बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले
जेठ २९ गते भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।
बैरियाबाट सिम्रौनगढतर्फ जादै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो
रंगको भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको उक्त गाडी
प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिइएको गाडी आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार
कार्यालयमा बुझाईएको छ ।
