Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठमाडौं,
        धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ तरहीबाट जेठ २७ गते एपीएफ टोलीले
बिभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिय बिपिनकुमार मण्डल, १९
वर्षिय जितेन्द्र मण्डल र २० वर्षिय सबरेजकुमार सेन छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले
उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट एक्जिप्लोन १७ बोतल,
स्पास्मो २ पत्ता र नाईट्रोजन ट्याब्लेट २ पत्ता फेला परेपछि पक्राउ
गरिएको हो ।
त्यसबेला एपीएफ टोलीले उनीहरुको साथबाट दुई वटा मोवाईल सेट समेत बरामद गरेको छ ।
        पक्राउ परेकाहरुलाई बरामद लागुऔषध तथा उक्त मोवाईल सेट सहित आवश्यक
कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलिरामपुर स्थित सीमा
ईलाकाबाट जेठ २७ गते एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई
पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको कलैया उपमहानगरपालिका ५ बस्ने २१ वर्षिय
जिवनकुमार सराफ छन् ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट बलिरामपुर बाट खटिएको एपीएफ
टोलीले निज सराफलाई शंका लागि जाँच गर्दा उनको साथबाट नाईट्रानेट ५६ वटा,
नुभिन ४ वटा, डाईजाल्याब ४ वटा, फेनारगन ४ वटा, वानरेक्स ३ बोतल र ६ सय
एमएलको बोतलमा रातो नाम नखुलेको तरल पदार्थ फेला परेपछि पक्राउ गरिएको हो

        पक्राउ परेका निज सराफलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाईएको छ ।

2077-02-28
APF News
एपीएफ टोलीद्वारा सुर्तीजन्य पदार्थसहित दुई जना पक्राउ
कैलाली, कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ कालकुण्ठा स्थित सीमा ईलाकाबाट जेठ २७ गते एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ९ बस्ने ४४ वर्षिय लालबहादुर दहित र ३० वर्षिय दिनेश डगौरा थारु छन् । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको दुई सय ५० प्याकेट सुर्तीजन्य पदार्थसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद सुर्तीजन्य पदार्थसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय खक्रौलामा बुझाएको छ ।
2077-02-27
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद

काठमाडौं,
    रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका २ बाट जेठ २५ गते एपीएफ टोलीले करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ ।
    नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको सात सय ३४ बोतल मदिरा र भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा ईलोक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।
    यसैगरी मोरङ जिल्लाको जहदा गाउँपालिका १ भुटाहा स्थित सीमा ईलाकाबाट जेठ २६ गते एपीएफ टोलीले करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुर्तीजन्य पदार्थ, किराना सामान र पाँच वटा साईकल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाएको छ ।

2077-02-26
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

रुपन्देही,
रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ मोहिनीहवाबाट जेठ २३ गते एपीएफ
टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका १७ बस्ने २८
बर्षिय संजय थापा र २९ बर्षिय राजन खनाल छन् ।
        लु ५१ प ५१३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल,
नेपाल फरवार्ड बेस मोहिनीहवाबाट खटिएको एपएिफ टोलीले जाँच गर्दा उनीहरुको
साथमा नोफिन २५ बोतल, फेनारगन २५ बोतल र डाईजेपाम २५ बोतल फेला परेपछि
पक्राउ गरिएको हो ।
        पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।

2077-02-24
APF News
एपीएफ टोलीद्वारा पन्ध्र लाख रुपैयाँ तथा चोरीपैठारीको लत्ताकपडा बरामद

बारा,
        बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ अमरपुरस्थित सीमा ईलाकाबाट जेठ २४
गते एपीएफ टोलीले १५ लाख रुपैयाँ तथा करीब ३३ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको   छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको एपीएफ
टोलीले उल्लेखित रुपैयाँ तथा लत्ताकपडा बरामद गरेको हो ।
        उक्त लत्ताकपडा टाउको बोकी ल्याउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई
देख्नासाथै उक्त लत्ताकपडा सोही ठाउँमा छाडि फरार भएपछि सो लत्ताकपडामा
जाँच गर्दा उल्लेखित रुपैयाँ समेत बरामद भएको थियो ।

2077-02-24
APF News
एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित तीन जना पक्राउ

कैलाली,
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १० जुगेडा कटानबाट जेठ २४ गते एपीएफ टोलीले
११ ग्राम सात सय मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ बर्षिय गौरब श्रेष्ठ, २३ बर्षिय
राजेन्द्र भाट र १८ बर्षिय बलराम राना छन् ।
        उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जुगेडाबाट खटिएको
एपीएफ टोलीले पक्राउ गरेको हो ।
        सु.प.प्र.प. ०१–००८ प ५४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ
टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको २० वटा
सानो प्याकेट ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।
        एपीएफ टोलीले त्यसबेला उल्लेखित मोटरसाइकल, मोबाईल तीन वटा र पाँच हजार
रुपैयाँ समेत बरामद गरेको छ ।
        पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर, मोटरसाइकल, मोबाईल र रुपैयाँसहित
आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2077-02-24
APF News
एपीएफ टोलीद्वारा श्रोत नखुलेको २२ लाख ४८ हजार रुपैयाँसहित पक्राउ

पर्सा,
      पर्सा जिल्लाको छिपरमाई गाउँपालिका ४ बन्जारीबाट जेठ २२ गते एपीएफ
टोलीले २२ लाख ४८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ५ बस्ने २५ वर्षिय
प्रकाश साह छन् ।
        उनलाई सशस्त्र प्रहरी, बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको
एपीएफ टोलीले पक्राउ गरेको हो ।
        ना ४३ प २८०२ नम्बरको मोटरसाईकलमा सवार निज साहलाई गस्तीमा खटिएको एपीएफ
टोलीले शंका लागि जाँच गर्दा उक्त मोटरसाईकलको ट्याङ्की मुनी लुकाई छिपाई
ल्याउँदै गरेको अवस्थामा उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो

        एपीएफ टोलीले पक्राउ परेका निज साहलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित
आवश्यक करावाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

2077-02-24