Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, पर्सा जिल्ल्लाको विन्ध्यावासिनी गाउँपालिका ३ स्थित झौवाबाट माघ २० गते एपीएफ टोलीले करीव एक लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले माघ २० गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ४ स्थित भेटघाट चोकबाट बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित सिम्रौनगढ ईलाकाबाट माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स र किराना सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।
2076-10-20
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको बलरा नगरपालिका २ स्थित जमुनियाबाट माघ १९ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको डिजे साउण्ड सिष्टम बरामद गरेको छ । भारतीय नम्बरको पिकअप गाडीमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त साउण्ड सिष्टम सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद साउण्ड सिष्टम तथा उक्त पिकअप गाडी भन्सार कार्यालय मलंगवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले माघ १९ गते करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट बरामद गरेको हो । बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपाकिला ८ चारकुने स्थित सीमा ईलाकाबाट माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार थान काठ चिर्ने हाते मेसीन बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मेसीन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मेसीन एपीएफ टोलीले भन्सार कार्यालय सुनसरीमा बुझाएको छ ।
2076-10-19
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ८ जोरसिमलबाट माघ १७ गते एपीएफ टोलीले करीब तीन लाख ७६ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको नक्कली गरगहना, लत्ताकपडा र औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको एपीएफ टोलीले माघ १८ गते करीब एक लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको स्टिलको भाडा तथा विभिन्न किसिमका किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।
2076-10-18
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, धनुषा जिल्लाको विदेह नगरपालिका २ स्थित ढाला चोकबाट एपीएफ टोलीले माघ १७ गते करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान तथा मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैथानपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल जनकपुर भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भातबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट बरामद गरेको हो । त्यसवेलो नेपालबाट भारततर्फ लैजाँदै गरेको करीव पाँच हजार रुपैयाँ बराबरको कस्तुरी मदिरा समेत एपीएफ टोलील बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मदिरा एपीएफ टोलीले भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।
2076-10-17
APF News
भरुवा बन्दुकसहित दुई जना पक्राउ
ईलाम, ईलामा जिल्लाको माङसेबुङए गाउँपालिका ३ स्थित चतुरेबाट माघ १६ गते एपीएफ टोली र नेपाल प्रहरीले दुई नाल भरुवा बन्दुक तथा सोको दुई सय ग्राम छर्रा र जरायोको सिङसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षिय विशाल राई र ३५ वर्षिय शिवकुमार राई छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश दानाबारीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक तथा सोको छर्रा र जरायोको सिंह फेला परपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-10-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित ईशराईलबाट माघ १५ गते एपीएफ टोलीले करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको को ५ प ९७२ र बीआर ५० एच ५८६६ नम्बरको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल सेतुबन्धु भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले माघ १६ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवारामपुरबाट माघ १६ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
2076-10-16
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित ईशराईलबाट माघ १५ गते एपीएफ टोलीले करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको को ५ प ९७२ र बीआर ५० एच ५८६६ नम्बरको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल सेतुबन्धु भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले माघ १६ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवारामपुरबाट माघ १६ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
2076-10-16
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित बसपार्कबाट माघ १४ गते एपीएफ टोलीले करीव दुई लाख ५४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको मे १ ज २७२२ नम्बरको मारुती भ्यान समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मारुती भ्यान भन्सार कार्यालय पशुपतिनगरमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले माघ १५ गते करीव एक लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।
2076-10-15
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
        रौतहट जिल्लाको गौर नगरपालिका ४ स्थित कबिर चोकबाट माघ ११ गते एपीएफ
टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान
बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त कस्मेटिक सामान
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
        बरामद सामान एपीएफ टोलीले गौर भन्सार कार्यालयमा बुझाएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको
एपीएफ टोलीले माघ १२ गते करीव एक लाख ६१ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
        ज ८ प ५५७४ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले भन्सार छली
नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको
जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वर ईलाकाबाट बरामद गरेको हो ।

2076-10-13
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित तीन जना पक्राउ

रुपन्देही,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट माघ १० गते
एपीएफ टोलीले करीब तीन लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ

        पक्राउ पर्नेहरुमा भारतको अयोध्या रामनगर कलौनी घर बताउने ५४ बर्षिय
सुनिलकुमार रामानी, ५२ बर्षिय राजकुमार बरयानी र भारतकै उत्तर प्रदेश
अकबरपुर जिल्ला अम्बेश्वर नगर भवानीपुर घर बताउने २२ बर्षिय रवि तिवारी
छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको यू पी ४५ यू ९०९० नम्बरको भारतीय गाडीमा
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको
एपीएफ टोलीले जाँच गर्दा उक्त रकम फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको
हो ।
एपीएफ टोलीले उनीहरुको साथबाट भारु पाँच सय रुपैयाँ दरको नोट पाँच सय ९०
वटा र ५० रुपैयाँ दरको नोट एक सय वटा तथा १३ हजार नेपाली रुपैयाँ समेत
बरामद गरेको छ ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको
लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।

2076-10-12
APF News
सशस्त्र प्रहरी दिवसको अवसरमा प्रभातकालीन विशेष कार्यक्रम
काठमाडौं, १९औं सशस्त्र प्रहरी दिवस २०७६ को पुनित अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिहिबार प्रभातकालीन विशेष कार्यक्रम आयोजना गरियो । उक्त विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान-२०७६’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार ललितबहादुर खाम्चालाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गर्नुभएको उक्त विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई विदाई एवं प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले आ.व. २०७४÷०७५ सम्मको बाँकी बेरुजु फछ्र्योटको प्रगतीमा सशस्त्र प्रहरी बल नेपाललाई सर्वोत्कृष्ट हुन योगदान पु¥याउने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुलबहादुर नेम्वाङ, सशस्त्र प्रहरी नायव उपरीक्षक पूर्णबहादुर साउद र ध्रुव के.सी. तथा सशस्त्र प्रहरी निरीक्षक गणेशबहादुर मल्ल र सशस्त्र प्रहरी हवल्दार किशोरकुमार बलामीलाई नगद पुरस्कार एवं प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले उत्कृष्ट ठहरीएका शिक्षालय, गण, गुल्म तथा बोर्डर आउट पोष्टलाई प्रशंसापत्र प्रदान गर्नुकासाथै संगठनलाई सहयोग पु¥याउने विभिन्न महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त एवं बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ती स्वरुप नगद तथा प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न समयमा अलंकार तथा पदकद्वारा विभुषित सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अलंकार तथा पदकद्वारा सुशोभित गर्नुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले कर्तव्य पालनाको सिलसिलामा सहिद भएका ९४ जना सशस्त्र प्रहरी कर्मचारीका सन्ततीलाई २४ हजार रुपैयाँका दरले कुल २२ लाख ५६ हजार रुपैयाँ छात्रवृत्ती प्रदान गर्नुभयो । सोही विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकत्रय पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेलले संगठनको विभिन्न विद्यामा उत्कृष्ट ठहरीएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी तेह«ौ दक्षिण एसीयाली खेलकुद प्रतियोगिताका पदक विजेता सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुका लागि एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कुल ९ लाख ९५ हजार रुपैयाँको चेक सशस्त्र प्रहरी उपरीक्षक तुल्सीराम दाहाललाई हस्तान्तरण गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बलका विविध विषयलाई लिएर सशस्त्र प्रहरी बल नेपालमा राष्ट्रसेवकहरुलाई सम्बोधन गर्नुभयो । सशस्त्र प्रहरी संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रशासरण गरिएको सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई जिम्मेवार सुरक्षा निकायको रुपमा सथापित गर्ने सिलसिलामा सहिद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीको योगदान तथा त्यागको स्मरण गर्नुहुँदै कर्तव्य पालनको सिलसिलामा शारिरीक क्षती व्यहोरेका राष्ट्रसेवकहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले आफुलाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्ती पश्चात संगठनलाई आवश्यक कार्गनिर्देशन गर्नुहुने प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिव तथा गृहसचिव एवं सहयोग पु¥याउने सबैप्रति आभार प्रकट गर्नुभयो । संगठनका राष्ट्रसेवकहरुले आफ्नो अनुभवबाट संगालेका सुझाव सल्लाह अनुसारका विषयहरुमा संगठनले सुधार गर्दै लैजाने दिर्घकालीन सोचसहितको योजना रहेको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनका विविध विषयमा सशस्त्र प्रहरी कर्मचारीहरुको दुढता, कर्तव्य परायणता, समर्पण, सेवाभाव तथा सुरक्षा, सहयोग र उद्वारमा सशस्त्र प्रहरी कर्मचारीले देखाएको निश्वार्थभाव र अटुट लगनशिलताका लागि आभार व्यक्त गर्नुभयो । उहाँले देशका ७७ वटै जिल्लाका विभिन्न भागहरु लगाएत सीमा एवं विदेशमा समेत तैनाथ भई राष्ट्रको गौरव बढाउँदै स्वदेश तथा विदेशका आम नागरिकको सेवा, सुरक्षा र उद्वारका कार्यहरुमा सशस्त्र प्रहरी कर्मचारीहरुले योगदान पु¥याएको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले अग्रज एवं संगठनका बीर सपूतहरुले बगाएको पसिना र रगतलाई सँधै सम्झदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारलिे कार्यक्षेत्रमा विशिष्ट योगदान पु¥याउन सधैं कृयाशिल रहनु पर्ने बताउनुभयो । उहाँले संगठनले कार्यक्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको चर्चा गर्नुहुँदै भ्रष्टाचार, मानवअधिकारको हनन एवं लैंिगक हिंसामा संगठनले शून्य सहनशिलताको नीति अवलम्वन गरेको उल्लेख गर्दै ८७ बाट २२१ बोर्डर आउट पोष्ट बनाउने लक्ष्यकासाथ सीमा सुरक्षालाई बलियो बनाउँदै संगठन अगाडी बढिरहेको तथा छिमेकी मुलुकका सीमा रक्षामा तैनाथ सुरक्षा निकायहरुसँग औपचारिक मिटिङहरुका माध्यमबाट राम्रो समन्वयका आधारहरु निर्माण भएको चर्चा समेत गर्नुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत लगाएत विल्लादार जवानहरुको उपस्थिती रहेको थियो । यसैगरी अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु लगाएत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
2076-10-09
APF News
सम्माननीय प्रधानमन्त्री ओली १९औं सशस्त्र प्रहरी दिवस विशेष समारोहमा सरिक
काठमाडौं, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित ‘१९औं सशस्त्र प्रहरी दिवस २०७६’ विशेष समारोहमा सरिक हुनुभएको छ । उक्त विशेष समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री ओलीले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले सो विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक माधवबहादुर थापालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलद्वारा प्रकाशित पुस्तक लोकार्पण गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालद्वारा आफ्नो कार्यक्षेत्र भित्रका सुरक्षा तैनाथी विशिष्ट व्यक्तिको सुरक्षा, उद्वार कार्य लगाएतको ‘डेमोष्ट्रेसन’ अवलोकन गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहलाई सम्बोधनको क्रममा कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगाएत अमर सशस्त्र प्रहरीको श्रद्धापूर्वक स्मरण गर्नुहुँदै उहाँहरुको बीरताको मुग्दकण्ठले प्रशंसा गर्दै घाईते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा कार्यमा विशिष्ट योगदान पु¥याउनुका साथै कठिनाईका समयहरु तथा प्राकृतीक बिपत्तीकोे बेला उद्वार कार्यमा असाधारण योगदान पु¥याएको बताउनुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले भूकम्पको बेला सशस्त्र प्रहरी कर्मचारीले उद्वार कार्यमा देखाएको तत्परताको मुग्दकण्ठले प्रशंसा गर्नुभयो । राष्ट्र सुशासन र बिकासमा जुटेको उल्लेख गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री ओलीले यसमा सशस्त्र प्रहरी बलले पनि आफ्नो तर्फबाट योगदान पु¥याएको बताउनुभयो । बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बल अग्रणी स्थानमा रहेको चर्चा गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री ओलीले यसतर्फ संगठनको सकृयताप्रति खुशी लागेको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी बलले उक्त विशेष समारोहमा प्रस्तुत गरेको ‘डेमोष्ट्रेसन’ उत्कृष्ट रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो- ‘डेमोष्टे«सन मात्रै होईन, सशस्त्र प्रहरी बलले कार्यक्षेत्रमा देखाएको क्षमताबाट सबै प्रभावित भएका छन् ।’ सम्माननीय प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बललाई समयानुकुल प्रभावकारी बनाउँदै लैजान मात्र नभई यस संगठनका सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई राज्यले धान्ने सम्मको सुविधा दिन, राम्रो तालिम उपलब्ध गराउन सरकारको ध्यान गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो- ‘सशस्त्र प्रहरी बलले आफुलाई आफ्ना हरेक क्षेत्रमा चुस्त र दुरुस्त राखेको छ ।’ माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल जनस्तरमा भिजिसकेको तथा प्रभावकारी सुरक्षा निकायको रुपमा आफुलाई उभ्याउन सफल भएको बताउनुभयो । देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिती जनाउँदै सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, विपद् व्यवस्थापन, चोरीपैठारी निकासी नियन्त्रण लगाएतका क्षेत्रहरुमा उत्कृष्ट कार्य गरेको चर्चा गर्नुहुँदै उहाँले सशस्त्र प्रहरी बलले अन्य सुरक्षा निकायसँग समन्वय गरी उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्नुभयो । उहाँले यस संगठनको जनशक्तिलाई संख्यात्मक र गुणात्मक रुपमा बृद्धि गर्दै लगिने बताउनुहुँदै चोरीपैठारी निकासी नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण लगाएतका कार्यका लागि क्रमीक रुपमा बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने कुरा समेत उल्लेख गर्नुभयो । माननीय गृहमन्त्री थापाले तराईदेखि उच्च हिमाली क्षेत्रसम्म तैनाथ रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई अझै उच्च व्यावसायिक हुँदै जनताको सेवा र सुरक्षामा सकृय रहन निर्देशन समेत दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षा गर्न तथा जनताको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी बलले आफ्नो तर्फबाट पूर्ण रुपमा योगदान पु¥याउने बताउनुभयो । बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलले परिचालनका क्षेत्रहरुमा उत्कृष्ट योगदान पु¥याएको तथा विपद्का बेला खोजी तथा उद्वार कार्यमा पु¥याएको योगदानको सबै क्षेत्रबाट मुग्दकण्ठले प्रशंसा भएको उल्लेख गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलले भ्रष्टाचार, मानवअधिकारको हनन् तथा लैंगिक हिंसामा शुन्य सहनशिलताको नीति अवलम्वन गरेको कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले अवैध चोरीपैठारी निकासी नियन्त्रणमा समेत उत्कृष्ट कार्य गरेको उल्लेख गर्नुहुँदै यसै आर्थिक वर्षको पुष महिना सम्ममा ३६ करोड ७२ लाख रुपैयाँ बराबरको अवैध सामाग्री नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाईएको बताउनुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलको कार्यक्षेत्र भित्रका विविध कामकारवाहीलाई समेटिएको रणनीतिक कौशलयुक्त डेमोष्ट्रेसन तथा सशस्त्र प्रहरी बलको बैण्डद्वारा सांगीतिक प्रस्तुती समेत गरिएको थियो ।
2076-10-09