Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ बाट कार्तिक ८ गते एपीएफ टोलीले बिभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिर्तामोड नगरपालिका ७ बस्ने २३ बर्षिय चन्दन साह र दमक नगरपालिका ८ बस्ने २५ वर्षीय बिशाल गुरुङ छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा फेनारगन ७ वटा, लुपिजेसिक ८ वटा र डाइजापाम ८ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-07-09
APF News
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व-पश्चिम लोकमार्गबाट कार्तिक ३ गते एपीएफ टोलीले करीब ६ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । बा ५ ख १४१० नम्बरको यात्रुवाहक बसमा अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीब ४ लाख ५८ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा, मोटर्स पाटर््स र हार्डवेयरका सामान बरामद गरेको छ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोड ईलाकाबाट कार्तिक ३ गते उक्त समान बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-07-03
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० बाट कार्तिक २ गते एपीएफ टोलीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका २ बस्ने ३० वर्षिय दिपेन्द्र लामा र सोही उपमहानगरपालिका ४ बस्ने ३१ वर्षिय फिरोज अन्सारी छन् । ना. १९ प १२६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा ओरेक्स २८ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-07-03
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका १ स्थित चौलियाबाट असोज २६ गते एपीएफ टोलीले करीब एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बी आर ३० ए ९१८८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलबारीबाट खटिएको एपीएफ टोलीले कैलाली जिल्लाको कैलारी गाँउपालिका ५ स्थित बलियाघाट ईलाकाबाट असोज २७ गते करीब एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट असोज २७ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीब एक लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको किराना सामान, मोबाईल सेट, कस्मेटिक सामान तथा फलफूल बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2076-06-27
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित भेलीमाबाट असोज २४ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । ना ३ ख १९१२ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट खटिएको एपीएफ टोलीले असोज २५ गते करीव दुई लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट बरामद गरिएको हो ।
2076-06-25
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित कनहवाबाट असोज २२ गते एपीएफ टोलीले ६० वटा नाईट्रभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा जिल्लाको कुर्था गाउँपालिका ६ चमारटोल बस्ने २३ वर्षिय सरोजकुमार चमार छन् । ज ७ प ८१९० नम्बरको मोटरसाईकलमा सवार निज चमारलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका चमारलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-06-23
APF News
सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न
काठमाडौं, बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा असोज २० गते सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो । बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले बडादशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।
2076-06-20
APF News
सशस्त्र प्रहरी बल नेपालद्वारा वडादशैंको अवसरमा निःशुल्क बस संचालन
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको पुनित अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ । बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु¥याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो । काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा प्रदान गर्न सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भ¥याङ, बनस्थली, वालाजुुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ भने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाईला, कलंकी, बल्खुुहुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ । सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ०८:०० बजेदेखि संचालन हुने छ । सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा यात्रुहरुलाई सहजता होस भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालसँग रहेका २ वटा बसहरु संचालनमा ल्याइने छ ।
2076-06-17
APF News
सशस्त्र प्रहरी बल, नेपालद्वारा १३४ पिङ हालियो
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले वडादशैंको पुनिट अवसरमा देशका विभिन्न ठाउँहरुमा स्थानीय वासिन्दाका लागि एक सय ३४ वटा पिङ हालेको छ । सशस्त्र प्रहरी बल, नेपालले स्थानीय वासिन्दाहरुलाई लक्षित गरी असोज १७ गते सम्म उक्त पिङ हालेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीले २४ वटा पिङ हालेको भने सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीले २४ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरले ११ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीले ८ वटा पिङ हालेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीले २६ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतले ४ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले २५ वटा र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले १२ वटा पिङ हालेको छ ।
2076-06-17
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाँड विजया दशमी, दिपावली तथा छठपर्वको पुनित अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्नुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज १६ गते सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालको शुभकामना सन्देशलाई सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा नजिकिदै आएको चाडपर्वको समयमा हुन सक्ने विभिन्न अपराधिका कृयाकलापहरुलाई मध्यनजर राख्दै आ-आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन समेत दिनुभयो । उहाँले राष्ट्र र जनताको सेवा र सुरक्षामा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीको त्यागको स्मरण गर्नुुहुँदै उहाँहरुको योगदानले नै सशस्त्र प्रहरी बल, नेपाल आज यो स्थानसम्म आई पुगेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले व्यक्तिगत स्वार्थ भन्दा पनि देश र जनताको सेवा र सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो भन्नुहुँदै जनताले हर्षोल्लासकासाथ चाडपर्व मनाउने वातावरणको सिर्जना गर्दै थप सजकताकासाथ परिचालन हुन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकको सहयोगका लागि देशका विभिन्न भागहरुमा सहायता कक्ष स्थापना गरि सेवा प्रदान गरिएको कुरा समेत बताउनुभयो । उहाँले राष्ट्र र संगठनले मलाई के दियो भन्दा पनि मैले राष्ट्र र संगठनलाई के दिन सक्छु भन्ने भावनकासाथ अगाडी बढ्नुपर्ने बताउनुहुँदै देश र जनताको सेवा, सुरक्षा तथा आपतविपद्मा उद्वार कार्यमा कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2076-06-16
APF News
नेपाल एपीएफ स्कूलद्वारा अभिभावक दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना
काठमाडौं, नेपाल एपीएफ स्कूल कीर्तिपुरले अभिभावक दिवसको अवसरमा असोज १६ गते विविध कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा आयोजित उक्त कार्यक्रमको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयोे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा उहाँले आजका बालबालिका भोलीका कर्णधार हुन् भन्नुहुँदै बिद्यार्थीबर्गले उच्च अनुशासनमा रहि शिक्षा आर्जन गर्न मेहनतकासाथ लाग्नुपर्ने बताउनुभयो । बालबालिकाको पहिलो पाठशाला नै घरपरिवार भएको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले विद्यार्थीको मनोभावनालाई बुझेर अभिभावकबर्गले समेत उचित अध्यापन गराउनु जरुरी रहेको बताउनुभयो । उहाँले हरेक अभिभावकले आफ्ना सन्ततीलाई असल शिक्षाका लागि विद्यालय पठाउने गरेको चर्चा गर्नुहँुदै सोही अनुरुप शिक्षक, शिक्षिकाहरुले समेत आफ्ना विद्यार्थीहरुलाई उच्च अनुशासनमा राख्दै आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउनुहुँदै विद्यार्थीबर्गले पनि अथक मेहनत र परिश्रमकासाथ प्रतिस्पर्धाको भावनाले अगाडी बढ्नुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ स्कूलले बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताउनुभयो । उहाँले नेपाल एपीएफ स्कुलको स्तरबृद्धिका लागि कीर्तीपुर नगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुहुँदै विद्यार्थीहरुको पठन पाठनमा समेत सहजता हुने कुरा बताउनुभयो । कार्यक्रममा विद्यालयका सह-प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल एपीएफ स्कुलले विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको चर्चा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपाल, शिक्षक, विद्यार्थी र अभिभावक लगायत सबैको सामुहिक प्रयासमा स्कूलले आगामी दिनहरुमा अझै उत्कृष्ट परिणाम हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुती गर्नुकासाथै आफुमा निहित प्रतिभाहरु प्रदर्शन गरेका थिए ।
2076-06-16
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट असोज १४ गते एपीएफ टोलीले करीव तीन लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले असोज १४ गते करीव एक लाख ६७ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । रौतहट जिल्लाको गौरबाट चपुरतर्फ जाँदै गरेको ना ३ ख ९८२४ नम्बरको यात्रुवाहक बसमा लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बसपार्क ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाएको छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ३ स्थित कुस्माबाट असोज १४ गते एपीएफ टोलीले एक लाख ४३ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोे सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-06-14