Toggle Menu

समाचार

APF News
कमला नदिमा दुई दिनदेखि बाढिमा फसेकालाई एपीएफ टोलीद्वारा उद्वार 

काठमाडौं,
    कमला नदिको झण्डै बीच भागमा बाढिले घेरिएर दुई दिनदेखि बाहिर निस्कन नसकेका पाँच जनालाई एपीएफ टोलीले आज विहान उद्वार गरी नदिबाट बाहिर निकालेको छ ।
    धनुषा जिल्लाको सहिद नगरपालिका २ स्थित मद्रास भन्ने ठाउँमा ठूलो बाढि आएको सो नदि किनारबाट करिव पाँच सय मिटर भित्रबाट उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको विपद व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्तिले सकूशल उद्वार गरेको हो ।
    उद्वार गरिएकाहरुमा एक जना महिला तथा चार जना पुरुष रहेका छन् ।
    यसैगरी धनुषा जिल्लाकै कमलामाई नगरपालिका स्थित हसमोडा सखला भन्ने ठाउँबाट दुई महिलासहित चार जनालाई सोही बाहिनीबाट खटिएको एपीएफ टोलीले उद्वार गरेको छ ।
    यसैगरी एपीएफ टोलीले मोरङ जिल्लामा ४५ घर परिवारलाई उद्वार गरी सुरक्षित स्थान सारेको छ भने झापामा ४२ घर परिवारलाई उद्वार गरेको छ ।
    यसैगरी रौतहट जिल्लाको ब्रिन्दावन नगरपालिका १ स्थित चादिखोलाको कासघारीबाट १९ जनालाई एपीएफ टोलीले उद्वार गरेको छ ।
    यसैगरी ललितपुर महानगरपालिका १८ स्थित बाग्मती खोला किनार र नक्खुखोलाको किनारको दोवानबाट एपीएफ टोलीले एक पुरुष व्यक्तिको शव निकालेको छ । ती व्यक्तिको हाल नाम, वतन खुल्न सकेको छैन । 
    नक्खु खोलाले बगाएर ल्याएको उक्त शव सशस्त्र प्रहरी बल, नेपाल कारागार सुरक्षा वेश नक्खुबाट खटिएको एपीएफ टोलीले नदिबाट बाहिर निकालेको हो ।     
    अविरल वर्षाको कारण विभिन्न ठाउँहरुमा बाढि तथा डुवान परेपछि सशस्त्र प्रहरी बलको टोली उद्वार कार्यमा सकृयताकासाथ जुटेको छ । 
 

2076-3-28
APF News
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार 

अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार काठमाडौं,
    अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । 
    सुनसरी जिल्लाको वर्यु गाउपालिका ३ स्थित फारम चोक र डर्मीचोक ईलाकामा अविरल वर्षाको कारण केसल्लीया खोलामा पानीको बहाव बढ्न गई करीव एक सय २० घर डुवानमा परेकामा सो ईलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अमडुवाबाट खटिएको एपीएफ टोलीले पीडितहरुलाई सुरक्षित स्थानमा सारेको छ । 
    यसैगरी रौतहट जिल्लाको कटहरिया नगरपालिकाको बकैया नदीमा पानीको बहाव बढ्न गई बाध कटान गरी बस्तीमा बाढी पसेपछि करीव ३० घर डुवानमा परेकोमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश दुधियाभारबाट सशस्त्र प्रहरी निरीक्षक ओमप्रसाद ढकालको कमाण्डमा खटिएको एपीएफ टोली तथा स्थानीय वासिन्दाले त्यसठाउँबाट घरायसी सामानहरु सुरक्षित स्थानमा सारेको छ । 
    यसैगरी रौतहट जिल्लाकै राजपुर नगरपालिकाको वडा नं. १ र २ ईलाकामा अविरल वर्षाका कारण फसेका एक जना महिला र दुई जना पुरुष व्यक्तिहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक तुलाबहादुर चौधरीको कमाण्डमाको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ । 
    यसैगरी रौतहट नगरपालिका ९ स्थित सिर्सियाबाट वर्षाका कारण फुसको घरभित्र फसेका ९ जनाको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा रौतहटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक डिल्लीकुमार कार्कीको कमाण्डमा खटिएको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ ।
    यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका ३१ बेलवा स्थित मुसहर बस्तीमा सोही स्थानमा रहेको भेडाहार खोलामा पानीको बहाव बढ्न गई करीव २५ घर डुवान परेकोमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बेलवाबाट सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईको कमाण्डमा खटिएको एपीएफ टोलीले पीडितहरुलाई उद्वार गरी सुरक्षित स्थानमा सारेको छ  । 
    यसैगरी पर्सा जिल्लाकै छपरमाई गाउँपालिका ३ सानोजय मंगलापुर स्थित एक घरमा वर्षाको कारण डुवानमा परेका ५५ वर्षिय साहेब साह, ४० वर्षिया सुमित्रा देवी र १५ वर्षिकी लक्ष्मीकुमारी साहलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिस्वाबाट सशस्त्र प्रहरी नायव निरीक्षक निलहरी दाहालको कमाण्डमा खटिएको एपीएफ टोलीले सकूशल उद्वार गरेको छ ।
    यसैगरी चितवन जिल्लाको राप्ती नगरपालिका ६ डुम्रे पुल नजिकै रहेको शम्शेर चेपाङ्गको घर वर्षाको कारण डुवानमा परेको भन्ने जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक मनिष थापाको कमाण्डमा खटिएको विपद व्यावस्थापन तालिम प्राप्त दक्ष जनशक्तिसहितको टोलीले निजको श्रीमती तथा तीन जना बालबालिकाहरुलाई सकूशल उद्वार गरी सुरक्षित स्थानमा ल्याएको छ । 
    यसैगरी पाल्पा जिल्लाको तीनाउ गाउँपालिका ३ स्थित सिद्धार्थ लोकमार्गमा पहिरो गई मोटरसाईकलसहित पुरिएका एक व्यक्तिको शव सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४१ गुल्म हेक्वा रुपन्देही र स्थानीय प्रहरीले उद्वारगरी बाहिर निकालेको छ । 
    सोही जिल्लाको ढिस्डी गाउँपालिका ४ मितयाल बस्ने अन्दाजी ३० वर्षिय धनबहादुर सुनारी एक्कासी आएको पहिरोको कारण त्यसठाउँमा लु ५० प. ४६७१ नम्बरको मोटरसाईकलसहित पुरिएका थिए ।  
    अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढि तथा डुवान भएपछि एपीएफ टोली सकृयताकासाथ उद्वार कार्यमा जुटेको छ ।

2076-3-28
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गुल्मपति तथा स्टाफ तालिम समापन

काठमाडौं,
     सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २१ गुल्मपति तथा स्टाफ तालिमको असार २७ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो ।
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा फौजी संगठनमा तालिमको महत्वमाथी प्रकाश पार्नुहुँदै तालिमले व्यक्तिको बृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
उहाँले संगठनलाई प्राप्त जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्नसक्ने दक्ष जनशक्ति उत्पादनका लागि यस्ता पेशागत तालिम अपरिहार्य रहेको चर्चा गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले यस्ता तालिमले प्रशिक्षार्थीहरुलाई प्राप्त जिम्मेवारी सहजताकासाथ बहन गर्न ज्ञान सिप अभिबृद्धि हुनुका साथै व्यावसायिक अधिकृत उत्पादन हुने विश्वास व्यक्त गर्नुहँुदै कार्यक्षेत्रमा आईपर्ने चुनौतीहरुको सामना गर्नसक्ने दक्ष क्षमतावान तथा कूशल अधिकृत उत्पादनमा यस्ता तालिमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले यस्ता तालिमबाट प्राप्त ज्ञान सिपको अधिकतम उपयोग गरी जस्तोसुकै विषम परिस्थितीमा समेत उत्कृष्ट कार्यसम्पादन गर्न कृयाशिल रहनुपर्ने बताउनुहुँदै व्यावसायीक प्रशिक्षणले सक्षम, कर्तव्यनिष्ठ अधिकृत उत्पादन भई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा प्रभावकारिता आउने बताउनुभयो ।  
सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्यको क्रममा संगठनमा आवद्ध अधिकृत तहका राष्ट्रसेवकहरुको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले संचालित यस्ता व्यावसायिक तालिमबाट प्राप्त ज्ञान सिपले कार्यक्षेत्रमा प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न प्रशिक्षार्थीहरुलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले प्रशिक्षणको दौरानमा विविध विषयका आन्तरिक तथा बाह्य विज्ञ प्रशिक्षकहरुद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिएको बताउनुभयो । 
    गत चैत्र २६ गतेबाट संचालन भएको उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक एक जना तथा सशस्त्र प्रहरी निरीक्षक ३६ जना गरी कुल ३७ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।    
    उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बराल सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र राउत उत्कृष्ट ठहरिएका छन् । 
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापा लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

2076-3-27
APF News
शिघ्र परिचालित भई सशस्त्र प्रहरी सेवा प्रदान गर्न सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

काठमाडौं,
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हाल बाढी पहिरोको जोखिम हुनसक्ने हुँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । उहाँले कुनैपनि प्रकारको विपद् प्रकोपको जोखिम भएमा उच्च मनोवलका साथ छिटोभन्दा छिटो उद्धार कार्यमा परिचालित हुन निर्देशन दिनुहुँदै सवै एपीएफ एकाईहरुले आ–आफ्नो कार्यालयमा रहेका उद्धार सामाग्री तथा जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले देशभर रहेका एपीएफ एकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट लाईभ भिडियो स्ट्रीमिङ तथा सशस्त्र प्रहरी संचार मार्फत आज प्रत्यक्ष सम्बोधन गर्नुहुँदै सो निर्देशन दिनुभएको हो । 
    कुनै पनि प्रकारको विपद् प्रकोप भएमा उद्धार कार्यमा शिघ्र परिचालित हुनुपर्ने आवश्यकता औल्याउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा भन्नुभयो– ‘कुनै प्रकारको विपद् भएमा सम्पूर्ण एपीएफ एकाईका प्रमुखहरुले एपीएफ टोली छिटोभन्दा छिटो परिचालन गर्नु होला, त्यसो भएमा पीडितलाई उद्धार गर्ने कार्यमा सफलता प्राप्त हुन सघाउ पुग्दछ ।’
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले आफ्नो कार्यमा प्रभावकारिता ल्याउन सूचना प्रविधिको अधिकतम उपयोग गर्ने लक्ष्यका साथ कामकारवाहीहरु गरिरहेको उल्लेख गर्नुहुँदै परिणाममुखी कार्यसम्पादनको लागि आधुनिक उपकरणको उपयोग भईरहेको र यसबाट अपेक्षाकृत उपलब्धी हासिल भईरहेको बताउनुभयो ।  
    उहाँले ईमानदारी एवं वफादारीपूर्वक दायित्व निर्वाह गर्न निर्देशन दिनुहुँदै सीमा सुरक्षा लगायत सशस्त्र प्रहरी कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउँदै लगिने र सो कार्यको सुरुवात भईसकेको उल्लेख गर्नुभयो । 
    उहाँले सशस्त्र प्रहरी कार्यसम्पादनमा शिघ्र परिचालित भई सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्धार कार्यमा कृयाशिल रहन देशभर कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । 
    उहाँले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाकालदेखि नै आफ्नो जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूको ‘समृद्ध नेपाल सुखी नेपाली’ को महाअभियानलाई सफल पार्न तथा माननीय गृहमन्त्रीज्यूबाट शान्ति सुरक्षा र सुशासन कायम गरी विकास निर्माणको वातावरण सिर्जना गर्ने गृह प्रशासन सुधार कार्ययोजनालाई अक्षरस पालना गर्दै राष्ट्र र जनतालाई सर्बाेपरी ठानेर कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । 
उहाँले शान्ति सुरक्षा तथा सुशासन कायम राख्ने एवं सीमा सुरक्षा लगायत औद्योगिक सुरक्षा तथा राजश्व संकलनमा समन्वयका साथ सहयोग एवं सहकार्य गर्दै अगाडी बढ्न निर्देशन दिनुहुँदै जिम्मेवारीका क्षेत्रहरुमा यथाशिघ्र परिचालित भई परिणाममुखी कार्यसम्पादन गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको नीति निर्देशनलाई अक्षरस पालना गर्दै दायित्व निर्वाहमा संगठन अगाडी बढिरहेको बताउनुहुँदै राष्ट्रको रक्षा, राष्ट्रियताको जगेर्ना तथा राष्ट्रिय एकताको प्रर्वद्धनमा कटिवद्ध रहन निर्देशन दिनुहुँदै प्राप्त कार्यादेशहरुलाई प्रभावकारी कार्यान्वयन गर्न तथा दैनिक अप्रेशनल तथा प्रशासनिक कार्यहरुलाई चुस्त दुरुस्त पार्दै सवै तहको नेतृत्वमा कुनै पनि किसिमको द्विविधा नहोस भनि संगठनले पहिलो पटक एकाई प्रमुखहरुको सम्मेलनको आयोजना समेत गरेको स्मरण गर्नुभयो । 
यसैगरी संघीय सरकारको अभिन्न सुरक्षा अंगको रुपमा रहि कार्य सम्पादन गर्न, गम्भिर प्रकृतिका सुरक्षा चुनौतीहरुलाई सामना गर्न, तालिमका माध्यमबाट दक्ष तथा सक्षम जनशक्तिको विकास गरी अनुशासित, व्यवसायीक तथा ईमानदार राष्ट्रसेवक निर्माण गर्न एवं अभैm प्रभावकारी रुपले शान्ति सुरक्षा कायम गर्न देशका सवै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपालको आवश्यकता महसुस गरी गत वर्ष नै २०७५ साल जेठ २७ गते संगठनको पुर्नसंरचना गरिएको कुरा समेत उल्लेख गर्नुभयो । जस अनुसार ४५ जिल्लामा स्थायी र १३ जिल्लामा अस्थायी गरी ५८ जिल्लामा मात्रै संगठनको उपस्थिति रहेकोमा हाल ६० जिल्लामा स्थायी र १७ जिल्लामा अस्थायी गरी ७७ वटै जिल्लामा परिचालित भएको तथा पाँच वटा बाहिनीमा तीन वटा थप गरी ८ वटा बाहिनी बनाईएको, पाँच वटा तालिम शिक्षालय रहेकोमा ६ वटा तालिम शिक्षालय थप गर्ने तर्फ कामकारवाही भईरहेको, २७ वटा गणमा ९ वटा थप गरी ३६ बनाईएको, २१ वटा सीमा सुरक्षा कार्यालयहरुलाई गणमा स्तरोन्नती गरिएको, ३८ गुल्महरुमा १८ वटा थप गरी ५६ स्थायी गुल्म बनाईएको छ । 
यसैगरी गुल्ममा फरक–फरक जनशक्ति रहेकोमा समान रुपमा जनशक्तिको संख्या १ सय ६० बनाईएको, १७ वटा आश्रित गुल्म थप गरिएको, सीमा सुरक्षा कार्यलाई संवेदनशील रुपमा लिई ८७ वटा बोर्डर आउट पोष्टमा १९ वटा थप गरी १ सय ७ पु¥याइएको तथा थप ४ वटा स्थापनाको क्रममा रहेको, करीब १० हजारको जनशक्ति रहेको तराईमा १५ हजार जनशक्ति परिचालन गरिएको, बोर्डर आउट पोष्ट स्थापना र कमाण्डरको परिचालनलाई सहज बनाईएको तथा युनिट सरुवा प्रणालीलाई प्रभावकारी बनाउन पहल गरिएको कुरा समेत सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उल्लेख गर्नुभयो । उहाँले आवश्यकता अनुसार बोर्डर आउट पोष्टको संख्या बृद्धि गरिँदै लगिने तथा उत्तरी सीमातर्फ समेत बोर्डर आउट पोष्ट स्थापना गरिँदै लगिने बताउनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा विभिन्न कारणले रिक्त हुने पदहरुमा बढुवा तथा नयाँ भर्ना प्रकृयाबाट पदपूर्ति गर्दै लगिएको बताउनुहुँदै संगठनले पारदर्शी ढंगले सरुवा बढुवा कार्य गर्दै आएको कुरा समेत उल्लेख गर्नुभयो । 
सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार क्षमता अभिबृद्धि गर्नेतर्फ पहल भईरहेको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले बहालवाला तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी एवं तिनका सन्तती तथा आमनागरिकलाई उपचार सेवा प्रदान गर्दै आएको एपीएफ अस्पतालाई स्तरोन्नती गर्दै सात वटै प्रदेशमा समेत क्रमिक रुपमा अस्पताल स्थापना गर्दै लगिने बताउनुभयो । उहाँले शिक्षाको महत्वमाथि प्रकाश पार्नुहुँदै हाल पहिलो चरणमा प्रदेश नं. २ को सप्तरी जिल्लामा नेपाल एपीएफ स्कुलको स्थापनाको सुरुवात भईसकेको तथा आगामी दिनमा सात वटै प्रदेशमा एपीएफ स्कुलको स्थापना गरी सशस्त्र प्रहरी कर्मचारीका सन्तती एवं स्थानीय जनताका सन्ततीहरुलाई स्तरीय शिक्षा प्रदान गरिने बताउनुभयो । 
उहाँले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसले गर्दा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्न छुट्टै सेल खडा गरी सक्षम एवं प्रविधिमैत्री सुरक्षा संयन्त्रको विकास गर्ने लगायतका विविध विषयमा जानकारी समेत गराउनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनका राष्ट्रसेवकहरुलाई उच्च हौसला, इमान्दारिता तथा कर्तव्यबोधका साथ कार्य गर्न निर्देशन दिनुभयो ।      
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरु तथा एपीएफ अधिकृत, बिल्लादार एवं जवानहरुको उपस्थिती रहेको थियो । 

2076-3-27
APF News
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सव कार्यक्रम

काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो १८औं वार्षिकोत्सवको पुनित अवसरमा असार १७ गते एक कार्यक्रमको आयोजना ग¥यो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय स्थित नेपाल एपीएफ क्लव हलमा भएको उक्त विशेष समारोहको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा विभिन्न निकायमा रहेर समाज सेवाको क्षेत्रमा योगदान पु¥याउनु भएका महिला समाजसेवीहरु तथा संघको विविध कृयाकलापमा सहयोग पु¥याउने महानुभावहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै प्रशंसापत्र प्रदान गर्नुभयो । 
उहाँले फरक क्षमता भएका प्रतिभाशाली विद्यार्थीहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नुडुप श्रेष्ठ छात्रबृत्ति प्रदान गर्नुभयो । यसैगरी उहाँले देशको विभिन्न भागमा रहेर उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।  
सो कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले विभिन्न विद्याका सर्वोत्कृष्ट छात्रछात्रा तथा बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततीहरुलाई छात्रबृत्ति प्रदान गर्नुका साथै सो संघको विकास विस्तारमा योगदान पु¥याउनु भएका तत्कालिन नम्बर १ प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष रोजी श्रेष्ठ तथा संघकी कोषाध्यक्ष श्रीमती लक्ष्मी पोखरेललाई उहाँहरुको योगदानको उच्च मूल्यांकन गर्दै दोसल्ला ओढाई सम्मान गर्नुभयो । 
समारोहामा संघकी पूर्व अध्यक्षहरु कल्पना थापा, शान्ति वली, रत्ना बस्नेत, डा. अनारकली (पिया) श्रेष्ठ र शीला राईले जेहेन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति स्वरुप नगद तथा शैक्षिक सामाग्री प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सो संघले समाज सेवाको पवित्र भावना लिएर कर्तव्यपथमा अविछिन्न अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालमा सेवारत राष्ट्रसेवकहरुका धर्मपत्नीहरुले समाजसेवाका क्षेत्रहरुमा सकृयतापूर्वक सहभागिता जनाउँदै क्षमताले भ्याएसम्म योगदान पु¥याउन देखाएको सकृयता प्रसंसायोग्य एवं अनुकरणीय रहेको बताउनुभयो । 
दुरदराजमा रहेका न्युन आयस्तर भएका तथा सिमान्तकृत वर्गको पहिचान गरी उनीहरुको उत्थानका लागि छात्रबृत्तिको माध्यमबाट उनीहरुका सन्ततीको शिक्षामा पु¥याईएको योगदान सराहनीय रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीका प्रतिभावान सन्ततीलाई प्रोत्साहन गर्नेतर्फ संघले देखाएको सकृयताको समेत मुग्दकण्ठले प्रसंसा गर्नुभयो । 
सेवा र सहयोगलाई मापन गर्न नसकिने बताउनुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न विपद्को अवस्थामा सो संघले पु¥याएको योगदान र सकृयता गर्व गर्न लायक रहेको उल्लेख गर्नुभयो । 
उहाँले सो संघले सिमित श्रोत साधनको अधिकतम उपयोग गरेर समाज सेवाका क्षेत्रहरुमा पु¥याएको योगदानको विभिन्न पक्षबाट उच्च मुल्यांकन भएको चर्चा समेत गर्नुभयो । 
संघले समाज सेवाका नविनतम आधारहरु पहिचान गर्दै अझै अगाडी बढ्दै जानुपर्ने आवश्यकता औल्याउनु हुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो संघका विविध कृयाकलापमा सशस्त्र प्रहरी बल, नेपालले सधै सघाई रहने कुरा समेत उल्लेख गर्नुभयो । 
उहाँले समाज सेवा विशुद्ध समाजिक कार्य भएको उल्लेख गर्नुहुँदै सो संघले समाज सेवाको क्षेत्रलाई विस्तार गर्दै आगामी दिनहरुमा समेत आफ्नो सकृयतालाई अझै बढाउँदै लैजाने विश्वास समेत व्यक्त गर्नुभयो । 
कार्यक्रममा सो संघकी कोषाध्यक्ष श्रीमती सावित्री पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संघकी सदस्य सचिव श्रीमती सरस्वती पाण्डेले संघको बिबिध गतिविधि तथा आगामी योजनाको बारेमा जानकारी गराउनुहुँदै वि.सं. २०५९ साल असार १७ गते स्थापना भएको सो संघ निःस्वार्थ सेवा भावका साथ समाज सेवाको क्षेत्रमा निरन्तर कृयाशिल रहँदै आएको चर्चा गर्नुभयो । 
उहाँले सो संघले सिमान्तकृत तथा पिछडीएका क्षेत्रका बालबालिकाहरुलाई निःशुल्क अध्ययन, जेहेन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान, विपद् प्रकोप पिडीतहरुलाई राहत वितरण, देशका विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर संचालन, राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीका श्रीमतीहरुलाई स्वरोजगारमूलक तालिम प्रदान, जनचेतनामुलक कार्यक्रम, रक्तदान लगायत बागमती सरसफाई महाअभियानमा सहभागिता जनाउँदै आईरहेको तथा आगामी दिनहरुमा समेत आफ्नो क्षमताले भ्याएसम्म संघको उद्देश्य पूर्तीमा कृयाशिल रहिरहने बताउनुभयो । 
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवकहरु तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु एवं विभिन्न संघ संस्थाका महानुभावहरुको उपस्थिति रहेको थियो । 

2076-3-17
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सचेतना र्‍यालीको आयोजना

काठमाडौं,
    सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो १८औं वार्षिकोत्सवको पुनित अवसरमा स्वच्छ जीवन उच्च विचारः लागूऔषधको गरौं बहिष्कार लगायत विभिन्न नाराका साथ सोमबार सचेतना मुलक ¥यालीको आयोजना गरेको छ ।
    देशको प्रत्येक क्षेत्रमा लैंगिक मैत्री वातावरणको सिर्जना गरौं, सभ्य समाज निर्माणको लागि सकारात्मक सोच आजको आवश्यकता, स्वच्छ जीवन यापनका लागि मद्यपान आपूm पनि नगरौं, अरुलाई नगर्न सल्लाह दिउँ, स्वच्छ समाज निर्माणको लागि गाउँ, टोल र वस्तीमा कुरिती र कुमानसिकताको बिरुद्ध आवाज उठाऔं लगायतका जनचेतना मुलक विभिन्न नारा उल्लेख गरिएका प्लेकार्ड तथा व्यानरसहित काठमाडौंको न्यूरोड गेटबाट सुरु भएको उक्त सचेतना ¥याली विशाल बजार, इन्द्रचोक, क्षेत्रपाटी, ठमेल, सरस्वती क्याम्पस, अमृत साईन्स क्याम्पस, संचयकोष भवन हुँदै कान्तिपथ पुगेर समाप्त भएको थियो । 
    सशस्त्र प्रहरी बल, नेपालको साँस्कृतिक तथा वैण्ड टोलीसहितको सचेतना ¥यालीमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 
यसैगरी सो ¥यालीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृत तथा सशस्त्र प्रहरी कर्मचारीहरु, नेपाल एपीएफ स्कुलका विद्यार्थी तथा शिक्षकवर्ग एवं अन्य महानुभावहरुको समेत सहभागिता रहेको थियो । 
सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै सेवामूलक एवं जनचेतनामूलक कार्यक्रमहरु संचालन, प्रकोप पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था, निःशुल्क स्वास्थ्य शिविर संचालन, रक्तदान कार्यक्रमको आयोजना लगायतका सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
 

2076-3-16
APF News
तथ्यहिन समाचारबाट भ्रममा नपर्न सशस्त्र प्रहरी बल, नेपालको आग्रह

काठमाडौ,

हालका दिनहरुमा विभिन्न संचार माध्यममा सशस्त्र प्रहरी ऐनको मस्यौदा लगायत दुई वटा गाडीमा तीन महिनामा ६ करोड रुपैयाँको इन्धन खर्च भएको तथा सशस्त्र प्रहरी बल, नेपालको फायल गृहमन्त्रालयले फिर्ता पठाएको भन्ने जस्ता विभिन्न कुराहरुमा तथ्यभन्दा बाहिर गई प्रकाशित भएको समाचारप्रति सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ ।
मस्यौदाको रुपमा रहेको सशस्त्र प्रहरी ऐनको बारेमा समाचार प्रकाशित गर्दै सशस्त्र प्रहरी बल, नेपालको विभिन्न अधिकार थप गर्न खोजिएको भनि उल्लेख गरेको पाईएको छ । जुन अधिकार हालकै सशस्त्र प्रहरी ऐन तथा नियमावलीमा रहेको व्यहोरा स्पष्ट पारिएको छ । सशस्त्र प्रहरी बल, नेपाललाई हाल प्राप्त अधिकार क्षेत्रबारे जानकारी नै नलिई नयाँ बन्ने ऐनमा अधिकार थप्न लागेको भनि समाचार प्रकाशित हुँदा पाठकवर्गमा भ्रम सृजना हुने भएकोले सोबारे स्पष्ट पारिएको छ । 
यसैगरी इन्धनको कूल बजेट रकमबारे जानकारी नै नलिई दुई वटा गाडीमा मात्रै तीन महिनाको अवधिमा ६ करोड रुपैयाँको इन्धन खर्च भएको भनि संचार माध्यममा समाचार प्रकाशित भएको छ । जुन कुरा पूर्णरुपमा झुट्टो तथा काल्पनिक हो । 
यसैगरी संगठनको दरबन्दी थप गर्नको लागि सशस्त्र प्रहरी बल, नेपालबाट हाल कुनै पहल नै नभएको व्यहोरा स्पष्ट पारिएको छ । 
हालका दिनहरुमा सशस्त्र प्रहरी बल, नेपालको विषयमा विभिन्न संचार माध्यममा झुट्टा, कपोकल्पित तथा काल्पनिक समाचारहरु प्रकाशित भएको पाईएको हुँदा यस्ता समाचारबाट आम नागरिकमा भ्रम सृजना हुनुका साथै सुरक्षाकर्मीको मनोबलमा समेत असर परी समग्र शान्तिसुरक्षा तथा सुशासन कायम गर्ने कार्यमा नकारात्मक असर पर्न सक्ने भएको हुँदा समाचार प्रकाशनपूर्व सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट समाचार पुष्टी गराउनेतर्फ ध्यान पु¥याउनु हुन आग्रह गरिएको छ । 
साथै विभिन्न संचार माध्यममा प्रकाशित भएका तथ्यहिन समाचारबाट भ्रममा नपर्नु हुन आम पाठकवर्गमा अनुरोध समेत गरिएको छ ।  

2076-3-12
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको धानसहित पक्राउ

सुनसरी, 
    सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ५ स्थित नगरकट्टीबाट असार ८ गते एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको ६ हजार के.जी. धानसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ५ नगरकट्टी वस्ने २४ वर्षिय रमानन्द यादव छन् । 
    अवैध रुपले भारतबाट नेपालतर्फ को. २ च ५५०३ नम्बरको ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भुटाहाबाट खटिएको एपीएफ टोलीले उक्त धानसहित निज यादवलाई पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला सो ट्रयाक्टरसमेत बरामद गरेको छ । 
    बरामद ट्रयाक्टर तथा धानको  भन्सार दाखिला मूल्य ८ लाख  २० हजार रुपैयाँ रहेको छ । 

2076-3-10
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद

काठमाडौं,
    झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित बसपार्क ईलाकाबाट असार ९ गते एपीएफ टोलीले करीब २ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र विभिन्न किसिमको औषधी बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।  
    बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
यसैगरी धनुषा जिल्लाको नगराईन नगरपालिका ७ स्थित बिर्ताबाट असार ८ गते एपीएफ टोलीले करीब १ लाख २० हजार रुपैयाँ बराबरको चोरीनिकासीको मरिच बरामद गरेको छ । 
    मोटरसाइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको करीब तीन सय के.जी. मरिच सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला उक्त मरिच लैजाँन प्रयोग गरिएको तीन वटा मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ । 
    बरामद मरिच तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 
    यसैगरी सुनसरी जिल्लाको कोशी गाँउपालिका १ लौकहीस्थित सीमा ईलाकाबाट असार ७ गते एपीएफ टोलीले करीब एक लाख मूल्य बराबरको चोरीपैठारीको रोटाभेटर बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले उक्त रोटाभेटर बरामद गरेको हो । 
    बरामद रोटाभेटर आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । 

2076-3-10
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद 

रौतहट,
    रौतहट जिल्लाको कटहरीया नगरपालिका ४ स्थित सिमा ईलाकाबाट जेठ १० गते एपीएफ टोलीले करीब २ लाख ९८ हजार रुँपैया बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    भारतबाट नेपालतर्फ अवैध रुपमा ना. ४६ प ७८१९ नम्वरको मोटरसाईकलमा राखेर ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रौतहट नम्वर १८ गणबाट खटिएको टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ । 
    एपीएफ टोलीले बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

2076-2-9
APF News
सशस्त्र प्रहरी बल, नेपालका पदक विजेता खेलाडी सम्मानित

काठमाडौं,

            सशस्त्र प्रहरी बल, नेपालले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा नेपाल एपीएफ क्लबबाट सहभागी भई पदक जित्न सफल आफ्ना २ सय ४ जना खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।

            सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा जेठ ०९ गते आयोजित बिशेष समारोहका वीच स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्नुभयो ।

            यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेलले रजत र कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।

            प्रदेश नं. ५ को विभिन्न स्थानमा गत चैत्र २७ गतेदेखि बैशाख १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लबको तर्फबाट सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरिएको हो ।

त्यस अवसरमा कूल १३ लाख ९५ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको छ ।

सो कार्यक्रममा स्वर्ण पदक विजेतालाई जनही १० हजार रुपैयाँ, रजत पदक विजेतालाई जनही ७ हजार रुपैयाँ तथा कास्य पदक विजेतालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

            यसैगरी एकभन्दा बढी पदक विजेता खेलाडीहरुलाई थप बिजयी प्रति पदकमा ५० प्रतिशत पुरस्कार रकम थप गरी प्रदान गरिएको छ ।

            उक्त बिशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस किसिमको सफलताले संगठनका सकल दर्जाका राष्ट्रसेवकहरुलाई गौरवान्वित बनाएको चर्चा गर्नुहुँदै राष्ट्र, राष्ट्रियता र नेपाली जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्धारका अलावा खेलकुदको क्षेत्रमा समेत संगठनले आफ्नो सकृय सहभागिता जनाउँदै आएको उल्लेख गर्नुभयो ।

            उहाँले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थानाकालदेखि नै विभिन्न खेलको विकासमा योगदान पु¥याउँदै आईरहेको चर्चा गर्नुभयो ।

            सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलहरुमा उत्कृष्ट योगदान पु¥याउने खेलाडीहरुको हौसला तथा मनोवल बढाउनको लागि विगतका दिनहरुमा समेत सशस्त्र प्रहरी बल, नेपालले विशेष अवसर पारेर उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गर्दै आएको स्मरण गर्नुहुँदै आगामी दिनहरुमा पनि यो परम्परालाई निरन्तरता दिईने बताउनुभयो ।

            कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सम्मान कार्यक्रमको विविध विषयमा जानकारी गराउनुभएको थियो ।

            उहाँले सो प्रतियोगिताको कूल ३५ विधा मध्ये २८ विधामा नेपाल एपीएफ क्लबका खेलाडीहरुले ५४ स्वर्ण पदक, ७१ रजत पदक र ७९ कास्य पदक गरी कूल २०४ पदकसहित तेस्रो स्थान हासिल गरेको कुरा जानकारी गराउनु भयो । 

2076-2-9
APF News
एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ :–

काठमाडौं,
        काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका ८ पशुपति वनकालीस्थित पार्किङ
ईलाकाबाट जेठ ५ गते एपीएफ टोलीले करीब १ के.जी. २ सय ग्राम गाँजासहित एक
जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा भारतको विहार सितामढी घर बताउने हाल काडमाडौं
महानगरपालिका ८ गौशाला बस्ने निखिल कुमार सिंह छन् ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल पशुपतिनाथ मन्दिर सुरक्षा बेसबाट खटिएको
एपीएफ टोलीले उक्त गाँजा बेचविखन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
        पक्राउ परेका सिंहलाई बरामद गाँजासहितै आवश्यक कारवाहीको लागि महानगरीय
प्रहरी बृत गौशालामा बुझाइएको छ ।

 

2076-2-5