Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित नकलबन्द ईलाकाबाट फागुन ६ गते एपीएफ टोलीले करीव पाँच लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स र औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले फागुन ७ गते करीब दुई लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमको औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त औषधी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ जोरसिमलबाट बरामद गरिएको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
2076-11-07
APF News
गृहसचिव न्यौपानेबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय निरीक्षण
काठमाडौं, गृहसचिव महेश्वर न्यौपानेले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत निरीक्षण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिनुभयो । त्यसअवसरमा गृहसचिव न्यौपाने समक्ष सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाही, जनशक्ति परिचालन, साधनश्रोत, शान्ति सुरक्षाको अवस्था तथा सुरक्षा चुनौती, संगठनले हासिल गरेका उपलब्धी लगायत विविध विषयहरुमा प्रस्तुतीकरण गरिएको थियो । गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण पश्चात सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले विभिन्न आरोह अवरोहहरु पार गर्दै सशस्त्र प्रहरी बल नेपाल अहिलेको यस स्थानमा आउन सफल भएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालको भूमिका मुलुकको शान्ति सुरक्षा अमनचयन कायम राख्ने कार्यमा सधैं महत्वपूर्ण रहने बताउनुभयो । गृहसचिव न्यौपानेले कर्तव्य पालनको क्रममा वीरगति प्राप्त गर्नुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीको योगदानको स्मरण गर्नुहुँदै घाइते भई उपचाररत सुरक्षाकर्मीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । उहाँले मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्नेदेखि विपद व्यवस्थापन, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध जिम्मेवारी निर्वाहमा सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेको कार्यको मुग्द कण्ठले प्रशंसा गर्नुभयोे । गृहसचिव न्यौपानेले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा सशस्त्र प्रहरी बल नेपाल लगायत अन्य सुरक्षा निकायकोे भूमिका समेत महत्वपूर्ण रहने तथा शान्ति सुरक्षाको स्थिति मजबुद हुँदा समग्र राष्ट्रको आर्थिक, सामाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले कार्यक्षेत्रमा खटिएका कमाण्डरहरुलाई पूर्ण व्यावसायीक भई योजनासहित कृयाशिल रुपमा कार्यक्षेत्रमा परिचालित रहन निर्देशन दिनुहुँदै आपूm मातहतका सकल दर्जाका राष्ट्रसेवकहरुको मनोबल समेत उच्च राख्न चिन्तनशील रहनुपर्ने बताउनुभयो । गृहसचिव न्यौपानेले दण्ड र पुरस्कारको नीतिलाई प्रभावकारी रुपमा लागू गर्न निर्देशन दिनुहँुदै कार्यक्षेत्रमा हुने गैर व्यावसायीक कृयाकलाप कुनै पनि हालतमा क्षम्य नहुने बताउनुभयो । संगठनलाई आवश्यक जनशक्ति, सेवासुविधा र आवश्यक स्रोतसाधन अभिबृद्धि लगायतका विविध विषयमा गृहमन्त्रालयको समन्वय एवं सहयोगात्मक भूमिका रहने उल्लेख गर्नुहँुदै गृहसचिव न्यौपानेले भोलिका दिनमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामना गर्न सक्ने गरी संगठनको आधुनिकीकरण गर्दै अगाडि बढ्ने बताउनुुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा नेपाल सरकारबाट संगठनलाई प्राप्त हरेक जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यावसायिक रुपमा अहोरात्र कार्यक्षेत्रमा खटिई रहेको उल्लेख गर्नुहँुँदै कार्यक्षेत्रमा परिचालित रहँदा प्राप्त भएको उपलब्धिहरुको विभिन्न क्षेत्रहरुबाट प्रशंसा समेत भएको बताउनुभयो । उहाँले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् पीडित नागरिकको उद्वार लगायतका विविध जिम्मेवारीहरुमा उत्कृष्ट कार्यसम्पादन गर्दै भ्रष्टाचार, लैंगिक हिंसा र मानव अधिकारको हनन्मा शुन्य सहनशिलताको नीतिकासाथ संगठन अगाडी बढिरहेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारबाट प्राप्त जिम्मेवारी पुरागर्ने क्रममा सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा उच्च मनोवलकासाथ परिचालित भई सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय एवं सहकार्यकासाथ प्रभावकारी ढंगबाट परिचालित भई उपलब्धि समेत हासिल गरिरहेको बताउनुभयो । उहाँले बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको चर्चा समेत गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले मातहत कर्मचारीको वृत्तिविकास एवं उनीहरुलाई सम्बोधन हुने खालका कल्याणकारी कार्ययोजना तर्जुमा गरिएको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालको संचार तथा लाईभ भिडियो स्ट्रिमिङ मार्फत सशस्त्र प्रहरी बलका सम्पूर्ण ईकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत गृहमन्त्रालय एवं सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा एपीएफ अधिकृत, जवानहरुको उपस्थिति रहेको थियो ।
2076-11-02
APF News
स. प्र. क.हरुका लागि वन र बन्यजन्तु अपराध नियन्त्रण तालिम संचालन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा वन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण (टिओटि) तालिम संचालन भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले माघ २९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले राष्ट्रको अमुल्य सम्पत्तीको रुपमा रहेको वन्यजन्तु तथा जैविक विविधताको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको चर्चा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरु राज्यले सुम्पियको जिम्मेवारी निर्वाहमा उच्च मनोवलकासाथ कृयाशिल रहेको कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले वन र वन्यजन्तु अपराध नियन्त्रणका लागि सहयोगि सिद्ध रहने यस्ता तालिमहरु नियमित रुपमा संचालन गरिदा अपेक्षाकृत उपलब्धि हासिल हुन मद्दत पुग्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालले वन्यजन्तुको चोरीसिकासी एवं वन्यजन्तु अपराध नियन्त्रणमा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै कार्यसम्पादन गरिरहेको बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान र सिप आफू मातहतकालाई समेत सिकाउँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवं केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइका संयोजक गोपालप्रकाश भट्टराईले तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै जैविक विविधतामा धनी रहेको हाम्रो देश नेपालमा वन्यजन्तु संरक्षणमा रहेको चुनौती सामना गर्नको लागि सम्वद्ध विभिन्न निकायहरुसँग समन्वय गर्दै आफुहरु अगाडी बढिरहेको बताउनुभयो । उहाँले जैविक विविधता र वन्यजन्तुको संरक्षण पर्यावरणीय सन्तुलनका लागि समेत महत्वपूर्ण रहने चर्चा गर्नुहुँदै यसको संरक्षणका लागि सामुहिक प्रयास अपरिहार्य रहने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल र केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइको आयोजनामा तीन दिनसम्म संचालन हुने उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ५ जना र सशस्त्र प्रहरी निरीक्षकहरु ३० जना गरी कुल ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।
2076-10-29
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित तेलीबारीबाट माघ २९ गते एपीएफ टोलीले करीव तीन लाख ४४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ । भारतीय नम्बरको कारमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ । एपीएफ टोलीले त्यसवेला लत्ताकपडा ल्याउन प्रयोग भएको सो कार समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा उक्त कार भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ । बरामद कारको भन्सार दाखिला मुल्य २० लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा बोर्डर आउट पोष्ट ठाडीझिँझाबाट खटिएको एपीएफ टोलीले करीव तीन लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ज ८ प ६९३५ र ज १० प २६८१ नम्बरको मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको धनौजी गाउँपालिका १ स्थित लखौरीबाट बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ ।
2076-10-29
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एफपीयु टोलीको विदाई
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयू)को रुपमा कार्य गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच हार्दिक विदाई गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र संगठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै अनुशासित र ईमान्दारिताका साथ उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिनुभयो । उहाँले मिशन ईलाकामा रहँदा त्यहाँको भाषा संस्कृति, रहनसहन र परिवेश फरक हुने हुनाले सुरक्षाकर्मीहरु थप सतर्क र चनाखो भई जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै खटिई जाने टोलीले मानव अधिकारको उच्च सम्मान गर्दै, भ्रष्टाचार तथा लंैगिक हिंसामा शून्य सहनशीलताको नीतिको पूर्ण पालना गर्दै राष्ट्र र संगठनको प्रतिष्ठा बढाउन दत्तचित्त भएर कार्यसम्पादनमा जुट्नु पर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसतर्फ खटिँई जान लागेको सो टोलीले विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय र सहकार्य गरी चेन अफ कमाण्ड र फौजी संस्कारमा रहेर पूर्ण व्यवसायीकताका साथ प्राप्त जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिनुभयो । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेको कमाण्डमा एफपीयुको रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा २० जना अधिकृतसहित कूल १८० जना रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2076-10-24
APF News
एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित तीन जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ९ सोरनपट्टी स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले माघ १९ गते करीव ९२ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बोधेबसाईन नगरपालिका १ बस्ने १७ वर्षिय कृष्णदेव यादव, २३ वर्षिय बिजयकुमार यादव र २२ वर्षिय शिवप्रकाश यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ५ प २१३६ नम्बरको मोटरसाईकमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मूल्य बराबरको आठ आना सुन तथा ६० तोला चाँदी फेला परेपछि पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
2076-10-23
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, पर्सा जिल्ल्लाको विन्ध्यावासिनी गाउँपालिका ३ स्थित झौवाबाट माघ २० गते एपीएफ टोलीले करीव एक लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले माघ २० गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ४ स्थित भेटघाट चोकबाट बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित सिम्रौनगढ ईलाकाबाट माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स र किराना सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।
2076-10-23
APF News
एपीएफ टोलीद्वारा चोरीनिकासीको केराउसहित ट्याक्टर बरामद
बारा, बारा जिल्लाको विश्रामपुर गाउँपालिका ४ स्थित छतुवाबाट माघ २३ गते एपीएफ टोलीले करीव दुई हजार चार सय के.जी. चोरीनिकासीको केराउ बरामद गरेको छ । ना ४ त ३७२६ नम्बरको ट्याक्टरमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरको उक्त केराउ सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेक्व बाराबाट सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद केराउ तथा ट्याक्टर भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । बरामद केराउ तथा ट्याक्टरको भन्सार दाखिला मुल्य छ लाख रुपैयाँ रहेको छ ।
2076-10-23
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित जोरसिमलबाट माघ २२ गते एपीएफ टोलीले करीव चार लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिममा औषधी तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सोही जिल्लाकै मेचीनगर नगरपालिका १३ स्थित चारआलीबाट माघ २२ गते एपीएफ टोलीले करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले माघ २२ गते करीव दुई लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीआर ३० सी ३९१८ नम्बरको भारतीय मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बरहथवा नगरपालिका १० स्थित सितापुरबाट बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
2076-10-22
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका १ स्थित बेलहियाबाट माघ २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लेखनाथ बस्ने १९ वर्षिय रक्की गरबुजा पुन र अरुण सुनार छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा निट्राजेपाम ट्याब्लेट ३ सय ४३ वटा, डाईजापाम ५८ वटा र प्रोमेथाजीन हाईड्रोक्लोराईड ईन्जेक्सन ५८ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-10-21
APF News
एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित तीन जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ९ सोरनपट्टी स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले माघ १९ गते करीव ९२ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बोधेबसाईन नगरपालिका १ बस्ने १७ वर्षिय कृष्णदेव यादव, २३ वर्षिय बिजयकुमार यादव र २२ वर्षिय शिवप्रकाश यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ५ प २१३६ नम्बरको मोटरसाईकमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मूल्य बराबरको आठ आना सुन तथा ६० तोला चाँदी फेला परेपछि पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
2076-10-20