Toggle Menu

समाचार

APF News
नेपाल एपीएफ महिला फुटबल खेलाडीहरुलाई सम्मान:

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘एन्फा महिला लिग फुटवल–२०२४’ को उपाधी जित्न सफल नेपाल एपीएफ क्लवका महिला फुटवल टिम तथा अफिसियलहरुलाई माघ १८ गते प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गर्नुभएको छ ।
महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लवमा आवद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गर्नुभएको हो ।
प्रतियोगितामा नेपाल एपीएफ क्लवका सबिता रानामगर सर्वोत्कृष्ट खेलाडी, साबित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए ।
यसअघि २०७५ साल, २०७७ साल र २०७९ सालमा समेत नेपाल एपीएफ क्लवका महिला फुटवल टिमले एन्फा महिला लिग फुटवलको उपाधी जित्न सफल भएका थिए ।   

2081-10-18
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह तथा IG APF Commendation प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालयमा जेठ २० गते सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती हुनुभएका अधिकृतहरुलाई  दर्ज्यानी   चिन्ह प्रदान गर्नुभएको  छ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को मिति २०८१ माघ ८ गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी नायव निरीक्षकबाट सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।
महानिरीक्षक अर्यालले सोही अवसरमा प्रधान कार्यालय र उपत्यकास्थित इकाईहरुमा कार्यरत रहि वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई IG APF Commendation  ब्याज प्रदान गर्नुभएको छ ।

2081-10-13