रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट १ लाख ४१ हजार ३
सय रुपैयाँ बराबरको किराना सामान, लत्ताकपडा र हार्डवयरका सामानसहित एउटा
मोटरसाईकल असार ४ गते सशस्त्र प्रहरीले नियन्यन्त्रणमा लिएको छ ।
बिआर ३० डि ४८७७ नम्बरको मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौर (विओपी
गौर) ले नियन्त्रणमा लिईएको हो ।
बरामद सामान तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ ।
