Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका १० पकडीघाटबाट फागुन २२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २७ सिसुवा महेशपुर बस्ने ५० वर्षिया सुधा मिया राम छिन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला निजको साथबाट प्रोमेथाईन ४ सय वटा, नोफिन ४ सय वटा र डाईजीपाम ४ सय वटा बरामद गरेको छ । यसैगरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट फागुन २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा सोही जिल्लाको सखुवानान्कारकट्टि गाउँपालिका ७ बस्ने दिपेशकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३ वटा, डाईजेल्याव ३ वटा, फेनारागन ३ वटा र नोफिन ३ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-11-22
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
धनुषा, धनुषा जिल्लाको बिदेह नगरपालिका ३ ईटहरुवा खैरहानीबाट फागुन २२ गते एपीएफ टोलीले करीव दुई लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको छ । भारतबाट दुई वटा मोटरसाईकलमा राखेर अवैध रुपले भन्सार छली ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र नम्बर ७ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । उक्त मोटरसाईकलहरुको भन्सार दाखिल मुल्य दुई लाख रुपैयाँ रहेको छ ।
2076-11-22
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, धनुषा जिल्लाको औरही गाउँपालिका ३ स्थित माईबाट फागुन २० गते एपीएफ टोलीले करीव दुई लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीआर ३२ आर २६५ भारतीय नम्बरको मोटरसाइकल र ज ५ प १०५ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको उक्त दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले फागुन १९ गते करीव एक लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र भाडावर्तन एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । यसैगरी सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ स्थित लालापट्टिबाट फागुन १९ गते एपीएफ टोलीले करीव एक लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
2076-11-20
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रौतहट जिल्लाको माधव नारायण नगरपालिका ६ स्थित माधोपुर सीमा ईलाकाबाट फागुन १९ गते एपीएफ टोलीले करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय रौतहटमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोलीले फागुन १८ गते करीव दुई लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना २ ख २९८ नम्बरको यात्रुवाहक बसमा ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० स्थित पितौजी चोकबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरथानीबाट एपीएफ टोलीले फागुन १९ गते करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसेवला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।
2076-11-19
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरीया नाकाबाट फागुन १८ गते एपीएफ टोलीले १५ बोतल एक्जीप्लोन सिरफ नामक लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ बस्ने ३८ वर्षिय आकाश राईन छन् । मोटरसाईकलमा सवार निज राईनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिँजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले निज राईनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका निज राईनलार्ई बरामद लागूऔषध र मोटरसाईसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाईएको छ ।
2076-11-19
APF News
नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा भएको सो साधारण सभाको नेपाल एपीएफ क्लव खेदकुद निर्देशक समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले पानसमा द्विप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियोे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा नेपाल एपीएफ क्लबमा आवद्ध खेलाडीहरुले क्लवको स्थापनाकाल देखिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागि भई प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको गौरव बढाएको चर्चा गर्नुहुँदै खेलाडी उत्पादनमा नेपाल एपीएफ क्लवले पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाँले खेलाडी राष्ट्रका गहना भएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि संगठनले ध्यान पु¥याईरहेको बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले खेलकुद हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको तथा खेलकुदले अनुशासित समाजको सृजना गरी समाज एवं समग्र राष्ट्रको प्रगतिमा समेत सहयोग पु¥याउने बताउनुभयो । सो क्लवका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुल्सीराम दाहालले क्लवको आर्थिक वर्ष २०७५÷०७६ को आयव्यय विवरण प्रस्तुत गर्नुहुँदै भावी योजनाबारे चर्चा गर्नुभयो । सशस्त्र प्रहरी उपरीक्षक दाहालले सो क्लवले व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिताहरु निरन्तर संचालन गर्दै राष्ट्रको खेलकुदको विकासमा योगदान पु¥याउदै आईरहेको कुरा समेत बताउनुभयो । उक्त साधारण सभाले क्लबका सदस्यहरु सुरज अधिकारी, अमृत खड्का, नारायण प्रसाद पौडेल, बिनाकुमारी तुलाचन र प्रमोद चौधरीलाई आगामी कार्यकालका लागि कार्यकारिणी समितिको सदस्यको रुपमा सर्वसम्मतीले निरन्तरता दिएको छ । नेपाल एपीएफ क्लवका खेलाडीहरु भलिबल, फुटबल, क्रिकेट, एथ्लेटिक्स, व्याडमिन्टन लगायत विभिन्न २४ विधाका खेलहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भई अन्तर्राष्ट्रिय स्तरमा ८९ स्वर्ण, ५६ रजत र ६३ कास्य गरी कुल २ सय ८ अन्तर्राष्ट्रिय पदक र राष्ट्रिय स्तरमा १ हजार ९ स्वर्ण, ८ सय ६९ रजत र ८ सय ७५ कास्य गरी कुल २ हजार ७ सय ५३ पदक प्राप्त गर्न सफल भएको कुरा सो समारोहमा जानकारी गराईएको थियो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापा तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. कृष्णकुमार तामाङ्ग लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका सदस्यहरु एवं सो क्लवका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।
2076-11-16
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका २ कठालबाट एपीएफ टोलीले फागुन १३ गते करीव चार लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमला नगरपालिका ३ सखुवामडान बस्ने २० वर्षिय चन्दिरकुमार यादव छन् । भारबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा सुर्तीजन्य सामानसहित निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद सामान तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख ५० हजार रुपैयाँ रहेको छ ।
2076-11-13
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट ब्याण्ड तालिमको समापन
काठमाडौं, नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणमा रहेका ब्याण्ड अफ द ब्रीगेड अफ गोर्खाज (ब्रीटिस गोर्खा ब्याण्ड) र सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड बीच आयोजित संयुक्त तालिम समान भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा आयोजित एक कार्यक्रमका बीच फागुन १३ गते उक्त तालिमको समापन गर्नुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा ब्रीटिस गोर्खा ब्याण्डका डाईरेक्टर अफ म्युजिक क्याप्टेन सेन ओनेल तथा असिस्टेन डाईरेक्टर क्याप्टेन वासुदेव गुरुङ्गलाई सम्झनाको चिनो प्रदान गर्नुकासाथै ब्रीटिस गोर्खा ब्याण्डका सदस्यहरुलाई सम्झना स्वरुप ब्याच प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्रीटिस गोर्खा ब्याण्ड बीचको यस्ता संयुक्त तालिम तथा अभ्यासले नविनतम सांगितीक ज्ञान तथा कला सिक्ने अवसर प्राप्त भएको चर्चा गर्नुुहुँदै फौजी संगठनमा ब्याण्डको बिशेष महत्व रहेको कुरा समेत बताउनुभयो । उहाँले संगीत संसारका सबैले बुझ्ने तथा सांगितीक धुनले सबैलाई आकर्षण गर्ने चर्चा गर्नुहुँदै यस्ता कार्यक्रमको आयोजनाले नेपाल भ्रमण वर्ष सफल बनाउन केही मात्र भएपनि योगदान पु¥याउने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले ब्रीटिस गोर्खा र सशस्त्र प्रहरी बल नेपालको सम्बन्ध गाढा र सुमधुर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुहुँदै भविष्यमा समेत यस्ता तालिमहरु निरन्तर आयोजना भईरहने विश्वास व्यक्त गर्नुभयो । त्यसअवसरमा उक्त ब्याण्डहरुले बिभिन्न चर्चित नेपाली तथा अन्तर्राष्ट्रिय संगीतहरुको संयुक्त सांगितीक प्रस्तुती समेत गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र नारायणबावु थापा लगाएत सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2076-11-13
APF News
एपीएफ टोलीद्वारा श्रोत नखुलेको पाँच लाख रुपैयाँसहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ लच्का स्थित सीमा ईलाकाबाट फागुन १३ गते एपीएफ टोलीले श्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामणी जिल्ला शोनबर्षा ग्रामपञ्चायत १३ घर बताउने ६० वर्षिय गणेश महतो छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेश मलंगवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका निज महतोले शरिरको विभिन्न भागमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित रुपैयाँ फेला परेपछि एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेका निज यादवलाई बरामद रुपैयाँ तथा एक थान साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।
2076-11-13
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट फागुन ११ गते एपीएफ टोलीले करीब दुई लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र जुत्ता बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपले दुई वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख २० हजार रुपैयाँ रहेको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ ढुंगानाटोलबाट फागुन १२ गते एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीले करीब दुई लाख ३६ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सेतो मटर बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको उक्त सेतो मटर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खकरौलाबाट खटिएको एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीलीले बरामद गरेको हो । बरामद मटर सेती भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।
2076-11-12