Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ र मेचीनगर नगरपालिका १३ धाईजनबाट असोज १२ गते एपीएफ टोलीले करीब ५ लाख ५२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, हार्डवेयरका सामान तथा किराना सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । यसैगरी बाँके जिल्लाको नरैनापुर गाँउपालिका ६ स्थित जमुनीबाट असोज १३ गते एपीएफ टोलीले करीब एक सय ५० क्वीन्टल चोरीनिकासीको केराउसहित एउटा ट्रयाक्टर बरामद गरेको छ । भे १ त ९७५४, भे १ त ५०१२ र भे १ त ७४७५ नम्बरको ट्रयाक्टरमा अवैध रुपले सेतो केराउ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गंगापुरबाट खटिएको एपीएफ टोलीले उक्त केराउसहित उल्लेखित ट्रयाक्टरसमेत बरामद गरेको हो । एपीएफ टोलीले बरामद ट्रयाक्टर तथा केराउ स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । ट्रयाक्टर र केराउको भन्सार दाखिला मूल्य २५ लाख ४७ हजार ५ सय रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भोक्राहाबाट खटिएको एपीएफ टोलीले सुनसरी जिल्लाको नरसिंह गाँउपालिका ६ फुलचोकबाट असोज १३ गते करीब दुई लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । एपीएफ टोलीले बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-06-13
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधी बरामद
टोलीद्वारा चोरीपैठारीको औषधी बरामद कैलाली, कैलाली जिल्लाको भजनी नगरपालिका ३ मौरियाभाटबाट असोज १२ गते एपीएफ टोलीले करीब पाँच लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियनस कम्पनीको औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । लाली, कैलाली जिल्लाको भजनी नगरपालिका ३ मौरियाभाटबाट असोज १२ गते एपीएफ टोलीले करीब पाँच लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियनस कम्पनीको औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
2076-06-13
APF News
एपीएफ टोलीद्वारा चाँदीसहित पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको मटीहानी नगरपालिका ९ स्थित हनुमान चोक ईलाकाबाट असोज १३ गते एपीएफ टोलीले एक लाख चार हजार रुपैयाँ बराबरको एक के.जी. चार सय १६ ग्राम चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २७ बर्षिय सुनिलकुमार ठाकुर र २० बर्षिय रोहितकुमार साह छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गणबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त चाँदीसहित पक्राउ गरेको हो । भारतीय नम्बर बी आर ३० एम ७९९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँद गर्दा उक्त चाँदी फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
2076-06-13
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ बाट असोज १२ गते एपीएफ टोलीले करीब पाँच लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४८९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा उक्त लत्ताकपडाको कुनै कागजपत्र फेला नपरेपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा बिरगंजबाट खटिएको एपीएफ टोलीले असोज १२ गते करीब एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र भाडावर्तन बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान बिरगंज महानगरपालिका १६ बाईपास रोड ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बिरगंजमा बुझाएको छ ।
2076-06-12
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको किराना सामान बरामद
काठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ स्थित हनुमान चोकबाट असोज १० गते एपीएफ टोलीले करीव आठ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बाराको सिम्रौनागढबाट ना ६ ख ४१४५ नम्बर यात्रुवाहक बसमा लुकाई छिपाई काठमाडौंतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको दुई हजार पाँच ३१ पिस लेडिज कुर्ता सुरुवाल सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेक्वा सुनसरीबाट खटिएको एपीएपफ टोलीले असोज १० गते चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । को २ ह ५२१९ नम्बरको अटो रिक्सामा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित कोशी व्यारेजबाट बरामद गरेको हो । बरामद सामान तथा उक्त अटो रिक्साको अन्दाजी मुल्य करीव तीन लाख ४७ हजार रुपैयाँ रहेको छ ।
2076-06-11
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित असोज ९ गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बस्ने ३८ बर्षिय अशोक गड्तौला छन् । भारतबाट नेपातर्फ आउँदै गरेका निज गड्तौलालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा डायजिल्याब १४ वटा, नोफिन १४ वटा र फेनेरगन १४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गड्तौलालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंजमा बुझाइएको छ ।
2076-06-10
APF News
एपीएफ टोलीद्वारा साढे १८ के.जी चाँदीसहित एक जना पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २२ बाट असोज १० गते एपीएफ टोलीले साढे १८ के.जी.चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको पिपरा गाँउपालिका ५ बस्ने ३० बर्षिय भरतकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त चाँदीसहित पक्राउ गरेको हो । ज ७ प ५७७१ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज साहलाई शंका लागि जाँच गर्दा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद चाँदी र मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ भने पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ । बरामद चाँदी र मोटरसाइकलको भन्सार दाखिला मूल्य १४ लाख २९ हजार ८ सय ९६ रुपैयाँ रहेको छ ।
2076-06-10
APF News
सशस्त्र प्रहरी बलको चार्डपर्व लक्ष्यीत ९१ सहायता कक्ष
काठमाडौं, चार्डपर्वलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न ९१ स्थानमा सहायता कक्ष राखेको छ । यात्रु तथा स्थानीय नागरिकलाई सघाउ पु¥याउने अभिप्रायले दशैं, तिहार तथा छठ पर्वलाई लक्ष्यीत गरेर सहायता कक्ष राखिएको हो । चार्डपर्व लक्ष्यीत सहायता कक्ष प्रदेश नम्बर १ मा २० स्थानमा राखिएको छ भने प्रदेश नम्बर २ मा ४७ स्थानमा तथा प्रदेश नम्बर ३ मा एक ठाउँमा, गण्डकी प्रदेशमा एक ठाउँमा, प्रदेश नम्बर ५ मा १६ ठाउँमा र सुदूरपश्चिम प्रदेशमा ६ ठाउँमा राखिएको छ । यी सहाताकक्षले स्थापनायता १ हजार ७ सय ७४ जना सेवाग्राहीलाई सेवा प्रदान गरिसकेका छन् । आवश्यक देखिएका अन्य स्थानहरुमा समेत सहायता कक्षहरु राखेर सेवा प्रदान गरिने छ ।
2076-06-10
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ बाट एपीएफ टोलीले असोज ९ गते १७ बोतल डाईलेक्स डिसी नामक लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला बेलाग्राम पञ्चायत ९ भैरवगञ्ज घर बताउने २५ वर्षिय ममताज मन्सुरी छन् । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका निज मन्सुरीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज मन्सुरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकही बुझाईएको छ ।
2076-06-09
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट असोज ९ गते एपीएफ टोलीले करीव चार लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालपतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५६ गुल्म हेक्वा गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले अ ावश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले असोज ९ गते चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । से १ प ५११८ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ स्थित भन्सार रोड ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको छ । बरामद लत्ताकपडा तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख ६ सय रुपैयाँ रहेको छ ।
2076-06-09
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा संचालित लैंगिक हिंसा बिरुद्ध अनुशिक्षण तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले असोज ०९ गते आयोजित एक समारोहका वीच सो तालिमको समापन गर्नुका साथै तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा तालिमको दौरानमा प्रशिक्षार्थीहरुले आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा भरपुर उपयोग गर्नुपर्ने चर्चा गर्नुहँुदै यस किसिमको तालिमले लैंगिक हिंसा सम्बन्धमा सचेतना अभिबृद्धि गरी सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालको छविलाई माथि उठाउन तथा जनताको मनमा बितृष्ण पैदा हुन नदिन व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै तालिममा सिकेका ज्ञानलाई आफुमा मात्र सिमित नराखी आफु मातहत कर्मचारीहरुलाई समेत सिकाउँदै लैंगिक हिंसा सम्बन्धमा सचेतना अभिबृद्धि गर्न योगदान पु¥याउनु पर्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले संगठनमा आवद्ध राष्ट्रसेवकहरु लैंगिक हिंसा सम्बन्धमा सधैं सचेत रहनु पर्ने उल्लेख गर्नुहँुदै घरपरिवारमा मात्र नभई समाजलाई नै लैंगिक मैत्री बनाउन सबैले आ-आफ्नो स्थानबाट योगदान पु¥याउनुपर्ने चर्चा गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै यस किसिमको तालिमले क्षमता अभिबृद्धि गर्नुका साथै लैंगिक हिंसा न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । तालिमको दौरान प्रशिक्षार्थीहरुलाई लैंगिक हिंसा न्यूनिकरण, लैंगिक हिंसा बिरुद्ध सचेतना लगायतका विविध विषयमा प्रशिक्षण दिईएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी तथा गणमा जेण्डर फोकल प्वईन्टको रुपमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना र सशस्त्र प्रहरी निरीक्षक २९ जना गरी कूल ३८ जना प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।
2076-06-09
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० स्थित आदर्शनगर ईलाकाबाट असोज ७ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुटको कपडा र कुर्ता सुरुवाल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बीरगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टालीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले असोज ८ गते करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सखुवाबाट बरामद गरेको हो ।
2076-06-08
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरीयाबाट असोज ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ५ बस्ने १९ वर्षिय संजय परियार छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले निज परियालाई जाँच गर्दा उनको साथमा स्पास्मो टयब्लेट ४६ वटा र नाईट्रोभेट ट्याब्लेट ५५ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका परियारलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट असोज ७ गते २५ बोतल वीनसिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ११ गोल्फीनटार बस्ने २५ वर्षिय रिजन लामिछाने छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज लामिछानेले हटकेशको कार्टुन भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज लामिछानेलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरी बुझाईएको छ ।
2076-06-08