Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा शव फेला

काठमाडौं,
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित सर्दु खोलामा बेपत्ता भएका एक जनाको शव असार २८ गते एपीएफ टोलीले फेला पारेको छ ।
सोही ठाउँ बस्ने ६९ वर्षिय रामबहादुर बस्नेत उक्त खोलामा हातखुट्टा धुने क्रममा खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट धरानबाट खटिएको एपीएफ टोलीले उनको शव सोही नगरपालिका ११ स्थित खोलाको किनारमा फेला पारेको हो ।
उक्त शव एपीएफ टोलीले स्थानीय प्रहरीमा बुझाएको छ ।
यसैगरी दाङ जिल्लाको राप्ती गाउँपालिका १ चैते स्थित राप्ती नदिमा बेपत्ता भएका एक जनाको शव असार २८ गते एपीएफ टोली र स्थानीय प्रहरी फेला पारेको छ ।
प्यूठान जिल्लाको मल्लरानी गाउँपालिका ५ बस्ने २८ वर्षिय दिपक थापा शनिबार उक्त खोला तर्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण दाङबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनको शव सोही नदिको महादेवकी पुल नजिकै नदिमा फेला पारेको हो ।

2076-03-28
APF News
एपीएफ टोलीद्वारा काठसहित पक्राउ :–

सिराहा, सिराहा जिल्लाको मिर्चैया नगरपालिका ६ बाट पौष २९ गते एपीएफ टोलीले ६६ क्यूफिट सिसौको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको मिर्चैया नगरपालिका ३ बस्ने सर्जुक महरालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मिर्चैयाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स १ त ४५७ नम्बरको ट्याक्टरमा जाँच गर्दा अवैध रुपले लैजान लागेको अवस्थामा सो काठ भेटिएपछि एपीएफ टोलीले निज महरालाई उक्त काठ तथा ट्याक्टरसहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेका निज महरालाई बरामद काठ तथा ट्याक्टरहितै आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाएको छ ।

2075-9-30
APF News
एपीएफ टोलीद्वारा सुनसहित छ जना पक्राउ :–

सिराहा, एपीएफ टोलीले शनिबार बिहान करीव दुई बजे सिराहा जिल्लाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुमध्ये सोही जिल्लाको लाहान नगरपालिका १९ बस्ने ३२ वर्षिय गाडी चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काचो सुन, सोही ठाउँ बस्ने २८ वर्षिय मोहमद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने ४५ वर्षिय कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो । त्यसवेला उनीहरु सँगै सो गाडीमा सवार सोही ठाउँ बस्ने ४२ वर्षिय मोहमद हकिम, २४ वर्षिय मोहमद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षिय मोहमद अफ्रोजलाई समेत एपीएफ टोलीले पक्राउ गरेको छ । काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिपमा सवार उनीहरुको साथमा उल्लेखित सुन फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोवाइल सेट समेत बरामद गरेको छ ।

2075-9-28
APF News
एपीएफ टोलीद्वारा सुनसहित छ जना पक्राउ

सिराहा, एपीएफ टोलीले शनिबार बिहान करीव दुई बजे सिराहा जिल्लाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुमध्ये सोही जिल्लाको लाहान नगरपालिका १९ बस्ने ३२ वर्षिय गाडी चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काचो सुन, सोही ठाउँ बस्ने २८ वर्षिय मोहमद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने ४५ वर्षिय कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो । त्यसवेला उनीहरु सँगै सो गाडीमा सवार सोही ठाउँ बस्ने ४२ वर्षिय मोहमद हकिम, २४ वर्षिय मोहमद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षिय मोहमद अफ्रोजलाई समेत एपीएफ टोलीले पक्राउ गरेको छ । काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिपमा सवार उनीहरुको साथमा उल्लेखित सुन फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोवाइल सेट समेत बरामद गरेको छ ।

2075-9-28
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठामाडों,
पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित ब्यारेज पुलबाट माघ ७ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ बस्ने २८ वर्षिय संदीप कार्की र पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३७ वर्षिय नविन सुनार छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ४८ वटा र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-9-26
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठमाडौं,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित हुलास चोकबाट एपीएफ टोलीले पौष २५ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा जिल्लाको लहान नगरपालिका ४ बस्ने २० वर्षिय शेखर यादव छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनको साथबाट एभिल १८५ वटा, डाईजोल्याव १०३ वटा र नोफिन १०० वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

2075-9-26
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

बारा,
बारा जिल्लाको कलैया उपमहानगरपालिका २० स्थित पकलीघाटबाट पौष २५ गते एपीएफ टोलीले करीव ६ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ल्यापटप बरामद गरेको छ । 
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले उक्त ल्यापटप बरामद गरेको हो ।
भारतबाट अवैध रुपले बीआर २२ एल ६६२८ नम्बरको मोटसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको डेल कम्पनिको १२ थान ल्यापटप तथा उक्त मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ । 
बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2075-9-26
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम समापन

काठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिबार सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभयो । 
त्यअवसरमा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक मदन अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशललाई कार्यक्षेत्रमा गएपछि ईमान्दारिताकासाथ लागूगरि उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिनुभयो ।
उहाँले संगठन आजको यस स्थानसम्म आईपुग्नुमा अग्रजको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध रहनु सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको प्रमुख दायित्व र जिम्मेवारी भएको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राज्य प्रदत्त जिम्मेवारीहरु पुरा गर्न सामुहिक भावनाकासाथ जिम्मेवारी निर्वाहमा तल्लिन रहन निर्देशन दिनुभयो । 
उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्र र नागरिकले सोचेको र खोजेको जस्तो सुरक्षा सेवा प्रवाहमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै आफुले सिकेको ज्ञान र सिप आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउदै कार्यक्षेत्रमा पूर्ण व्यावसायिकताकासाथ नतिजामुखी कार्यसम्पादन गर्न कृयाशिल रहनुपर्ने बताउनुभयो । 
कार्यक्रमा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा गएपछि तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई उपयोग गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले सिमित स्रोतसाधनका बावजुद तालिमलाई समयानुकुल र बैज्ञानीक ढंगले संचालन गरिएको उल्लेख गर्नुहुँदै विविध विषयका विज्ञ प्रशिक्षकहरुद्वारा समेत प्रशिक्षण प्रदान गरिएको बताउनुभयो । 
पाँच महिना अवधिको उक्त तालिममा ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, खबर संकलन, हुल तथा दंगा व्यवस्थापन, विपद व्यवस्थापन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, सुरक्षा योजना तथा कारवाही, हतियार ह्याण्डलिङ लगायतका विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । 
उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।

2075-9-26
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम समापन

काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिबार सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभयो । त्यअवसरमा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक मदन अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशललाई कार्यक्षेत्रमा गएपछि ईमान्दारिताकासाथ लागूगरि उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिनुभयो । उहाँले संगठन आजको यस स्थानसम्म आईपुग्नुमा अग्रजको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध रहनु सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको प्रमुख दायित्व र जिम्मेवारी भएको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राज्य प्रदत्त जिम्मेवारीहरु पुरा गर्न सामुहिक भावनाकासाथ जिम्मेवारी निर्वाहमा तल्लिन रहन निर्देशन दिनुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्र र नागरिकले सोचेको र खोजेको जस्तो सुरक्षा सेवा प्रवाहमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै आफुले सिकेको ज्ञान र सिप आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउदै कार्यक्षेत्रमा पूर्ण व्यावसायिकताकासाथ नतिजामुखी कार्यसम्पादन गर्न कृयाशिल रहनुपर्ने बताउनुभयो । कार्यक्रमा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा गएपछि तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई उपयोग गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिमित स्रोतसाधनका बावजुद तालिमलाई समयानुकुल र बैज्ञानीक ढंगले संचालन गरिएको उल्लेख गर्नुहुँदै विविध विषयका विज्ञ प्रशिक्षकहरुद्वारा समेत प्रशिक्षण प्रदान गरिएको बताउनुभयो । पाँच महिना अवधिको उक्त तालिममा ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, खबर संकलन, हुल तथा दंगा व्यवस्थापन, विपद व्यवस्थापन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, सुरक्षा योजना तथा कारवाही, हतियार ह्याण्डलिङ लगायतका विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।

2075-9-26
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएका ८ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष २४ गते दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार मन्त्रिस्तरको यही पौष २० गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुहुँदै दर्जा सँगै बढेको जिम्मेवारी पुरागर्न कार्यक्षेत्रमा सधैं जिम्मेवारी बोधकासाथ कृयाशिल रहनुपर्ने बताउनुभयो । उहाँले पदोन्नतीसँगै श्रेणी र जिम्मेवारी समेत बृद्धिभई आगामी दिनमा नीति निर्माण तहमा उहाँहरुले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने चर्चा गर्नुहुँदै संगठनले लिएको लक्ष्य प्राप्तीका लािग हरेक कमाण्डर तहका अधिकृतहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सिकाउँदै कूशल नेतृत्व प्रदान गरि राष्ट्र र नागरिकको सेवा र सुरक्षामा कटिबद्व भई कार्यक्षेत्रमा निरन्तर लागिरहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूहरु अहिले मेरो भन्दा पनि हाम्रो भन्ने सोचकासाथ सामुहिक रुपमा संगठनको विकास, विस्तार र सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासमा ध्यान पु¥याउँदै दिर्घकालिन योजनाकासाथ अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामुहिक भावनाकासाथ उत्कृष्ट कार्यसम्पादनतर्फ कृयाशिल रहनुपर्ने बताउनुभयो । उहाँले मानव अधिकारको संरक्षण गर्दै फौजी संस्कारमा रहि अनुशासित र इमान्दारितापूर्वक जिम्मेवारी पुरा गर्नेतर्फ कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहन निर्देशन दिनुहुँदै संगठनले मानव अधिकारको उलंघन, भ्रष्टाचार र लैङ्गिक हिंसामा शून्य सहनशिलताको नीति अवलम्वन गरेको कुरा समेत उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2075-9-24
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, 
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएका ८ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष २४ गते दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । 
नेपाल सरकार मन्त्रिस्तरको यही पौष २० गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएको हो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुहुँदै दर्जा सँगै बढेको जिम्मेवारी पुरागर्न कार्यक्षेत्रमा सधैं जिम्मेवारी बोधकासाथ कृयाशिल रहनुपर्ने बताउनुभयो ।
उहाँले पदोन्नतीसँगै श्रेणी र जिम्मेवारी समेत बृद्धिभई आगामी दिनमा नीति निर्माण तहमा उहाँहरुले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने चर्चा गर्नुहुँदै संगठनले लिएको लक्ष्य प्राप्तीका लािग हरेक कमाण्डर तहका अधिकृतहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सिकाउँदै कूशल नेतृत्व प्रदान गरि राष्ट्र र नागरिकको सेवा र सुरक्षामा कटिबद्व भई कार्यक्षेत्रमा निरन्तर लागिरहनुपर्ने बताउनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूहरु अहिले मेरो भन्दा पनि हाम्रो भन्ने सोचकासाथ सामुहिक रुपमा संगठनको विकास, विस्तार र सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासमा ध्यान पु¥याउँदै दिर्घकालिन योजनाकासाथ अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामुहिक भावनाकासाथ उत्कृष्ट कार्यसम्पादनतर्फ कृयाशिल रहनुपर्ने बताउनुभयो ।
उहाँले मानव अधिकारको संरक्षण गर्दै फौजी संस्कारमा रहि अनुशासित र इमान्दारितापूर्वक जिम्मेवारी पुरा गर्नेतर्फ कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहन निर्देशन दिनुहुँदै संगठनले मानव अधिकारको उलंघन, भ्रष्टाचार र लैङ्गिक हिंसामा शून्य सहनशिलताको नीति अवलम्वन गरेको कुरा समेत उल्लेख गर्नुभयो । 
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2075-9-24
APF News
सशस्त्र प्रहरी परिवार महिलासंघद्वारा ब्युटिसियन तालिम संचालन

काठमाडौं, 
सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले सशस्त्र प्रहरी परिवार महिला संघद्वारा एडभान्स ब्यूटिसियन तालिम संचालन भएको छ । 
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले आज एक कार्यक्रमका बीच सो तालिमको उद्घाटन गर्नुभयो । 
सो अवसरमा सो संघकी सदस्य सचिव श्रीमती सरस्वती पाण्डेले स्वागत मन्तव्यको क्रममा यस किसिमको तालिममले स्वरोजगार बनाई आर्थिक अवस्थामा समेत टेवा पु¥याउनुको साथै महिला शसक्तिकरण अभियानमा समेत सहयोग पुग्ने बताउनुभयो । 
उहाँले संघले आगामी दिनहरुमा समेत समाजसेवाको क्षेत्रमा योगदान पु¥याउँदै रचनात्मक तथा नविन कार्यक्रमहरु संचालन गरीरहने उल्लेख गर्नुभयो । 
सो कार्यक्रममा तालिमका प्रशिक्षक सुन्दरी कारणजीतले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुहुँदै यस किसिमको तालिमले स्वाबलम्बी बनाउने बताउनुभयो । 
कार्यक्रममा संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै सेवामूलक एवं जनचेतनामूलक कार्यक्रमहरु संचालन, प्रकोप पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था, निःशुल्क स्वास्थ्य शिविर संचालन, रक्तदान कार्यक्रमको आयोजना लगायतका कार्यहरु गर्दै आईरहेको जानकारी गराईएको थियो ।
सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा काठमाडौको हल्चोकमा संचालन भएको तीन महिना अवधिको उक्त तालिममा कूल २५ जना सहभागि रहेका छन् । 
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

2075-9-24
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट हुल तथा दंगा व्यवस्थापन तालिम उद्घाटन

काठमाडौं,
सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेको सि.सं. २६८ हुल तथा दंगा व्यवस्थापन तालिम आजदेखि सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालन भएको छ । 
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही शिक्षालयमा आयोजित एक कार्यक्रमका वीच उक्त तालिमको उद्घाटन गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै तालिमलाई अवसरको रुपमा उपयोग गर्दै प्रशिक्षणको दौरानमा बढीभन्दा बढी ज्ञान आर्जन गर्न प्रशिक्षार्थीहरु तल्लीन रहनुपर्ने बताउनुभयो । 
तालिमबाट आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा बढीभन्दा बढी उपयोग गर्दै मानव अधिकारको पूर्णरुपमा रक्षा गर्दै संगठनको नीति बमोजिम उत्कृष्ट कार्यसम्पादनमा सकृय रहनुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्धार कार्यका लागि सधैं कटिवद्ध रहनुपर्ने बताउनुभयो ।
उहाँले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा गएपछि आफू मातहतका अधिकृत तथा जवानहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा सधैं नागरिकले महसुस गर्ने गरी उत्कृष्ट कार्य गर्नुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । 
प्राप्त जिम्मेवारीलाई व्यावसायीक कुशलतापूर्वक पूरा गर्न कटिवद्ध रहनुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले दायित्व निर्वाहको क्रममा जिम्मेवारीबोधका साथ पेशागत कामकारवाहीलाई जनचाहना अनुरुपको कार्यशैली अपनाई पूरागर्न निर्देशन दिनुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । 
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले धन्यवाद ज्ञापनको क्रममा सिमित श्रोतसाधनको बावजुद संगठनले समयानुकुल प्रशिक्षण संचालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै कार्यक्षेत्रमा परिचालन गर्दै आएको बताउनुभयो । 
उक्त तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र बस्नेतले सो समारोहमा तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 
उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ११ जना तथा सशस्त्र प्रहरी निरीक्षक ३६ जना गरी कूल ४७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

2075-9-22
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
सर्लाही जिल्लाको पर्सा गाउँपालिका १ स्थित सितलपुर इलाकाबाट पौष २१ गते एपीएफ टोलीले करीव १ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट संग्रामपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला उक्त लत्ताकपडा लिएर आउँदै गरेका व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै सो लत्ताकपडा सोही ठाउँमा छाडी भागेका थिए । 
यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ९ स्थित बगरा कटान भन्ने स्थानबाट एपीएफ टोलीले पौष २२ गते करीव २ लाख १४ हजार रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ । 
सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा कैलाली नम्बर ५३ गुल्मबाट खटिएको एपीएफ टोलीले भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

2075-9-22