Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित उर्लैयाबाट मंसीर १७ गते एपीएफ टोलीले करीव चार लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको साउण्ड सिस्टम बरामद गरेको छ । भारतबाट अवैध रुपले रथमा राखेर ल्याउँदै गरेको उक्त साउण्ड सिस्टम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद साउण्ड सिस्टम तथा रथ भन्सार कार्यालय मलंगवामा बुझाएको छ । उक्त रथको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी झापा जिल्लाको हल्दीवारी गाउँपालिका ४ स्थित कञ्चनश्रीबाट मंसीर १६ गते एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको हो । मे ४ प ७९४ नम्वरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । उक्त सामानको भन्सार दाखिला मुल्य दुई लाख २८ हजार दुई सय ७१ रुपैयाँ रहेको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते करीव एक लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स तथा ईलेक्ट्रोनिक सामान एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
2076-08-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ स्थित सन्तगंजबाट मंसीर १५ गते एपीएफ टोलीले करीव तीन लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठबाट खटिएको एपीएफ टोलीेले बरामद गरेको हो । त्यसबेला सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान छाडि भागि फरार भएका थिए । यसैगरि रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बडहराबाट मंसीर १६ गते एपीएफ टोलीले करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । गौरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ३ ख ५०३४ नम्वरको यात्रुवाहक बसबाट उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट करीव एक लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ८९०९ नम्वरको यात्रुवाहक बसमा एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लत्ताकपडाको बिल नभेटिएपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेज सुनसरीमा बुझार्ईएको छ ।
2076-08-16
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागुऔषधसहित पक्राउ
मकवानपुर, मकवानपुर जिल्लाको हेटौडा उपहानगरपालिका १५ स्थित नयाँबस्तीबाट मंसीर १२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २ संगम चोक बस्ने ३२ वर्षिय रामजी बानियाँ छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेक्वा मकवानपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ४ ख ६१५४ नम्बरको यात्रुवाहक बसमा सवार निज बानियाँलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम १ सय ५० वटा, फेनारागन १ सय ५० वटा र १ सय ५० वटा नोफिन फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट करीव एक लाख १२ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा समेत बरामद गरेको छ । एपीएफ टोलीले निज बानियाँलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
2076-08-13
APF News
एपीएफ टोलीद्वारा चोरीनिकासीको छोकडासहित तीन जना पक्राउ
बारा, बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ बाट मंसीर १३ गते एपीएफ टोलीले चोरीनिकासीको छोकडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ बस्ने ३५ वर्षिय प्रमोद महतो, ३३ वर्षिय राकेश कुश्वाहा र १९ वर्षिय दिपककुमार कुश्वाहा छन् । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थमा पाँच क्वीन्टल ५० के.जी. छोकडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । उक्त छोकडाको भन्सार दाखिला मुल्य करीव ७४ हजार रुपैयाँ रहेको छ ।
2076-08-13
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित जंगल टोलबाट एपीएफ टोलीले मंसीर ११ गते करीव दुई लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलेक्ट्रोनिक्स सामान तथा प्रिन्टर सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक मानबहादुर शाहीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले मंसीर ११ गते करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ३ स्थित फुलवरीयाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा मार्डर भन्सार कार्यालय सिरहामा बुझाईएको छ । यसैगरी बारा जिल्लाको पचरौता नगरपालिका ४ स्थित ईनरुवाबाट मंसीर १२ गते एपीएफ टोलीले करीव एक लाख छ हजार रुपैयाँ बराबरको चोरीपैठारीको टुथपेष्ट बरामद गरेको छ । बीआर ०५ एबी १४७२ भारतीय नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त टुथपेष्ट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वेलदारीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै सामान तथा मोटरसाईकल छाडी फरार भएका थिए ।
2076-08-12
APF News
विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
पर्सा, पर्सा जिल्लाको पर्सागढी नगरपालिका २ कटहरीयाबाट मंसीर १० गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ३ बस्ने १९ वर्षिय अभिषेक अधिकारी र धनुषा जिल्लाको बटेश्वर गाउँपालिका ७ बस्ने ३० वर्षिय सुनिल सिंह छन् । भारतबाट मोेटरसाईकलमा नेपालतर्फ आउदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बागेश्वरी तित्रौनाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन १ पत्ता, कोरेक्स १ बोतल, स्पास्मो ७ प्याकेट र दुई सय ग्राम गाँजा फेला परेपछि उनीहरुलाई उक्त मोटरसाईकलसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-08-11
APF News
एपीएफ टोलीद्वारा साजको गोलिया काठसहित पक्राउ
बाँके, बाँके जिल्लाको बैजनाथ गाउँपालिका २ स्थित पितमारीबाट मंसीर १० गते एपीएफ टोलीले करीव ८ क्यूफिट साजको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बैजनाथ गाउँपालिका ३ बस्ने ३६ वर्षिय चन्द्रबहादुर थारु छन् । सोही ठाउँको औद्योगिक क्षेत्र लिमिटेड नौवस्ताको नाममा रहेको जंगलमा काठ काटिरहेको अवस्थामा निज थारुलाई सशस्त्र प्रहरी बल, नेपाल जवान तालिम शिक्षालय नौवस्ताबाट खटिएको एपीएफ टोलीले उक्त साजको तीन वटा गोलिया काठ तथा उक्त काठ काट्न प्रयोग भएको आरासहित पक्राउ गरेको हो । एपीएफ टोलीले बरामद गोलिया काठ डिभिजन वन कार्यालय कोहलपुरबाट खटिएको टोलीलाई बुझाएको छ ।
2076-08-11
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
बारा, बारा जिल्लाको देवताल गाउँपालिका ३ स्थित अमुवाबाट मंसीर ११ गते एपीएफ टोलीले करीव तीन लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको देवताल गाउँपालिका १ बस्ने २४ वर्षिय चन्द्रेश्वर साह छन् । भारतबाट अवैध रुपले दुईवटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामानसहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, बोर्डर आउट पोष्ट मटिअर्वा र सुरक्षा वेश बेलौनीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसबेला लत्ताकपडा ल्याउने व्यक्तिहरुमध्ये निज साहलाई एपीएफ टोलीले उक्त मोटरसाइकलसहित पक्राउ गरेको छ भने अर्का व्यक्ति मोटरसाइकल तथा सामान छाडी फरार भएका थिए । एपीएफ टोलीेले निज साहलाई बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।
2076-08-11
APF News
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा ‘लैङ्गिक मूल्यांकन तथा लैंङ्गिक उत्तरदायी बजेट’ सम्बन्धि कार्याशाला गोष्ठिको आयोजना
काठमाडौं, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंसीर ९ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा ‘लैंङ्गिक मूल्यांकन तथा लैंङ्गिक उत्तरदायी बजेट’ सम्बन्धि कार्याशाला गोष्ठि आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालले यूएनडिपी संगको सहकार्यमा आयोजना गरेको सो गोष्ठिको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल र यूएनडिपीका आवासीय प्रतिनिधि सुश्री आईसानी लावेले पानशमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानले समाजमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपाल विभिन्न निकायहरुसँग सहकार्य गर्दै यस्ता खालका हिंसा न्यूनिकरणमा निरन्तर सकृय रहेको उल्लेख गर्नुभयो । यूएनडिपीका आवासीय प्रतिनिधि लावेले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको महत्वबारे प्रकाश पार्नुहुँदै महिला तथा वालवालिकाहरुको सुरक्षा तथा लैंङ्गिक हिंसा न्यूनिकरणमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उक्त कार्यक्रममा यूएनडिपीका विन्दा मगर र निग्मा ताम्राकारले लैंङ्गिक समानता र लैंङ्गिक उत्तरदायी बजेट विषयमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपालले लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत मंसीर १० गते एपीएफ स्कूल कीर्तिपुर, मंसीर १२ र १३ गते सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता बाँके, मंसीर १५ र १६ गते हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, मंसीर १८ र १९ गते सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासी तथा मंसीर २३ र २४ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा विविध विषयमा जनचेतना मूलक कक्षा संचालन तथा लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ ।
2076-08-09
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ चारकुने स्थित सीमा ईलाकाबाट मंसीर ८ गते एपीएफ टोलीले करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान सेतुबन्ध मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाईएको छ । यसैगरि सोही जिल्लाकै कोशी गाउँपालिका ८ हनुमान मन्दिर स्थित सीमा ईलाकाबाट मंसीर ९ गते एपीएफ टोलीले करीव एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट सशस्त्र प्रहरी निरीक्षक पे्रमसिंह विष्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान सेतुबन्ध मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ ।
2076-08-09
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट मंसीर ८ गते एपीएफ टोलीले दुई लाख ६४ हजार दुई सय भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार चम्पारण घर बताउने ३६ वर्षिय बिकास कुमार छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट सशस्त्र प्रहरी निरीक्षक मोहनबहादुर के.सी.को कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । बीआर ०५ एक्स ७५३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार निज कुमारलाई शंका लागि जाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याउँदै गरेको दुई हजार दरको २४ थान, पाँच सय दरको ९९ थान, दुई सय दरको ६ सय थान र एक दरको ४ सय ६७ थान भारतीय रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज कुमारलाई बरामद भारतीय रुपैयाँ तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
2076-08-09
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्ट्ससहित पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको गौशाला नगरपालिका १ स्थित रामनगरबाट मंसीर ७ गते एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल पार्ट््ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ३ धुमथान बस्ने ३० वर्षिय सुकमान कामी छन् । गौशालाबाट बर्दिवासतर्फ जाँदै गरेको बा ५ च ३४४२ नम्वरको मारुती भ्यानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उल्लेखित मुल्य बराबरको चोरीपैठारीको मोवाईल पार्ट्स फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज कामीलाई बरामद मोवाईल पार्ट्स तथा उक्त भ्यानसहित आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।
2076-08-08