Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा सालको काठ बरामद
महोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ स्थित ढल्केलिकबाट भाद्र ४ गते एपीएफ टोलीले करीव एक लाख ३० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । ना १ त ८२३ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ४० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला सालको काठ ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त सालको काठ तथा ट्याक्टर छाडी भागेका थिए । एपीएफ टोलीले बरामद सालको काठ तथा उक्त ट्याक्टर आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय महोत्तरीमा बुझाएको छ ।
2076-05-04
APF News
एपीएफ टोलीद्वारा चौपाया बरामद
काठमाडौं, सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ७ हाटीबाट एपीएफ टोलीले करीब पाँच लाख रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते उल्लेखित रकम बराबरको ४० वटा खसी बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते करीब एक लाख ९० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । एपीएफ टोलीले रौतहट जिल्लाको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीस्थित सीमा ईलाकाबाट दुई वटा भैंसी र नौ वटा पाडा बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-05-02
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
सुनसरी, सुनसरी जिल्लाको ईनर्वा नगरपालिका ४ हनुमान चोकबाट भाद्र २ गते एपीएफ टोलीले करीब तीन लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा सुर्ती बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेक्वा सुनसरीबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । उक्त ठाउँमा जाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एक यात्रुबाहक बस र को. ८ प ३३६ नम्बरको मोटरसाइकालबाट उक्त सामान बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2076-05-02
APF News
गृहसचिव राई र सशस्त्र प्रहरी महानिरीक्षक खनाल बीच कार्यसम्पादन सम्झौता
काठमाडौं, गृहसचिव प्रेमकुमार राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनाल बीच सोमबार कार्यसम्पादन सम्झौता भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितीमा गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यसअवसरमा विगतमा गृहमन्त्रालयबाट सुरु भएको कार्यसम्पादन सम्झौता गर्ने कार्य हाल अन्य मन्त्रालयले समेत गरेको बताउनुभयो । उहाँले यस्ता सम्झौताले आफ्नो कार्यप्रती अझै बढि जिम्मेवारी बनाउने बताउनुहुँदै यसबाट कामको पारदर्शीता र सदाचारीतामा मद्वत गर्ने उल्लेख गर्नुभयो । यस्ता सम्झौताले हाम्रो क्षमताको समेत परिक्षा गर्दछ भन्नुहुँदै उहाँले यसबाट एक आपसमा सहयोग र सहकार्य गर्न मद्वत पुग्ने विश्वास व्यक्त गर्नुभयो । गृहसचिव प्रेमकुमार राईले विगतमा गरिएका यस्ता सम्झौताले जवाफदेहीता तथा जिम्मेवार हुन मद्वत पुगेको बताउनुभयो । उहाँले सबैले लक्ष्य प्राप्ती गर्न समान रुपमा कृयाशिल भएमा सरकारले लिएको लक्ष्य पुरा गर्न मद्वत पुग्ने कुरा समेत उल्लेख गर्नुभयो । गृहसचिव राईले त्यसअवसरमा सम्झौतामा गरेको लक्ष्य पूर्ती गर्न अगाडी बढ्नुपर्ने चर्र्चा समेत गर्नुभयो ।
2076-05-02
APF News
एपीएफ टोलीद्वारा बोइलर कुखुराको चल्ला बरामद
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ३ स्थित गिदाहवाबाट एपीएफ टोलीले भाद्र २ गते करीव तीन लाख ३६ हजार रुपैयाँ बराबरको बोइलर कुखुराको चल्ला बरामद गरेको छ । सोही ठाउँमा रहेको एक कच्ची टहरामा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको आठ हजार चार सय वटा बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद चल्ला पशुक्वारेनटाईनका कर्मचारी, संचारकर्मी र स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ ।
2076-05-02
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ खाडो खोलास्थित चेकप्वाईन्टबाट भाद्र १ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सप्तरी जिल्लाको राजविराज नगरपालिका ६ बस्ने २२ वर्षिय रोशनकुमार मेहतरलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज मेहतरलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट एक सय ५० वटा र नाईट्रोसन ट्याब्लेट २० वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका मेहतरलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-05-02
APF News
एपीएफ टोलीद्वारा १५ के.जी.चाँदीसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको औरही गाउँपालिका २ देउरी भन्ने स्थानबाट साउन ३२ गते एपीएफ टोलीले १० लाख ९३ हजार १ सय १० रुपैयाँ बराबरको १५ के.जी. चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत २ भेलवाचोक घर बताउने अन्दाजी २८ बर्षिय बन्धुकुमार सिंह छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । ज. ८ प ९२३५ नम्वरको मोटरसाईकलमा भारततर्फ जाँदै गरेका निज सिंहलाई शंका लागि जाँच गर्दा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला निज सिंहले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरिएको छ । एपीएफ टोलीले पक्राउ परेका सिंहलाई बरामद चाँदी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
2076-05-01
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
        सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ
टोलीले साउन २९ गते करीव एक लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा किराना
सामान एपीएफ टोलीले धनुषा जिल्लाको शहिदनगर नगरपालिका ७ स्थित
निमुवाटोलबाट बरामद गरेको हो ।
यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित महेन्द्रनगरको
बसपार्कबाट एपीएफ टोलीले साउन २९ गते करीव दुई लाख १० हजार रुपैयाँ
बराबरको चोरीपैठारीको लेडिज कुर्ता सुरुवालको कपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त कपडा
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५६ गुल्म हेक्वा कञ्चनपुरबाट खटिएको
एपीएफ टोलीले बरामद गरेको हो ।

2076-04-29
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

बाँके,
        बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित नेपालगञ्ज भन्सार
कार्यालयको मुलगेटबाट साउन २९ गते एपीएफ टोलीले ४४ वटा नाईट्रोभेट
ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
        सुर्खेत जिल्लाको उत्तरगंगा नगरपालिका १९ बस्ने मदन मल्ललाई सशस्त्र
प्रहरी बल, नेपाल नम्बर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले
पक्राउ गरेको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका निज मल्ललाई एपीएफ टोलीले शंका लागि जाँच
गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
        एपीएफ टोलीले पक्राउ परेका मल्ललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको
लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2076-04-29
APF News
लागूऔषधसहित एपीएफ टोलीद्वारा पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका १ बाईपास ईलाकाबाट साउन २७ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको गितानगर १ वस्ने २६ वर्षिय राजकुमार परियार छन् । सशस्त्र प्रहरी बल, नेपाल जिल्ला कमाण्ड पोष्ट रुपन्देहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निज परियारको साथमा डाईजोपाम ११ वटा, प्रोमिठाजिन ११ वटा तथा बि-प्रोनफिन ११ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका परियारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-04-29
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित क्याम्पस चोकबाट साउन २५ गते एपीएफ टोलीले करीब १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । दुई वटा मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा र मोटरसाइकल सोही ठाउँमा छडी फरार भएपछि लत्ताकपडासहित मोटरसाइकल समेत बरामद गरिएको हो । बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले साउन २५ गते करीब १ लाख ८२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका ७ उजैनी चोकबाट बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2076-04-25
APF News
भरुवा बन्दुकसहित दुई जना पक्राउ
सल्यान, सल्यान जिल्लाको कालिमाटी गाँउपालिका ५ मनिकपुरबाट साउन २५ गते एपीएफ टोली र स्थानीय प्रहरीले चार नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ वस्ने ६७ बर्षिय टेकबहादुर कुमार र ७० बर्षिय चन्द्रबहादुर रोकाय छन् । उनीलाई सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सल्यानबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । उनीहरु घर नजिकको जंगलमा दुई नाल भरुवा बन्दुक बोकी हिड्दै गरेको अवस्थामा पक्राउ परेका थिए । त्यसपछि उनीहरुले आफ्नो घरमा समेत भरुवा बन्दुक रहेको बताएपछि निजहरुको घरबाट दुई नाल भरुवा बन्दुक, राउण्ड ४ वटा र ५० ग्राम बारुद बरामद गरिएको थियो । पक्राउ परेकाहरुलाई बरामद हातहतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-04-25