Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
सिरहा, सिरहा जिल्लाको सिरहा नरपालिका १७ स्थित खैरटोकाबाट मंसीर २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कर्जन्हा नगरपालिका ११ बस्तीपुर बस्ने ३० वर्षिय रोशन यादव र सोही नगरपालिका १ बल्टिया बस्ने १८ वर्षिय रामबावु कापर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारताबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी एक बोतल, नाईट्रोजन ट्याब्लेट चार वटा र स्पास्मो ट्याब्लेट चार वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।
2076-08-23
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
सिरहा, सिरहा जिल्लाको सिरहा नरपालिका १७ स्थित खैरटोकाबाट मंसीर २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कर्जन्हा नगरपालिका ११ बस्तीपुर बस्ने ३० वर्षिय रोशन यादव र सोही नगरपालिका १ बल्टिया बस्ने १८ वर्षिय रामबावु कापर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारताबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी एक बोतल, नाईट्रोजन ट्याब्लेट चार वटा र स्पास्मो ट्याब्लेट चार वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।
2076-08-23
APF News
भगोडाखाली भई कैद सजाय तोकिएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक सिलवाल एपीएफ टोलीद्वारा पक्राउ
काठमाडौं, करीव १० वर्ष अघि तालिमको लागि सशस्त्र प्रहरी बलबाट विदेश गएको बेला उतैबाट भागेर कार्यालयको कुनै सम्पर्कमा नआई भगोडाखाली भएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक उमेश सिलवाललाई सशस्त्र प्रहरी बल, नेपालले पक्राउ गरेको छ । निज सिलवाल भगोडा भएको पुष्टि गर्दै सशस्त्र प्रहरी बिशेष अदालतबाट गत वर्ष २०७५ साल भदौ ३१ गते निज सिलवाललाई तीन वर्ष कैद सजायको पैmसला भएको थियो । कैद सजायको पैmसलापछि लुकिछिपि बसेका निज सिलवाललाई एपीएफ टोलीले पक्राउ गरेको हो । उनलाई आईतबार महान्यायाधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानुनी प्रकृया पुरा गरी डिल्ली बजार कारागार सदरखोरमा बुझाईएको छ । ललितपुरको गोदावरी नगरपालिका ३ घर भएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक सिलवाल अमेरिकामा संचालन भएको ‘भिआईपी प्रोटेक्सन ट्रेनिङ’मा गएको बेला तालिम सकाएपछि उतैबाट भागेर कार्यालयको कुनै सम्पर्कमा नआई भगोडा खाली भएका थिए । उक्त तालिम झण्डै १० वर्ष अघि २०६७ साल फागुन ३० गतेदेखि चैत्र १८ गतेसम्म संचालन भएको थियो । उक्त तालिम समापन भएको पर्सी पल्ट नेपाल फर्कने क्रममा अमेरिकास्थित एयरपोर्टबाटै वि.सं. २०६७ साल चैत्र २० गते निज सिलवाल कोही कसैलाई कुनै जानकारी नगराई भागेका थिए । सशस्त्र प्रहरी विशेष अदालतबाट निजले सशस्त्र प्रहरी बलको सेवा छाडी भागेको पुष्टि गर्दै निजलाई सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ (४) को खण्ड (ज) बमोजिम उल्लेखित अवधि कैद सजायको फैसला भएको थियो । त्यसयता पनि फरार रहेका निज सिलवाललाई एपीएफ टोलीले ललितपुर जिल्लाको लगनखेलबाट पक्राउ गरेको हो ।
2076-08-22
APF News
एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ भडरीबाट मंसीर २१ गते एपीएफ टोलीले ७ लाख ८२ हजार ७ सय २८ रुपैयाँ बराबरको एक सय २६ ग्राम एक सय मिलि ग्राम सुन तथा ५ लाख ५ हजार ६४ रुपैयाँ बराबरको ६ केजी ८ सय ५० ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी गोब्राही घर बताउने ४० बर्षिय जयप्रकाश यादव छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवढियाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई जाँच गर्दा उल्लेखित सुन र चाँदी फेला परेपछि पक्राउ गरिएको हो ।
2076-08-21
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बाँके जिल्लाको जानकी गाउँपालिका १ स्थित साईगाउँबाट मंसीर २० गते एपीएफ टोलीले करीव दुई लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ स्थित डण्डा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट मंसीर २० गते एपीएफ टोली र नेपाल प्रहरीले करीव तीन लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्याज बरामद गरेको छ । लु २ च ६०३० नम्बरको बलेरो पिकअप गाडीमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त प्याज सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले बरामद गरेको हो ।
2076-08-20
APF News
गोली लोड रहेको अवैध पेस्तोल एपीएफ टोलीद्वारा बरामद
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित लच्का भन्ने स्थानबाट एपीएफ टोलीले मंसीर २० गते पाँच राउण्ड गोली लोड अवस्थामा रहेको एउटा पेस्तोल बरामद गरेको छ । सोही स्थानमा रहेको भिट्टामोड जलेश्वर सडकखण्डको रातु खोलाको पुलको पूर्वतर्फ खरघारीबाट ७.६५ एमएम लेखेको उक्त पेस्तोल तथा सोको पाँच राउण्ड गोली र एक थान म्याग्जीन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद पेस्तोल तथा गोली र म्याग्जीन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।
2076-08-20
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते एपीएफ टोलीले करीव तीन लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवडीयाबाट खटिएको एपीएफ टोलीले मंसीर १९ गते करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुर्तीजन्य पदार्थ, मोटर पाटर््स तथा लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठाबाट बरामद गरेको हो । यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित टंकपसरीबाट मंसीर १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त कस्मेटिक सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले मंसीर १९ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १४ स्थित बालेगाँउबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ ।
2076-08-19
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सानो धवौलीबाट मंसीर १७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको एकडाँडा गाउपालिका ३ बस्ने २४ वर्षिय पप्पुकुमार मण्डल र जलेश्वर नगरपालिका ६ सानो धवौली बस्ने ३२ वर्षिय रोशनकुमार मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ज १२ प ८३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पप्पुकुमार मण्डललाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा प्रोमेथाईजीन हाईड्रोक्लोराईड ईन्जेक्सन ९८ वटा, बुप्रेनोर्फिन ईन्जेक्सन १ सय वटा, डाईजापाम ईन्जेक्सन १ सय वटा र नाईट्राजेपाम ट्याब्लेट ९ सय वटा फेला परेको तथा सो लागूऔषधसंग रोशनकुमार मण्डलको समेत संलग्नता रहेको खुल्न आएपछि दुवै जनालाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।
2076-08-18
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित उर्लैयाबाट मंसीर १७ गते एपीएफ टोलीले करीव चार लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको साउण्ड सिस्टम बरामद गरेको छ । भारतबाट अवैध रुपले रथमा राखेर ल्याउँदै गरेको उक्त साउण्ड सिस्टम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद साउण्ड सिस्टम तथा रथ भन्सार कार्यालय मलंगवामा बुझाएको छ । उक्त रथको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी झापा जिल्लाको हल्दीवारी गाउँपालिका ४ स्थित कञ्चनश्रीबाट मंसीर १६ गते एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको हो । मे ४ प ७९४ नम्वरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । उक्त सामानको भन्सार दाखिला मुल्य दुई लाख २८ हजार दुई सय ७१ रुपैयाँ रहेको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते करीव एक लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स तथा ईलेक्ट्रोनिक सामान एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
2076-08-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ स्थित सन्तगंजबाट मंसीर १५ गते एपीएफ टोलीले करीव तीन लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठबाट खटिएको एपीएफ टोलीेले बरामद गरेको हो । त्यसबेला सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान छाडि भागि फरार भएका थिए । यसैगरि रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बडहराबाट मंसीर १६ गते एपीएफ टोलीले करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । गौरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ३ ख ५०३४ नम्वरको यात्रुवाहक बसबाट उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट करीव एक लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ८९०९ नम्वरको यात्रुवाहक बसमा एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लत्ताकपडाको बिल नभेटिएपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेज सुनसरीमा बुझार्ईएको छ ।
2076-08-16
APF News
एपीएफ टोलीद्वारा चोरीनिकासीको छोकडासहित तीन जना पक्राउ
बारा, बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ बाट मंसीर १३ गते एपीएफ टोलीले चोरीनिकासीको छोकडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ बस्ने ३५ वर्षिय प्रमोद महतो, ३३ वर्षिय राकेश कुश्वाहा र १९ वर्षिय दिपककुमार कुश्वाहा छन् । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थमा पाँच क्वीन्टल ५० के.जी. छोकडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । उक्त छोकडाको भन्सार दाखिला मुल्य करीव ७४ हजार रुपैयाँ रहेको छ ।
2076-08-13