Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको ब्ल्याङकेटसहित पक्राउ
बारा, बारा जिल्लाको कलैया उपमहानगरपालिका १० स्थित मटिअर्वा नहरबाट एपीएफ टोलीले माघ ५ गते करीव आठ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ब्ल्याङकेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतमा घर बताउने २२ वर्षिय सुनिल कुमार छन् । एचआर ६९ बी ७५५८ नम्बरको भारतीय ट्रकमा राखेर ल्याउँदै गरेको उक्त ब्ल्याङकेटसहित निज कुमारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त ब्ल्याङकेट ल्याउन प्रयोग भएको उक्त ट्रक समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका निज कुमारलाई बरामद ब्ल्याङकेट तथा उक्त ट्रकसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । बरामद ट्रकको भन्सार दाखिला मुल्य नौ लाख ९१ हजार एक सय ९२ रुपैयाँ रहेको छ ।
2076-10-06
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिया चोकबाट माघ ६ गते एपीएफ टोलीले करीव दुई लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलोक्ट्रोनिक्स सामान, लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलराबाट खटिएको एपीएफ टोलीले माघ ६ गते करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बलरा नगरपालिका ५ स्थित अर्नाबाट बरामद गरेको हो ।
2076-10-06
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चौथो समुहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को माघ ३ गते समापन गर्नुभयो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गर्नुभयो । सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनाल तथा प्रा.डा. भुसालले उक्त विशेष समारोहमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षक किरण ढुंगानालाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उक्त कोर्ष पश्चात मध्यम तहका एपीएफ अधिकृतहरु भोलीका दिनमा व्यावसायिक क्षेत्रमा कुशल क्षमताकासाथ कार्यसम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्षेत्रमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न सो कोर्ष फलदायी रहने चर्चा गर्नुहँुदै भविष्यमा संगठनको नेतृत्व तहमा पुग्न समेत उक्त कोर्ष उपयोगी रहने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सोही अवसरमा देशभर खटिएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र जनताको सेवा, सुरक्षा तथा सहयोग एवं आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा व्यावसायिक ढंगले कृयाशिल रहन निर्देशन समेत दिनुभयो । उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गर्नुभयो । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले शिक्षा सधैं शक्तिशाली रहने चर्चा गर्नुहुँदै एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष सशस्त्र प्रहरी अधिकृतहरुलाई व्यावसायिक बनाउने कार्यमा सहयोगीसिद्ध हुने बताउनुभयो । कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमाथि प्रकाश पार्नुहुँदै उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको बताउनुभयो । गत साल असोज २१ गतेबाट संचालित १६ महिना अवधिको सो कोर्षमा ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ८ जना सशस्त्र प्रहरी नायव उपरीक्षक गरी कुल ११ जना अधिकृतहरु सहभागी रहेका थिए । सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।
2076-10-03
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेजबाट एपीएफ टोलीले माघ १ गते करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना १ ख ८७६३ नम्बरको यात्रुवाहक बसमा अवैध रुपले लैजाँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस भारदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट एपीएफ टोलीले माघ १ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा ईलोक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ । यसैगरी धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका ५ स्थित कठालबाट माघ १ गते एपीएफ टोलीले करीव एक लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले माघ १ गते करीव एक लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा १२ थान मोवाईल सेट एपीएफ टोलीले रौतहट जिल्लाको गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ ।
2076-10-01
APF News
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
काठमाडौं, कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका १ पशुपति टोल स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले पौष २८ गते करीव २६ लाख ८८ हजार रुपैयाँ बराबरको लेडिज लत्ताकपडा बरामद गरेको छ । यूके १८ सीए ४८९२ भारतीय नम्बरको बोलेरो गाडीमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दोधाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त गाडी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य १३ लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले पौष २८ गते करीव दुई लाख ४८ हजार रुपैयाँ बराबरको सुर्ती बरामद गरेको छ । विशेष सुचनाको आधारमा खटिएको एपीएफ टोलीले धनुषा जिल्लाको कमला नगरपालिका ७ स्थित हठमुण्डाबाट परालको कुन्युभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त सुर्ती बरामद गरेको हो । बरामद सुर्ती जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ ।
2076-09-28
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ
मोरङ्ग, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित विराटनगर भन्सार कार्यालयको नम्बर २ ढाटबाट पौष २७ गते एपीएफ टोलीले दुई लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर बताउने ४९ वर्षिय संजितकुमार अग्रवाल छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङ्गबाट खटिएको एपीएफ टोलीले निज अग्रवाललाई शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको चार सय थान भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका अग्रवाललाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विरानगर भन्सार कार्यालयमा बुझाईएको छ ।
2076-09-28
APF News
एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित दुई जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज स्थित गोलपार्कबाट पौष २७ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक तथा सोको एक बट्टा बारुद र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कंचनरुप नगरपालिका १ मलपोर बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० कमलपुर बस्ने ३० वर्षिय रविन तामाङ्ग छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । सोही ठाउँमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षणमा शिकार खेल्दै गरेको अवस्थामा उनीहरुलाई एपीएफ टोलीले उक्त भरुवा बन्दुक तथा बारुद र छर्रासहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-09-28
APF News
लागूऔषधसहित दुई जना पक्राउ
सिरहा, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट पौष २३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका ५ बस्ने २३ वर्षिय मोहमद अजिम र २४ वर्षिय मोहमद हस्मद राईन छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो। स ६० प ९८०१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुले उक्त मोटरसाईकलको डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेनारागन ४७ वटा, डाईजोपाम ४७ वटा र नरफिन ४७ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-09-24
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सिरहा जिल्लाको सिरहा नगरपालिका १ स्थित शिवचोकबाट पौष २२ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ जमदह बस्ने ३६ वर्षिय मनोजकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । को ३१ प ४१८४ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईलेक्स डिसी ६ बोतल र नाईट्राभेट ट्याब्लेट १२ वटा फेला परेपछि एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा उक्त स्कुटरसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाईएको छ । यसैगरी सोही जिल्लाकै सिरहा नगरपालिका १७ खैरटोका स्थित सिरहा भन्सार कार्यालय नजिकैबाट पौष २३ गते एपीएफ टोलीले ७ बोतल डाईलेक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका ७ बस्ने २५ वर्षिय कधोसुली महरा र विष्णुपुर गाउँपालिका २ बस्ने २७ वर्षिय ब्रम्हदेव यादव छन् । स ८ प ४५३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
2076-09-23
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, रुपन्देही जिल्लाको रोहेणी गाउँपालिका २ स्थित मैनीहवाबाट पौष २२ गते एपीएफ टोलीले करीव ९ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको एपीएफ टोलीले पौष २३ गते करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको बैदी नगरपालिका ७ स्थित बडाबंकुलबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाएको छ ।
2076-09-23
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेची नगरपालिका ६ स्थित बसपार्क ईलाकाबाट पौष १० गते एपीएफ टोलीले करीव दुई लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको कस्मेटिक सामान, लत्ताकपडा तथा औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गुल्म हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोलीले पौष ११ गते करीव एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सुर्यायीबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
2076-09-11
APF News
सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको निःशुल्क दुर्घटना बीमा
काठमाडौं, सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पौष ११ गते आयोजित एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाले बीमा गरेको हो । सशस्त्र प्रहरी बलका गोताखोरहरुको बीमा गर्ने कार्य वि.सं. २०७४ सालदेखि सुरु गरिएको हो । सो बीमा प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको रहेको छ । सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापालाई सो इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बीमा पोलिसी हस्तान्तरण गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण रुपमा रहेको विपद् व्यवस्थापनको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्दै आईरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले जस्तोसुकै विपद् र अप्ठेरो परिस्थितीहरुमा समेत विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आईरहेको बताउनुभयो । चुनौतीपूर्ण कार्यमा खटिईने गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई संगठनले विभिन्न कल्याणकारी प्याकेजहरुद्वारा सुविधा प्रदान गरिरहेको तथा थप सुविधा प्रदान गर्ने तर्फ संगठन योजनाबद्ध रुपमा लागि रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले यसैवर्षदेखि संगठनले नेपालमै गोताखोर तालिम समेत संचालन गरि थप १९ जना व्यवसायिक गोताखोर उत्पादन गरेर कार्यक्षेत्रमा परिचालन गरिसकेको कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सो इन्स्योरेन्स कम्पनीले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त कर्मचारीहरुले पु¥याएको योगदानबाट प्रभावित भई गरेको सो बीमा पोलीसीको प्रशंसा समेत गर्नुभयो । उक्त इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको बीमा गर्न पाउँदा गर्व महशुस भएको चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी बल नेपालले नागरिकको सेवा र सुरक्षामा प्रदर्शन गरेको व्यवासयिकता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले उक्त इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाको ४६औं वार्षिकोत्सवको अवसरमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत बीमा पोलीसी प्रदान गरिएको उल्लेख गर्नुभयो । सोही समारोहमा प्रमुख कार्यकारी अधिकृत कौशलले सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीलाई एकमुष्ट रुपमा गोताखोर तालिम प्राप्त ३८ जना सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको निःशुल्क बीमा पोलिसीको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु तथा सो बीमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
2076-09-11
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट पौष ८ गते एपीएफ टोलीले दुई लाख ७० हजार भारतीय रुपैयाँसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ३ बस्ने ३० वर्षिय सन्तोषकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको २ सय वटा, दुई सय दरको २ सय वटा र एक सय दरको १ हजार ३ सय वटा भारतीय नोट फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।
2076-09-09
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट एपीएफ टोलीले पौष ८ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बीरगंज महानगरपालिका १२ बस्ने ३१ वर्षिय सुरज बेलदार छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको निज बेलदारलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट डाईजोपाम १५ वटा, नोफिम १५ वटा र फेनारगन १५ वटा फेलापरे पछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज बेलदारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानिय प्रहरीमा बुझाएको छ ।
2076-09-08