Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर,
    कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित ङ गाउँबाट चैत्र १० गते एपीएफ टोलीले १७ वटा नाईट्रोजन ट्याब्लेट र एक पट्टा स्पास्मो प्रोक्सिभनसहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी बस्ने ३२ वर्षिय भुवन पाल र २४ वर्षिय दानबहादुर ऐर छन् ।
    से ६ प २३७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
    त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2076-12-11
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित ङ गाउँबाट चैत्र १० गते एपीएफ टोलीले १७ वटा नाईट्रोजन ट्याब्लेट र एक पट्टा स्पास्मो प्रोक्सिभनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी बस्ने ३२ वर्षिय भुवन पाल र २४ वर्षिय दानबहादुर ऐर छन् । से ६ प २३७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-12-11
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित दुई जना पक्राउ :–

सप्तरी,
        सप्तरी जिल्लाको तिलाठी कोईली गाँउपालिका १ खाडो खोला ईलाकाबाट बैशाख २१
गते एपीएफ टोलीले करीब १ लाख ९३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्तकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको राजविराज नगरपालिका १५ बस्ने ३४ बर्षिय
मोहमद समद र २२ बर्षिय मोहमद पिन्टु छन् ।
        भारतबाट अवैध रुपले भन्सार छली स. ३ प ४३०२ नम्बरको मोटरसाइकल र को. ३३
प ३९३३ नम्बरको स्कुटीमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी
बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले उक्त
लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरेको हो ।
        एपीएफ टोलीले त्यसवेला उक्त कपडा ल्याउन प्रयोग गरिएको उल्लेखित
मोटरसाइकल र स्कुटी समेत बरामद गरेको छ ।
        पक्राउ परेका निजहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय
भन्सार कार्यालयमा बुझाईएको छ ।

2076-1-21
APF News
एपीएफ टोलीद्वारा स्रोत नखुलेको रुपैयाँसहित पक्राउ
बारा, बारा जिल्लाको परवानिपुर गाँउपालिका ३ बाट चैत्र १ गते एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो । बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
2076-12-01
APF News
लागूऔषधसहित पक्राउ
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ कनहस्थित सीमा ईलाकाबाट फागुन ३० गते एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स र नाईट्रोभेट नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिबास नगरपालिका २ बस्ने २२ बर्षिय बिरेन्द्र मण्डल छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स १७ बोतल र नाईट्रोभेट ट्याब्लेट १३ वटासहित पक्राउ गरेको हो । पक्राउ परेका निज मण्डललाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलगाभाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले धनुषा जिल्लाको मुखियापट्टी गाँउपालिका ५ जमुनीघाटस्थित सीमा ईलाकाबाट एक्सीप्लोन नामक लागूऔषध १० बोतलसहित फागुन ३० गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ बस्ने ३४ बर्षिय रमेशकान्त चौधरी छन् । ज ८ प ७७८७ नम्बरको मोटरसाइकलमा सवार निज चौधरीलाई जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-12-01
APF News
हावाहुरी र पानीको कारण फेलातालमा अलपत्र परेका बिदेशी नागरिकसहित ६ जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

कास्की,
    कास्की जिल्लाको पोखरा महानगरपालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरी र पानीको कारण सो तालमा बोटिङ्ग गरिरहेको दुई वटा डुंगामा पानी पस्न गई अलपत्र परेका ६ जनाको एपीएफ टोलीले बैशाख १८ गते सकुशल उद्वार गरेको छ ।
    सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । 
    एक्कासी आएको हावाहुरी र पानीको कारण तालको विचमा अलपत्र परेका बेल्जियम नागरिक चार्लेट कोलट, काठमाडौं जिल्लाको बौद्ध बस्ने ४५ बर्षिय चेतन लामा, कास्की जिल्लाको पोखरा महानगरपालिका १ बस्ने १५ वर्षिय सिजन तामाङ, २५ वर्षिय असिम श्रेष्ठ, सोही महानगरपालिका ६ वस्ने १६ वर्षिय नितेस केसी र २६ वर्षिय सचिन गुरुङलाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरेको हो । 

2076-1-20
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

मोरङ,
    मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालय रानीको ढाटबाट बैशाख १८ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ४ वस्ने ३६ वर्षिया सपना सिंह छिन् । 
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा मोरङ नम्बर ५ गुल्मबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा एभिल ३०० एम्पुल, लुपिजेसिक ३०० एम्पुल, डाईजिपाम ३०० एम्पुल र निट्रेजेपान ट्याब्लेट १०० वटा फेला पारेको थियो । 
    एपीएफ टोलीले पक्राउ परेकी निज सिंहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 

2076-1-20
APF News
लागूऔषधसहित पक्राउ

सिरहा, 
    सिरहा जिल्लाको लाहान नगरपालिका १९ गाडाचोकबाट बैशाख १६ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लाहानबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सोही जिल्लाको लाहान नगरपालिका ३ बस्ने २६ वर्षिय प्रविणकुमार यादव र सोही नगरपालिका ८ बस्ने २९ वर्षिय अर्जुनकुमार महतो छन् । 
स. ७ प ९३९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट नोफिन २२२ वटा, डाईजिल्याप २०२ वटा र हाईड्रोक्लोराईड २३८ वटा फेला परेपछि पक्राउ गरिएको हो । 
    पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ । 
 

2076-1-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
    सुनसरी जिल्लाको भोक्राहा नर्सिङ्ग गाँउपालिका ६ स्थित पूर्व–पश्चिम लोकमार्गमा पर्ने तिरौलिचोकबाट बैशाख १६ गते एपीएफ टोलीले करीब ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको मकै पिस्ने थ्रेसर मेसिन बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा सुनसरी नम्बर ४ गणबाट खटिएको एपीएफ टोलीले उक्त मेसिन बरामद गरेको हो । 
    भारतबाट अवैध रुपले भन्सार छली ट्रयाक्टरले तानेर नेपालतर्फ लाउँदै गरेको अवस्थामा उक्त मेसिन बरामद गरिएको हो । 
    बरामद मेसिन आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 
    यसैगरी कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका ११ कलुवापुरबाट बैशाख १६ गते एपीएफ टोलीले करीब २ लाख ५० हजार रुपैयाँ बराबरको मोबाईल सेट बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कञ्चनपुर नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको ५८ वटा मोबाईल सेट वेवारिसे अवस्थामा बरामद गरेको हो । 
 

2076-1-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

`काठमाडौं,
    मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १७ स्थित रानी ईलाकाबाट बैशाख १५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा मोरङ नम्बर ९ गुल्मबाट खटिएको एपीएफ टोलीले त्यसवेला उक्त लत्ताकपडा ल्याउन प्रयोग गरिएको एउटा सिटी रिक्सा समेत बरामद गरेको छ । 
    को.१ ह २००४ नम्बरको सिटी रिक्सामा राखी अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त कपडा फेला परेको थियो । 
    बरामद लत्ताकपडा तथा सिटी रिक्साको भन्सार दाखिला मूल्य २ लाख ८२ हजार ३ सय रुपैयाँ रहेको छ ।   
    यसैगरी सर्लाही जिल्लाको कविलासी नगरपालिका ९ अग्रवास्थित मंलगवा–नवलपुर सडक खण्डबाट एपीएफ टोलीले बैशाख १५ गते करीब १ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा चकलेट बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सुन्दरपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिरुद्र हजाराको कमाण्डमा खटिएको एपीएफ टोलीले ना. ३ ख १५२३ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा उक्त बसमा अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला परेको थियो । 
    बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 

2076-1-16
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ :–

सुनसरी,
        सुनसरी जिल्लाको हरिहर गाँउपालिका २ नहर चोकबाट बैशाख १३ गते एपीएफ
टोलीले ८१ वटा डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ

        पक्राउ पर्नेमा भारतको अरैया जिल्ला भेलाई ग्रामपञ्चायत घर बताउने २५
वर्षिय मोहमद ईरखान छन् ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट भोटाहाबाट खटिएको एपीएफ
टोलीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका निज ईरखानलाई शंका लागि जाँच गर्दा उनको
साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
        पक्राउ परेका ईरखानलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।

2076-1-14
APF News
फोटो खिच्दा नदिमा खसी हराएका व्यक्ति एपीएफ टोलीद्वारा फेला
धनकुटा, फोटो खिच्ने क्रममा लडेर तमोर नदिमा खसी बेपत्ता भएका भारतीय नागरिक २६ वर्षिय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको छ । नोवेल मेडिकल कलेज बिराटनगरमा अध्ययनरत निज शर्मा फागुन २४ गते उक्त नदि किनारमा फोटो खिच्ने क्रममा नदिमा खसेका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यसहित एपीएफ अधिकृत विल्लादार तथा जवानहरु निरन्तर खोजी तथा उद्वार कार्यमा जुटेका थिए । उद्वार कार्यका लागि तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्वार टोली आवश्यक उद्वार सामाग्रीसहित खटिएको थियो । एपीएफ टोलीले निरन्तरको प्रयासपछि सहिदभूमी गाउँपालिका वडा नं. १ स्थित गोपालपुर भन्ने ठाउँबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा रहेको एपीएफ टोलीले शुक्रबार दिउँसो निज शर्माको शव फेला पारेको हो । त्यसठाउँमा ती व्यक्तिको शव भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्टे«चरको सहायताले शवलाई निकालेको हो । उक्त नदिको वहाव तीब्र भएको कारण उद्वार कार्यमा कठिनाईका वावजुद एपीएफ टोली अथक मेहनतकासाथ उद्वार कार्यमा जुटेको थियो । त्यसठाउँमा हुने यस्ता घटना दुर्घटनाका बेला उकृष्ट उद्वार कार्यका लागि चौविसै घण्टा एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसैबीच भएको उक्त घटनाबारे जानकारी पाउनासाथै गोताखोरसहितको एपीएफ टोली परिचालन गरिएको हो । सशस्त्र प्रहरी बलका ती गोताखोर जमेको पानी वा पोखरीमा ७० फिट गहिराई सम्म पुगेर खोजी तथा उद्वार कार्य गर्नसक्ने क्षमता राख्छन् । उनीहरुले एक पटक पानीभित्र पसेपछि लगातार रुपमा ४५ मिनेटसम्म खोजीकार्य गर्न सक्ने हुन्छ । निकै जोखिमपूर्ण रहेको नदिभित्र खोजी तथा उद्वार कार्यका लागि ती गोताखोरले रवरबोट, अक्सिजन सिलिण्डर, प्रेसरगेज, डेब्थगेज, वेटसुट, फिन्स, ग्लोब्स, सर्चलाईट, माउथपिस लगायतका विभिन्न उद्वार सामाग्री प्रयोग गर्ने गरेका छन् । उक्त खोजीकार्यमा एपीएफ टोलीलाई स्थानीय जनता तथा अन्य निकायहरुले समेत सहयोग पु¥याएका थिए । ती व्यक्ति सो नदिमा खसेको सात दिन हुदाँ समेत एपीएफ टोली दिनहुँ खोजीकार्यमा सकृयताकासाथ जुटेका थिए ।
2076-11-30
APF News
फोटो खिच्दा नदिमा खसी हराएका व्यक्ति एपीएफ टोलीद्वारा फेला
धनकुटा, फोटो खिच्ने क्रममा लडेर तमोर नदिमा खसी बेपत्ता भएका भारतीय नागरिक २६ वर्षिय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको छ । नोवेल मेडिकल कलेज बिराटनगरमा अध्ययनरत निज शर्मा फागुन २४ गते उक्त नदि किनारमा फोटो खिच्ने क्रममा नदिमा खसेका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यसहित एपीएफ अधिकृत विल्लादार तथा जवानहरु निरन्तर खोजी तथा उद्वार कार्यमा जुटेका थिए । उद्वार कार्यका लागि तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्वार टोली आवश्यक उद्वार सामाग्रीसहित खटिएको थियो । एपीएफ टोलीले निरन्तरको प्रयासपछि सहिदभूमी गाउँपालिका वडा नं. १ स्थित गोपालपुर भन्ने ठाउँबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा रहेको एपीएफ टोलीले शुक्रबार दिउँसो निज शर्माको शव फेला पारेको हो । त्यसठाउँमा ती व्यक्तिको शव भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्टे«चरको सहायताले शवलाई निकालेको हो । उक्त नदिको वहाव तीब्र भएको कारण उद्वार कार्यमा कठिनाईका वावजुद एपीएफ टोली अथक मेहनतकासाथ उद्वार कार्यमा जुटेको थियो । त्यसठाउँमा हुने यस्ता घटना दुर्घटनाका बेला उकृष्ट उद्वार कार्यका लागि चौविसै घण्टा एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसैबीच भएको उक्त घटनाबारे जानकारी पाउनासाथै गोताखोरसहितको एपीएफ टोली परिचालन गरिएको हो । सशस्त्र प्रहरी बलका ती गोताखोर जमेको पानी वा पोखरीमा ७० फिट गहिराई सम्म पुगेर खोजी तथा उद्वार कार्य गर्नसक्ने क्षमता राख्छन् । उनीहरुले एक पटक पानीभित्र पसेपछि लगातार रुपमा ४५ मिनेटसम्म खोजीकार्य गर्न सक्ने हुन्छ । निकै जोखिमपूर्ण रहेको नदिभित्र खोजी तथा उद्वार कार्यका लागि ती गोताखोरले रवरबोट, अक्सिजन सिलिण्डर, प्रेसरगेज, डेब्थगेज, वेटसुट, फिन्स, ग्लोब्स, सर्चलाईट, माउथपिस लगायतका विभिन्न उद्वार सामाग्री प्रयोग गर्ने गरेका छन् । उक्त खोजीकार्यमा एपीएफ टोलीलाई स्थानीय जनता तथा अन्य निकायहरुले समेत सहयोग पु¥याएका थिए । ती व्यक्ति सो नदिमा खसेको सात दिन हुदाँ समेत एपीएफ टोली दिनहुँ खोजीकार्यमा सकृयताकासाथ जुटेका थिए ।
2076-11-30
APF News
लागूऔषधसहित पक्राउ
कैलाली, कैलाली जिल्लाको टिकापुर नगरपालिका ८ स्थित सीमा ईलाकाबाट फागुन २६ गते एपीएफ टोली र स्थानीय प्रहरीले २० वटा नाईट्रोभेट ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको टिकापुर नगरपालिका १ बस्ने सञ्जय चौधरी, सोही नगरपालिका ६ बस्ने बिजय शाही, अजय शाह र मुगु जिल्लाको सानाधारा गाउँपालिका ४ बस्ने केशव रोकाया छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टिकापुरमा बुझाईएको छ ।
2076-11-28
APF News
प्राविधिक सशस्त्र प्रहरी अधिकृत तालिम सम्पन्न
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. २३ प्राविधिक सशस्त्र प्रहरी अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले फागुन २२ गते उक्त तालिमको समापन गर्नुभयो । त्यसअवसरमा उहाँले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा असहज परिस्थितिका बेला समेत कत्तिपनि विचलित नभई कर्तव्य निर्वाह गर्न तल्लिन रहनु पर्ने सुरक्षाकर्मीको पेशागत दायित्व रहेको चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा गएपछि आफ्नो जिम्मेवारीलाई पेशागत इमान्दारिताकासाथ पुरा गर्न प्रशिक्षार्थीहरु सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा सधैं उपयोग गर्नुपर्ने चर्चा गर्नुहुँदै यसबाट कार्यसफलतामा सघाउ पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि सशस्त्र प्रहरी कर्मचारीहरुले सामुहिक भावनाकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो तालिममा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा.राहुल श्रेष्ठ सर्वप्रथम भएका छन् भने प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक सफलता भसिमा कवाज प्रथम, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक मनिष कार्की चाँदमारी प्रथम तथा प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक अशोककुमार यादव सहिष्णुतातर्फ प्रथम भएका छन् । करीब तीन महिना अवधिको सो तालिममा चार जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र २१ जना प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षकसहित कूल २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । सो समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, प्रशिक्षार्थी अधिकृतहरुका अभिभावक वर्ग लगाएत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
2076-11-23