Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लाईट एयर गनसहित पक्राउ
बाँके, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट भाद्र ३० गते एपीएफ टोलीले एउटा लाईट एयर गन र सोको पाँच सय वटा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ११ बस्ने ५५ वर्षिय प्रजुन गिरी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । यूपी ४० एसी १५१८ नम्बरको टाटा कारमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गिरीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गन र राउण्ड फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका गिरीलाई बरामद गन तथा राउण्ड र उक्त कारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-05-31
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले भाद्र ३० गते करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद जुत्ता आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गुल्म हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले भाद्र ३० गते करीव एक लाख ३५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना. ३ ख ५१६४ नम्वरको यात्रुवाहक बसमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पथलैयाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ९ खक्रौला ईलाकाबाट भाद्र ३१ गते एपीएफ टोलीले करीव एक लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको भाडा वर्तन बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त भाडा वर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद भाडा वर्तन आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-05-31
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट भाद्र २९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ओम सतिया गाँउपालिका ४ बस्ने ३० वर्षीया सरिता यादव, ३१ वर्षीया नेमा यादव र सोही जिल्लाकै देवदह नगरपालिका १२ बस्ने ३५ वर्षीया आशा पठान छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नोफिन ५ सय २५ वटा, प्रोमेथाजिन ५ सय २५ वटा, डाईजापाम ५ सय २५ वटा तथा नाइट्रोजम २ सय वटा फेलापरेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-05-30
APF News
एपीएफ टोलीद्वारा सामान बरामद
काठमाडौं, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट भाद्र ३० गते एपीएफ टोलीले करीव चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना. ३ ख २४५८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको पाँच पोका लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गुल्म हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी बर्दिया जिल्लाको गुलरिया नगरपालिका ९ स्थित खालीकुरुवाबाट भाद्र २९ गते एपीएफ टोलीले करीव एक लाख ११ हजार रुपैयाँ बराबरको चोरीनीकासीकोे सामान बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको गुट्खा तथा फेयर एण्ड लब्ली क्रिम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-05-30
APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोल तथा गोलीसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट गएराती मध्यरातमा करीव साढे १२ बजे एपीएफ टोलीले एउटा कटुवा पेस्तोल तथा ७.६२ मि.मि. को दुई वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको धनौजी गाउँपालिका २ बस्ने अन्दाजी ३२ बर्षिय मनिष मिश्र छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । सोही जिल्लाको लोहनाबाट धनौजीतर्फ साइकलमा जाँदै गरेका निज मिश्रलाई गस्तीमा खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित कटुवा पेस्तोल तथा गोली फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका मिश्रलाई बरामद हतियार तथा गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ ।
2076-05-28
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बारा जिल्लाको गढीमाई नगरपालिका ६ स्थित नेपाल भारत सीमा ईलाकाबाट भाद्र २७ गते एपीएफ टोलीले करीव पाँच लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना ८ ख ४४०६ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १ हजार ५ सय ९६ थान लेडिज कुर्थासुरुवाल सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले भाद्र २८ गते करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल एपीएफ टोलीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित भन्सार रोड ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरापलिका १२ स्थित कालीझोडाबाट एपीएफ टोलीले भाद्र २७ गते करीव एक लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
2076-05-28
APF News
लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मलहनियाबाट भाद्र २८ गते एपीएफ टोली तथा स्थानी प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ४७ वर्षिय दयाशंकर साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोली र स्थानी प्रहरीले पक्राउ गरेको हो । को १६ प ९१७४ नम्बरको मोटरसाइकलमा सवार निज साहले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा लीगेसिल ३० वटा, डाईजाल्याव ३० वटा र फेनारगन ३० वटा फेला पारेपछि उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-05-28
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको कोशी गाँउपालिका १ बाट भाद्र २६ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका ३ बस्ने ३२ बर्षिय विकास लिम्बु छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । को. २८ प ९२९१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज लिम्बुको साथमा स्मास्मो तीन वटा र डाईनेक्स डिसी एक बोतल फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-05-27
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट भाद्र २५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा गाडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका १३ बस्ने ३० बर्षिय सुरेश थापा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । सुनौलीबाट बुटवलतर्फ आउँदै गरेको बा. ७ च ५९५४ नम्बरको कारको सिट मुनी र डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित लत्ताकपडा भेटिएपछि उक्त लत्ताकपडा तथा गाडीसहित उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका थापालाई बरामद लत्ताकपडा तथा गाडीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त लत्ताकपडा र गाडीको भन्सार दाखिला मूल्य करीब १३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
2076-05-26
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ तिनकुनेबाट भाद्र २५ गते एपीएफ टोलीले करीब चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बिराटनगरबाट जनकपुरतर्फ जाँँदै गरेको ना. ४ ख ६८४६ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त सामान फेला परेपछि बरामद गरिएको हो । बरामद मोटर पाटर््स आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले भाद्र २५ गते करीब दुई लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा बारा जिल्लाको महागढिमाई नगरपालिका ६ धर्मचोकबाट उक्त लत्ताकपडा बरामद गरिएको हो । यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट भाद्र २५ गते एपीएफ टोलीले प्रज्ञापन पत्र नभएको लत्ताकपडा तथा कस्मेटिक सामानसहित उक्त सामान ल्याउन प्रयोग भएको गाडी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा भारतीय नम्बर यूपी ४० एक्स ३१३१ नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित सामान फेला परेपछि गाडी सहितै सामान बरामद गरिएको हो । बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको छ । उक्त सामान र गाडीको भन्सार दाखिला मूल्य ३ लाख २७ हजार रुपैयाँ रहेको छ ।
2076-05-26
APF News
एपीएफ टोलीद्वारा लागुऔषधसहीत पक्राउ
सिराहा, सिराहा जिल्लाको वरियारपट्टी गाँउपालिका ३ बाट एपीएफ टोलीले भाद्र २४ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाको धनगढीमाई नगरपालिका १ बस्ने राकेश यादव छन् । भारतबाट नेपालतर्फ आउदै गरेको निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियारपट्टीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट ७५ वटा र स्पास्मो ट्याब्लेट दुईवटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-05-25
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट तालिम उद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा लैंगिक हिंसा बिरुद्धको सात दिने अनुशिक्षण तालिम सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले भाद्र २५ गते आयोजित एक समारोहका वीच सो तालिमको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालले सवै बाहिनीहरुमा जेण्डर डेक्स र अन्य विभिन्न एपीएफ युनिटहरुमा जेण्डर फोकल प्वईन्ट तोकिएको कुरा बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालले लैंगिक हिंसाको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको चर्चा गर्नुहुँदै यस किसिमको तालिमको महत्वबारे प्रकाश पार्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीको क्षमता अभिबृद्धिका लागि यस्ता तालिम फलदायी रहने बताउनुभयो । सात दिन अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी तथा गणमा जेण्डर फोकल प्वईन्टको रुपमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना र सशस्त्र प्रहरी निरीक्षक २९ जना गरी कूल ३८ जना प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
2076-05-25