Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट मंसीर ८ गते एपीएफ टोलीले करीव एक लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा तथा मेशिनरी सामान सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले मंसीर ८ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बसपार्क ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुुझाईएको छ ।
2076-08-08
APF News
नेपाल भारत समन्वय बैठक सम्पन्न
काठमाडौं, नेपाल र भारतका अधिकारीहरु सम्मीलित समन्वय बैठक शुक्रबार सकिएको छ । बुधबारदेखि कास्की जिल्लाको पोखरामा भएको उक्त नियमित बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरी बलका बरीष्ठ अधिकृतहरु तथा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो । तीन दिनसम्म संचालित उक्त बैठकमा भारतको तर्फबाट सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोलीको सहभागिता रहेको थियो । नेपाल र भारतको सुरक्षा प्रमुख तहमा द्विपक्षीय वार्ता भएको यो चौथो अवसर हो । दुई देशका सुरक्षा प्रमुख स्तरमा हुने यस्ता समन्वय बैठकले दुवै देशका सुरक्षा निकाय बीच सम्बन्ध विस्तार हुन मद्दत पुग्नुकोसाथै प्रभावकारी सुरक्षा व्यवस्था एवं सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि यस्ता समन्वय बैठक फलदायी हुने विश्वास लिएको छ । बुुधबार देखि शुक्रबार सम्म तीन दिन भएको उक्त बैठकमा दुबै देशका अधिकारीहरुबाट हार्दिकता पूर्वक आफ्नो कुरा राख्दै सुझाव र अनुभवको आदान प्रदान समेत भएको थियो । उक्त बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकोले आवश्यक सहयोग आदान प्रदान गर्ने निर्णय भएको छ । यसैगरी सुचनाको आदान प्रदान गर्ने र यसका लागि विभिन्न तहमा विभिन्न समयमा आवश्यकता अनुसार दुवै देशका सुरक्षा अधिकारीहरु सम्मीलित बैठकको आयोजना गर्ने निर्णय समेत भएको छ । यसैगरी विभिन्न प्रकारका चार्डपर्वका अवसरहरुमा दुवै देशका नागरिकलाई सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन दुवै देशका सुरक्षाकर्मी सम्मीलित सहायता कक्षलाई निरन्तरता दिइने सहमति भएको छ । सीमा व्यवस्थापनलाई मजवुद बनाई राख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गरिने सहमति भएको सो बैठकमा दुवै देशले आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोकिदै आएकोमा सो कार्यलाई निरन्तरता दिइने निर्णय भएको छ । दुवै देशका सुरक्षाकर्मीबाट नियमित रुपमा ‘गुडविल भिजिट’को आदान प्रदान गर्ने निर्णय भएको सो बैठकमा अन्तर्देशिय व्यावसायिक तालिमहरुमा दुवै देशका सुरक्षाकर्मीहरुको सहभागिता गराउने सहमति समेत भएको छ । सो बैठकमा तेश्रो देशका नागरिकबाट नेपाल-भारत सीमा क्षेत्रमा हुनसक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निग्रानी बढाउने सहमति समेत भएको छ । यसैगरी बैठकले पाँचौ नेपाल-भारत समन्वय बैठक आगामी वर्ष भारतमा हुने निर्णय गरेको छ ।
2076-08-06
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ उल्ली स्थित सिमा ईलाकाबाट मंसीर ५ गते एपीएफ टोलीले करीव एक लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुई वटा मोटरसाईकलमा राखेर ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसबेला उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरिएको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले मंसीर ५ गते करीव एक लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट बरामद गरेको हो । बरामद सामान बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
2076-08-05
APF News
एपीएफ टोलीद्वारा चौपायासहित पक्राउ
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका १२ स्थित भुमहीबाट मंसीर ५ गते एपीएफ टोलीले करीव सात लाख २५ हजार रुपैयाँ बराबरको चौपायासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ५ बस्ने ४१ वर्षिय सुनिल भुजेल छन् । सशस्त्र प्रहरी बल, नेपाल जिल्ला कमाण्ड पोष्ट परासीबाट खटिएको एपीएफ टोलीले ना ५ ख १३४१ नम्वरको ट्रकमा जाँच गर्दा बिना कागजपत्र उल्लेखित मुल्य बराबरको २९ वटा गोरु ल्याउदै गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त ट्रकसमेत बरामद गरेकोे छ । एपीएफ टोलीले निज भुजेललाई बरामद गोरु तथा ट्रकसहित आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको छ । उक्त गोरु तथा ट्रकको भन्सार दाखिला मुल्य ३७ लाख २५ हजार रुपैयाँ रहेको छ ।
2076-08-05
APF News
एपीएफ टोलीद्वारा अवैध रुपमा बालुवा बोकेको ट्याक्टरसहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ सखुवाबाट मंसीर ५ गते एपीएफ टोलीले अवैध रुपमा बालुवा बोकेको ट्याक्टर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षिय अर्जुन राय छन् । ज १ त ९३७२ नम्वरको ट्याक्टरमा नेपालबाट भारततर्फ अवैध रुपले बालुवा लैजादै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका निज रायलाई बरामद बालुवा तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य आठ लाख तीन हजार रुपैयाँ रहेको छ ।
2076-08-05
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका १ स्थित रामनगरबाट कार्तिक ३ गते एपीएफ टोलीले पाँच बोतल एक्जीप्लोन नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिवास नगरपालिका १४ बस्ने ३१ वर्षिय ओमप्रकाश साह र ३० वर्षिय राजेन्द्र ठाकुर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ग ३ प ५६४९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-08-04
APF News
एपीएफ टोलीद्वारा चोरीपौठारीको सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट मंसीर ३ गते एपीएफ टोलीले करीव दुई लाख ६६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको हार्डवयरका सामान तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । यसैगरी धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट मंसीर ३ गते एपीएफ टोलीले करीव पाँच लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपति नगरबाट मंसीर ३ गते एपीएफ टोलीले करीव एक लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका उक्त सामान सशस्त्र प्रहरी निरीक्षक पवन खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित हिलेबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाएको छ ।
2076-08-03
APF News
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
काठमाडौं, रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ७ स्थित डुमरियाबाट मंसीर २ गते एपीएफ टोलीले करिव आठ लाख ५० हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ । ना २ ख ६३०४ नम्वरको ट्रकमा अवैध रुपमा लोड गरि राखेको अवस्थामा उल्लेखित रुपैयाँ बराबरको ८५ क्विन्टल प्याज सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसबेला एपीएफ टोलीले उक्त प्याज लोड गरि राखेको ट्रक समेत बरामद गरेको छ । उक्त ट्रकको भन्सार मुल्य २५ लाख रुपैयाँ रहेको छ । एपीएफ टोलीले बरामद प्याज तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १ गते करिव पाँच लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७१२० नम्वरको यात्रुवाहक बसमा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा मोवाईल सेट एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्कको तीनकुनेबाट बरामद गरेको हो । बरामद सामान सेतुबन्धु भन्सार कार्यालय हरिपुर सुनसरीमा बुझाईएको छ ।
2076-08-02
APF News
एपीएफ टोलीद्वारा सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित तीनकुनेबाट मंसीर १ गते एपीएफ टोलीले करिव पाँच लाख ५६ हजार रुपैयाँ बराबरकोे लत्ताकपडा बरामद गरेको छ । काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४८१७ नम्वरको यात्रुवाहक बसबाट उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले मंसीर १ गते करिव दुई लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट बरामद गरेको हो । बरामद सामान बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
2076-08-01
APF News
एपीएफ टोलीद्वारा चौपायासहित छ जना पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको देवदह नगरपालिका ९ स्थित घोडाहा ईलाकाबाट कार्तिक ३० गते एपीएफ टोलीले करिव २३ लाख ७३ हजार रुपैयाँ बराबरको चौपायासहित छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ९ बस्ने ४३ वर्षिय प्रेम पण्डित, काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका ७ भिम ढुङ्गा बस्ने ३३ वर्षिय उमेश खत्री, दाङ्ग जिल्लाको गढवा गाँउपालिका ५ बस्ने २५ वर्षिय अभिषेक यादव, बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ बस्ने ३४ वर्षिय ईश्वर पाण्डे, सोही गाँउपालिका १५ बस्ने १९ वर्षिय दिलिप सुनाखर र १८ वर्षिय राजु सुनाखर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ७ ख ३४०, ना ६ ख ६६४८ र ना ५ ख ६६४१ नम्वरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको ६ सय ७८ बटा खसीसहित उनीहरलाई पक्राउ गरिएको हो । उनीहरु सो ट्रकका चालक तथा सहचालक हुन । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद खसी तथा उक्त ट्रकसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ । उक्त खसी तथा ट्रकको भन्सार मुल्य एक करोड १३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
2076-08-01
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक २९ गते एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बीरगंज महानगरपालिका ३२ चोहर्नी बस्ने २४ वर्षिय नरेश महतो छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज महतोलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम ५० वटा, नोफिन ५० वटा र फेनारगन ४७ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बीरगंजमा बुझाएको छ ।
2076-07-30
APF News
एपीएफ टोलीद्वारा चौपाया बरामद
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १४ स्थित चौपाताबाट कार्तिक २८ गते एपीएफ टोलीले करीव दुई लाख ६२ हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३५ वटा खसी तथा बोका सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद खसी महेशपुर भन्सार कार्यलयमा बुझाएको छ । यसैगरी सोही जिल्ल्लाको बर्दघाट नगरपालिका ९ स्थित जिमिरेभारबाट कार्तिक २७ गते एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले करीव दुई लाख ४५ हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३४ वटा खसी तथा बोका सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद खसी महेशपुर भन्सार कार्यलयमा बुझाएको छ ।
2076-07-28
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ डण्डाबाट कार्तिक २६ गते एपीएफ टोलीले करिव एक लाख १४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले कार्तिक २६ गते करिव एक लाख नौ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ५ बाट बरामद गरेको हो । बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।
2076-07-27