको हो ।

       पक्राउ परेका निज थापालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलहियामा बुझाएको छ ।

2076-4-14
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट विपद् व्यवस्थापन तालिम उद्घाटन

काठमाडौं,
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपालका सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेको सि.सं. ३२ विपद् व्यवस्थापन तालीमको साउन १२ गते सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटार चितवनमा एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सरकारी एवं गैरसरकारी निकायहरु संग उच्चस्तरको समन्वय गर्दै उत्कृष्ट कार्यसम्पादनको लागि कृयाशिल रहेको बताउनुभयो ।
    उहाँले विपद् व्यवस्थापनको क्षेत्रमा पेशागत दक्ष जनशक्ति उत्पादनमा उत्कृष्ट योगदान पुु¥याएको सो शिक्षालयबाट उत्पादित दक्ष सशस्त्र प्रहरी कर्मचारीहरुले देशका विभिन्न स्थानमा भएका विपद्का घटनाहरुमा खोज तथा उद्वार कार्यमा निर्वाह गरेको अग्रणी भूमीका प्रसंसनीय रहेको कुरा समेत उल्लेख गर्नुभयो । 
    विगतको भूकम्पबाट भएको क्षती तथा उद्वार कार्यमा सशस्त्र प्रहरी कर्मचारीको सकृयता स्मरण गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले विपद् व्यवस्थापन तालीम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढेको सशस्त्र प्रहरी बल, नेपालले विपद्का बेला पु¥याएको योगदानले पीडित नागरीकको जीवनरक्षामा योगदान पुग्नुका साथै जनताको मन जित्न सफल भएको बताउनुभयो । 
कहि कतै विपद् प्रकोप भएका सहयोगतको लागि सशस्त्र प्रहरी बल, नेपाललाई सम्झने विश्वासको वातावरण बनाउन संगठनका उद्वारकर्मीहरु सफल रहेको चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भन्नुभयो –‘यो संगठनको ठूलो उपलब्धी हो ।’
विपद् व्यवस्थापनका लागि अधिक ज्ञान तथा कला कौशलको आवश्यकता पर्ने बताउनुहुँदै उहाँले उद्वार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त तथा कठिन कार्य भएकोले उद्वारकर्तामा उच्चस्तरको शारिरीक तथा मानसिक दक्षता अपरिहार्य हुने कुरा समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउन यस्ता तालिम फलदायि रहने बताउनुुहुँदै प्रशिक्षार्थीहरुले तालिमको दौरानमा बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयास गर्दै कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्नुपर्ने बताउनुभयो ।
उक्त तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानले तालिम सम्बन्धि योजना प्रस्तुत गर्नुहँुदै तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई विपद् व्यवस्थापनका विविध पक्षहरुमा उच्चस्तरको प्रशिक्षण दिईने बताउनुभयो ।
उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना तथा सशस्त्र प्रहरी निरीक्षक १८ जना गरी कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । 

2076-4-12
APF News
सशस्त्र प्रहरी बल, नेपाल र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा वृक्षारोपण

काठमाडौं,    
    सशस्त्र प्रहरी बल, नेपाल र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा आज पशुपतिनाथ मन्दिर ईलाकामा रहेको विश्वरुपा मन्दिर तथा श्लेषमान्तक वन हातामा वृक्षारोपण गरिएको छ । 
    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिरिषको बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ भएपछि विभिन्न जातका गरी करीब एक हजार बोट विरुवा सो क्षेत्रमा रोपिएको छ ।  
    कार्यक्रममा सदस्य सचिव डा. ढकालले पर्यावरण तथा प्रकृतिको जगेर्ना गर्ने हेतुले बृक्षारोपण कार्यक्रम एउटा प्रयास स्वरुप थालनी गरिएको चर्चा गर्नुहुँदै आगामी दिनहरुमा समेत सशस्त्र प्रहरी बल, नेपालसँग सहकार्य गर्दै यस किसिमको कार्यक्रम गरिने बताउनुभयो । 
    उहाँले यस क्षेत्रमा मात्र सिमित नभएर देशका अन्य भागहरुमा समेत बृक्षारोपणको योजना रहेको उल्लेख गर्नुहुँदै सृजना मात्रै नभई संरक्षण र सम्बर्धन गर्न पनि त्यति नै आवश्यक हुने बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो अवसरमा नेपाल सरकारले आर्थिक वर्ष २०७६÷७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने नीति अनुरुप बोट बिरुवा रोपेर वातावरण हराभरा बनाउन सशस्त्र प्रहरी बल, नेपालले आफ्नो तर्फबाट पूर्ण रुपमा प्रयास गर्ने बताउनुभयो । 
    उहाँले बृक्षारोपण कार्यक्रमलाई आगामी दिनहरुमा समेत निरन्तरता दिने उल्लेख गर्नुहुँदै पशुपंक्षीहरुको बास स्थानको रुपमा रहेको प्राकृतिक वनजंगलहरु मासिदै गएकोले यसलाई जोगाउने अभिप्रायले बृक्षारोपण कार्यक्रम अझ प्रभावकारी ढंगबाट संचालन गर्नुपर्ने बताउनुभयो । 
    सो कोषका निर्देशक भोलाप्रसाद सिटौलाले स्वागत मन्तव्यको क्रममा सशस्त्र प्रहरी बल, नेपालको विशेष सहभागितामा यस क्षेत्रमा विरुवा रोपेर बातावरणीय संरक्षणमा टेवा पु¥याउने हेतुले सो बृक्षारोपण कार्यक्रम गरिएकोे बताउनुभयो । 

2076-4-5
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ 

पर्सा,
        पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित विरगंज भन्सार मुलगेटबाट
साउन २ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका १९ नधुवा बस्ने ६५
वर्र्षिय महन पटेल छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको
एपीएफ टोलीले पक्राउ गरेको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका निज पटेललाई एपीएफ टोलीले शंका लागी जाँच
गर्दा निज पटेलको साथमा डाईजोल्याप ३०० वटा फेला परेपछि उनलाई पक्राउ
गरिएको हो ।
        पक्राउ परेका पटेललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।

2076-4-2
APF News
बिभिन्न ठाउँमा बाढिले बगाएकाको एपीएफ टोलीद्वारा शव फेला

काठमाडौं,
        बर्दिया जिल्लाको राजापुर नगरपालिका १ बाट साउन २ गते एपीएफ टोलीले एक
जनाको शव फेला पारेको छ ।
        सोही जिल्लाको छोटकी दोलतपुर बस्ने ६१ वर्षीय खड्गबहादुर रावल सो
स्थानमा रहेको बुढी कुलो तर्ने क्रममा बगाएर बेपत्ता भएका थिए ।
सो बारे जानकारी पाउँनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
राजापुरबाट खटिएको एपीएफ टोलीले खोजी कार्य गर्दा निज रावलको शव सोही
कुलोको किनारामा फेला पारेको हो ।
        एपीएफ टोलीले निज रावलको शव स्थानिय प्रहरीलाई बुझाएको छ ।
        यसैगरी चितवन जिल्लाको सौराह ढुङ्गाघाटबाट साउन २ गते एपीएफ टालीले एक
जनाको शव फेला पारेको छ ।
सोही जिल्लाको रत्ननगर नगरपालिका ८ स्थित बुढी राप्ती खोलामा नाम वतन
नखुलेको अन्दाजी ५० वर्षीय एकजना व्यक्ति हाम फालेर बेपत्ता भएको भन्ने
जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३ गढीमाई बाहीनी मुख्यालय
मकवानपुरबाट खटिएको एपीएफ टोलीले खोजी कार्यगर्दा उनकोे शव सौराहको
ढुङ्गाघाटमा फेला पारेको हो ।
एपीएफ टोलीले उक्त शव स्थानिय प्रहरीलाई बुझाएको छ ।
        यसैगरी डोल्पा जिल्लाको मुड्के चुल्ला गाउँपालिका १ स्थित कौसिला खोलामा
बाढिले बगाई बेपत्ता भएका दुई जनाको शव साउन १ गते एपीएफ टोली र स्थानीय
प्रहरीले फेला पारेको छ ।
सो खोलामा रहेको पानी घट्टामा आउने जाने क्रममा बेपत्ता भएका
व्यक्तिहरुमध्ये सोही गाउँपालिका २ बस्ने १२ वर्षकी सोना कार्की र १
बस्ने १२ वर्षकी सारीका बोहोराको शव फेला परेको हो ।
        यही असार २८ गते आएको बाढिले सो ठाउँमा रहेको तीनजना व्यक्तिको घर, लघु
जलविद्युतको ट्याङ्कीको पाईप तथा १० वटा पानी घट्टा र केही व्यक्तिहरु
बगाएको भन्ने जानकारी पाएपछि एपीएफ टोली खोजी तथा उद्वार कार्यमा जुटेको
थियो ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४६ गुल्म हेक्वा डोल्पाबाट खटिएको एपीएफ
टोली र स्थानीय प्रहरीको टोलीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला
पारिएको हो ।
        यसैगरी कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ८ बिजुवास्थित पोखरीमा
माछा मार्ने क्रममा बेपत्ता भएका दुई जनाको शव साउन १ गते एपीएफ टोली,
स्थानीय प्रहरी र स्थानीय वासिन्दाले फेला पारेका छन् ।
        सोही ठाउँ बस्ने १२ वर्षिय दुर्गेश कोरी र ११ वर्षिय मुकेश कोरी उक्त
पोखरीमा माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।
        सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरी र स्थानीय
वासिन्दाले उक्त पोखरीबाट उनीहरुको शव निकालेको हो ।
 

2076-4-2
APF News
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार –

काठमाडौं,
        हालै भएको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा
डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ ।
        धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ बेरियामर्नामा अविरल
वर्षाको कारण जमुनी नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका करीव ५० घर
परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलगामाबाट खटिएको एपीएफ
टोली र स्थानीय प्रहरीले डुवानमा परेका व्यक्तिहरुलाई उद्वार गरी
सुरक्षित स्थानमा सारेको हो ।
        यसैगरी सोही जिल्लाकै मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ स्थित विगी
खोलामा अविरल वर्षाको कारण आएको बाढिले डुवानमा परेका करीव एक सय घर
परिवालाई सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलगामाबाट खटिएको एपीएफ
टोली र स्थानीय प्रहरीले सो ठाउँका पीडितहरुलाई सुरक्षित स्थानमा सारेको
हो ।
        यसैगरी पर्सा जिल्लाको विरगंज महानगपालिका २५ स्थित सिर्सिया खोलामा
बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले असार २९ गते फेला पारेको छ ।
        सोही ठाउँ बस्ने ५० वर्षिय दुर्गा साह दुरा उक्त खोलामा खसेर बेपत्ता
भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेक्वा
पर्साबाट खटिएको एपीएफ टोलीले निज साहको शव सोही महानगरपालिका २ स्थित
भगुवा घाटमा फेला पारेको हो ।
        यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ बजराहीबाट बेपत्ता भएका
दुई जनामध्ये एक जनाको शव असार २९ गते एपीएफ टोलीले फेला पारेको छ ।
        बेपत्ता भएका सोही ठाउँ बस्ने १२ वर्षिय प्रशान्त ठाकुरको शव सशस्त्र
प्रहरी बल, नेपाल जिल्ला कमाण्ड पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले
फेला पारेको हो ।
        उनीहरु घरबाट बजार जाने क्रममा पानीमा डुवेर बेपत्ता भएको बताईएको छ ।
एपीएफ टोलीले बेपत्ता भएका युवराज ठाकुरको खोजीकार्य गरिरहेको बताईएको छ

        यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित एक पोखरीबाट एपीएफ टोलीले
एक जनाको शव फेला पारेको छ ।
        सोही जिल्लाको राजपुर नगरपालिका १ छतुवा बस्ने अन्दाजी ३५ वर्षिय
सोनेलाल साह सुनारको शव सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
गौरबाट खटिएको एपीएफ टोलीले पोखरीबाट बाहिर निकालेको हो ।
        यसैगरी धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ४ स्थित बालुवा खोला तर्ने
क्रममा बेपत्ता भएका एक जनाको शव असार ३० गते एपीएफ टोली तथा स्थानीय
प्रहरीले फेला पारेको छ ।
        सोही ठाउँ बस्ने ७० वर्षिय बिपतिया चमार खोला तर्ने क्रममा बेपत्ता भएको
जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश धनुषाधामबाट
खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले खोजी गर्ने क्रममा उनको शव बगाएको
स्थानबाट दक्षिणतर्फ फेला पारेको हो ।

 

2076-3-30
APF News
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

काठमाडौं,
        हालै भएको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा
डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । एपीएफ टोली आज
अपरान्हसम्म देशका विभिन्न भागमा अविरल वर्षाको कारण बाढि पहिरो तथा
डुवानमा परेका चार सय ९३ जनालाई उद्वार गरेको छ । उद्वार कार्यमा करीव १०
हजार सशस्त्र प्रहरी कर्मचारी परिचालित भएका छन् ।
        यसैबीच आज मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित दरैया बस्तीमा
अविरल वर्षाको कारण डुवानमा परेका घरहरुबाट एपीएफ टोलीले करीव ४० जनालाई
उद्वार गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ
टोलीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको हो ।
        यसैगरी सोही जिल्लाकै उर्लावारी नगरपालिका ८ स्थित चौधरी टोलमा अविरल
वर्षाको कारण बक्राहा खोलाले बाध कटान गरी डुवाउने सम्भावना रहेपछि सो
ठाउँका २१ जना व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश उर्लावारीबाट खटिएको एपीएफ टोली र
स्थानीय प्रहरीले उनीहरुको उद्वार गरेको हो ।
        यसैगरी सिराहा जिल्लाको कल्याणपुर नगरपालिका ३ ईटारीप्रसाई स्थित घुर्मी
र कमला खोलाको तटमा आँपको रुखमा फसेका सोही ठाउँ बस्ने ६० वर्षिय महेश्वर
साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट
खटिएको एपीएफ टोलीले सकूशल उद्वार गरेको छ ।
        यसैगरी सिन्धुली गोलान्जोर गाउँपालिका ५ स्थित २६ किलो भन्ने स्थानमा
अविरल वर्षाको कारण सडक माथिबाट ढुंगासहितको पहिरो आई अवरुद्ध विपी
लोकमार्ग एपीएफ टोलीले खुलाएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट खटिएको एपीएफ टोलीले
उक्त अवरुद्व सडक खुलाएको हो ।
        अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढि तथा डुवान भएपछि एपीएफ
टोली सकृयताकासाथ उद्वार कार्यमा जुटेको छ ।

2076-3-29
APF News
कमला नदिमा दुई दिनदेखि बाढिमा फसेकालाई एपीएफ टोलीद्वारा उद्वार 

काठमाडौं,
    कमला नदिको झण्डै बीच भागमा बाढिले घेरिएर दुई दिनदेखि बाहिर निस्कन नसकेका पाँच जनालाई एपीएफ टोलीले आज विहान उद्वार गरी नदिबाट बाहिर निकालेको छ ।
    धनुषा जिल्लाको सहिद नगरपालिका २ स्थित मद्रास भन्ने ठाउँमा ठूलो बाढि आएको सो नदि किनारबाट करिव पाँच सय मिटर भित्रबाट उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको विपद व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्तिले सकूशल उद्वार गरेको हो ।
    उद्वार गरिएकाहरुमा एक जना महिला तथा चार जना पुरुष रहेका छन् ।
    यसैगरी धनुषा जिल्लाकै कमलामाई नगरपालिका स्थित हसमोडा सखला भन्ने ठाउँबाट दुई महिलासहित चार जनालाई सोही बाहिनीबाट खटिएको एपीएफ टोलीले उद्वार गरेको छ ।
    यसैगरी एपीएफ टोलीले मोरङ जिल्लामा ४५ घर परिवारलाई उद्वार गरी सुरक्षित स्थान सारेको छ भने झापामा ४२ घर परिवारलाई उद्वार गरेको छ ।
    यसैगरी रौतहट जिल्लाको ब्रिन्दावन नगरपालिका १ स्थित चादिखोलाको कासघारीबाट १९ जनालाई एपीएफ टोलीले उद्वार गरेको छ ।
    यसैगरी ललितपुर महानगरपालिका १८ स्थित बाग्मती खोला किनार र नक्खुखोलाको किनारको दोवानबाट एपीएफ टोलीले एक पुरुष व्यक्तिको शव निकालेको छ । ती व्यक्तिको हाल नाम, वतन खुल्न सकेको छैन । 
    नक्खु खोलाले बगाएर ल्याएको उक्त शव सशस्त्र प्रहरी बल, नेपाल कारागार सुरक्षा वेश नक्खुबाट खटिएको एपीएफ टोलीले नदिबाट बाहिर निकालेको हो ।     
    अविरल वर्षाको कारण विभिन्न ठाउँहरुमा बाढि तथा डुवान परेपछि सशस्त्र प्रहरी बलको टोली उद्वार कार्यमा सकृयताकासाथ जुटेको छ । 
 

2076-3-28
APF News
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार 

अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार काठमाडौं,
    अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । 
    सुनसरी जिल्लाको वर्यु गाउपालिका ३ स्थित फारम चोक र डर्मीचोक ईलाकामा अविरल वर्षाको कारण केसल्लीया खोलामा पानीको बहाव बढ्न गई करीव एक सय २० घर डुवानमा परेकामा सो ईलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अमडुवाबाट खटिएको एपीएफ टोलीले पीडितहरुलाई सुरक्षित स्थानमा सारेको छ । 
    यसैगरी रौतहट जिल्लाको कटहरिया नगरपालिकाको बकैया नदीमा पानीको बहाव बढ्न गई बाध कटान गरी बस्तीमा बाढी पसेपछि करीव ३० घर डुवानमा परेकोमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश दुधियाभारबाट सशस्त्र प्रहरी निरीक्षक ओमप्रसाद ढकालको कमाण्डमा खटिएको एपीएफ टोली तथा स्थानीय वासिन्दाले त्यसठाउँबाट घरायसी सामानहरु सुरक्षित स्थानमा सारेको छ । 
    यसैगरी रौतहट जिल्लाकै राजपुर नगरपालिकाको वडा नं. १ र २ ईलाकामा अविरल वर्षाका कारण फसेका एक जना महिला र दुई जना पुरुष व्यक्तिहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक तुलाबहादुर चौधरीको कमाण्डमाको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ । 
    यसैगरी रौतहट नगरपालिका ९ स्थित सिर्सियाबाट वर्षाका कारण फुसको घरभित्र फसेका ९ जनाको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा रौतहटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक डिल्लीकुमार कार्कीको कमाण्डमा खटिएको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ ।
    यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका ३१ बेलवा स्थित मुसहर बस्तीमा सोही स्थानमा रहेको भेडाहार खोलामा पानीको बहाव बढ्न गई करीव २५ घर डुवान परेकोमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बेलवाबाट सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईको कमाण्डमा खटिएको एपीएफ टोलीले पीडितहरुलाई उद्वार गरी सुरक्षित स्थानमा सारेको छ  । 
    यसैगरी पर्सा जिल्लाकै छपरमाई गाउँपालिका ३ सानोजय मंगलापुर स्थित एक घरमा वर्षाको कारण डुवानमा परेका ५५ वर्षिय साहेब साह, ४० वर्षिया सुमित्रा देवी र १५ वर्षिकी लक्ष्मीकुमारी साहलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिस्वाबाट सशस्त्र प्रहरी नायव निरीक्षक निलहरी दाहालको कमाण्डमा खटिएको एपीएफ टोलीले सकूशल उद्वार गरेको छ ।
    यसैगरी चितवन जिल्लाको राप्ती नगरपालिका ६ डुम्रे पुल नजिकै रहेको शम्शेर चेपाङ्गको घर वर्षाको कारण डुवानमा परेको भन्ने जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक मनिष थापाको कमाण्डमा खटिएको विपद व्यावस्थापन तालिम प्राप्त दक्ष जनशक्तिसहितको टोलीले निजको श्रीमती तथा तीन जना बालबालिकाहरुलाई सकूशल उद्वार गरी सुरक्षित स्थानमा ल्याएको छ । 
    यसैगरी पाल्पा जिल्लाको तीनाउ गाउँपालिका ३ स्थित सिद्धार्थ लोकमार्गमा पहिरो गई मोटरसाईकलसहित पुरिएका एक व्यक्तिको शव सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४१ गुल्म हेक्वा रुपन्देही र स्थानीय प्रहरीले उद्वारगरी बाहिर निकालेको छ । 
    सोही जिल्लाको ढिस्डी गाउँपालिका ४ मितयाल बस्ने अन्दाजी ३० वर्षिय धनबहादुर सुनारी एक्कासी आएको पहिरोको कारण त्यसठाउँमा लु ५० प. ४६७१ नम्बरको मोटरसाईकलसहित पुरिएका थिए ।  
    अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढि तथा डुवान भएपछि एपीएफ टोली सकृयताकासाथ उद्वार कार्यमा जुटेको छ ।

2076-3-28
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गुल्मपति तथा स्टाफ तालिम समापन

काठमाडौं,
     सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २१ गुल्मपति तथा स्टाफ तालिमको असार २७ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो ।
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा फौजी संगठनमा तालिमको महत्वमाथी प्रकाश पार्नुहुँदै तालिमले व्यक्तिको बृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
उहाँले संगठनलाई प्राप्त जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्नसक्ने दक्ष जनशक्ति उत्पादनका लागि यस्ता पेशागत तालिम अपरिहार्य रहेको चर्चा गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले यस्ता तालिमले प्रशिक्षार्थीहरुलाई प्राप्त जिम्मेवारी सहजताकासाथ बहन गर्न ज्ञान सिप अभिबृद्धि हुनुका साथै व्यावसायिक अधिकृत उत्पादन हुने विश्वास व्यक्त गर्नुहँुदै कार्यक्षेत्रमा आईपर्ने चुनौतीहरुको सामना गर्नसक्ने दक्ष क्षमतावान तथा कूशल अधिकृत उत्पादनमा यस्ता तालिमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले यस्ता तालिमबाट प्राप्त ज्ञान सिपको अधिकतम उपयोग गरी जस्तोसुकै विषम परिस्थितीमा समेत उत्कृष्ट कार्यसम्पादन गर्न कृयाशिल रहनुपर्ने बताउनुहुँदै व्यावसायीक प्रशिक्षणले सक्षम, कर्तव्यनिष्ठ अधिकृत उत्पादन भई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा प्रभावकारिता आउने बताउनुभयो ।  
सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्यको क्रममा संगठनमा आवद्ध अधिकृत तहका राष्ट्रसेवकहरुको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले संचालित यस्ता व्यावसायिक तालिमबाट प्राप्त ज्ञान सिपले कार्यक्षेत्रमा प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न प्रशिक्षार्थीहरुलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले प्रशिक्षणको दौरानमा विविध विषयका आन्तरिक तथा बाह्य विज्ञ प्रशिक्षकहरुद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिएको बताउनुभयो । 
    गत चैत्र २६ गतेबाट संचालन भएको उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक एक जना तथा सशस्त्र प्रहरी निरीक्षक ३६ जना गरी कुल ३७ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।    
    उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बराल सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र राउत उत्कृष्ट ठहरिएका छन् । 
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापा लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

2076-3-27
APF News
शिघ्र परिचालित भई सशस्त्र प्रहरी सेवा प्रदान गर्न सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

काठमाडौं,
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हाल बाढी पहिरोको जोखिम हुनसक्ने हुँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । उहाँले कुनैपनि प्रकारको विपद् प्रकोपको जोखिम भएमा उच्च मनोवलका साथ छिटोभन्दा छिटो उद्धार कार्यमा परिचालित हुन निर्देशन दिनुहुँदै सवै एपीएफ एकाईहरुले आ–आफ्नो कार्यालयमा रहेका उद्धार सामाग्री तथा जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले देशभर रहेका एपीएफ एकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट लाईभ भिडियो स्ट्रीमिङ तथा सशस्त्र प्रहरी संचार मार्फत आज प्रत्यक्ष सम्बोधन गर्नुहुँदै सो निर्देशन दिनुभएको हो । 
    कुनै पनि प्रकारको विपद् प्रकोप भएमा उद्धार कार्यमा शिघ्र परिचालित हुनुपर्ने आवश्यकता औल्याउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा भन्नुभयो– ‘कुनै प्रकारको विपद् भएमा सम्पूर्ण एपीएफ एकाईका प्रमुखहरुले एपीएफ टोली छिटोभन्दा छिटो परिचालन गर्नु होला, त्यसो भएमा पीडितलाई उद्धार गर्ने कार्यमा सफलता प्राप्त हुन सघाउ पुग्दछ ।’
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले आफ्नो कार्यमा प्रभावकारिता ल्याउन सूचना प्रविधिको अधिकतम उपयोग गर्ने लक्ष्यका साथ कामकारवाहीहरु गरिरहेको उल्लेख गर्नुहुँदै परिणाममुखी कार्यसम्पादनको लागि आधुनिक उपकरणको उपयोग भईरहेको र यसबाट अपेक्षाकृत उपलब्धी हासिल भईरहेको बताउनुभयो ।  
    उहाँले ईमानदारी एवं वफादारीपूर्वक दायित्व निर्वाह गर्न निर्देशन दिनुहुँदै सीमा सुरक्षा लगायत सशस्त्र प्रहरी कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउँदै लगिने र सो कार्यको सुरुवात भईसकेको उल्लेख गर्नुभयो । 
    उहाँले सशस्त्र प्रहरी कार्यसम्पादनमा शिघ्र परिचालित भई सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्धार कार्यमा कृयाशिल रहन देशभर कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । 
    उहाँले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाकालदेखि नै आफ्नो जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूको ‘समृद्ध नेपाल सुखी नेपाली’ को महाअभियानलाई सफल पार्न तथा माननीय गृहमन्त्रीज्यूबाट शान्ति सुरक्षा र सुशासन कायम गरी विकास निर्माणको वातावरण सिर्जना गर्ने गृह प्रशासन सुधार कार्ययोजनालाई अक्षरस पालना गर्दै राष्ट्र र जनतालाई सर्बाेपरी ठानेर कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । 
उहाँले शान्ति सुरक्षा तथा सुशासन कायम राख्ने एवं सीमा सुरक्षा लगायत औद्योगिक सुरक्षा तथा राजश्व संकलनमा समन्वयका साथ सहयोग एवं सहकार्य गर्दै अगाडी बढ्न निर्देशन दिनुहुँदै जिम्मेवारीका क्षेत्रहरुमा यथाशिघ्र परिचालित भई परिणाममुखी कार्यसम्पादन गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको नीति निर्देशनलाई अक्षरस पालना गर्दै दायित्व निर्वाहमा संगठन अगाडी बढिरहेको बताउनुहुँदै राष्ट्रको रक्षा, राष्ट्रियताको जगेर्ना तथा राष्ट्रिय एकताको प्रर्वद्धनमा कटिवद्ध रहन निर्देशन दिनुहुँदै प्राप्त कार्यादेशहरुलाई प्रभावकारी कार्यान्वयन गर्न तथा दैनिक अप्रेशनल तथा प्रशासनिक कार्यहरुलाई चुस्त दुरुस्त पार्दै सवै तहको नेतृत्वमा कुनै पनि किसिमको द्विविधा नहोस भनि संगठनले पहिलो पटक एकाई प्रमुखहरुको सम्मेलनको आयोजना समेत गरेको स्मरण गर्नुभयो । 
यसैगरी संघीय सरकारको अभिन्न सुरक्षा अंगको रुपमा रहि कार्य सम्पादन गर्न, गम्भिर प्रकृतिका सुरक्षा चुनौतीहरुलाई सामना गर्न, तालिमका माध्यमबाट दक्ष तथा सक्षम जनशक्तिको विकास गरी अनुशासित, व्यवसायीक तथा ईमानदार राष्ट्रसेवक निर्माण गर्न एवं अभैm प्रभावकारी रुपले शान्ति सुरक्षा कायम गर्न देशका सवै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपालको आवश्यकता महसुस गरी गत वर्ष नै २०७५ साल जेठ २७ गते संगठनको पुर्नसंरचना गरिएको कुरा समेत उल्लेख गर्नुभयो । जस अनुसार ४५ जिल्लामा स्थायी र १३ जिल्लामा अस्थायी गरी ५८ जिल्लामा मात्रै संगठनको उपस्थिति रहेकोमा हाल ६० जिल्लामा स्थायी र १७ जिल्लामा अस्थायी गरी ७७ वटै जिल्लामा परिचालित भएको तथा पाँच वटा बाहिनीमा तीन वटा थप गरी ८ वटा बाहिनी बनाईएको, पाँच वटा तालिम शिक्षालय रहेकोमा ६ वटा तालिम शिक्षालय थप गर्ने तर्फ कामकारवाही भईरहेको, २७ वटा गणमा ९ वटा थप गरी ३६ बनाईएको, २१ वटा सीमा सुरक्षा कार्यालयहरुलाई गणमा स्तरोन्नती गरिएको, ३८ गुल्महरुमा १८ वटा थप गरी ५६ स्थायी गुल्म बनाईएको छ । 
यसैगरी गुल्ममा फरक–फरक जनशक्ति रहेकोमा समान रुपमा जनशक्तिको संख्या १ सय ६० बनाईएको, १७ वटा आश्रित गुल्म थप गरिएको, सीमा सुरक्षा कार्यलाई संवेदनशील रुपमा लिई ८७ वटा बोर्डर आउट पोष्टमा १९ वटा थप गरी १ सय ७ पु¥याइएको तथा थप ४ वटा स्थापनाको क्रममा रहेको, करीब १० हजारको जनशक्ति रहेको तराईमा १५ हजार जनशक्ति परिचालन गरिएको, बोर्डर आउट पोष्ट स्थापना र कमाण्डरको परिचालनलाई सहज बनाईएको तथा युनिट सरुवा प्रणालीलाई प्रभावकारी बनाउन पहल गरिएको कुरा समेत सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उल्लेख गर्नुभयो । उहाँले आवश्यकता अनुसार बोर्डर आउट पोष्टको संख्या बृद्धि गरिँदै लगिने तथा उत्तरी सीमातर्फ समेत बोर्डर आउट पोष्ट स्थापना गरिँदै लगिने बताउनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा विभिन्न कारणले रिक्त हुने पदहरुमा बढुवा तथा नयाँ भर्ना प्रकृयाबाट पदपूर्ति गर्दै लगिएको बताउनुहुँदै संगठनले पारदर्शी ढंगले सरुवा बढुवा कार्य गर्दै आएको कुरा समेत उल्लेख गर्नुभयो । 
सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार क्षमता अभिबृद्धि गर्नेतर्फ पहल भईरहेको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले बहालवाला तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी एवं तिनका सन्तती तथा आमनागरिकलाई उपचार सेवा प्रदान गर्दै आएको एपीएफ अस्पतालाई स्तरोन्नती गर्दै सात वटै प्रदेशमा समेत क्रमिक रुपमा अस्पताल स्थापना गर्दै लगिने बताउनुभयो । उहाँले शिक्षाको महत्वमाथि प्रकाश पार्नुहुँदै हाल पहिलो चरणमा प्रदेश नं. २ को सप्तरी जिल्लामा नेपाल एपीएफ स्कुलको स्थापनाको सुरुवात भईसकेको तथा आगामी दिनमा सात वटै प्रदेशमा एपीएफ स्कुलको स्थापना गरी सशस्त्र प्रहरी कर्मचारीका सन्तती एवं स्थानीय जनताका सन्ततीहरुलाई स्तरीय शिक्षा प्रदान गरिने बताउनुभयो । 
उहाँले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसले गर्दा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्न छुट्टै सेल खडा गरी सक्षम एवं प्रविधिमैत्री सुरक्षा संयन्त्रको विकास गर्ने लगायतका विविध विषयमा जानकारी समेत गराउनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनका राष्ट्रसेवकहरुलाई उच्च हौसला, इमान्दारिता तथा कर्तव्यबोधका साथ कार्य गर्न निर्देशन दिनुभयो ।      
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरु तथा एपीएफ अधिकृत, बिल्लादार एवं जवानहरुको उपस्थिती रहेको थियो । 

2076-3-27