Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी बल, नेपालका पदक विजेता खेलाडी सम्मानित

काठमाडौं,

            सशस्त्र प्रहरी बल, नेपालले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा नेपाल एपीएफ क्लबबाट सहभागी भई पदक जित्न सफल आफ्ना २ सय ४ जना खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।

            सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा जेठ ०९ गते आयोजित बिशेष समारोहका वीच स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्नुभयो ।

            यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेलले रजत र कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।

            प्रदेश नं. ५ को विभिन्न स्थानमा गत चैत्र २७ गतेदेखि बैशाख १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लबको तर्फबाट सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरिएको हो ।

त्यस अवसरमा कूल १३ लाख ९५ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको छ ।

सो कार्यक्रममा स्वर्ण पदक विजेतालाई जनही १० हजार रुपैयाँ, रजत पदक विजेतालाई जनही ७ हजार रुपैयाँ तथा कास्य पदक विजेतालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

            यसैगरी एकभन्दा बढी पदक विजेता खेलाडीहरुलाई थप बिजयी प्रति पदकमा ५० प्रतिशत पुरस्कार रकम थप गरी प्रदान गरिएको छ ।

            उक्त बिशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस किसिमको सफलताले संगठनका सकल दर्जाका राष्ट्रसेवकहरुलाई गौरवान्वित बनाएको चर्चा गर्नुहुँदै राष्ट्र, राष्ट्रियता र नेपाली जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्धारका अलावा खेलकुदको क्षेत्रमा समेत संगठनले आफ्नो सकृय सहभागिता जनाउँदै आएको उल्लेख गर्नुभयो ।

            उहाँले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थानाकालदेखि नै विभिन्न खेलको विकासमा योगदान पु¥याउँदै आईरहेको चर्चा गर्नुभयो ।

            सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलहरुमा उत्कृष्ट योगदान पु¥याउने खेलाडीहरुको हौसला तथा मनोवल बढाउनको लागि विगतका दिनहरुमा समेत सशस्त्र प्रहरी बल, नेपालले विशेष अवसर पारेर उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गर्दै आएको स्मरण गर्नुहुँदै आगामी दिनहरुमा पनि यो परम्परालाई निरन्तरता दिईने बताउनुभयो ।

            कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सम्मान कार्यक्रमको विविध विषयमा जानकारी गराउनुभएको थियो ।

            उहाँले सो प्रतियोगिताको कूल ३५ विधा मध्ये २८ विधामा नेपाल एपीएफ क्लबका खेलाडीहरुले ५४ स्वर्ण पदक, ७१ रजत पदक र ७९ कास्य पदक गरी कूल २०४ पदकसहित तेस्रो स्थान हासिल गरेको कुरा जानकारी गराउनु भयो । 

2076-2-9
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद 

रौतहट,
    रौतहट जिल्लाको कटहरीया नगरपालिका ४ स्थित सिमा ईलाकाबाट जेठ १० गते एपीएफ टोलीले करीब २ लाख ९८ हजार रुँपैया बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    भारतबाट नेपालतर्फ अवैध रुपमा ना. ४६ प ७८१९ नम्वरको मोटरसाईकलमा राखेर ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रौतहट नम्वर १८ गणबाट खटिएको टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ । 
    एपीएफ टोलीले बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

2076-2-9
APF News
एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ :–

काठमाडौं,
        काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका ८ पशुपति वनकालीस्थित पार्किङ
ईलाकाबाट जेठ ५ गते एपीएफ टोलीले करीब १ के.जी. २ सय ग्राम गाँजासहित एक
जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा भारतको विहार सितामढी घर बताउने हाल काडमाडौं
महानगरपालिका ८ गौशाला बस्ने निखिल कुमार सिंह छन् ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल पशुपतिनाथ मन्दिर सुरक्षा बेसबाट खटिएको
एपीएफ टोलीले उक्त गाँजा बेचविखन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
        पक्राउ परेका सिंहलाई बरामद गाँजासहितै आवश्यक कारवाहीको लागि महानगरीय
प्रहरी बृत गौशालामा बुझाइएको छ ।

 

2076-2-5
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद :–

काठमाडौं,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट जेठ ३ गते
एपीएफ टोलीले करीब चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका
‘सेकण्ड हेण्ड’ मोवाईल फोन बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी
बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले
उक्त मोवाईल फोन बरामद गरेको हो ।
        बरामद मोवाईल फोन आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कञ्चनपुर नम्बर ३५ गणबाट
खटिएको एपीएफ टोलीले कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ३ दैजी भन्ने
स्थानबाट जेठ २ गते करीब एक लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        महेन्द्रनगरबाट बझाङतर्फ जाँदै गरको यात्रुबाहक बसमा राखेर अवैध रुपले
भन्सार छली लैजाँदै गरेको अवस्थामा उक्त लत्ताकपडा बरामद गरिएको हो ।
        एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार
कार्यालयमा बुझाएको छ ।

2076-2-3
APF News
गृृहमन्त्री थापाबाट तालिम उद्घाटन

काठमाडौं,  
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा संचालन हुने 'PEER Regional MFR and CSSR Course' को आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । 
सशस्त्र प्रहरी बल, नेपाल र National Society for Earthquake Technology Nepal (NSET) को आयोजनामा संचालित उक्त तालिम असार २० गतेसम्म संचालन हुनेछ । 
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्यसअवसरमा विपद् व्यवस्थापन कार्य एकल प्रयासले मात्र सम्भव नहुने चर्चा गर्नुहुँदै यस्ता अन्तर्राष्ट्रियस्तरको तालिमले दक्ष जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा प्रदर्शन गरेको कार्यको प्रशंसा गर्नुहुँदै भोलिका दिनमा हुनसक्ने विपद् जोखिम न्यूनिकरणका लागि गम्भिरतापूर्वक पूर्व तयारी गरिरहनु पर्ने उल्लेख गर्नुभयो । 
यस्ता तालिमले प्रशिक्षार्थीहरुको दक्षता अभिबृद्धि हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिताले एकआपसमा सहकार्य र समन्वयमा सहयोग पुग्नुका साथै नविनतम अभ्यास आदन प्रदानमा समेत मद्दत पुग्ने बताउनुभयो । 
सो कार्यक्रममा धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनलाई प्राप्त विपद् व्यवस्थापनको जिम्मेवारीलाई संगठनले महत्वका साथ लिई विगत लामो समयदेखि तालिम शिक्षालय स्थापना गरेर दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको चर्चा गर्नुहुँदै २०७२ सालको भूकम्पको बेला तथा अन्य विभिन्न विपद्को समयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । 
उहाँले हाम्रो देश नेपाल विविध प्रकृतिका विपद् प्रकोपका हिसाबले अतिसंवेदनशील रहेको चर्चा गर्नुहुँदै संगठनले आजको समयमा विविध प्रकृतिका विपद् व्यवस्थापन सम्बन्धी तालिमहरु संचालन गर्दै पूर्व तयारीमा समेत ध्यान पु¥याई रहेको बताउनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले विपद् व्यवस्थापन आफैमा चुनौतीपूर्ण कार्य रहेको उल्लेख गर्नुहुँदै उक्त विषयलाई गम्भिरतापूर्वक लिएर संचालित यस्ता अन्तर्राष्ट्रियस्तरका तालिमले भोलिका दिनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
समारोहमा एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले तालिमका विविध पक्षबारे प्रकाश पार्नुहुँदै तालिमको दौरानमा विपद् व्यवस्थापनमा सम्बद्ध निकाय र अन्तर्राष्ट्रिय समूदायवीच समेत एकआपसमा ज्ञान तथा सीप आदान प्रदान हुने बताउनुभयो । 
समारोहमा सो शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई. किशोर प्रधानले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै सो शिक्षालयको विविध पक्षहरुबारे जानकारी गराउनु भएको थियो । 
सो तालिममा अफगानिस्तानका ४ जना, भुटानका ४ जना, माल्दिभ्सका ५ जना, श्रीलंकाका ५ जना र नेपालका ६ जना गरी कूल २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।   
 

2076-2-29
APF News
हावाहुरीको कारण फेलातालमा अलपत्र परेका तीन जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

कास्की,
        कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी
आएको हावाहुरीको कारण सो तालमा बोटिङ्ग गरिरहेको एक डुंगामा पानी पस्न गई
अलपत्र परेका तीन जनाको एपीएफ टोलीले बैशाख ०५ गते सकुशल उद्वार गरेको छ

        सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण
हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ
टोलीले उनीहरुको उद्वार गरेको हो ।
        एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज
वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष
चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा
खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको हो ।

2076-1-8
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित दुई जना पक्राउ – 

बारा, 
    बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ खुदियाटोलास्थित सीमा ईलाकाबाट बैशाख ४ गते एपीएफ टोलीले करीब ११ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडासहित दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण तेलकुँवा १ घर बताउने २७ बर्षिय नाझा यादव र भारतकै मोतिहारी घर बताउने ३२ वर्षिय मुनिलाल पटेल छन् । 
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त कपडासहित पक्राउ गरेको हो । 
    भारतबाट अवैध रुपमा भन्सार छली ना. १ त ७७६० र ना. ४ त ३३२८ नम्बरका ट्रयाक्टरको ट्रलि मुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त कपडा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएकोे हो ।
एपीएफ टोलीले त्यसवेला उक्त कपडा ल्याउन प्रयोग भएको दुईवटै ट्रयाक्टर समेत बरामद गरेको छ । 
 

2076-1-5
APF News
सशस्त्र प्रहरी बलको गोतोखोरले नदीबाट शब निकाल्यो

बार्दिया, 
    बर्दिया जिल्लाको मधुवन नगरपालिका ३ कोडियाघाटस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शब सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोलीले बैशाख ३ गते नदीबाट बाहिर निकालेको छ । 
    कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका बस्ने १९ वर्षिय प्रज्ज्वल कोईराला र बाँके जिल्लाको कोहलपुर नगरपालिका बस्ने १८ बर्षिय दिपेन्द्र कार्की बैशाख १ गते उक्त नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । 
    सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटार चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको एपीएफ टोलीले खोजी कार्य सुरु गरेको थियो । 
    सो टोलीले उक्त शब डुबेको स्थानभन्दा करीब तीन सय मिटर तल सो नदीमा तैरिरहेको अवस्थामा फेला पारी नदीबाट बाहिर निकालेको हो । 

2076-1-4
APF News
चोरी पैठारीको लत्ताकपडा सहित पक्राउ

धनुषा, 
    धनुषा जिल्लाको विदेह नगरपालिका ९ बाट बैशाख ३० गते सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेश जनकपुरबाट खटिएको एपीएफ टोली र जनकपुर भन्सार कार्यालयको टोलीले चोरीपैठारीको लत्ताकपडा सहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको धनौजी गाँउपालिका १ बस्ने ३५ बर्षिय शिवनारायण साह सुडी र ३२ बर्षिय मोहम्मद सकिल हुसेन छन् । 
    ज. ८ प ३२७८ र एउटा नम्बर प्लेट नभएको हिरोहोण्डा मोटरसाइकलमा राखेर भारतबाट अवैध रुपले उक्त लत्ताकपडा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सो लत्ताकपडा तथा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरीएको हो । 
    पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । उक्त लत्ताकपडा तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य ३ लाख ५४ हजार २ सय रुपैयाँ रहेको छ । 
 

2076-1-31