Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेची नगरपालिका ६ स्थित बसपार्क ईलाकाबाट पौष १० गते एपीएफ टोलीले करीव दुई लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको कस्मेटिक सामान, लत्ताकपडा तथा औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गुल्म हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोलीले पौष ११ गते करीव एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सुर्यायीबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
2076-09-11
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट पौष ८ गते एपीएफ टोलीले दुई लाख ७० हजार भारतीय रुपैयाँसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ३ बस्ने ३० वर्षिय सन्तोषकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको २ सय वटा, दुई सय दरको २ सय वटा र एक सय दरको १ हजार ३ सय वटा भारतीय नोट फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।
2076-09-09
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट एपीएफ टोलीले पौष ८ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बीरगंज महानगरपालिका १२ बस्ने ३१ वर्षिय सुरज बेलदार छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको निज बेलदारलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट डाईजोपाम १५ वटा, नोफिम १५ वटा र फेनारगन १५ वटा फेलापरे पछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज बेलदारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानिय प्रहरीमा बुझाएको छ ।
2076-09-08
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ कोशी व्यारेज स्थित सीमा ईलाकाबाट पौष २ गते एपीएफ टोलीले करीव एक लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको एक सय ७० के.जी. प्याज, लत्ताकपडा तथा मेसिनरी सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पौष १ गते करीव एक लाख ३५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा स्टेशनरी सामान एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका १ स्थित डण्डा ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ ।
2076-09-02
APF News
लागूऔषधसहित पक्राउ
रौतहट, रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बाट एपीएफ टोली र नेपाल प्रहरीले पौष १ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको बृन्दावन नगरपालिका ४ हरैया बस्ने धिरज राय यादव छन् । बी आर ३० यू ६७४५ नम्वरको भारतीय मोटरसाईकलमा नेपालतर्फ आउदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट तीन सय वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको प्रहरी चौकी बंकुलमा बुझाईएको छ
2076-09-02
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका ४ स्थित बसपार्क ईलाकाबाट पौष १ गते एपीएफ टोलीले करीव पाँच लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको ४८० जोर लेडिज उनी सुट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर थारुको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय जमुनाहमा बुझाएको छ । यसैगरि सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्वीटोलबाट पौष १ गते एपीएफ टोलीले करीव एक लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, सुर्ती तथा बिभिन्न औषधीहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पौष १ गते करीव एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ साईकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा हार्डवेयरको सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।
2076-09-01
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ बाट एपीएफ टोलीले मंसीर ३० गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ४ जुटविकास बस्ने १९ वर्षिय आयुस चौधरी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले निज चौधरीलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम १० वटा र स्पास्मो प्राक्सिभन प्लस ट्याब्लेट ३ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । एपीएपफ टोलीले पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।
2076-08-30