Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा भारती रुपैयाँसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट एपीएफ टोलीले असोज ७ गते एक लाख ३० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको चम्पारण जिल्ला बेतिया मझौलीया थाना १३ घर बताउने ३५ वर्षिय रविन्द्र यादव छन् । नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा भारतीय रुपैयाँ २ हजारको नोट ३० वटा र ५ सयको नोट १ सय ४० वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
2076-06-07
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट असोज ६ गते एपीएफ टोलीले करीव चार लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मेमोरीकार्ड, भाडावर्तन र चोरीनिकासी गर्न लागिएको मरिच सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अम्मरबहादुर खत्रीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमकुमरा भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले असोज ६ गते करीव दुई लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित कालीझोडाबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ स्थित भुजहवा भन्ने स्थानबाट एपीएफ टोलीले असोज ६ गते करीव एक लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी धनुषा जिल्लाको शहिद नगरपालिका ३ स्थित यदुकुवा र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट असोज ६ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा खाद्यन्नका बरामद गरेको छ । ज १० प १५८८ र ज १३ प १७६२ नम्बरको दुई वटा मोटरसाइकमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेश धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसेवला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग गरिएको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाईकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय धनुषामा बुझाएको छ । उक्त सामान तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य चार लाख २२ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।
2076-06-06
APF News
एपीएफ टोलीद्वारा लागूऔषसहित दुई जना पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट असोज ५ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ्ग जिल्लाको गुठी नगरपालिका ३ बस्ने १९ वर्षिय विजय बोहोरा र सोही जिल्लाको तिल्याङ्ग गाउपालिका ८ बस्ने २० वर्षिय अर्जुन नेपाली छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजापाम ३६ सिसि, फेनारागन ३६ सिसि, नुफिन ३६ सिसि, नाईट्राजेपाम ट्याब्लेट १५ वटा र २ वटा सिरिन्ज फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।
2076-06-05
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ स्थित चण्डालचोकबाट एपीएफ टोलीले असोज ५ गते करीव सात लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला लत्ताकपडा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा तथा मोटरसाइकल छाडी फरार भएका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । यसैगरी पर्सा जिल्लाकै बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट असोज ५ गते एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ । ना १ ह ०९५ नम्बरको टेम्पोमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको फलफुल, किराना सामान, जडीबुटी तथा २७ बोरा व्याट्रीको धुलो सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । उक्त सामान तथा टेम्पोको मुल्य करीव पाँच लाख ३१ हजार रुपैयाँ रहेको छ ।
2076-06-05
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सिरहा, सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ४ जगतपुरबाट असोज ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पंचायत नलमनिया घर बताउने ४५ बर्षिय जागिर हुसेन छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले उनलाई डाईजिनाम एम्पुल ३ वटा, नोफिन एम्पुल ३ वटा र प्रोनेफाजिना ३ वटासहित पक्राउ गरेको हो । गोरुगाडामा पराल लोड गरी भारतबाट नेपालतर्फ आउँदै गरेका निज हुसेनले परालभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका हुसेनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-06-04
APF News
संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुदको आयोजना
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले संविधान दिवसको पुनित अवसरमा आज प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल तथा एपीएफ अधिकृत विल्लादार जवानहरुको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सुरु भएको उक्त प्रभातफेरी कार्यक्रम भगवान पाउँ, किमडोल हुँदै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय पुगेर समाप्त भएको थियो । सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले भलिबल, दौड र रस्याकसी प्रतियोगिताको समेत आयोजना गरेको थियो ।
2076-06-02
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सिराहा जिल्लाको बरियारपट्टी गाँउपालिका ३ स्थित चमारटोलबाट भाद्र ३१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको रौतामाई गाँउपालिका ९ बस्ने ३१ वर्षीय राजु तामाङ छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारट्टीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स. ९ च ४८२९ नम्वरको मोटरसाईकलमा सवार निज तामाङलाई जाँच गर्दा उनको साथमा नोफिन १३ वटा, डाईजिल्याप १३ वटा, फेनारगन १३ वटा तथा नाईट्रोजन ट्याब्लेट २४ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट एपीएफ टोलीले भाद्र ३१ गते बिभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ बस्ने १८ वर्षीय रञ्जन परियार र २८ वर्षीय दिपेश राई छन् । भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथबाट डाईजोपाम ९ वटा, नुफिन ९ वटा र फेनारगन ९ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-06-01
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ४ स्थित न्यरोडबाट एपीएफ टोलीले असोज १ गते करीव तीन लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले असोज १ गते करिव एक लाख ७९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा मोटर पाटर््स एपीएफ टोलीले पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
2076-06-01
APF News
एपीएफ टोलीद्वारा लाईट एयर गनसहित पक्राउ
बाँके, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट भाद्र ३० गते एपीएफ टोलीले एउटा लाईट एयर गन र सोको पाँच सय वटा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ११ बस्ने ५५ वर्षिय प्रजुन गिरी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । यूपी ४० एसी १५१८ नम्बरको टाटा कारमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गिरीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गन र राउण्ड फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका गिरीलाई बरामद गन तथा राउण्ड र उक्त कारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-05-31
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले भाद्र ३० गते करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद जुत्ता आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गुल्म हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले भाद्र ३० गते करीव एक लाख ३५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना. ३ ख ५१६४ नम्वरको यात्रुवाहक बसमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पथलैयाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ९ खक्रौला ईलाकाबाट भाद्र ३१ गते एपीएफ टोलीले करीव एक लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको भाडा वर्तन बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त भाडा वर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद भाडा वर्तन आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-05-31
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट भाद्र २९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ओम सतिया गाँउपालिका ४ बस्ने ३० वर्षीया सरिता यादव, ३१ वर्षीया नेमा यादव र सोही जिल्लाकै देवदह नगरपालिका १२ बस्ने ३५ वर्षीया आशा पठान छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नोफिन ५ सय २५ वटा, प्रोमेथाजिन ५ सय २५ वटा, डाईजापाम ५ सय २५ वटा तथा नाइट्रोजम २ सय वटा फेलापरेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-05-30
APF News
एपीएफ टोलीद्वारा सामान बरामद
काठमाडौं, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट भाद्र ३० गते एपीएफ टोलीले करीव चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना. ३ ख २४५८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको पाँच पोका लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गुल्म हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी बर्दिया जिल्लाको गुलरिया नगरपालिका ९ स्थित खालीकुरुवाबाट भाद्र २९ गते एपीएफ टोलीले करीव एक लाख ११ हजार रुपैयाँ बराबरको चोरीनीकासीकोे सामान बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको गुट्खा तथा फेयर एण्ड लब्ली क्रिम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-05-30