Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी बलबाट भएगरेका कामकारवाही सम्बन्धमा पत्रकार सम्मेलन – 

काठमाडौं, 
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सशस्त्र प्रहरी बललाई प्राप्त कार्यादेश अनुरुप संगठनबाट हालका दिनहरुमा भएगरेका कामकारवाही सम्बन्धमा जानकारी गराउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न प्रकृतिका सुरक्षा चुनौतीलाई सामना गर्न तथा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि देशको सबै स्थानमा संगठनको उपस्थितिको आवश्यकता महसुस गरी संगठनको पुनर्संरचना गरिएको बताउनुभयो । उहाँले संगठनको पुनर्संरचना गरी विगतमा ५८ जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी बललाई देशका सबै जिल्लाहरुमा तैनाथ गरिएको स्मरण गराउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले भर्ना छनौट कार्यलाई सहज, सरल र पारदर्शी बनाईएको उल्लेखि गर्नुहुँदै २०७५ साल भरिमा कूल ३ हजार ५ सय ६४ जना विभिन्न दर्जामा भर्ना लिईएको तथा हाल ३ हजार ४ सय १ जना भर्ना छनौट प्रकृयामा रहेको बताउनुभयो । विगतमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा मुख्यालयहरुबाट मात्रै दरखास्त आव्हान गरिँदै आएकोमा भर्नामा सवैको पहुँचलाई सुनिश्चित गर्न ७ वटा हिमाली जिल्ला, ३० वटा पहाडी जिल्ला र तराईका २१ जिल्ला गरी ५८ जिल्लाबाट आवेदन माग गर्नुका साथै स्थानीय भाषामा प्रचार प्रसार समेत गरिएको कुरा पत्रकार सम्मेलनमा उहाँले उल्लेख गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले दण्ड र पुरस्कारको नीति अवलम्बन गर्नुका साथै विपद् जोखिम न्यूनिकरणका क्षेत्रमा, सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावहरुलाई संगठनको तर्फबाट सम्मान गर्ने कार्यको थालनी गरिएको, सशस्त्र प्रहरी बल नेपालले परिचालनका क्षेत्रहरुमा अपेक्षाकृत उपलब्धी हासिल गरेको, संगठनको कल्याणकारी कार्यलाई अझै प्रभावकारी तथा पारदर्शी तुल्याईएको, दुर्गम स्थानका नागरिकका दुई जना सन्ततीलाई नेपाल एपीएफ स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाईएको, चोरीपैठारी निकासी नियन्त्रण कार्यलाई प्रभावकारी बनाईएको, नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्धार कार्यमा शिघ्र परिचालन हुने संयन्त्रको विकास गरिएको लगायतका विविध कामकारवाहीमा भएका उपलब्धीबारे चर्चा गर्नुभयो । 
    आर्थिक पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कडाईका साथ पालना गराईएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले गत वर्ष २.९९ प्रतिशत बेरुजु फछ्र्यौट भएकोमा अहिले दोस्रो चौमासिकसम्म आईपुग्दा ४३.७७ प्रतिशत बेरुजु फछ्ुर्यौट गरिएको बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति, सुरक्षा तथा अमनचयन कायम राखी सुशासन बनाई राख्न देशभर रहेका एपीएफ ईकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु अहोरात्र खटिईरहेको चर्चा गर्नुहँदै ईमिडियट रेस्पोन्स टीम, चेकप्वाईन्ट, पिकेट तथा गस्ती गरी दैनिक रुपमा कूल १ हजार ८ सय ३४ टोली परिचालित रहेको, दैनिक रुपमा करीब १४ हजारको संख्यामा सशस्त्र प्रहरी कर्मचारी नियमित ड्युटीमा खटिएको, लङ्ग रेञ्ज पट्रोल तथा फोर्स मार्चमा ६ सय ४६ टोली परिचालन गरिएको तथा यसबाट ‘र्हाइवे’ मा हुन सक्ने लुटपाट, चोरी, डकैतीको कुनै पनि घटना नभएको उल्लेख गर्नुभयो ।
    सशस्त्र प्रहरी बल नेपालले एक वर्षको अवधिमा विभिन्न खालका २८ वटा अवैध हतियार बरामद  गर्नुका साथै गोली २ सय ९५ राउण्ड, म्यागजिन १३ वटा, बारुद एक सय ग्राम, डेटोनेटर ३३ वटा, ग्रिनेट ६० वटा, जिलेटिन २६ वटा तथा पाँच कार्टुन जिलेटिन लोला बरामद गरिएको तथा विभिन्न अपराधमा संलग्न ६ सय ८६ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाईएको कुरा समेत सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले जानकारी गराउनुभयो । उहाँले विभिन्न वन्यजन्तुको उद्धार गरिएको तथा देशका विभिन्न एक सय स्थानमा ईमिडियट रेस्पोन्स टीम तैनाथ गरिएको कुरा समेत उल्लेख गर्दैै सो टीममा उपलब्ध भएसम्म सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी तथा एम्बुलेन्स समेत राखिएको बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले एक वर्षको अवधिमा सीमा अपराध नियन्त्रणमा गरिएका प्रयासबारे उल्लेख गर्नुहुँदै विभिन्न तहमा समकक्षीवीच भएको बैठकको संख्याबारेमा समेत जानकारी गराउनुभयो । उहाँले छिमेकी मुलुकका सुरक्षाकर्मीसँग समानान्तर एवं संयुक्त गस्ती गर्ने गरिएको तथा विभिन्न चाडपर्वमा सीमा नाकाहरुमा १ सय ६९ स्थानमा सहायता कक्ष स्थापना गरी १० हजार ५ सय ७५ जना यात्रुहरुलाई सहयोग पु¥याइएको बताउनुभयो । 
    विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणतर्फ सशस्त्र प्रहरी बलले विभिन्न प्रयासहरु गरिरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले एक वर्षको अवधिमा ६ हजार ५७ जनालाई जीवितै उद्धार गर्नुका साथै मृत्यु भएका १ हजार ४ जनाको शब निकालिएको तथा उद्धार कार्यमा करीब २१ हजार सशस्त्र प्रहरी कर्मचारी परिचालित भएको बताउनुभयो । 
    उहाँले सशस्त्र प्रहरी बलको सूचना प्रविधितर्फ प्रसस्त सुधार गरिएको बताउनुहुँदै विभिन्न एपीएफ ईकाईसँग आन्तरिक नेटवर्क जडान गरिएको, सर्विलेन्स सिस्टममा सुधार गरिएको, भिडियो कन्फरेन्सको क्षमता विकास गरिएको, सशस्त्र प्रहरी बलको तालिम पाठ्यक्रममा सुधार गरिएको, लगाएतका विविध कामकारवाहीहरुमा समयानुकुल सुधार गरिएको कुरा समेत उल्लेख गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको आगामी योजना सम्बन्धमा चर्चा गर्नुहँुदै बोर्डर आउट पोष्टको संख्या अझै बृद्धि गर्ने पहल गर्ने लगायत थप गुल्म स्थापना गर्न पहल गर्ने, विपद् दुर्घटना तथा प्रकोपको अवस्थामा खोज तथा उद्धार क्षमतामा बृद्धि गर्नुका साथै उद्धार कार्यलाई आधुनिक तथा प्रविधि मैत्री बनाउन पहल गर्ने लगायतका विविध प्रकृतिका आगामी योजनाहरुबारे समेत उल्लेख गर्नुभयो । 
 

2076-1-3
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरा स्थित सीमा ईलाकाबाट चैत्र २८ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ७ बस्ने २२ वर्षिय सुरजकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट बुधौराबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट खेतको बाटो प्रयोग गरी नेपालतर्फ आउँदै गरेका निज यादवलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ६ सिसि र स्पास्पास ट्याब्लेट ४ वटा फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरिएको छ । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषध तथा उक्त मोवाई सेटसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।
2076-12-30
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद :–

काठमाडौं,
        झापा जिल्लाको मेचीनगर नगरपालिका ६ बसपार्क ईलाकाबाट बैशाख २२ गते एपीएफ
टोलीले करीब २ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान
बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा
सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको
एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स औषधी बरामद
गरेको हो ।
        बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार
कार्यालयमा बुझाएको छ ।
        यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बाईपास ईलाकाबाट
बैशाख २२ गते एपीएफ टोलीले करीब २ लाख ८ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा, नटबोल्ट र काठ काट्ने मेसिन बरामद गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट
खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।
        बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।         
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको
एपीएफ टोलीले बर्दिया जिल्लाको राजापुर नगरपालिका ४ दलै गाँउबाट बैशाख २२
गते करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लेडिज सुट र साडी बरामद
गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा एपीएफ
टोलीले बरामद गरेको हो ।
        बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2076-1-23
APF News
एपीएफ टोलीद्वारा अवैध हतियार बरामद
कञ्चनपुर, कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वटा नम्बर ४ र ५ को सीमानामा पर्ने गुलरियाबाट कृष्णपुर मा.वि. जाने ग्राभिल सडकबाट चैत्र २५ गते एपीएफ टोलीले प्वाईन्ट टुटु एलआर लेखिएको एउटा बन्दुक र सोको १४ राउण्ड गोली, एयर गन एउटा, सोको १९६ वटा छर्रा र ७६ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले उक्त अवैध हतियार तथा रुपैयाँ बरामद गरेको हो । सो ठाउँमा रोकी राखेको डि एल ३ सी सी आर ३९९७ नम्बरको भारतीय गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित अवैध हतियार तथा रुपैयाँ फेला परेपछि बरामद गरिएको हो । बरामद हतियार तथा रुपैयाँ स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-12-26
APF News
लागुऔषधसहित पक्राउ
काठमाडौं, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित कोशी नहरको पुलबाट चैत्र २५ गते एपीएफ टोली र स्थानीय प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका २ बस्ने १९ वर्षिय सुरज साह, १९ वर्षिय कालु साह, २१ वर्षीय संजय साह र ३२ वर्षिय दिपेन्द्र श्रेष्ठ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट १९ वटा र डाईजोपाम ६ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ९ स्थित आचार्य लाईन ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २१ वर्षिय प्रविन श्रेष्ठ छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट धरानबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निज श्रेष्ठको साथमा ड्रोमाडस ट्याब्लेट पाँच वटा र स्पाईस्पेन ट्याब्लेट पाँच वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-12-26
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालबाट स्पेसल टाक्स फोर्स तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नं. १९ गण हेक्वा (बिशेष कार्यदल) बगलामुखी हलचोक काठमाडौंमा संचालन भएको सि.सं. ७ स्पेसल टाक्स फोर्स (एस.टि.एफ.) तालिम समापन भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले उक्त गणमा आयोजित एक समारोहका बीच सो तालिमको चैत्र २६ गते समापन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै एसटिएफ तालिमको ट्याग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले त्यसअवसरमा फौजी संगठनमा हरेक किसिमका कामकारवाहीको लागि व्यवासायीक तालिम अपरिहार्य रहने चर्चा गर्नुहुँदै यस्ता बिशेष तालिम प्राप्त दक्ष जनशक्तिले कार्यक्षेत्रमा शान्तिसुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान तथा सिपलाई सदुपयोग गर्दै कार्यक्षेत्रमा देखा पर्ने चुनौतीपूर्ण परिस्थितिमा समेत उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले विभिन्न उन्नत तालिमहरुमध्ये एसटिएफ तालिम एउटा महत्वपूर्ण र बिशेष किसिमको कार्य गर्न सक्ने दक्ष एवं रणनीतिक कौशलयुक्त राष्ट्रसेवक उत्पादन गर्ने तालिम रहेको चर्चा गर्नुहुँदै यस्ता तालिम प्राप्त जनशक्तिबाट संगठनको कामकारवाहीहरु चुस्त, दुरुस्त एवं प्रभावकारी ढंगले सम्पन्न गर्न सफलता मिल्ने उल्लेख गर्नुुभयो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक हेमबहादुर श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १६ हप्ता अवधिको एसटिएफ तालिममा सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी सर्वप्रथम भएका छन् । उक्त तालिममा दुई जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल ९८ जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।
2076-12-26
APF News
एपीएफ टोलीद्वारा जामुनको काठसहित चार जना पक्राउ

सर्लाही,
    सर्लाही जिल्लाको हरिवन नगरपालिका ६ स्थित बाग्मती सिंचाई आयोजनाको नहर ईलाकाबाट चैत १८ गते एपीएफ टोलीले करिव ३४ क्युफिट जामुनको काठसहित चार जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा सोही नगरपालीका बस्ने २७ वर्षिय कुलबहादुर खपाङ्गी, ३३ वर्षिय सुरेश गुर्मछाने, ४७ वर्षिय चन्द्रबहादुर राना र ३५ वर्षिय प्रमोद मैनाली छन् ।
सो ठाँउमा जामुनको रुख काटिरहेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरहराबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त परिमाणको काठसहित पक्राउ गरेको हो ।
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।

2076-12-20
APF News
अठार हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा, जनचेतना मूलक कार्यसँगै विभिन्न डुयूटिमा उच्च मनोवलकासाथ परिचालन ः–
काठमाडौं, कोरोना भाइरस (कोभिड-१९)लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटिलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सकृत रहेको छ । यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानिय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपद्मा परेकाहरुको उद्वारमा सकृय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । जिम्मेवारीका क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन एवं परिपत्रका माध्यमबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्पष्ट निर्देशन दिईएको छ । यसैबीच लागूभएको ‘लक डाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरी बलले स्थानिय स्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न माईकिङ लगाएत विभिन्न प्रयासहरु गरिरहेको छ । सशस्त्र प्रहरी बलको टोली देशका विभिन्न १६१ स्थानमा हेल्थ डेष्कमा खटिएको छ । जसमा कुल ५३० जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् । स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको उपयोग गरी मास्क उत्पादन गरी निःशुल्क वितरण, विभिन्न ठाउँहरुमा सावुन पानीको व्यवस्था, कोरोना भाईरसबाट जोगिने उपाय लेखिएका जनचेतना मूलक पर्चा पम्पलेट वितरण लगायतका कार्यहरु समेत गरिएका छन् । सीमा नाकाबाट आवतजावत नियन्त्रण, ‘लक डाउन’को वेवास्था गर्दै लापर्वाही पूर्वक सडकमा निस्केका स्थानीय व्यक्ति तथा सवारी साधन नियन्त्रण लगायतका कार्यहरुमा समेत एपीएफ टोली परिचालन गरिएको छ । यसैबीच शुक्रबार मोरङ जिल्लाको जोगवनी नाकाबाट १३ जनालाई स्थानीय निक्लाजुङ गाउँपालिका स्थित क्वारेन्टाईनमा पठाईएको छ भने रुपन्देहीको सुनौली बेलहीया नाकाबाट ११ जना तथा बैतडीको झुलाघाटबाट १८६ जना र दार्चुलाको पुलघाटबाट २२५ जनालाई स्थानीय क्वारेन्टाईन तथा सम्बन्धित जिल्लाहरुमा क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा रहने गरी पठाईएको छ । विभिन्न स्थानमा खटिएको एपीएफ टोलीले स्थानीय प्रशासन तथा प्रहरी सँग समन्वयन गरी आफ्नो दायित्व निर्वाह गरिरहेका छन् । एपीएफ टोली सीमा नाका सुरक्षा, क्वारेन्टाईन सुरक्षा, हेल्थ डेष्क लगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक पोइन्ट, पिकेट, पैदल गस्ती, मोवाईल गस्ती, ‘क्वीक रिएक्सन टिम’ लगायतका ड्यूटिहरुमा परिचालित रहेको छ । यसैगरी हरेक एपीएफ ईकाइहरुमा विपद्का बेला उद्धार कार्यका लागि एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसका लागि विभिन्न ८१ स्थानमा कुल १ हजार ६२ जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् । देशका विभिन्न १२ स्थानमा एम्बुलेन्स तथा स्वास्थ्यकर्मीसहित एपीएफ टोली परिचालित रहेको छ । विभिन्न ५०३ सीमा नाकामा २ हजार ५ सय ४५ जना सशस्त्र प्रहरी कर्मचारी सुरक्षार्थ तैनाथ गर्नुकासाथै ७० ‘ईमिडियट रेस्पोन्स टिम’मा ६४१ जना सशस्त्र प्रहरी कर्मचारी खटिएको छ । सशस्त्र प्रहरी बलले ३८ स्थानमा रहेको ‘क्वीक रियक्सन टिम’मा ६१७ जना परिचालित गरेको छ । विभिन्न ठाउँमा ३७४ चेक प्वइन्टमा २ हजार १७ जना परिचालित गरेको सशस्त्र प्रहरी बलले ३२६ वटा मोवाईल गस्तीमा २ हजार ३ सय २१ जना तथा ४९१ पैदल गस्तीमा ३ हजार ६ सय ७१ जना परिचालित गरेको छ । सशस्त्र प्रहरी बलले दैनिक रुपमा १८ हजार भन्दा बढि जनशक्ति विभिन्न ड्र्यूटिमा परिचालन गरिरहेको छ । ‘लक डाउन’को बेला गर्नुपर्ने विभिन्न कार्यहरुमा एपीएफ टोलीले स्थानीय प्रशासन एवं अन्य सुरक्षा निकायसँग नियमीत रुपमा समन्वय गरी जिम्मेवारी निर्वाह गरिरहेको छ । सशस्त्र प्रहरी बलले कोरोना भाईरसबाट जोगिन आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई सचेत गराउनुकासाथै उनीहरुमार्फत उनीहरुका घर परिवार तथा छरछिमेकमा समेत सचेतना गराउने प्रयास गरेको छ । हरेक व्यारेकमा थर्मलगनबाट तापक्रम नाप्ने, सेनीटाईजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने जस्ता कार्य गर्दै आएको तथा कुनै सशस्त्र प्रहरी कर्मचारीमा कुनै लक्षण देखिएमा तत्काल क्वारेन्टाईनमा राख्नका लागि सशस्त्र प्रहरी बलको हरेक व्यारेकमा त्यस सम्बन्धि व्यवस्था मिलाईएको छ । कुनै पनि सशस्त्र प्रहरी कर्मचारीमा हालसम्म कुनै लक्षण देखिएको छैन तथा सशस्त्र प्रहरी कर्मचारीहरु आफु जोगिदै हरेक ड्यूटिमा उच्च मनोवलकासाथ कृयाशिल रहेका छन् ।
2076-12-15
APF News
एपीएफ टोलीद्वारा सालको गोलिया काठसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट चैत्र १५ गते एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षिय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको उक्त सालको गोलिया काठसहित निज साहलाई सशस्त्र प्रहरी बल नेपाल सरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका साहलाई एपीएफ टोलीले बरामद सालको गोलिया काठसहित आवश्यक कारवाहीकोलागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाएको छ ।
2076-12-15
APF News
एपीएफ टोलीद्वारा सालको गोलिया काठसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट चैत्र १५ गते एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षिय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको उक्त सालको गोलिया काठसहित निज साहलाई सशस्त्र प्रहरी बल नेपाल सरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका साहलाई एपीएफ टोलीले बरामद सालको गोलिया काठसहित आवश्यक कारवाहीकोलागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाएको छ ।
2076-12-15