Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट एपीएफ टोलीले कार्तिक २४ गते करीव एक लाख ५९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले कार्तिक २३ गते करीव एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बा ३ ख ७५४७ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ६ स्थित सपगडा ईलाकाबाट बरामद गरेको हो ।
2076-07-24
APF News
एपीएफ टोलीद्वारा हिउँ चितुवाको छालासहित तीन जना पक्राउ
धनुषा, धनुषा जिल्लाको धनौजी गाँउपालिका २ बाट कार्तिक २२ गते एपीएफ टोलीले एउटा हिउँ चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको थिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २८ बर्षिय सुनिल ढुंगेल, ३९ बर्षिय शिवकुमार महतो र सोही जिल्लाको धनौजी गाँउपालिका ४ बस्ने ३६ बर्षिय जयराम मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले करीब साढे सात फिटको एउटा हिउँ चितुवाको छालासहित पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त छाला फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद छालासहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जनकपुरमा बुझाएको छ ।
2076-07-23
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ७ स्थित मेची पुलबाट कार्तिक २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्लाको बेलबारी नगरपालिका ७ बस्ने २२ बर्षिय बिशाल गुरुङ छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरुङलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा ईन्जेपाईन लुपिजेसिक ४९ वटा, ईन्जेक्सन ४९ वटा र हाईड्रोकोलिन ईन्जेक्सन ४९ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-07-23
APF News
सुरुङमा फसेका अर्का एकको शब फेला, कुल तीन शब निकालियो
बझाङ, बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फसेका अर्का एक जनाको शब एपीएफ टोलीले सो सुरुङबाट बाहिर निकालेको छ । दैलेख जिल्लाको गुराँस नगरपालिका ३ बस्ने ३० बर्षिय महेन्द्र शाहीको शब सोमबार बेलुका करीब सवा सात बजे सो सुरुङबाट बाहिर निकालिएको हो । त्यसअघि एपीएफ टोली र सोही हाईड्रो पावरका दुई जना कर्मचारीले सो सुरुङमा उनीसँगै फसेका अन्य दुई जनाको शब सोमबार अपरान्ह करीब ५ बजे सुरुङबाट बाहिर निकालेका थिए । शब निकालिएकाहरुमा अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका ६ बस्ने २४ बर्षिय महेन्द्र साउद र दैलेख जिल्लाको गुराँस नगरपालिका ३ बस्ने ३२ बर्षिय करन शाही छन् । उनीहरुसँगै उक्त सुरुङमा कूल चार जना फसेको बताइएको । उनीहरुसहितका ४ जना व्यक्तिहरु हिजो दिउँसो सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधिन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए । उक्त सुरुङमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष टोली आवश्यक उद्धार सामाग्रीसहित आज समिट एयरको हेलिकप्टरद्वारा त्यसठाउँमा उद्धार कार्यको लागि खटिई गएको थियो ।
2076-07-18
APF News
सुरुङमा फसेका मध्ये दुई जनाको शब एपीएफ टोलीले निकाल्यो
बझाङ, बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फसेर मृत्यु भएका दुई जनाको शब सुरुङबाट बाहिर निकालिएको छ । एपीएफ टोली र सोही हाईड्रो पावरका दुई जना कर्मचारीले सोमबार अपरान्ह करीब ५ बजे उक्त शब सो निर्माणाधिन सुरुङबाट बाहिर निकालेको हो । मृत्यु हुनेहरुमा अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका ६ बस्ने २४ बर्षिय महेन्द्र साउद र दैलेख जिल्लाको गुराँस नगरपालिका ३ बस्ने ३२ बर्षिय करन शाही छन् । उनीहरुसहितका ४ जना व्यक्तिहरु हिजो दिउँसो सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधिन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए । उक्त सुरुङमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष टोली आवश्यक उद्धार सामाग्रीसहित आज समिट एयरको हेलिकप्टरद्वारा त्यसठाउँमा उद्धार कार्यको लागि खटिई गएको थियो ।
2076-07-18
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
कैलाली, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोड ईलाकाबाट कार्तिक १६ गते एपीएफ टोलीले ४७ बोतल कोरेक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको लक्ष्मीपुरछिरी उत्तर प्रदेश घर बताउने ३१ बर्षिय महोमद आफजल र २५ बर्षिय रहेमद अली छन् । यूपी ३१ जे ४१०७ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-07-16
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित पूर्व-पश्चिम लोकमार्गबाट कार्तिक १० गते एपीएफ टोलीले करीब ४ लाख २५ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा जु्त्ताचप्पल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४०३६ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा नक्कली बिल बनाई अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको हो । बरामद लत्ताकपडा तथा जुत्ताचप्पल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले कार्तिक १० गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वरबाट करीब एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
2076-07-10